Category: Uncategorized

  • हावाहुरीले कागती खेती नष्ट

    हावाहुरीले कागती खेती नष्ट

    तनहुँ- केही दिनदेखि आएको हावाहुरीसहितको वर्षाले तनहुँको व्यास नगरपालिका-१३ आशापानीमा कृषकले लगाएको कागती खेतीमा नोक्सान पुर्‍याएको छ । स्थानीयवासी राजु रेग्मीले व्यावसायिकरूपमा सुरु गर्नुभएको कागती खेतीमा हावाहुरीले नोक्सानी गरेको हो । छब्बीस रोपनी क्षेत्रफलमा एक हजार बोट लगाएकामा हावाहुरीले तीन सय बोट नष्ट गरेको उनले जानकारी दिए । उनका अनुसार २६ रोपनी क्षेत्रफलमा व्यावसायिकरूपमा कागती खेती गरिएको छ । किसान रेग्मीले भने “हावाहुरीले धेरै ठूलो क्षति पुगेको छ, तीन सयभन्दा बढी बोट भाँचिएको छ, बगैँचा ध्वस्त बनाएको छ ।” कृषिमा केही गर्छु भन्ने सोच राखेर अगाडि बढ्दा प्रकृतिबाट ठगिएको उनको गुनासो छ ।
    चार वर्ष कोरिया बसेर फर्केका उनले कागतीलाई नै मुख्य पेसा बनाउने सोचसहित अगाडि बढेका छन् । हालसम्म रु ३५ लाख लगानी भएको उनले बताए । अघिल्लो वर्ष रु पाँच लाखको कागती बिक्री गरेकामा यस वर्ष रु २५ लाखको बिक्री गर्ने लक्ष्य थियो । उनले बताए , “कागती राम्रो फलिरहेको थियो, यो वर्ष विस्तार पनि गरेको थिएँ, तर हावाहुरीले बोटहरू जरैदेखि भाँचिएको छ ।” कृषिप्रधान देश भनिए पनि कृषिमा सम्बन्धित निकायको कम चासो रहने गरेको उनले गुनासो गरे । कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा तरकारी बालीमा क्षति पुगेको जानकारी दिए । उनका अनुसार जिल्लाभर क्षतिको विवरण सङ्कलन भइरहेको छ । कृषिमा पुगेको क्षतिको मूल्याङ्कन गरेर कृषकलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
    “हामी सम्बन्धित निकायमा यसबारेमा जानकारी गराउँछौँ, कृषकलाई क्षतिपूर्तिको व्यवस्था नगर्ने हो भने उनीहरु कृषि पेसाबाटै विमुख हुनुपर्ने अवस्था आउन सक्छ”, उनले भने । आशापानीका कागती खेती कृषकको बगैँचामा पुगेर अवलोकन गर्दा धेरै ठूलो क्षति भएको जानकारी पाएको बताए । उनले भने “कृषकले राम्रो व्यवस्थापनका साथ कागती खेती गरेका थियो, बगैँचा व्यवस्थापन आकर्षण छ, तर हावाहुरीले एकतिहाइ बोट जरैदेखि नष्ट गरिदियो ।” पछिल्लो समय कृषिमा युवाहरूको आकर्षण बढिरहेकाले युवालाई कृषि क्षेत्रमा टिकाइराख्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । जिल्लाभरको हावाहुरीको क्षतिको विवरण आइनसकेको भन्दै उनले भने, “हामीले स्थलगतरूपमा क्षतिको विवरण सङ्कलनको काम गरिरहेका छौँ ।”
    व्यास नगरपालिकाले हावाहुरी, असिनापानीका कारण भएको क्षतिको विवरण सङ्कलन गर्न लागेको छ । केही दिन अगाडि आएको हावाहुरी, असिनापानीका कारणले नगरपालिका क्षेत्रका विभिन्न वडामा पारेको असरको विवरण सङ्कलन गरी सात दिनभित्र वडा विपद् समितिबाट निणर्य गराई नगर विपद् समितिमा सिफारिस गर्न सबै वडा समितिलाई निर्देशन दिइएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

  • उपेक्षामा जनकवि गोकुल जोशी

    उपेक्षामा जनकवि गोकुल जोशी

    दुलेगौडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाको राईपुर खोला खेतमा जन्मिएका जनकवि गोकुुल जोशीको चर्चा देशभर भएपनि सरकारले उनको योगदानको कदर गर्न सकेको छैन । वि.स. १९८७ जेठ ८ मा जन्मिएका जोशीले नेपाली साहित्यमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै साहित्य सम्वन्धि संघ सस्थाहरुले भने चासो दिएको पाईन्छ । सोमबार उनको जन्मजयन्तीको अवसरमा गण्डकी साहित्य संगमले विशेष कार्यक्रम गरि जोशीको कृति र योगदानलाई स्मरण गरेको छ ।

    उक्त कार्यक्रममा सहभागि भएका शुक्ला साहित्य संगमका पुर्व अध्यक्ष आनन्दसुन्दर श्रेष्ठले उहाँको योगदानलाई अमर बनाउन आवश्यक रहेको बताए । प्रत्येक जेठ ८ मा जोशीको जन्मस्थल खोलाखेतमा विशेष कार्यक्रम हुने भएता पनि यस बर्ष भने त्यस किसिमको कार्यक्रम नभएको स्थानीय पदम क्षेत्रीले बताए ।

    राईपुर तनहुँ सम्पर्क समाज पोखराका केही प्रतिनिधीहरु आएर जोशीद्धारा लिखित कृतिहरु बाँडिनु बाहेक अन्य कार्यक्रम नभएको क्षेत्रीले जानकारी दिए । उनले जनकविको जन्मस्थलमा रहेका जमिन समेत अर्कालाई विक्री गरिसकिएको हुदाँ विकासका काम प्रारम्भ गर्न नसकिएको बताए । साहित्य संस्थाको अगुवाईमा विक्री भईसकेको जोशीको जमिन फिर्ता ल्याउने र संरक्षण गर्ने अभियान सुरु भएको छ । अहिले भने खोलाखेतमै रहेको सार्वजनिक जमिनमा जनकवि गोकुल जोशीका नाममा शालिक सहितको पार्क निर्माण भएपनि उचित संरक्षण हुन सकेको छैन ।

    वि.स. २०१८ मा ३१ बर्षकै उमेरमा झापाको घैलाडुवामा निधन भएका जोशीको ‘नेपालको भविष्य’, ‘एशियाको फूलबारी नेपाल’, ‘नव प्रभात’, ‘बाँच र बाँच्न देऊ’ र ‘सीमानाको दिप’ लगायतका ऊर्जाशील कृतिहरू प्रकाशित छन् ।

  • तारा खेल मुस्ताङमा र ठेलो खेल म्याग्दीमा हुने

    तारा खेल मुस्ताङमा र ठेलो खेल म्याग्दीमा हुने

    पोखरा । परम्परागत तारा खेल मुस्ताङ र ठेलो खेल म्याग्दीमा हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा दुई छुट्टा–छुट्टै प्रतियोगिता आयोजना हुने भएका हुन् । प्रदेश खेलकुद परिषदले स्थानिय परम्परागत खेलहरुको संरक्षण गर्न वार्षिक कार्यक्रममा ति प्रतियोगिताका लागि बजेट विनियोजन गर्दै आएको छ ।

    परम्परागत तारा खेल यहि जेठ १७ र १८ गते मुस्ताङको थासाङ गाउँपालिका वडा नं ३ लेतेमा हुने छ भने ठेलो खेल जेठ २० गते म्याग्दीको सदरमुकाम बेनीमा हुने प्रतियोगिताका संयोजक योगेन्द्र शेरचनले जानकारी दिए । परिषदका सदस्य समेत रहेका शेरचनले तारा र ठेलो खेलका लागि ११ वटै जिल्ला खेलकुद विकास समितिहरुलाई पत्रचार गरिएको बताए ।

    परम्परागत तारा खेलमा ६ जिल्लाको सहभागिता हुने जानकारी दिंदै अन्य जिल्लामा खेलाडी भए समेत सहभागिताका लागि अनुरोध गरिएको शेरचनले उल्लेख गरे । प्रतियोगितामा मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, कास्की र मनाङ जिल्लाबाट सहभागि हुनेछन् । प्रत्येक जिल्लाबाट एक टिममा ६ जना सहभागि हुनेछन् ।

    तारा खेलतर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमश नगद रु ७५ हजार, ५० हजार र ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सर्वश्रेष्ठ धर्नुधरले नगद रु ५ हजार र विशिष्ट धर्नुधरले नगद रु ३ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    जेठ २० गते म्याग्दीको सदरमुकाम बेनीमा हुने ठेलो खेलमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमश नगद रु २५ हजार, १५ हजार र १० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । उक्त खेलमा सहभागिताका लागि ३ जनाको नाम परिषद्मा पठाउन पत्रचार गरिएको छ । गत वर्ष परिषद्ले सुरु गरेको ति दुबै प्रतियोगिताहरु मध्ये गत वर्ष तारा खेल मनाङमा र ठेलो खेल कास्कीमा आयोजना भएको थियो ।

     

  • महिनावरीमा पेट दुखेर असैह्य हुन्छ ? यी हुन दुःखाई कम गर्ने उपाय

    महिनावरीमा पेट दुखेर असैह्य हुन्छ ? यी हुन दुःखाई कम गर्ने उपाय

    काठमाडौँ । महिनावारी हुनुअगाडि, भएको बेला र रगत आउँदासम्म कसैलाई धेरै नै पेट दुख्ने गर्छ । महिनावारीबारे आवश्यक ज्ञान नहुँदा स्कुले किशोरीले निकै असजिलो महसुस गर्छन् । कसैले पढाई छाडेर घरमा नै बस्छन् । प्रायःकिशोरीहरुमा १३–१४ वर्षदेखि १७–१८ वर्षसम्मको समयमा महिनावारी नियमित हुने गरेको पाइदैन । महिनावारीको समयमा कहिले– कसैलाई धेरै रक्तश्राव भइरहेको हुन्छ भने कसैलाई कम हुने गर्छ। तर, यो सामान्य प्रक्रिया हो ।

    झण्डै चालिस प्रतिशत किशोरीमा यस्तो समस्या देखापर्छ। तर अत्याधिक रगत देखिनुका साथै पेट दुखेको खण्डमा अनि धेरै दिनसम्म रगत गइरहेमा वा महिनामा दुईपटक वा २८ दिनबाट ७ दिन छाडेर ढिला भएमा तपाईले चिकित्सकसँग परामर्श लिनुपर्छ ।

    दुखाई कम गर्ने घरेलु तरिकाः

    दुधः  दुध क्याल्सियमको निकै राम्रो स्रोत हो, महिनावारीको पीडालाई कम गर्न एक ग्लास दुध पिउने गर्नुहोस् यसले क्याल्सियमको कमीलाई पुरा गरीदिनेछ र पीडाबाट आराम मिल्नेछ ।

    मेवाः  महिनावारी भएको बेला खानाले फाइदा पुर्‍याउँछ । धेरैपटक महिनावारीको दौरान रक्त प्रवाह सही तरिकाले हुने गर्दैन जसका कारण अझ पीडा हुने गर्दछ । यस्तो अवस्थामा मेवाको सेवन गर्नाले रक्त प्रवाह ठिक तरिकाले हुने गर्दछ र पीडा पनि कम हुने गर्दछ ।

    गाजरः गाजरले आँखाको लागि राम्रो गर्ने मात्र नभई महिनावारीको पीडालाई पनि कम गर्ने गर्दछ । स्त्रीरोग विशेषज्ञका अनुसार एक ग्लास गाजरको रस पिउनाले महिनावारी भएको बेला रक्त प्रवाह राम्रो तरिकाले हुने गर्दछ र पीडाबाट पनि राहत मिल्ने गर्दछ ।

    घिउकुमारीः  महिनावारीको दौरान एक चम्चा महमा यसलाई मिसाएर खानाले भइरहेको पीडालाई कम गन गर्दछ ।

    तुलसीः पीडा भइरहेको बेलामा तुलसीको पातलाई चियामा मिसाएर खानुहोस् । तुलसीमा भएको क्याफिड एसिडले महिनावारीको पीडालाई कम गर्न गर्दछ । धेरै पीडा भइरहेको छ भने ७–८ वटा तुलसीको पातलाई आधा कप पानीमा हालेर उमाल्नुहोस् र त्यसलाई छानेर त्यसको पानी पिउनुहोस् ।

    तातो पानीले नुहाउनुहोस्ः तातो पानीले नुहाउनाले रक्त प्रवाह राम्रो गरेर पीडा कम हुने गर्दछ ।

    अदुवाः एक कप पानीमा अदुवालाई काटेर उमाल्नुहोस् । यदि यसको स्वाद मिठो लागेन भने थोरै नुन पनि हाल्नुहोस् र खाना खाइसकेपछि दिनको तीन चार पटक खाने गर्नुभयो भने पीडाबाट मुक्ति पाइन्छ ।

    व्यायामः हुन त हामीले दिन दिनै व्यायाम गर्नु जरुरी छ । तर महिनावारीको पीडा भएको बेलामा व्यायाम अत्यावश्यक छ । उक्त प्रवाहलाई राम्रो गराउन व्यायामको निकै आवश्यकता पर्ने गर्दछ ।

    खजुरः बिहान हरेक दिन खाली पेटमा ५० ग्राम भिजाएको खजुर खाने पानी पनि लाभदायक हुन्छ ।

    चुकन्दरको ताजा रसः  सानो गिलासको १ गिलास रस दैनिक बिहान १ महिनासम्म पिउनाले आइरन क्याल्सियम र अन्य मिनिरलसको मात्रा बढी पाइने हुँदा दुखाईलाई मद्दत पुग्दछ । एजेन्सीको सहयोगमा ।

  • भुँडी  घटाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यी उपाय

    भुँडी घटाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यी उपाय

    भुँडी लाग्नु वा धेरै मोटाउनु अस्वस्थ शरीरको सूचक हो । मोटोपन आफैंमा कुनै रोग होइन तर मोटाउन थालेपछि शरीरमा अनेकौं रोगले घर बनाउन थाल्छन् । अस्वाभाविक रुपमा भुँडी लाग्नु वा शरीरमा अत्याधिक बोसो जम्नुलाई चिकित्सा विज्ञानले मुटुरोग, मधुमेह, दम, उच्च रक्तचाप, पेटका समस्या, हर्मोनहरुको समस्या जस्ता रोगको प्रमुख कारकको रुपमा मानेको छ ।

    हाम्रो शरीरमा सबैभन्दा पहिले र सबैभन्दा धेरै बोसो लाग्ने ठाउँ पनि भुँडी क्षेत्र नै हो । भुँडीमा बोसो लागिसकेपछि त्यसलाई घटाउन धेरै गार्‍हो पर्छ । बढेको भुँडीबाट अनेकौं हानिकारक तत्वहरु निस्किन्छन् । यस्ता हानिकारक तत्वहरु टाइप–२ मधुमेह, कोरोनरी मुटुरोग र अन्य धेरै रोगको कारक हुन् । एक पटक भुँडी लागिसकेपछि घटाउन मुस्किल त पर्छ तर निम्नलिखित प्राकृतिक उपायको अबलम्वनले भुँडी घटाउन मद्दत गर्छ ।

    उपाय १: फाइबरयुक्त खाना

    हामीले खाने खानामा पाइने फाइबर ९रूक्षांश० ले कुनै पौष्टिकता त दिँदैन तर फाइबर धेरै भएको खानेकुराको प्रयोग गर्दा अनेकौं फाइदा पुर्‍याउँछ । घुलनशील फाइबर पानीमा घुलेर खानालाई फुलाइदिन्छ । खानेकुरा फुलेपछि यसले भोकलाई चाँडै तृत गरिदिन्छ भने खानाको पाचन क्रियालाई पनि सुस्त गरिदिन्छ । साथै क्यालोरी अवशोषणलाई पनि कम गर्छ । अध्ययन अनुसन्धानको निचोड भन्छ– १० ग्राम घुलनशील फाइबरको अतिरिक्त प्रयोगले भुँडी लाग्ने क्रियालाई ३।७ प्रतिशत कम गर्छ ।
    घुलनशील फाइबरको मुख्य स्रोत भनेको सामा, कगुनी चामल, चिनो चामल, कोदो, जवार, बाजरा, आलस, एबोकाडो, ब्ल्याक बेरी, दाल–गेडागुडी र हरिया सागपात आदी हुन् ।

    उपाय २: ट्रान्स फ्याटयुक्त खानेकुरा नखाने

    अनसेचुरेटेड फ्याटमा हाइड्रोजन परमाणु पम्प गरेर बनाइएको हाइड्रोजेनेटेड फ्याटलाई ट्रान्स फ्याट भनिन्छ । प्राकृतिक तेलहरुलाई धेरै तताउँदा पनि तेल ट्रान्स फ्याटमा परिवर्तित हुन्छ । बोतल बद्ध, बट्टाबद्ध, जंक फुडहरुमा ट्रान्स फ्याट हालिएको हुन्छ । ट्रान्स फ्याट मुटुरोग, मधुमेह, नशा नाडीको क्षय, वात, मोटोपन, मेटाबोलिक सिन्ड्रोम, ग्यासट्राइटिस, डिसलिपिडिमिया, डिमेन्सिया जस्ता रोगसँग सम्बद्ध यौगिक हो । यसर्थ भुँडी घटाउन चाहनेहरुले ट्रान्स फ्याटको पहरेज गर्नुपर्छ।

    उपाय ३: मदिरापान नगर्ने

    मदिरापान र भुँडी लाग्ने क्रिया आपसमा अन्तरसम्बन्ध छ भन्ने तथ्य केही स्वास्थ्य अनुसन्धानहरुले प्रमाणित गरी सकेका छन् । मदिराको मात्रा जति धेरै भयो त्यति धेरै भुँडी लाग्ने क्रिया बढेर जाने तथ्य विभिन्न रिसर्चहरुले प्रमाणित गरिसकेका छन् । यसर्थ भुँडी घटाउन चाहने जो कोहीले पनि मदिरापन गर्दै नगरौं।

    उपाय ४: उपबास गर्ने

    उपबास धेरै किसिमका हुन्छन् तर भुँडी घटाउनका लागि हप्ताको १ दिन उपबास सबैभन्दा उत्तम हो । वर्षको दुई चोटी ५ देखि ७ दिनको उपबास कुनै प्राकृतिक चिकित्सा केन्द्रमा गएर चिकित्सकको निगरानीमा गर्दा पनि भुँडी घट्नुका साथै सम्पूर्ण शरीरको तौल पनि घट्छ ।

    उपाय ५: जडीबुटीको काडा पिउने गरौं

    गुर्जोको काडा, तुलसी काडा, विजयसालको काडा, अर्जुनको काडा, हरियो चिया जस्ता जडिबुटीको काडाको नियमित सेवनले भुँडी घटाउन मद्दत गर्छ । यी काडा इपिग्यालोक्याटेच्ली ग्यालेट नामक एन्टिअक्सिडेन्ट पाइन्छ । यो यौगिकले मेटाबोलिजम बढाएर तौल घटाउन मद्दत गर्छ ।

    उपाय ६: प्रोबायोटिक्सयुक्त खानेकुरा खाने

    शरीरको आन्द्राहरूमा प्रशस्त ब्याक्टेरियाहरु पाइन्छन् । यी ब्याक्टेरियाहरूको वृद्धि हुँदा शरीरलाई फाइदै हुन्छ । प्रोबायोटिक्सयुक्त खानेकुरा भनेको शरीरमा भएका ब्याक्टेरियाहरु जस्तै ब्याक्टेरियाहरु भएको खानेकुराहरु हो । प्रोबायोटिक्सयुक्त खानेकुरा खाँदा पाचनमा सुधार हुने र तौल घट्ने तथ्य अनुसन्धानहरुले देखाएका छन् ।

    उपाय ७: संरक्षित खानेकुराहरु नखाऔं

    लामो समयसम्म खानालाई संरक्षण गरी राख्न योग्य भएका खाने कुरालाई संरक्षित खानेकुरा भनिन्छ । खानेकुरा संरक्षण गर्न अनेकौं किसिमका केमिकल लगायत चिनी, नुन, तेल जस्ता तत्वहरु हालिएको हुँदा यस्ता खानेकुराले तौल बढाउँछ ।

    उपाय ८: एप्पल साइडर भिनेगरको प्रयोग

    १२ हप्तासम्म १५ मिलि एप्पल साइडर भिनेगर खाने मोटा व्यक्तिहरुको तौल घटाएर भुँडी पनि १ इन्चसम्म घटाउने तथ्य केही मानव एवं जनावरमाथिको अध्ययनले पुष्टि गरिसकेको छ । एप्पल साइडर भिनेगरको प्रयोगले सुगर घटाउने, भुँडीको बोसो घटाउन सहयोग पुर्‍याउँछ । स्वस्थ व्यक्तिले १५ देखि ३० मिलिसम्म एप्पल साइडर भिनेगर प्रयोग गर्न सक्छन् तर प्रयोग गर्दा यसलाई पर्याप्त पानी हालेर प्रयोग गर्नुपर्छ नत्र यसले दाँतको इनामेललाई खुइल्याउन सक्छ ।

    उपाय ९: उच्च प्रोटिनयुक्त खानेकुरा खाने गरौं

    उच्च प्रोटिन युक्त खानेकुरा खाँदा तृप्तीकारक हार्मोनको उत्सर्जन हुने, थोरै खानामा पनि तृप्ती हुने र भोक नलागिरहने हुँदा खाना कम खान सहयोग गर्छ। फेरि उच्च प्रोटिनयुक्त खानेकुराले मेटाबोलिजमलाई समेत प्रभाव पार्ने हुँदा भुँडी कम गर्न सहयोग गर्छ तर जनावरहरुबाट प्राप्त प्रोटिन स्वास्थ्यकर नहुने हुँदा वनस्पतिबाट प्राप्त प्रोटिन प्रयोग गर्ने गरौं।

    उपाय १०: तनाव व्यवस्थापन गरौं

    तनावपूर्ण स्थितिमा एड्रिनल ग्रन्थी ज्यादा सक्रिय भएर धेरै मात्रामा कर्टिसोल हार्मोन उत्पादन गर्ने र कर्टिसोलको रक्तस्तर बढेपछि यसले धेरै भोक लगाउने, प्रारम्भिक दिनमा फ्याट घटाउन सहयोग गरे पनि पछि भुँडी लाग्न र तौल बढाउने गर्छ । यसर्थ भुँडी घटाउन चाहनेहरुले तनाव व्यवस्थापन गर्नुपर्ने हुन्छ । तनाव व्यवस्थापनको महत्वपूर्ण अस्त्र भनेको योग तथा ध्यान हो ।

    उपाय ११: चिनी हालेका कुनै पनि पेय पदार्थ नलिऔं

    प्रशोधित चिनी हालिएका खानेकुरा जस्तैः चिया, कफी, बजारका बोतलबद्ध जुसहरु कोकाकोला, पेप्सीकोला जस्ता पेय एवं मिठाइहरुको प्रयोगले अतिरिक्त क्यालोरी थप्ने हुँदा भुँडी लाग्ने क्रियालाई बढाउँछ।

    उपाय १२: घरेलु चिल्लोको प्रयोग

    तौल घटाउन चाहनेहरुले बाहिरी बजारिया तेलको प्रयोग हटाएर घरेलु आफैंले पेलेको तेलको प्रयोग गर्नुपर्छ। तोरी, सूर्यमुखी र बदामको तेल अन्य तेलहरु भन्दा राम्रा छन् । यी तेलमा विद्यमान मेडियम चेन फ्याट्टी एसिडले फ्याट भण्डारण क्रियालाई कम गर्छ । उद्योगमा प्रशोधित केमिकल हालिएको तेलमा ट्रान्स अनस्याचुरेटेड फ्याट्टी एसिड हुने हुँदा यसले भुँडी लगाउन एवं तौल बढाउने गर्छ ।

    उपाय १३ :कार्डियो एक्सरसाइज गर्ने गरौं

    श्वासको गति बढाउने खालको कार्डियो एक्सरसाइजले भुँडी घटाउन ठूलो सहयोग गर्छ । कार्डियो एक्सरसाइज गर्दा अतिरिक्त क्यालोरी बन्द हुने हुँदा चाँडै तौल एवं भुँडी घट्छ ।

    उपाय १४: निद्रा पुग्ने गरी सुत्ने गरौं

    गहिरो निन्द्रा स्वस्थ शरीर एवं मनका लागि अपरिहार्य आवश्यकता हो । दैनिक ५ घन्टा भन्दा कम निदाउनेहरुको भुँडी अन्यको भन्दा चाँडो लागेको पाइएको छ र घुर्ने समस्याले पीडितहरुको पनि अन्यको भन्दा ठूलो भुँडी भएको पाइएको छ । भुँडी घटाउन चाहनेहरुले गहिरो निन्द्रा लिन आवश्यक हुन्छ । यसर्थ आफूलाई कुनै निन्द्रासम्बन्धी समस्या भए तुरुन्त यसको निदानतिर लागौं र भुँडी घटाऔं।

    उपाय १५: सागपात एवं फलफूल खाने गरौं

    बोसो लाग्ने क्रियालाई तोड्नका लागि हामीले हाम्रो शरीरलाई एक पल्ट पूर्ण शुद्धीकरण गर्नुपर्ने हुन्छ । शरीर शोधनको लागि सागपात एवं फलफूल खुब खानुपर्ने हुन्छ । सागपात एवं फलफूल मात्र खाने गर्दा महिनामा १० किलोसम्म पेट घटाउन सकिन्छ । सागपात एवं फलफूल खाने गर्दा शरीरको कार्यप्रणालीले बोसो घटाउने दिशातिर काम गर्छ ।

    उपाय १६ :पेटको व्यायाम गरौं

    भुँडी लाग्नुको प्रमुख कारणमध्ये भुँडीलाई असर गर्ने खालको व्यायाम नगरेर पनि हो । भुँडी घटाउन चाहनेहरुले क्रन्च, ट्वीस्ट क्रन्च, साइड क्रन्च, रिभर्स क्रन्च, भर्टिकल लेग क्रन्च, साइक्लिङ, लेग ट्वीट, रोलिङ्क प्लाङ्ग एक्सरसाइज, उड्यान बन्ध, अग्निसार क्रिया जस्ता पेटका व्यायामहरु गर्नुपर्ने हुन्छ ।

    उपाय १७ : हाई फ्रुक्टोज कर्न सिरपको सेवन नगरौं

    मकैलाई प्रशोधन गरेर तयार गरिएको गुलियोलाई हाई फ्रुक्टोज कर्न सिरप भनिन्छ । यो गुलियो अति स्वादिष्ट हुने भएकाले अधिकांश जंकफुडमा हालिएको हुन्छ । लिबरमा बोसो लगाउनेदेखि भुँडी लाग्ने र तौल बढ्ने जस्ता समस्याहरूसँग सम्बद्ध यो यौगिक अनेकौं मेटाबोलिक रोगहरूको कारण पनि हो ।

    उपाय १८( कार्बोहाइड्रेटको प्रयोग कम गरौं

    धेरै कार्बोहाइड्रेट सेवन गर्दा अतिरिक्त कार्बोहाइडेट फ्याटमा परिवर्तित भई बोसो लाग्छ । यसर्थ भुँडी घटाउन चाहनेहरूले अतिरिक्त कार्बोहाइड्रेटको प्रयोग कम गर्नुपर्ने हुन्छ ।

  • बन बिनास र क्षयीकरण घटाउने बिषयमा प्रदेशस्तरीय गोष्ठी बन्दीपुरमा

    सानेबहादुर नेपाली/ बन्दिपुर । बन बिनास र क्षयीकरण घटाउने (रेड) बिषयमा बिहीबार तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय सरोकारवलाहरुको परामर्श गोष्ठी सम्पन्न भएको छ । बन बिनास र क्षयीकरण घटाउने (रेड) कार्यन्वयन केन्द्र काठमाण्डौंको आयोजना तथा उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशको संयोजनमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

    उक्त कार्यक्रममा तनहुँ,गोरखा,लमजुङ्ग जिल्लाका सामुदायिक उपभोक्ता महासंघ,आदिबासी जनजाति महासंघ,स्थानीय तहका जनप्रतिनिधी,डिभिजन बन कार्यालय,भूसंरक्षण कार्यालय र दलित समुदायको सहभागिता रहेको थियो । कार्यक्रममा उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव बिशाल घिमिरेले छनोट भएका गण्डकी,लुम्बिनी र बाग्मती प्रदेशका पालिकाभित्र हरित ग्याँस उत्सर्जन न्यूनिकरणमा जोड दिनुपर्ने बताउनुभयो ।

    बन बिनास र क्षयीकरणलाई रोकी संकलन हुने कार्बनलाई बिक्री गर्नको लागि २०२३ को नोभेम्वरभित्र अन्तिम सम्झौता गर्ने सहमति अनुरुप सुझाव संकलनका लागि परामर्श गोष्ठी राखिएको उहाँले बताउनुभयो । उत्सर्जन न्यूनिकरण कार्यक्रमलाई सघाउन पुग्ने गरी सन् २०२१ मर्च १९ मा नेपाल सरकार र बिश्व बैक बीच संम्बृद्धिका लागि बन विकास र बन परियोजनामा सम्झौता भएको उहाँले बताउनुभयो ।

    दिगो बन विकास र बन पैदावरमा आधारित उद्यम विकास लागि २४ मिलियन अमेरिकी डलरको लगानीमा सुनिश्चितता भैसकेको उहाँले बताउनुभयो । नेपाल सरकारको तर्फबाट गण्डकी,लुम्बिनी र बाग्मती प्रदेशका अट्तीस जिल्लामा कार्यक्रम संचालनका लागि उत्सर्जन न्यूनिकरण कार्यक्रमको आसयको प्रस्ताव स्वीकृत भै नेपाल सरकारले सम्झौतामा हस्ताक्षर गरेको उहाँले बताउनुभयो । युएन रेडका राष्ट्रिय संयोजक डा.मोहन पौडेलले जलबायू परिवर्तनका लागि बनको भूमिका महत्वपूर्ण हुने भएकोले बन बिनास र क्षयीकरण हुनबाट जोगाउन स्थानीयस्तरदेखि सचेत बन्नुपर्ने बताउनुभयो ।

    बन तथा वातावरण मन्त्रालय अन्र्तगत रेड कार्यन्वयनका उपसचिव शंकर अधिकारीले बनको संरक्षण र दिगो व्यवस्थापन मार्फत कार्वन सञ्चितिको क्षमतामा अभिबृद्वि गरे बापत बिकासोन्मुख मुलुकलाई विकसित राष्ट्रले प्रोत्साहन स्वरुप भुक्तानी गर्ने रकम नेपाल सरकारको अर्थमन्त्रालयमा आउने उहाँले बताउनुभयोे । बन बिनास र क्षयीकरणबाट हुने कार्बनको उत्सर्जनलाई न्यूनिकरण गर्ने बिषयमा सुझाव संकलन गर्ने उद्वेश्यले कार्यक्रमको आयोजना गरेको उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका उपसचिव धनेन्द्र खनाल क्षेत्रीले जानकारी दिनुभयो ।

    उक्त गोष्ठीमा सहभागिहरुले लिखित रुपमा दिएको सुझाब सल्लाहले कार्यन्वयन पक्षमा लैजान मार्ग निर्देशन कार्यमा सहज हुने उहाँले बताउनुभयो । उक्त परियोजनाका लागि बिश्व बैकले रु.दुई करोड चालिस लाख युएस डलर लगानी डलर उपलव्ध गराएको छ । परियोजनाको २०७८ साउन १ गतेदेखि आर्थिक बर्ष ०८२/०८३ सम्म रहनेछ ।

  • ‘सिंचाईको अभावमा हजारौँ रोपनी जमिन बाँझियो’

    ‘सिंचाईको अभावमा हजारौँ रोपनी जमिन बाँझियो’

    सावित्रा कोईराला/दमौली । तनहुँवासीले सिंचाइको अभावले खेती योग्य जमिन बाँझै रहने समस्या र नदी तथा खोलाको तटबन्धनमा वर्षेनी हुदै आएको क्षति न्यूनिकरणमा ध्यान दिन सरोकार वाला निकाय समक्ष माग राखेका छन् ।

    मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय गण्डकी प्रदेशको आयोजना सफलता मिडिया प्रा.लिको सहजिकरणमा जलसो्रत तथा सिंचाइ विकास डिभिजन कार्यालयको सेवा प्रवाह र सञ्चालित योजनाका सम्बन्धमा भएको सार्वजनिक सुनुवाईमा कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन ।

    कार्यक्रममा सहभागीले जलसो्रत तथा सिंचाइ विकास डिभिजन कार्यालयबाट प्राप्त हुने सेवाहरु चुस्तदुरुस्त देखिएता पनि योजना छनौटमा अनुगमन गरेर आवश्यकता अनुसार प्राथमिकताका आधारमा छनौट हुनु पर्ने बताए । तनहुँमा यस्ता सार्वजनिक सुनुवाई कार्यक्रम कमै मात्र हुने गरेको गुनासो राख्दै कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गरे ।

    कार्यक्रममा सहभागी व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका , भानु नगरपालिका , शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिकाका विभिन्न वडाका स्थानियको एउटै गुनासो सिचाइको अभावमा हजारौं रोपनी जग्गा बाझै रहेकोले किसानको जिविकोपार्जनमा असर परेको बताए । पुराना भएका सिँचाइ नहर पनि वाढी पहिरोले गरेको गुनासो पोखे ।

    व्यास नगरपालिकाका स्थानियले व्यासमा बन्ने भनिएको नारेश्वर ताल जलाशय योजना नेताहरुको आश्वासन मात्र हो वा कर्मचारीको ढिला सुस्ती भनेर प्रश्न गरे । यस्तै काममा निमार्ण व्यवसायीले ढिलासुस्ती गरेर उपभोक्ताले हैरानी खेप्नु परेकोमा ढिला सुस्ती गर्ने ठेकेदारलाई कार्वाही वा कामको नियमन गर्नु पर्ने सुझाव दिए ।

    कार्यक्रममा जवाफ दिदै जलसो्रत तथा सिंचाइ विकास डिभिजन कार्यालय तनहुँका प्रमुख रमेशराज शर्माले नदि तटिय क्षेत्रको समस्यालाई मध्यनजर गरेर मादि नदि नियन्त्रण कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको र करिब ९० प्रतिशत कार्य सकिएको बताए । नारेश्वर जलाशय लिफ्ट योजनाको १ करोड ९४ लाखमा सम्झौता भएर करिब २५ हेक्टर जमिन सिंचित हुने गरि बहुउदेश्यीय जलाशय निमार्ण हुनेमा विविध प्रविधिक कठिनाइ र भौगोलिक अध्ययनको रिपोट बुझ्न बाकी रहेको बताए । उनले विषय विज्ञताको अभावमा बाहिरबाट विज्ञ बोलाएर थप जाचँबुझ भइरहेकोले उपभोक्ताले र नगरपालिकाले केहि गर्ने हो भने पनि सयुक्त रुपमा गर्न पर्ने बताए । उक्त जलाशय निमार्ण स्थलमा जलसो्रत तथा सिंचाइ विकास डिभिजन कार्यालयको ड्याम निमार्ण र संरक्षणको रहेको खुलस्त पारे ।

    जिल्ला समन्वय समितिका प्रमुख शान्ति रमण वाग्लेले सार्वजनिक सुनुवाई कार्यक्रममा चहाना र योजनाको माग धेरै सुनेको बताउदै कार्यक्रममा योजना भएका ठाउँका सबै पालिकाको प्रतिनिधीत्व हुनु पर्नेमा जोड दिए । कार्यक्रममा जनताबाट माग भएका योजना प्रदेश सरकार सम्म पुर्याउन आग्रह गरे । उनले ठेकेदार र निर्माण व्यवसायीले काममा ढिला सुस्ती गरे नियमन सहित कार्वाही हुनु पर्ने बताए ।
    तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशी राम गै्रहेले टेन्डर आवाहनमा ढिलाइ र कामको गुणस्तरको विषय कर्मचारी संग जोडिएको बताउदै यस्मा ध्यान दिन आग्रह गरे ।

    कृषि,उर्जा तथा जलस्रोत मन्त्रालय गण्डकी प्रदेशका सिचाइ शाखाका इन्जिनियर जीबन अधिकारीले नदि तटिय क्षेत्रमा व्यक्तिका नाममा लालपुर्जा छ भन्दैमा नदिको बाहवलाईनै राक्ने गरि हिउदमा पर्खाल लगाउने गरेको पाएको र वर्षायाममा क्षति हुने गरेको बताए । उनले तनहँुमा १५० वटा योजना अगाडि वढि रहदा कर्मचारीको अभावमा ४÷५ जना मात्र कर्मचारीले काम गर्न पर्दा कार्यन्वयनमा ढिला हुन पुग्ने बताए । स साना सिचाइको योजना लगायत कृषि बजेट स्थानिय सरकारले आफै समाबेश गरेर काम गर्ने हो भने खेति योग्य जमिनमा उब्जाउ गर्न सकिने बताए ।

    जलसो्रत तथा सिंचाइ विकास डिभिजन कार्यालय तनहुँमा भएको उक्त कार्यक्रमको सहजिकरण प्रमुख सहजकर्ता दुर्गा अधिकारी, उदेश्य तथा स्वगत रेडियो सफलताका स्टेशन म्यानेजर मधु अधिकारी र सन्चालन सावित्री कोइरालाले गरेकी थिईन् ।

  • ट्रेड युनियन कांग्रेस तनहुँको अध्यक्षमा केसी सर्वसम्मत चयन

    दमौली । नेपाल टेड युनियन काँग्रेस तनहुँको अध्यक्ष पदमा कृष्णबहादुर केसी नागिला सर्वसम्वत चयन हुनुभएको छ । सातौं जिल्ला अधिवेशनले केसी लाई चयन गरेको हो । अध्यक्षमा निर्वाचित नागिला यस अघि दुई कार्यकाल उपाध्यक्ष भएर काम गर्नु भएको थियो ।

    अध्यक्षमा केसी, नेपाल शिक्षक संघको तर्फबाट प्रमोद न्यौपाने, हरिभक्त सुवेदी, ओजराज बगाले गरी चार जना आकांक्षी मध्ये सर्व सम्मत चयन गर्न गठित समितिले केसीलाई चयन गरेको हो ।

    नव गठित समितिको उपाध्यक्ष खुल्लातर्फ विश्वनाथ अधिकारी, महिलातर्फ कमलादेवी काफ्ले, सेवाक्षेत्र तर्फ प्रमोद सोती, उत्पादन क्षेत्र तर्फ सन्तोष वाग्ले, अनौपचारिक तथा स्वरोजगारतर्फ देवी न्यौपाने पौडेल चयन हुनुभएको छ । त्यसैगरी सचिवमा पशुपति अर्याल, सहसचिवमा तीर्थराज परियार बर्देवा, सहसचिवमा हरिश्चन्द्र कोइराला, कोषाध्यक्ष कृष्णप्रसाद तिवारी, सहकोषाध्यक्षमा उर्मिला लजारी चयन हुनुभएको छ ।

    त्यसैगरी सदस्यहरुमा रिआइत मिया, नारायण बानियाँ, सुदिप कँडेल, रामबहादुर गदाल, रश्मी सेढाई घिमिरे र सञ्जु पौडेल लम्साल चयन हुनुभएको निर्वाचन संयोजक हरिराज काफ्लेले जानकारी दिनुभयो । काफ्लेका अनुसार प्रदेश अधिवेशन प्रतिनिधीमा गोपीकृष्ण तिवारी, दधिराज शर्मा सिग्देल, अशोक गिरी, कृष्ण प्रसाद खनाल, मिनबहादुर कार्की, शंकरराज नहर्की, बलराम वाग्ले, महेन्द्रप्रसाद अधिकारी, शारदा थापा अधिकारी, कल्पना परियार र शान्ता बाँस्तोलालाई चयन गरिएको छ । त्यसैगरी राष्टिय महाधिवेशन प्रतिनिधीमा ओजराज बगाले, लोकराज सेढाई र सुलोचना पण्डित चयन भएको छ ।

    नव गठित कार्य समितिलाई बुधबार एक कार्यक्रमकाबीच पदस्थापन गरिएको छ । कार्यबाहक अध्यक्ष लोकराज सेढाईले माइन्यूट हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा संविधान सभा सदस्य रामचन्द्र पोख्रेल रहनु भएको थियो । सो अवसरमा पोख्रेलले मजदुरको सम्मान हुन सके मात्रै देशमा विकास हुने बताउनुभयो । साथै उहाँले युनियनले किसानहरुलाई समेत समेटेर ठुलो संगठन बनाउनु आवश्यक रहेको बताउनुभयो ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, युनियनका केन्द्रीय सदस्य तथा व्यास नगरपालिका वडा नम्बर १ वडाध्यक्ष रमेशचन्द्र हड्खले, नेपाली कांग्रेस व्यास नगर सभापति तथा युनियनका निर्वतमान अध्यक्ष सूर्यचन्द्र हड्खले, नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष रमेशबाबु भट्टराई लगायतले युनियनले सबै मजुदुरलाई समान व्यवहार गर्नुपर्ने र उनिहरुको समस्या समाधानको लागि ध्यान केन्द्रीत गर्न आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो । अधिवेशन वैशाख १८ गते विश्व मजदुर दिवसको दिन उद्घाटन गरिएको थियो । सोही दिन चार जनाले दाबी गरेपछि नेतृत्व चयन गर्नको लागि जिल्ला स्थित नेताहरुले सर्व सम्मत चयन गर्ने प्रशाय गरेका थिए ।