Latest
सप्तरीमा नौ वर्षीया बालिकाको विभत्स हत्या
बझाङमा पहिरोमा पुरिएर एक जनाको मृत्यु
Next
Prev

अमेरिकाको जर्जिया राज्यमा पनि बाइडेनको जित

काठमाण्डाै – अमेरिकाको जर्जिया राज्यमा पनि डेमोक्रेटिक उम्मेदवार जो बाइडेन विजयी हुनुभएको छ । जर्जियामा हातैले फेरि मतगणना गरिएको थियो । योसँगै सन् १९९२ पछि जर्जिया राज्यमा जित्ने उहाँ नै पहिलो डेमोक्रेटिक उम्मेदवार बन्नुभएको छ । १६ इलेक्टोरल मत रहेको जर्जियामा विजयी भएसँगै बाइडेनले राष्ट्रपति चुनावमा उहाँका प्रतिष्पर्धी डोनाल्ड ट्रम्पमाथि फराकिलो अग्रता बनाउनुभएको छ ।

अमेरिकाका सबै ५० राज्यको मतगणना सकिँदा बाइडेनले ३ सय ६ इलेक्टोरल मत सुरक्षित गर्नुभएको छ । यस्तै डोनाल्ड ट्रम्पले २ सय ३२ मत पाउनुभएको छ । अमेरिकी राष्ट्रपति चुनावमा ५ सय ३८ मध्ये २ सय ७० इलेक्टोरल मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित भएको मानिने छ ।

डोनाल्ड ट्रम्पले भने चुनाव धाँधली भएको आरोप लगाउँदै एरिजोना, जर्जियासहित धेरै राज्यमा उजुरी दर्ता गराउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No Content Available

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Ideal Coaching institute

Add New Playlist