Latest
डोटीमा लगातारको वर्षाले एक पक्की घर भत्कियो
महाकाली नदीमा आएको बाढीका कारण १५ घर डुबानमा
आजको मौसम : देशभर वर्षाको सम्भावना
सप्तरीमा नौ वर्षीया बालिकाको विभत्स हत्या
Next
Prev

नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चद्वारा अन्तरिम आदेश जारी

काठमाडौँ : सर्वोच्च अदालतद्वारा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले नागरिकतासम्बन्धी अध्यादेश प्रतिनिधिसभा विघटनको भोलीपल्ट जारी हुनुलाई संवैधानिक इजलासले असहज भन्दै सुविधा सन्तुलनको दृष्टीले हेर्दा अहिलेनै अध्यादेश कार्यान्वयन गर्नुको औचित्य नदेखिएको टिप्पणी गरेको छ ।

संवैधानिक इजलासले सुविधा सन्तुलनको दृष्टीले हेर्दा अहिलेनै अध्यादेश कार्यान्वयन गर्नुको औचित्य नदेखिएकोले मन्त्रिपरिषदको  सिफारिस बमोजिम जेठ ९ मा राट्रपतिबाट जारी गरिएको नेपाल नागरिकता अध्यादेश प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नलागेसम्म कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।नागरिकता अध्यादेशको खारेजीको माग गर्दै बरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की लगायतले रिट दायर गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Ideal Coaching institute

Add New Playlist