Latest
डोटीमा लगातारको वर्षाले एक पक्की घर भत्कियो
महाकाली नदीमा आएको बाढीका कारण १५ घर डुबानमा
आजको मौसम : देशभर वर्षाको सम्भावना
Next
Prev

दोस्री श्रीमती खोज्न सघाउने अचम्मको एप

काठमाडौं । तपाईंले डेटिङ एपहरुका बारेमा त धेरै सुन्नु र प्रयोग गर्नुभएको होला । तर आज हामी तपाईंहरुलाई एकदमै पृथक किसिमको डेटिङ एपको बारेमा बताउने छौं । यो डेटिङ एप हो सेकेण्ड वाइफ डटकम हाे, जहाँ तपाईंले दोस्रो श्रीमती खाेज्न सक्नुहुन्छ ।

पाकिस्तानको यो अचम्मको एपको प्रयोग नेपाल तथा नेपालजस्ता बहुविवाहलाई बर्जित गर्ने मुलुकमा कुनै सान्दर्भिकता छैन । तर बहुविवाह वैधानिक रहेको पाकिस्तानमा भने हाल यो निकै चर्चामा छ ।
सेकेण्ड वाइफ एपका संस्थापक आजाद चाईवालाले १२ वर्षको कलिलो उमेरमा नै बहुपत्नीको धनी बन्ने अड्डी कसेका थिए ।
बेलायतमा रहँदा २२ वर्षमा विवाह गर्दा ताका नै उनले आफ्नो ससुराली खलकलाई आफूले भविष्यमा धेरै श्रीमती विवाह गरी कम्तीमा २० जना बच्चा पैदा गर्ने योजना सुनाएका थिए । दशक बितिसक्दा पनि ३३ वर्षीय आजाद एउटै श्रीमतीसँग जीवन बिताइरहेका छन् ।
तर बहुविवाह चाहने आफू र आफूजस्ताका लागि भने उनले सजिलो सुविधा सेकेण्ड वाइफमार्फत प्रदान गरेका छन् ।
आफूलाई सिरियल आन्टप्रिनियर बताउने आजाद आफूले अफलाइनमा दोस्रो श्रीमती भेट्न नसकेको समस्या अन्य मुश्लिम युवाहरुले नभोगुन् भनेर यो एप सेटअप गरेको बताउँछन् । तर एपमा दोस्रो मात्र हैन तेस्रो, चौंथो जति पनि श्रीमती पुरुषले खोज्न सक्छन् ।

विगतमा पनि उनले दर्जनौं वेब आधारित यस्ता व्यवसायहरु निर्माण गरिसकेका छन्, जसमा मासिक ५ करोडभन्दा धेरै प्रयोगकर्ताहरु हुन्छन् ।

हालसम्म यस एपमा ३५ हजारभन्दा धेरैले साइनअप गरिसकेका छन् भने लेइचस्टरका मुश्लिम युवाहरुमाझ यो खुब लोकप्रिय छ ।

पाकिस्तान आधारित आजाद आफ्नो एपले पुरातनवादी मूल्य मान्यता र नैतिकतालाई कायम राख्न मद्दत पुर्‍याएको विश्वास गर्छन् ।

अब भन्नुहोस् छैन त यो रोचक ?

अनलाई खबरबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Ideal Coaching institute

Add New Playlist