Latest
डोटीमा लगातारको वर्षाले एक पक्की घर भत्कियो
महाकाली नदीमा आएको बाढीका कारण १५ घर डुबानमा
आजको मौसम : देशभर वर्षाको सम्भावना
Next
Prev

शिवालय पूजनको शास्त्रीय विधि : शिवभन्दा पहिले क‍-कसको दर्शन गर्ने ?

काठमाडौं । विभिन्न मन्दिर एवं देवालयहरूमा दर्शन गर्ने आ–आफ्नै विधि र परम्पराहरू हुन्छन् । हिन्दु धर्मको शास्त्रीय विश्वास अनुसार केही नियमहरू छन् जुन पूरा नगर्दा फल प्राप्तिमा कमी आउँछ भन्ने मान्यता छ । त्यसैमध्येको एक हो शिवालयमा दर्शन गर्दा भुल्न नहुने शास्त्रीय नियम ।

शिवरात्रिमा दर्शन गर्न पुग्ने जो कोहीले पनि पशुपतिको मूल मन्दिरमा रहेको शिवलिंगको दर्शनको लागि घण्टौंसम्म लाइन बसेर सिधै पशुपति मन्दिरमा पूजा गर्ने गर्छन् । तर सिधै पशुपति मन्दिरमा पूजा गर्नुशास्त्र सम्मत छ त ?संस्कृतिविद् एवं त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक निर्मला पोखरेल शास्त्रीय सिद्धान्तलाई मान्ने हो भने कुनै पनि शिवालयमा दर्शन गर्न जाँदा शक्तिको दर्शन नगरी सिधै शिवको दर्शन गर्नुले फल प्राप्त नहुने बताउँछिन् । ‘शास्त्रले मूलदेवी वा देवताको पूजा गर्नुअघि आवरण देवीदेवताको पूजा गर्न सुझाउँछ ।’ पोखरेल भन्छिन् ‘पशुपतिको हकमा सकेसम्म त नौ वटै आवरण देवीलाई पूजा गर्नुपर्ने हो, नभएपनि वत्सलेश्वरी देवीलाई भने पूजा गरेर मात्रै पशुपति छिर्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Ideal Coaching institute

Add New Playlist