Latest
सप्तरीमा नौ वर्षीया बालिकाको विभत्स हत्या
बझाङमा पहिरोमा पुरिएर एक जनाको मृत्यु
Next
Prev

माओवादी छाडेर एमालेमा प्रवेश गरेकी ज्वाला कुमारी साह, प्रदेशबाट सीधै बनीन् संघीय सरकारको मन्त्री

काठमाडौं । ७ मन्त्री एक र राज्यमन्त्रीथपेर  आज  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद  विस्तार गरेका हुन् । नवनियुक्त मन्त्री सबैले आजै पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तारमा माओवादी केन्द्र छोडेर एमालेमा आएकी ज्वाला कुमारी साह कृषि मन्त्री बनेकी छिन् । उनी २०७४ सालमा भएको प्रदेश सभा निर्वाचनमा बारा ३ (क) बाट प्रदेश २ को प्रदेशसभामा निर्वाचित भएकी थिइन् । तर गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई आ– आफ्नो बाटो हिड्न फैसला गरेपछि साह एमालेमा लागेकी थिइन् । माओवादी छाडेर एमालेमा लागेपछि उनको प्रदेसभा सदस्य पद गएको थियो । तर, त्यसको केही समय पछि उनले संघीय सरकारको मन्त्री बन्ने मौका पाएकी हुन् ।

साह तत्कालीन नेकपामा हुँदा पार्टीकी बारा सह–इन्चार्ज थिइन् । सर्वोच्चले फागुन २३ मा नेकपाको एकता खारेज गरेपछि साह एमालेमा पनि ओलीतिर लागेकी थिइन् । त्यसैले उनले आज मन्त्री बन्ने मौका पाएकी हुन् । अहिले ओलीले उनलाई प्रदेश २ को एमाले अध्यक्ष बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Ideal Coaching institute

Add New Playlist