Latest
सप्तरीमा नौ वर्षीया बालिकाको विभत्स हत्या
बझाङमा पहिरोमा पुरिएर एक जनाको मृत्यु
Next
Prev

सुदूरपश्चिम प्रदेश सचिव रावल र मन्त्री सोडारीबीच ‘हात हालाहाल’

कैलाली : सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी र नेकपा एमालेका प्रदेश सचिव राजेन्द्र रावलले एकअर्कामाथि हातपात गरेको आरोप लगाएका छन् ।

मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत माग्दा विपक्षमा मतदान गर्न निर्देशनसहित पार्टीको पत्र दिन रावल सोमबार मन्त्रालयमा पुगेका थिए । त्यसक्रममा मन्त्री सोडारीले आफूमाथि हातपात गरेको प्रदेश सचिव रावलले बताएका छन् ।

म पार्टीको केन्द्रीय कमिटिको निर्देशनअनुसार विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशनसहितको पत्र बुझाउन उहाँको कार्यकक्षमा पुगेको थिए,’ रावलले अनलाइनखबरसँग भने, ‘उहाँले मलाई धक्कामुक्का गरेर कार्यकक्षबाट बाहिर निकाल्नुभयो । स्वकीय सचिवसहित सुरक्षाकर्मीले मलाई दुर्व्यहार गरे ।’

त्यसक्रममा आफ्नो चश्मा, पर्स लगायतका सामानहरु समेत मन्त्रालयमै छुटेको उनको दाबी छ । उनले मन्त्रीलाई कारवाही गर्न माग गर्दै भोलि मंगलबार प्रहरी कहाँ जाने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Ideal Coaching institute

Add New Playlist