Day: May 19, 2023

  • मुस्लिम जर्नलिस्ट क्लबद्धारा बाँकेका सात जनालाई अन्तर्राष्ट्रिय सम्मान 

    मुस्लिम जर्नलिस्ट क्लबद्धारा बाँकेका सात जनालाई अन्तर्राष्ट्रिय सम्मान 

    नेपालगञ्ज । मुस्लिम जर्नलिस्ट क्लब नेपालले बिहिबार नेपालगञ्जमा आयोजना गरेको एक बृहत्त कार्यक्रमका बिच बाँकेका सातजना वरिष्ठ व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सेवा सम्मानबाट सम्मानित गरिएको छ । ‘मुस्लिम समुदायको सवाल विषयक अन्तरक्रिया र सम्मान कार्यक्रम’ मा सो सम्मान प्रदान गर्नुका साथै बाँकेमा विजयी भएका १३० जना मुस्लिम जनप्रतिनिधिहरुका साथै दलहरुमा जिम्मेवारी पाएका मुस्लिमहरुलाईलाई मायाको चिनो प्रदान गरेर सम्मानित गरिएको मुस्लिम जर्नलिस्ट क्लब नेपालका अध्यक्ष आलम खानले बताउनुभयो ।

    मुस्लिम जर्नलिस्ट क्लबको संयोजनमा एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसियसन क्यालिफोर्निया अमेरिकाद्वारा बरिष्ठ पत्रकार सिराज खान र डा। डक्ट प्रसाद धिताललाई ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा सम्मान २०२३’, वरिष्ठ समाजसेवी तथा राजनितिज्ञ मोहम्मद हारुनलाई ‘अन्तर्राष्ट्रिय समाज सेवा सम्मान २०२३’, वरिष्ठ वालरोग विशेषज्ञ डा। सकिल अहमदलाई ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा सम्मान २०२३’, नरैनापुर गापा अध्यक्ष ईश्तियाक अहमद शाह र पुर्व जनप्रतिनिधि शफिक बेहनालाई ‘अन्तर्राष्ट्रिय जन सेवा सम्मान २०२३’, र महेन्द्र मावि मटेहियाका प्रधानाध्यापक तुलसा शाहलाई ‘अन्तर्राष्ट्रिय शिक्षा सेवा सम्मान २०२३’ बाट सम्मानित गरिएको हो ।

    कार्यक्रममा पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईले सम्मानित हुनेहरुलाई सम्मानपत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गर्नुभयो । सो अवसरमा उहाँले बाँकेमा निर्वाचित भएका मुस्लिम जनप्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गरेर सम्मान गर्नुभयो । सम्मानित हुने जनप्रतिनिधिहरुमा लुम्बिनी प्रदेशसभाका सदस्यहरु सायरा बाने, मिना सिद्दिकी, नेपालगञ्ज उपमहानगरका उपप्रमुख कमरुद्दीन राई, नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह लगायतका विजयी जनप्रतिनिधिहरु हुनुहन्थ्यो ।

    सो अवसरमा बोल्दै पुर्वमन्त्री राईले मुस्लिम समुदायको उत्थानका लागि समुदायमा एकतासंगै चेतना बृद्धि गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले राजनितिक विचारधारा अलग अलग भएपनि समुदायको उत्थान र भलाईका लागि सबैले एकजुट हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले मुस्लिमहरुको अधिकार स्थापित गराउनका लागि दलीय राजनिति भन्दा माथि उठेर मुस्लिम जर्नालिष्ट क्लब नेपालको नेतृत्वमा अगाडि बढन सबैलाई सुझाव दिनु भएको थियो ।

    कार्यक्रममा क्लबका अध्यक्ष आलम खानले मुस्लिमहरुलाई अधिकारबाट बन्चित गर्ने गरी वर्तमान राजनितिक दलहरु लागी परेकोले उक्त दलहरुसंग सचेत भएर अधिकारको लडाईमा लाग्न अपिल गर्नृु भये । उहाँले मुस्लिम पत्रकारहरुलाई समेत नेपाल पत्रकार महासंघ जस्तो साझा संस्थाले बेवास्ता गर्दै आएको कार्यको बिरोध गर्दैै मुस्लिमहरुको छुट्टै कोटा निर्धारण गर्न आग्रह गर्नु भएको थियो । अध्यक्ष खानले मुस्लिमहरुको मुद्दा आफूहरु गम्भीर रहेको र भविष्य नेतृत्वदायी भूमिका लिएर अगाडि बढने बताउनु भएको थियो ।

    कार्यक्रममा संविधानसभाका सदस्य अब्दुल हमिद सिद्दिकी, नेकपा एमालेका केन्द्रिय सदस्य मोहम्मद हारुन, लुम्बिनी प्रदेश सभाका सदस्य मिना सिद्दिकी, वरिष्ठ मुस्लिम अगुवाहरु अतहर हुसैन फारुकी, शकिल अहमद जरगर, शकिल अहमद कादरी, शकिल खान, रहमान मिया, नरैनापुर गापा अध्यक्ष ईश्तियाक अहमद शाह, देउराली फाउण्डेशनका अध्यक्ष भिम घिमिरे, कार्यकारी निर्देशक बुद्धि विश्वकर्मा, जियाउल हक, याकुब अन्सारी र मुस्लिम संघ बाँकेका अध्यक्ष सुफियान खान लगायतले समुदायका सवाल र त्यसको समाधान बारे आआफ्ना धारणा राख्नु भएको थियो ।

    मुस्लिम जर्नालिष्ट क्लबको आयोजना, एनआरएनए क्यालोफोर्निया, देउराली फाउण्डेशन र मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्रको सहकार्यमा भएको कार्यक्रमको संचालन असलम भाटले गर्नु भएको थियो ।

  • बन बिनास र क्षयीकरण घटाउने बिषयमा प्रदेशस्तरीय गोष्ठी बन्दीपुरमा

    सानेबहादुर नेपाली/ बन्दिपुर । बन बिनास र क्षयीकरण घटाउने (रेड) बिषयमा बिहीबार तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय सरोकारवलाहरुको परामर्श गोष्ठी सम्पन्न भएको छ । बन बिनास र क्षयीकरण घटाउने (रेड) कार्यन्वयन केन्द्र काठमाण्डौंको आयोजना तथा उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशको संयोजनमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

    उक्त कार्यक्रममा तनहुँ,गोरखा,लमजुङ्ग जिल्लाका सामुदायिक उपभोक्ता महासंघ,आदिबासी जनजाति महासंघ,स्थानीय तहका जनप्रतिनिधी,डिभिजन बन कार्यालय,भूसंरक्षण कार्यालय र दलित समुदायको सहभागिता रहेको थियो । कार्यक्रममा उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव बिशाल घिमिरेले छनोट भएका गण्डकी,लुम्बिनी र बाग्मती प्रदेशका पालिकाभित्र हरित ग्याँस उत्सर्जन न्यूनिकरणमा जोड दिनुपर्ने बताउनुभयो ।

    बन बिनास र क्षयीकरणलाई रोकी संकलन हुने कार्बनलाई बिक्री गर्नको लागि २०२३ को नोभेम्वरभित्र अन्तिम सम्झौता गर्ने सहमति अनुरुप सुझाव संकलनका लागि परामर्श गोष्ठी राखिएको उहाँले बताउनुभयो । उत्सर्जन न्यूनिकरण कार्यक्रमलाई सघाउन पुग्ने गरी सन् २०२१ मर्च १९ मा नेपाल सरकार र बिश्व बैक बीच संम्बृद्धिका लागि बन विकास र बन परियोजनामा सम्झौता भएको उहाँले बताउनुभयो ।

    दिगो बन विकास र बन पैदावरमा आधारित उद्यम विकास लागि २४ मिलियन अमेरिकी डलरको लगानीमा सुनिश्चितता भैसकेको उहाँले बताउनुभयो । नेपाल सरकारको तर्फबाट गण्डकी,लुम्बिनी र बाग्मती प्रदेशका अट्तीस जिल्लामा कार्यक्रम संचालनका लागि उत्सर्जन न्यूनिकरण कार्यक्रमको आसयको प्रस्ताव स्वीकृत भै नेपाल सरकारले सम्झौतामा हस्ताक्षर गरेको उहाँले बताउनुभयो । युएन रेडका राष्ट्रिय संयोजक डा.मोहन पौडेलले जलबायू परिवर्तनका लागि बनको भूमिका महत्वपूर्ण हुने भएकोले बन बिनास र क्षयीकरण हुनबाट जोगाउन स्थानीयस्तरदेखि सचेत बन्नुपर्ने बताउनुभयो ।

    बन तथा वातावरण मन्त्रालय अन्र्तगत रेड कार्यन्वयनका उपसचिव शंकर अधिकारीले बनको संरक्षण र दिगो व्यवस्थापन मार्फत कार्वन सञ्चितिको क्षमतामा अभिबृद्वि गरे बापत बिकासोन्मुख मुलुकलाई विकसित राष्ट्रले प्रोत्साहन स्वरुप भुक्तानी गर्ने रकम नेपाल सरकारको अर्थमन्त्रालयमा आउने उहाँले बताउनुभयोे । बन बिनास र क्षयीकरणबाट हुने कार्बनको उत्सर्जनलाई न्यूनिकरण गर्ने बिषयमा सुझाव संकलन गर्ने उद्वेश्यले कार्यक्रमको आयोजना गरेको उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका उपसचिव धनेन्द्र खनाल क्षेत्रीले जानकारी दिनुभयो ।

    उक्त गोष्ठीमा सहभागिहरुले लिखित रुपमा दिएको सुझाब सल्लाहले कार्यन्वयन पक्षमा लैजान मार्ग निर्देशन कार्यमा सहज हुने उहाँले बताउनुभयो । उक्त परियोजनाका लागि बिश्व बैकले रु.दुई करोड चालिस लाख युएस डलर लगानी डलर उपलव्ध गराएको छ । परियोजनाको २०७८ साउन १ गतेदेखि आर्थिक बर्ष ०८२/०८३ सम्म रहनेछ ।

  • पोखरामा खुल्ला कायाकिङ प्रतियोगिता हुने

    पोखरामा खुल्ला कायाकिङ प्रतियोगिता हुने

    पोखरा । पोखरामा खुल्ला कायाकिङ प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल र्‍याफटिङ तथा क्यानोइङ संघको समन्वयमा उक्त प्रतियोगिता यहि जेठ १२ गते आयोजना हुने भएको हो । प्रतियोगिता बारे जानकारी दिंदै प्रदेश खेलकुदका सदस्य तथा सहाशिक खेलकुदका संयोजक बसन्तराज दवाडीले प्रतियोगितामा करिव ३० जनाको सहभागिता हुने अपेक्षा रहेको बताए ।

    ‘वाटर स्पोर्टस’को बिकास संगै खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरिएको बताउँदै संयोजक दवाडीले प्रतियोगिता पोखरा २५ हेमजा र १९ स्थित सेती र मर्दीको दोभानबाट सुरु हुने जानकारी दिए । “यो स्थान ह्वाइट वाटर कायाकिङका लागि निकै सुगम ठाउँ हो” उनले भने–“यो ठाउँलाई कायाकिङ खेलको विकासका लागि समेत प्रवद्र्धन गर्नु प्रतियोगिताको अर्को उद्धेश्य हो ।”

    सेती र मर्दीको दोभानबाट सुरु हुने प्रतियोगिता याम्दीमा पुगेर समापन हुनेछ । प्रतियोगिता सम्पन्न गर्न ५ लाख खर्च हुने जानकारी परिषदले दिएको छ । प्रतियोगितामा पहिलो, दोश्रो, तेश्रो, चौथो पाँचौ हुने विजेता खेलाडीले क्रमश नगद रु ३५ हजार, २५ हजार, १५ हजार र १० हजार र ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

  • अषाढसम्म राैतहट पुर्ण खाेप जिल्ला घाेषणा हुने

    अषाढसम्म राैतहट पुर्ण खाेप जिल्ला घाेषणा हुने

    प्रेमचन्द्र झा/राैतहट ।  जिल्लामा खाेज र खाेप  अभियानले तिब्रता पाएका छन । अषाढ मसान्तसम्म राैतहटलाई पुर्ण खोप जिल्लाको रुपमा घाेषणा गराउने उदेश्यका साथ खाेजाै र खाैपाै अभियान चलिरहेको हाे । नेपाल सरकार काे पहिलो प्राथमिकतामा रहेका खाेप कार्यक्रम  स्चालन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई छ ।
    स्थानीयकाे व्यवस्थापनमा प्रत्येक वडाकाे ४ देखि ५ स्थानमा गाउँ घर खाेप क्लिनिक स्चान भई रहेका छन ।स्थानीयको कार्यक्रम हो । सो खोप केन्द्रमा वेलैमा खोप नलिएका छुटेकालाई खाेज र खाेप दिने अभियान संचालनमा रहेका छन । खाेप लिन छटेका १६ महिना देखि ५९ महिना उमेर समुहको वालवालिकालाई खोप दिदैछ । स्वास्थ्यकर्मीले  लगाउनु पर्ने सबै खोप घर घरमा गई दि रहेको जिल्ला स्वास्थ्य कार्यालय राैतहटका प्रमुख सुरे प्रसाद यादवले वताए  । जसका लागि स्थानिय तहले सुलभ सर्वेक्षण लगायत कार्यक्रम समेत संचालनमा ल्याएको प्रमुख यादवले बताए । नियमित खोपको अलावा याे अभियान भएको हाे । पुर्ण खाेप सुनिश्चितता बाैधीमाई ,देवाही गोनाही ,पराेहा ,माधवनारायण, गरुडा चन्द्रपुर ,फतुबा बिजयपुर र गाैर  नगरपालिका रहेका छन ।
    खाेज र खाेप अभियानमा जिल्लाका सबै वालवालिका खाेप पाएको देखाई सकेपछि मात्र राैतहट पुर्ण खाेप घोषणा हुने प्रमुख यादवले बताए ।
    जन्म देखि १५ महिना भित्र  सेडुल अनुसारकाे खाेप लिनु पर्ने हुन्छ । जिल्ला को  नाै स्थानीय तहमा खोप सुनिश्चितता भएको अवस्था छ । सुनिश्चितता भएको ठाउमा पुर्णखाेप दिगाेपना कार्यक्रम सञ्चालन गरि रहनु पर्दछ।
     खाेज र खाेप  अभियानले अषाढ सम्म राैतहटलाई खाेप सुनिश्चितताको लेवलमा पुर्याउ छन ।सुनिश्चितता बच्चालाई स्वस्थ्य रहने पुर्ण अधिकार हाे । बच्चा  जन्मने वितिकै विसिजि दिनु पर्ने हुन्छ । ६ हप्तामा राेटा , पाेलियाे,पिसिभि,डिपिटि ,हेपबि ,हिबको खोप १० हप्ता मा राेटा, पाेलियाे, पिसिभि,डिपिटि,हेप वि , हिप खोप लगाई सक्नु पर्दछ । वालवालिकालाई १४ हप्तामा पाेलियाे एफ आई पिभि, डिपिटी, हेपबि ,हिबखोप दिने हो । ९ महिनामा एफ आई पिभि,पिसिभी,दादुरा- रुवेला,१२ महिनामा जापानिज ईन्सेफलाईटिस र १५ महिनामा दादुरा- रुवेला , टाईफाईट रोग विरुद्वको खोप नजिकको खोप केन्द्र वा स्वास्थ्य संस्था मार्फत निशुल्क रुपमा नियमित खोप दिई रहेका छन ।
    २०३४ सालमा दादुरा उन्मुलन भएपछि सिन्धुपाल्चोक धनुषावाट  खाेप शुरु भई । हाल ७७ वटै जिल्लामा १३ राेग विरुद्व १३ खाेप चलि रहेका छन । स्वास्थ्यकर्मी  र भ्याक्सीन कमि छैन । खोप लिई सकेपछि वालवालिकामा हुने समान्य अषर खोपाएको ठाउमा  दुख्ने ,ज्वराे आउने हुन्छ । त्यसका कारण ड्रप आउट हुने गर्दछन।