Latest
आजको मौसम : देशभर वर्षाको सम्भावना
सप्तरीमा नौ वर्षीया बालिकाको विभत्स हत्या
बझाङमा पहिरोमा पुरिएर एक जनाको मृत्यु
Next
Prev

सलमानसँग ‘ब्रेकअप’ पछि ऐश्वर्याले गुमाएकी थिइन् फिल्म

ऎजेन्सी : बलिउडका सुपरस्टार सलमान खान र अभिनेत्री ऐश्वर्या रायको प्रेमसम्बन्ध निकै चर्चामा रह्यो । लामो समयसम्म सम्बन्धमा रहेर विवाह गर्ने योजनामा रहेका सलमान र ऐश्वर्याको प्रेमकहानी अधुरै रह्यो । सलमानको रिसाहा, आक्रामक र ईश्र्यालु बानीले ऐश्वर्यासँग ब्रेकअप भएको भारतीय सञ्चार माध्यमले बताउँदै आएका छन् ।
मिडिया रिपोर्टका अनुसार उनीहरुको सम्बन्धको अन्त्यतिर सलमान र ऐश्वर्याको बीचमा सार्वजनिक रुपमा नै झगडा परेको थियो । ‘चलते-चलते’ फिल्मको सेटमा सलमानले झगडा गरेका थिए । फिल्मको मुख्य भूमिकामा शाहरुख खानसँग पनि सलमान भिड्न पुगेका थिए ।

जसको कारण फिल्मबाट ऐश्वर्यालाई निकालियो र रानी मुखर्जीलाई भित्र्याइयो ।

यति मात्र होइन सलमानसँग ब्रेकअपपछि ऐश्वर्याले थुप्रै ठूला फिल्महरुबाट हात धुन परेको थियो । कतिपय निर्देशक र निर्माताले आफ्नो फिल्ममा ऐश्वर्यालाई प्रतिबन्ध लगाएका थिए ।

सलमानसँग ब्रेकअपपछि ऐश्वर्याले बलिउडमा टिकिरहनका लागि आफूभन्दा जुनियर अभिनेता विवेक ओबेरोय, अर्जुन रामपाल र प्रियांशु चटर्जीहरुसँग फिल्म खेलिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Ideal Coaching institute

Add New Playlist