Latest
सप्तरीमा नौ वर्षीया बालिकाको विभत्स हत्या
बझाङमा पहिरोमा पुरिएर एक जनाको मृत्यु
Next
Prev

मौसम विज्ञान विभागका अनुसार भोलि (शुक्रबार) बाट नेपालमा मनसुन सुरु

काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार भोलि (शुक्रबार) बाट नेपालमा यो वर्षको मनसुन सुरु हुने छ । पूर्वी नेपाल हुँदै भोलिबाट मनसुन सुरु हुन लागेको हो ।

“भोलि पूर्वबाट नेपालमा एउटा न्यूनचापीय क्षेत्र प्रवेश गर्ने देखिन्छ । त्यसैले भोलिबाट नेपालमा मनसुन सुरु हुने छ,” मौसमविद् समीर श्रेष्ठ भन्छन् ।

यो वर्ष अधिक वर्षा हुने विभागले जनाइसकेको छ । अधिक वर्षा हुने भएकाले सम्भावित क्षति हुन नदिन आवश्यक गृहकार्य सुरु गर्न विभागले जिल्ला विपद् व्यवस्थापन समितिलगायत सरोकारवाला निकायलाई आग्रह गरिसकेको छ ।

अहिले नेपालमा प्रि–मनसुनको चलिरहेको छ । हाल नेपालमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।

यसैबीच, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै  स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ विभागले जनाएको छ । देशका केही स्थानमा भारी वर्षाको संभावना रहेको मौसमविद् श्रेष्ठ भन्छन् ।

उनले आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै  स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताए । देशका एकदुई स्थानमा भने भारि वर्षाको संभावना छ ।

देशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र केही स्थानमा भारी वर्षा पनि हुने देखिएकाले  आवश्यक सतर्क हुन विभागले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Ideal Coaching institute

Add New Playlist