Latest
डोटीमा लगातारको वर्षाले एक पक्की घर भत्कियो
महाकाली नदीमा आएको बाढीका कारण १५ घर डुबानमा
आजको मौसम : देशभर वर्षाको सम्भावना
सप्तरीमा नौ वर्षीया बालिकाको विभत्स हत्या
Next
Prev

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने

पोखरा, जेठ २५ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । २७ गते विश्वासको मत लिनका लागि मुख्यमन्त्री गुरुङले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् ।

विश्वासको मत लिनुभन्दा २ दिनअघि संसद सचिवालयमा जानकारी दिनुपर्ने प्रावधानअनुसार मुख्यमन्त्रीले २७ गते विश्वासको मत लिने पत्र सचिवालयमा पठाएका हुन्।

प्रदेश सभामा ठूलो दलको नेताका हैसियतले वैशाख २९ गते मुख्यमन्त्री गुरुङमा नियुक्त भएका थिए । अल्ममतको सरकाका मुख्यमन्त्री बनेकाले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

६० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्रीको दल नेकपा एमालेसँग २७ सांसद छन् भने स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन पनि एमालेलाई छ । मुख्यमन्त्रीले विश्वासको मत लिन थप ३ मत आफ्नो पक्षमा पार्नुपर्छ ।

प्रदेशसभामा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२ ९सभामुखसहित०, राष्ट्रिय जनमोर्चाको ३, जनता समाजवादी पार्टीका २ सांसद छन् । यीमध्ये राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले विपक्षी गठबन्धनलाई साथ नदिने घोषणा गरिसकेका छन् ।

उनलाई राष्ट्रिय जनमोर्चाले निष्कासन गरेपछि सांसद पदबाट पदमुक्त भए पनि सर्वोच्च अदालतले पदमुक्तको कारबाही नगर्न अन्तरिम आदेश जारी गरेपछि उनको पद थमौती भएको छ ।

जेठ २७ गते मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा पदमुक्त भई संविधानको धारा १६८ ९५० बमोजिम सरकार निर्माणको प्रक्रिया अगाडि बढ्ने छ । यसमा प्रदेश सभाका कुनै एक सदस्यले बहमत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Ideal Coaching institute

Add New Playlist