# https://sidhaprahar.com ## Posts - [अत्यधिक गर्मी बढे सगैँ जनजीवन प्रभावित](https://sidhaprahar.com/health/1769/): दोधारा चाँदनी- केही दिनदेखि बढेको गर्मीले कैलाली,कञ्चनपुर लगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाले मङ्गलबारदेखि कैलाली, कञ्चनपुर लगायत जिल्लाको तापक्रम वृद्धि भएको जनाएको छ । कार्यालय प्रमुख सिङ्गल चौधरीले शनिबार ४० दशमलव छ डिग्री तापक्रम मापन गरिएको बताए । “मङ्गलबारसम्म यहाँको तापक्रम ३७ डिग्री थियो अहिले बढेर ४० दशमलव छ पुगेको छ”, उनले भने “बिहीबार र शुक्रबार ४० दशमलव पाँच डिग्री तापक्रम मापन गरिएको थियो ।” महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले गर्मीमा अत्यावश्यक कामबाहेक बाहिर नआउन आग्रह गरे । “गर्मीका कारण ज्वरो आउने, आलश्य हुने चक्कर आउनेलगायतका रोग […] - [हलो छोडेर ट्याक्टर जोत्दै हिमाली जिल्लाका किसान (भिडियो सहित)](https://sidhaprahar.com/news/1766/): म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा किसानले कृषि खेतीमा आधुनिक कृषि यन्त्रको प्रयोग बढाउँदै गएका छन् । कृषि खेतीमा काम चाँडो र श्रम पनि कम खर्च हुने भएकाले किसानहरू हाते ट्याक्टरप्रति आकर्षित हुँदै गएका हुन् । पछिल्लो समय किसानहरू गोरुले जोत्न छोडेर आधुनिक कृषि यन्त्र (हाते ट्याक्टर)को प्रयोग खेत जोत्न थालेका हुन् । गोरुले जोत्नुभन्दा हाते ट्याक्टरले खेत जोत्न छिटो तथा सजिलो हुने भएकाले तीन वर्षदेखि हाते ट्याक्टरले खेत जोत्दै आएको रघुगंगा गाउँपालिका- २ राखु भगवतीका देवबहादुर खत्रीले बताए । उनले गाउँमा कृषि खेती गर्ने क्रम घट्दै गएको छ, काम गर्ने मान्छे पाउन पनि ग्राहो भएकोले यो प्रविधिले धेरैलाई कृषि खेती […] - [चितवनको इच्छाकामना माईको मन्दिर पुनःनिर्माण सम्पन्न](https://sidhaprahar.com/society/1762/): इच्छाकामना । चितवनको इच्छाकामना गाउँपालिका ५ मा अवस्थित एतिहासिक धार्मिक स्थल इच्छाकामना माइ मन्दिरको पुन ः निर्माण कार्य सम्पन्न भएको छ । ढुङ्गा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर मन्दिर निर्माण गरिएको हो । मन्दिर निर्माण सम्पन्न भएसगैँ विधिवत रुपमा पुजाआजा गरि बिहिबार समुद्घाटन गरिएको छ । मन्दिरको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले एक कार्यक्रमका बिच उद्घाटन गरेको हो । नयाँ मन्दिरको समुद्घाटनसँगै बिहिबार देखि नै मन्दिरभित्रबाट पुजा आजा पनि सुरु गरिएको छ । यस अघि मन्दिर पुन ः निर्माणको क्रममा भक्तजनहरुलाई मन्दिर बाहिर निर्माण गरिएको इच्छाकामना माताको प्रतिमामा पुजाआजा गर्ने व्यवस्था मिलाइएको थियो । अब भने भक्तजनहरुले […] - [क्यान्सर पिडित बालिकालाई बुहारी संघको सहयोग](https://sidhaprahar.com/society/1755/): दुलेगौँडा । सामाजिक कार्यमा अग्रसर हुदै आएको मेचि महाकाली बुहारी संघ तनहुँ र सन नेपाल लाईफ ईन्स्युरेन्सले संयुक्त रुपमा व्लड क्यान्सरबाट पीडित बालिकालाई सहयोग गरेको छ । जिल्लाको भिमाद नगरपालिका ९ भाटडाँडाकी चार बर्षीय विना क्षेत्रीलाई संघले २७ हजार पाँच सय रुपैयाँ उलपब्ध गराएको हो । तीन महिना अघिदेखि ब्लड क्यान्सरको उपचार गराईरहेकी क्षेत्री परिवारलाई आम्दानीको स्रोत नभएकै कारण उपचारमा समस्या भएको जानकारी प्राप्त भएपछि सहयोग गरिएको संघकी सदस्य सिर्जना खनालले जानकारी दिइन् । संघकी जिल्ला अध्यक्ष लक्ष्मी भण्डारीको उपस्थितीमा पीडित बालिकाको बुवा टकबहादुर क्षेत्रीलाई सहयोग रकम उपलब्ध गराइएको थियो । बालिकाको काठमाण्डौँ स्थित कान्ति बाल अस्पतालमा उपचार भईरहेको बुवा […] - [‘सन्तुलित भोजन र व्यायाम नै बाथरोगको औषधि’](https://sidhaprahar.com/health/1748/): कास्की- बाथरोग विशेषज्ञ डा सुधीर कर्माचार्यले बाथरोगको औषधि सन्तुलित भोजन र शारीरिक परिश्रम भएको बताए । नारी शक्ति जागरण आमा समूह पोखरा-१७ आँखा अस्पताल चोकको व्यवस्थापन तथा नेसनल बाथरोग मुस्ताङचोकको प्राविधिक सहयोगमा आयोजित निःशुल्क रक्त परीक्षण एवम् रिपोर्ट वितरण कार्यक्रममा बाथरोग अधिकांश बिरामीहरुले दुखाइ कम गर्ने औषधि प्रयोग गर्ने गरेको बताए । नेपालमा बाथरोगका बिरामी बढ्दो क्रममा रहेको बताउँदै अहिले छ प्रतिशत जनसङ्ख्यामा पुगेको उनको भनाइ छ । बाथरोगको सङ्केत देखिएका बिरामीहरुले रातो मासु, गेडागुडी, गोलभेँडा, अम्लीय पदार्थ, गुलियो पदार्थ, मद्यपान र धुम्रपान गर्न नहुने र उचाइ अनुसारको मोटोपन कायम राख्न सकेमा आत्तिनु नपर्ने उनकोे भनाइ छ । अहिलेसम्म दुई […] - [गर्मिबढेसँगै तनहुँमा पनि बन्द हुन थाले विद्यालय](https://sidhaprahar.com/uncategorized/1745/): दुलेगौँडा । बढ्दो तापक्रमका कारण तनहुँका विद्यालयहरु समेत बन्द हुन थालेका छन् । विद्यार्थीमा टाउको दुख्ने, ज्वरो आउने लगायतका समस्या देखिन थालेसँगै जिल्लाका व्यास नगरपालिका, देवघाट गाउँपालिका, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकामा विद्यालयहरु बन्द हुन थालेको हो । शुक्लागण्डकी नगरपालिका २ एक्लेखेतमा रहेको हंशबाहिनी माध्यमिक विद्यालयले विद्यार्थीहरुको स्वास्थ्यमा समस्या देखिनुका साथै पानीका मुलहरु सुकेर पानीको ब्यवस्थापन गर्न नसकिएकाले आगामी आईतबारसम्म विदा दिने निणर्य गरेको हो । विद्यालयका प्रधानाध्यापक विजयराज पौडेलले बर्षे विदामा कटौती हुने गरि विदा दिइएको विज्ञप्ती मार्फत जनाएका छन् । शिक्षा समन्वय इकाई तनहुँका अनुसार जिल्लाका विभिन्न पालिका मार्फत विद्यालय बन्द गरिएको जानकारी प्राप्त भएको जनाएको छ । […] - [सर्पले डसेर महिलाको मृत्यु](https://sidhaprahar.com/news/1743/): २६ जेठ, सिन्धुली । सर्पले डसेर सिन्धुलीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालकिा १२ कर्थाकी ६२ वर्षीया शिवकुमारी कार्की रहेकी जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए । कार्कीलाई आज शुक्रबार बिहान घरकै पेटीमा सर्पले डसेको थियो । दुधौली नगरपालिका ७ को सर्पदंस अस्पतालमा सामान्य उपचार गरि थप उपचारका लागि सिरहाको कर्जना फूलकुमारी महतो मेमोरियल अस्पतालमा लागिएकोमा उनको उपचारकै क्रममा निधन भएको दाहालले बताए । - [गर्मिबढेसँगै तनहुँमा पनि बन्द हुन थाले विद्यालय](https://sidhaprahar.com/uncategorized/1737/): दुलेगौँडा । बढ्दो तापक्रमका कारण तनहुँका विद्यालयहरु समेत बन्द हुन थालेका छन् । विद्यार्थीमा टाउको दुख्ने, ज्वरो आउने लगायतका समस्या देखिन थालेसँगै जिल्लाका व्यास नगरपालिका, देवघाट गाउँपालिका, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकामा विद्यालयहरु बन्द हुन थालेको हो । शुक्लागण्डकी नगरपालिका २ एक्लेखेतमा रहेको हंशबाहिनी माध्यमिक विद्यालयले विद्यार्थीहरुको स्वास्थ्यमा समस्या देखिनुका साथै पानीका मुलहरु सुकेर पानीको ब्यवस्थापन गर्न नसकिएकाले आगामी आईतबारसम्म विदा दिने निणर्य गरेको हो । विद्यालयका प्रधानाध्यापक विजयराज पौडेलले बर्षे विदामा कटौती हुने गरि विदा दिइएको विज्ञप्ती मार्फत जनाएका छन् । शिक्षा समन्वय इकाई तनहुँका अनुसार जिल्लाका विभिन्न पालिका मार्फत विद्यालय बन्द गरिएको जानकारी प्राप्त भएको जनाएको छ । […] - [कस्ता मानिस लाई लामखुट्टेले बढि टोक्छ ?](https://sidhaprahar.com/health/1734/): लामखुट्टेमा मानिस र जनावर भएको ठाउँ थाहा पाउने एक विशेष प्रकारको सेन्सर हुन्छ । यसैको मद्दतले यसले शिकारलाई खोज्दछ । यस अलावा अन्यको तुलनामा कसैलाई बढि लामखुट्टेले टोक्छ भने लामखुट्टेलाई के कुराले आकर्षित गर्छ त ? यी हुन् कारण ः १. धेरै पसिना आउने मानिस प्रति लामखुट्टेलाई आकर्षित गर्दछ । लामखुट्टेलाई आवश्यक पर्ने सबैकुरा पसिनामा पाइन्छ । त्यसैले यो आर्कषित बन्दछ । २. महिलाको तुलनामा पुरुष र बच्चालाई र यी दुइको तुलनामा पनि वयस्कलाई लामखुट्टेले धेरै टोक्ने गर्दछ । ३. लामखुट्टे शरीरको तापक्रममार्फत आफ्नो शिकारको खोजी गर्दछ । मानिसको शरीरको तापक्रम लामखुट्टेका लागि आइडियल हुने गर्दछ । ४. कालो, निलो, […] - [डडेल्धुरामा जिप दुर्घटनामा परि ९ जना घाइते](https://sidhaprahar.com/news/1731/): कैलाली । डडेल्धुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । शुक्रबार बिहान जिल्लाको नवदुर्गा गाउँपालिका- १ कोटेलीमा से१ज ३२९ नम्बरको जिप दुर्घटना हुँदा ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । चरिचरनका लागि जङ्गलमा लगिरहेका बाख्राका कारण जिप दुर्घटना भएको हो। बाख्रा बचाउन खोज्दा जिप सडकमा नै पल्टिएर ९ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी मनोहर भट्टले जनकारी दिए । नवदुर्गा १ निम्तोलादेखि डडेल्धुरा सदरमुकाम गइरहेको जिप दुर्घटनामा परेको हो । - [हेलिकप्टरबाट एक सुत्केरीको उद्धार](https://sidhaprahar.com/health/1728/): दार्चुला- दार्चुलामा एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्दार गरिएको छ । लेकम गाउँपालिका-२ भटाइजरकी ३३ वर्षीया पार्वती सार्कीको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको हो । बिहिवार दिउँसो सर्मोली स्वास्थ्य चौकीमा बच्चा जन्माएकी सार्कीलाई उच्च रक्तस्रावको समस्या देखिपछि थप उपचारका लागि आज बिहान हेलिकप्टरमार्फत उद्धार गरि कणर्ाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए । - [गुल्मीका नर्सरीमा उत्पादित बिरुवाहरुलाई बजारीकरणको समस्या](https://sidhaprahar.com/society/1725/): गुल्मी- गुल्मीका नर्सरीमा उत्पादित बिरुवाहरुलाई बजारीकरणको समस्या देखिएको छ । बाहिरी जिल्लाबाट बिरुवा भित्रिने तर जिल्लाभित्रका बिरुवाहरु बिक्री नहुँदा किसानहरु समस्यामा परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका-९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका सुन्तला, कागती, टिमुर, अनार, किबी, चियापत्ती, अम्बा, कुरिलो र धुपी लगायत दर्जनौं बिरुवाहरु बिक्री हुन सकेका छैनन् । कार्कीले विगत १६ वर्षदेखि तम्घासमा रेसुङ्गा मदाने जटिबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर बिरुवा उत्पादनमा लागेका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला इञ्चार्ज वीर बहादुर कार्की राजनीतिसँगै कृषि पेशामा पनि क्रियाशील छन् । उनले माओवादी जनयुद्धदेखि नै केही गरेर खानुपर्छ भन्ने उद्देश्यले कृषि पेशा […] - [सबै जिल्लाको तापक्रम उच्च तराईको जनजीवन कष्टकर](https://sidhaprahar.com/health/1723/): काठमाडौं- मनसुन भित्रिन ढिला हुँदा तराईमा तातो हावा अर्थात् ‘लु’ चल्ने क्रम थप उच्च बनेको छ । नेपालको पूर्वदेखि पश्चिम तराईको भूभागमा तापक्रम उच्च बन्दा जनजीवन प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाले पश्चिमका दुई र पूर्वका तीन जिल्लाबाहेक सबै जिल्लाको तापक्रमले उच्च सतर्कताको तह पार गरेको जनाएको छ । ती जिल्लामा ४१ डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेको छ । पाँच जिल्लामा तापक्रमको सतर्कता तहको अवस्थामा रहेको छ । सबैभन्दा बढी जनकपुर, विराटनगर, भैरहवा, सिमरा र नेपालगन्जमा तापक्रम वृद्धि भएको देखिएको छ । यसैबीच बङ्गालको खाडीबाट मनसुनी न्यूनचापीय रेखा हिजो भारतको केरलामा आइपुगेको छ । […] - [इच्छाकामना मन्दिर भक्तजनका लागि खुला](https://sidhaprahar.com/news/1720/): मुग्लिन। चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ । मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो । मन्दिर बाहिर निर्माण गरिएको इच्छाकामना माताको प्रतिमामा पूजा गर्दै आएकामा बिहीबारदेखि मन्दिरभित्रैबाट पूजा गर्न खुला गरिएको छ । विधिवतरूपमा पूजा गरी गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बिहीबार मन्दिरको उद्घाटन गरेपछि सर्वसाधारण तथा भक्तजनका लागि नियमित पूजा गर्न खुला गरिएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिए । बागमती प्रदेश, इच्छाकामना गाउँपालिका, स्थानीयको श्रमदान र चन्दादाताको सहयोगमा रु दुई करोड ४२ लाखको लागतमा मन्दिर पुनःनिर्माण सम्पन्न भएको बोहोराले बताए । कोरोना महामारी […] - [इच्छाकामना मन्दिर भक्तजनका लागि खुला](https://sidhaprahar.com/news/1717/): मुग्लिन। चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ । मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो । मन्दिर बाहिर निर्माण गरिएको इच्छाकामना माताको प्रतिमामा पूजा गर्दै आएकामा बिहीबारदेखि मन्दिरभित्रैबाट पूजा गर्न खुला गरिएको छ । विधिवतरूपमा पूजा गरी गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बिहीबार मन्दिरको उद्घाटन गरेपछि सर्वसाधारण तथा भक्तजनका लागि नियमित पूजा गर्न खुला गरिएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिए । बागमती प्रदेश, इच्छाकामना गाउँपालिका, स्थानीयको श्रमदान र चन्दादाताको सहयोगमा रु दुई करोड ४२ लाखको लागतमा मन्दिर पुनःनिर्माण सम्पन्न भएको बोहोराले बताए । कोरोना महामारी […] - [आँखाको नानीमा नेपाल आत्मनिर्भर छ ः नेपाल आँखा बैङ्क](https://sidhaprahar.com/health/1714/): काठमाडौँ । आँखा दान गर्नेको सङ्ख्या बढेसँगै आँखाको नानीमा नेपाल आत्मनिर्भर बनेको नेपाल आँखा बैंकले बताएको छ । आँखा दानप्रतिको बद्लिँदो सकारात्मक सोचका कारण दाताको सङ्ख्या बढ्दै गएको बैंकका व्यवस्थापक शङ्करनारायण न्वयनाले बताए । काठमाडौँमा आयोजित ‘आँखा दान तथा सामूहिक श्रद्धाञ्जली सभासम्बन्धी पत्रकार सम्मेलन’ मा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले बैङ्कमा आँखाको नानी सुरुको अवस्थामा विदेशबाट झिकाइने गरेकोमा अहिले देश भित्रबाटै सङ्कलन हुने गरेको जानकारी दिए ।उनका अनुसार अहिले बैंकले देशभित्र अन्य अस्पतालमा समेत प्रत्यारोपणका लागि आँखाको नानी उपलब्ध गराउँदै आएको छ । नेपाल आँखा बैङ्कमा हालसम्म एक लाखभन्दा बढी दाताले मृत्युपर्यन्त आँखाको नानी दान गर्ने प्रण गरिसकेको र १२ हजार भन्दा […] - [ढुङ्गा खानीको भीरबाट लडेर रुकुम पश्चिममा एक जनाको मृत्यु](https://sidhaprahar.com/news/1683/): सुर्खेत । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका- ४ मा रहेको ढुङ्गा खानीको भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोताम बस्ने अन्दाजी ६० वर्षीय हिरे कामी रहेको कणर्ाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । स्थानीय मनरुप टमटा र लटे कामीको घर छाउने ढुङ्गा निकाल्ने क्रममा लडेर उनको मृत्यु भएको कणर्ाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी गोपालचन्द्र भट्टराईले जानकारी दिए । उनी भिरबाट करिब ७०० मिटर तल भिरमा खसेका थिए । - [गर्मी बढेसँगैे वाग्मतीको दुर्गन्ध बढेको बारे स्थानियको गुनासो](https://sidhaprahar.com/health/1679/): काठमाडौँ । बाघद्वारबाट उद्गम भएर काठमाडौँको किनारमा बग्ने वाग्मती नदीले काठमाडौँ र ललितपुरको सीमा छुट्याएको छ । धार्मिक विशेषता रहेको वाग्मती नदीलाई हिन्दू तथा बौद्धधर्ममा पवित्र मानिन्छ । नदीको किनारमा बनेका मन्दिरले धार्मिक विशेषता झन बढाएको छ । गर्मी सुरुभएसँगै वाग्मतीको दुर्गन्ध धेरैले महसुस गरे पनि दुर्गन्ध न्यूनीकरण गर्नतर्फ कसैको चासो र चिन्ता नभएको स्थानीयको गुनासो छ । दुर्गन्धका कारण वाग्मती किनारमा बस्न समस्या हुने गरेको छ । टेकु र कुलेश्वरको बीचमा विष्णुमती नदी र वाग्मती नदीको दोभान छ । दुवै नदी मिसिएर बग्दा सानेपा र बल्खु आसपासका बस्ती बढी प्रभावित छन् । वाग्मती नदीअन्तर्गतका अन्य पुल तथा वाग्मती करिडोरमा […] - [चर्को गर्मी तथा चुरेविनाशले मधेश प्रदेशका एक तिहाई चापाकल सुक्यो](https://sidhaprahar.com/news/1675/): जनकपुरधाम । लामो समयसम्म पानी नपरेका कारणले मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा खानेपानीको मुहान सुकेपछि सर्वसाधारण निक्कै मारमा परेका छन् । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा भएका एक तिहाई चापाकलहरु सुकेपछि सर्वसाधारणलाई खाने पानीको समस्या मात्र होइन सरसफाईमा पनि समस्या उत्पन्न भएर अन्य रोगको खतरा पनि उत्पन्न भएको छ । यसका साथै मधेश प्रदेशका पूर्व पश्चिम लोक राजमार्ग क्षेत्रमा भएका इनारहरूमा पानी आउन बन्द भएपछि निक्कै समस्या उत्पन्न भएको छ । खानेपानीको समस्याबाट धनुषा, महोत्तरी, सिरहा, सप्तरी, बारा, पर्सा तथा रौतहट जिल्लाको उत्तरी भेगमा समस्या उत्पन्न भएको छ । चुरे तथा वनजंगलको दोहनका कारणले पनि पानीका श्रोतहरू सुक्न थालेको छ । जनकपुरधाममा ४५० […] - [आफ्नै १४ दिने शिशुको हत्या गरी फरार व्यक्ति पक्राउ](https://sidhaprahar.com/news/1672/): काठमाडौं । आफ्नै १४ दिने शिशुको हत्या गरी फरार एक व्यक्तिलाई प्रहरीले १० दिनपछि पक्राउ गरेको छ । बारामा घटना घटाएर फरार भएका उनलाई काठमाडौँको चन्द्रागिरिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार जेठ १४ गते बेलुका अन्दाजी ५ बजेको समयमा बाराको देवताल गाउँपालिका-४ तिप्राडी टोल बस्ने नुर आलम अन्सारीले आफ्नो नवजात शिशु (१४ दिनको छोरालाई) कर्तव्य गरी मारेर फरार रहेका थिए । उनी फरार भएपछि काठमाडौँमा लुकेको आशङ्कामा खोजतलास गरी पक्राउ गर्न भन्दै जिल्ला प्रहरी कार्यालय बाराबाट पत्राचार भएअनुसार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई गए […] - [स्याङ्जामा गाडी दुर्घटना हुँदा चालकको मृत्यु ३ जना घाइते](https://sidhaprahar.com/news/1669/): पोखरा । जिल्ला समन्वय समिति स्याङ्जाको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पर्वतबाट स्याङ्जा आउँदै गरेको बा. १ झ.५८७८ नम्बरको गाडी बुधवार बेलुकी अर्जुनचौपारी गाउँपालिका-३ खोले दुर्घटना हुँदा चालक वालिङ नगरपालिका-४ एलादीका अन्दाजी ३५ वर्षीय अमृत खनालको मृत्यु भएको प्रहरीले जनाएको छ । गाडीमा सवार समितिका समन्वय अधिकारी राजेन्द्रप्रसाद अधिकारी, अम्बिका पौडेल र टीकाराम पौडेल घाइते भएको डीएसपी रवीन्द्र खनालले जानकारी दिए । सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो । - [कालिकोटमा जीप दुर्घटना हुदाँ दुईको मृत्यु](https://sidhaprahar.com/news/1666/): सुर्खेत । कालिकोटको रास्कोट नगरपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका-२ सेरा बजारमा रोकेर राखिएको जिप दुर्घटना भएको हो । ग ३ च ४६१० नम्बरको जीप एक्कासि ब्याक भई सडकबाट ३ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीले जानकारी दिए । दुर्घटनामा रास्कोट नगरपालिका-१ का ४३ वर्षीय मोनबहादुर शाही र उनकी श्रीमती ३६ वर्षीया मनकुमारी शाहीको घटनास्थलमै मृत्यु भएको भने २२ वर्षीया रिता शाही गम्भीर घाइते रहेको उनले जानकारी दिए । उनका अनुसार रिता गर्भवती रहेको र रितालाई थप उपचारका लागि हेलिकप्टर मार्फत प्रदेश अस्पताल सुर्खेतमा […] - [विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द](https://sidhaprahar.com/health/1663/): वालिङ। स्याङ्जाको वालिङ-१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ । सुरुका दिनमा केही बालबालिकामा देखिएको सङ्क्रमण फैलँदै जाँदा २३ जना तथा घरका अन्य सदस्यलाई पनि सर्न थालेपछि आउँदो शुक्रबारसम्म विद्यालय बन्द गरिएको छ । बालबालिकाको शरीरमा एकै प्रकारका पानीका फोका आउने, चिलाउने, दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएको छ । विश्व स्वास्थ्य सङ्गठन, गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य कार्यालय स्याङ्जा र गह्रौँ प्राथमिक अस्पताल वालिङबाट चिकित्सकको टोली पुगेर औषधि उपचार गरेको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए । पहिलो पटक परीक्षण गर्दा २३ जनामा देखिएको सङ्क्रमण दर बढ्दै गएपछि गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय र विश्व […] - [महिला स्वास्थ्य स्वंयमसेविकाहरुलाई साइकल वितरण](https://sidhaprahar.com/health/1660/): विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ६ ले सामुदायिक महिला स्वास्थ्य स्वंयमसेविकाहरुलाई साइकल वितरण गरेको छ । गर्भवती महिलासहित अन्य समस्या भएकाहरूको घरमै पुगेर सेवा प्रदान गर्न सहज होस् भन्ने उद्देश्यले ९ जना स्वास्थ्य स्वंयमसेविकाहरुलाई साइकल वितरण गरिएको वडाध्यक्ष हरिशचन्द्र सहनीले जानकारी दिए । महानगरका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हुमादेवी भट्टराई, मञ्जु बस्नेत, केशकशा कौशर, जेवा खानम, राधादेवी गुप्ता, मदिना खातुन, सञ्जु कामत चौधरी, आशाकुमारी मण्डल र सीमादेवी कामतलाई साइकल प्रदान गरिएको थियो । कार्यक्रममा मेयर कोइराला, वडाध्यक्ष सहनी, वडा सदस्य पन्नालाल राजवंशी, निर्मला कार्की र आशा पासमानले स्वंयमसेविकाहरुलाई हरूलाई साइकल वितरण गरे । मेयर कोइरालाले महिला […] - [दलित जनप्रतिनिधी महासंघ गठन, शुक्लागण्डकीका राजु सचिव](https://sidhaprahar.com/news/1656/): दुलोगौडा । नेपालका ७५३ स्थानीय तहमा कार्यरत दलित समुदायका जनप्रतिनिधीहरुले ‘दलित जनप्रतिनिधी महासंघ’ गठन गरेका छन् । दलित समुदायबाट निर्वाचित भएका जनप्रतिनिधीको भूमिका प्रभावकारी बनाउन काठमाण्डौमा गत बैशाख ७ र ८ गते सम्पन्न भएको भेलाले महासंघ गठन गर्ने निर्णय गरेको थियो । गत आईतबार जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा भएको दोस्रो भेला मार्फत नीलकण्ठ नगरपालिका धादिङका उपप्रमुख दीपक विश्वकर्मालाई महासंघको अध्यक्ष चयन भएका छन् । महासंघको उपाध्यक्षमा खजुरा गाउँपालिका बाँकेका अध्यक्ष डम्बर विश्वकर्मा र आरूघाट नगरपालिका गोरखाका उपप्रमुख कल्पना नेपाली छन् । महासचिवमा सरमइरानी गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्मा चयन भएका छन् । भेलाले गुर्भाकोट नगरपालिका सुर्खेतका उपप्रमुख मैना […] - [दलित जनप्रतिनिधी महासंघ गठन, शुक्लागण्डकीका राजु सचिव](https://sidhaprahar.com/news/1648/): दुलोगौडा । नेपालका ७५३ स्थानीय तहमा कार्यरत दलित समुदायका जनप्रतिनिधीहरुले ‘दलित जनप्रतिनिधी महासंघ’ गठन गरेका छन् । दलित समुदायबाट निर्वाचित भएका जनप्रतिनिधीको भूमिका प्रभावकारी बनाउन काठमाण्डौमा गत बैशाख ७ र ८ गते सम्पन्न भएको भेलाले महासंघ गठन गर्ने निर्णय गरेको थियो । गत आईतबार जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा भएको दोस्रो भेला मार्फत नीलकण्ठ नगरपालिका धादिङका उपप्रमुख दीपक विश्वकर्मालाई महासंघको अध्यक्ष चयन भएका छन् । महासंघको उपाध्यक्षमा खजुरा गाउँपालिका बाँकेका अध्यक्ष डम्बर विश्वकर्मा र आरूघाट नगरपालिका गोरखाका उपप्रमुख कल्पना नेपाली छन् । महासचिवमा सरमइरानी गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्मा चयन भएका छन् । भेलाले गुर्भाकोट नगरपालिका सुर्खेतका उपप्रमुख […] - [प्रकाश सपुतले ‘बोल माया’को दोस्रो भाग ‘दमाई महाराज’ ल्याउने](https://sidhaprahar.com/entertainment/1647/): काठमाडौं । ‘बोल माया’ प्रकाश सपुतको चर्चित गीत हो । नारायण रायमाझी, शान्तिश्री परियार र स्वयं प्रकाशकै स्वर रहेको यो गीतले प्रकाश सपुतलाई नेपाली सांगीतिक क्षेत्रमा जबर्जस्त स्थापित गरायो । अडियो र भिडियो दुबैमा अब्बल मानिएको यो गीतपछि प्रकाश सपुतले पछाडि फर्केर हेर्नुपरेको छैन । उनका एकपछि अर्को गीतले चर्चा र सफलता पाइरहेका छन् । अब भने प्रकाश सपुत आफ्नो लोकप्रिय गीत ‘बोल माया’ दोस्रो भाग ल्याउने तयारीमा लागेका छन् । उनले नयाँ गीतको शीर्षक जुराएका छन्, ‘दमाई महाराज’ । उनले यस विषयमा सामाजिक सञ्जालबाट जानकारी दिंदै २०८० साललाई जातीय विभेदविरुद्धकोे वर्षका रुपमा आफूले मनाउने निणर्य गरेकाले सोही अनुसारका सिर्जना […] - [कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ](https://sidhaprahar.com/news/1644/): काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीका लागि कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका-१ घर भई हाल काठमाडौंमा बस्दै आएका ४६ वर्षीय शेरबहादुर तामाङ र झापाको दमक नगरपालिका-१० घर भई हाल काठमाडौं बस्दै आएकी ४५ वर्षीया मुनादेवी कार्की रहेका छन् । तामाङले खुमबहादुर रानालाई वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै रु पाँच लाख ठगी गरेको आरोपमा आज नयाँबानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसैगरी, कार्कीले उमेश श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै रु चार लाख ५० हजार ठगी गरेको आरोपमा प्रहरीले बबरमहलबाट […] - [नेता रसाईलीलाई एमालेको महत्वपूर्ण जिम्मेवारी](https://sidhaprahar.com/politics/1640/): दुलेगौँडा । नेकपा एमालेकी केन्द्रिय सदस्य तथा शुक्लागण्डकी नगरपालिकाकी निवर्तमान उपमेयर सविता रसाईलीले पार्टीको महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेकी छन् । उनलाई नेकपा एमालेले तनहुँ निर्वाचन क्षेत्र २ मा ईन्चार्जको जिम्मेवारी तोकेको छ । यस्तै तनहुँ जिल्लामा नेकपा एमालेको ईन्चार्जको जिम्मा नवलपुरका तिलक महत क्षेत्रीलाई प्रदान गरिएको छ । पूर्व सांसद तथा पार्टीका केन्द्रिय सदस्य समेत रहेको महतले तनहुँमा ईन्चार्जको जिम्मेवारी पाएसँगै तनहुँ जिल्ला ईन्चार्ज तथा पार्टीका पोलिटब्यूरो सदस्य टुकराज सिग्देललाई स्याङ्जा जिल्लाको ईन्चार्ज तोकिएको छ । सिग्देल संविधान सभा सदस्यका साथै पूर्व सांसद समेत हुन् । यस्तै नेकपा एमालेले तनहुँ निर्वाचन क्षेत्र १ को ईन्चार्ज भने नेकपा एमालेकी केन्द्रिय सदस्य […] - [बस दुर्घटनामा परि ८ जना घाइते](https://sidhaprahar.com/news/1629/): महोत्तरी । महोत्तरीको बर्दिबास ११ पूर्वपश्चिम राजमार्गको शिव चोकनजिक काठमाडौँबाट राजविराज तर्फ जाँदै गरेको ना ६ ख १८८२ नं को शिव शक्ति बस आज बिहान दुर्घटना हुँदा ८ जना घाइते भएको छन् । प्रहरीका अनुसार घाइते हुनेमा सप्तरी नर्वे ३ का ३० वर्षीय फूल कुमार पासवान, सिराहा नरहा १ का २४ वर्षे नागेश्वरी महतो, कल्याणपुर ६ का ४५ वर्षीय डोमा दास, कर्जनाहा ३ का २१ वर्षीय रामबिनय दास, २० वर्षीय मन्दिप महतो, २१ बर्से मिथलेस दास र सिराहा गोलबाजार ६ का २७ वर्षीय राजु सदा छन् । घाइतेहरूलाई बर्दिबास स्थित ट्रमा सेन्टर भर्ना गरिएको छ । बर्दिबासस्थित इलाका प्रहरीका अनुसार […] - [गर्मीबढे सगैँ बिरामी बालबालिकाको सख्या बढ्यो](https://sidhaprahar.com/health/1626/): जानकी । नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन् । भेरी अस्पतालका बालरोग विशेषज्ञ डा प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित बनेका छन् । उनले अस्पतालको ‘ओपिडी’मा दैनिक ५० भन्दा माथिको सङ्ख्यामा बिरामी बालबालिका उपचारका लागि आउने गरेको बताए । ती मध्ये चारदेखि पाँच बिरामी बालबालिका भर्ना हुने गरेका छन् । विशेष गरेर बालबालिकामा ज्वरो, रुघाखोकी, झाडापखाला, पेट दुख्ने समस्या देखिएको बालरोग विशेषज्ञ डा प्रतिमाको भनाइ छ । उहाँले यस मौसमी रुघाखोकी र भाइरल फ्लुबाट जोगिन बालबालिकालाई अनिवार्य माक्सको प्रयोग गर्नुपर्ने, खाना खानुभन्दा अघि राम्री साबुनपानीले हात धोएर मात्र खाना खान सुझाव दिए […] - [गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु](https://sidhaprahar.com/news/1614/): २४ जेठ, बनेपा। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१३ साँगामा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बा४ख ४२९४ नम्बरको गाडीले गए राति सडक छेउमा हिँडिरहेका तेमाल गाउँपालिका-९ का ७० वर्षीय छेवाङ तामाङलाई ठक्कर दिएको हो । सख्त घाइते उनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ । - [गण्डकी प्रदेशमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम](https://sidhaprahar.com/news/1607/): गण्डकी । गण्डकी प्रदेश सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालित सामुदायिक विद्यालयमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम’ सञ्चालन गर्न सहयोग गर्ने भएको छ । सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ । प्रदेशभित्रका शैक्षिक संस्थाबाट सञ्चालन हुने प्राविधिक शिक्षाको विषय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट कार्यान्वयन भएका विषय र निजी शैक्षिक संस्थाबाट सञ्चालन गरिने विषयमा एकद्वार प्रणालीमार्फत प्राविधिक शिक्षालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न छाता ऐन बनाइने भएको छ । अतिविपन्न, दलित, अपाङ्गता भएका व्यक्ति, जेहेन्दार, द्वन्द्वपीडित र सहिद परिवारका सन्तति लक्षित समूहका विद्यार्थीको उच्च शिक्षामा पहुँच विस्तार र तह पूरा गर्ने दर वृद्धि गर्नका […] - [तनहुँमा कृषकलाई मौरी पालनमा आकर्षित गर्दै घार वितरण](https://sidhaprahar.com/uncategorized/1604/): तनहुँ । कृषि ज्ञान केन्द्र तनहुँले समूहमा आबद्ध भएका कृषकलाई एक सय ५३ मौरीसहितको घार वितरण गरेको छ । आँबुखैरेनी, म्याग्दे, बन्दीपुर गाउँपालिकामा ४६ वटाका दरले र ऋषिङमा १५ वटा गरी कृषकलाई मौरीसहितको घार वितरण गरेको हो । आँबुखैरेनी-४ खस्राङ गाउँका कृषक समूहमा आबद्ध २६ कृषकलाई ९० प्रतिशत अनुदानमा ४६ वटा मौरीसहितको घार प्रदान गरेको हो । कृषकलाई मौरीसहित घार, स्ट्याण्ड, पन्जा, धुवादानी, टोपी, महदानीलगायतका आवश्यक पर्ने सामग्री प्रदान गरेको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । त्यसैगरी म्याग्दे गाउँपालिका-४ स्थित छिम्लीस्वाँरा कृषक समूहमा आबद्ध भएका कृषकलाई ४६ वटा मौरीसहितको घार वितरण गरिसकेको सो कार्यालयले जनाएको छ […] - [भेटिएनन् अझैपनि सुनकोशीमा बेपत्ता ३ कर्मचारीहरु](https://sidhaprahar.com/news/1600/): सिन्धुली- सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का अधिकारीहरुको अझै खोजी भइरहेको छ । घटना भएको पाँचौँ दिन बित्नै लागिसक्दासमेत अझैसम्म ती अधिकारीहरूलाई भेटृाउन सकिएको छैन । सिटिइभिटी का दुई निर्देशक र अधिकृत चढेको बा१झ ७४६७ नंको जिप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट-घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका-७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो । भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सिटिइभिटीको जिपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु-९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति-७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल सवार थिए । उनीहरु […] - [गर्मीबढे सगैँ खानेपानीको अभाव](https://sidhaprahar.com/news/1595/): पाल्पा । गर्मी मौसममा बढी मात्रामा खपत हुने पानी तानसेनमा हाहाकार भएको छ । खानेपानी उपभोक्ता समितिको कार्यकाल सकिएर अवैध हुँदा खानेपानीको समस्या झन बढ्दै गएको हो । तीन वर्षदेखि अवैध रुपमा सञ्चालित समितिको साधारणसभा तथा समिति चयन हुन सकेको छैन । समितिले चार वर्षदेखि साधारणसभा तथा अधिवेशन गर्न सकेको छैन । नयाँ समिति बनाउन लागेको चार वर्ष बितिसकेको भएपनि नयाँ समिति बनाउने काम अलपत्र परेको हो । समितिभित्रका पदाधिकारीबिच भएको विवादका कारण चार वर्षदेखि खानेपानी उपभोक्ता समिति बन्न नसकेको हो । समितिको निर्वाचनको लागी हालै नेपाल वार एशोसिएसन पाल्पालाई जिम्मा दिइएको समितिका सचिव केशव पौडेलले बताए । समितिको निर्वाचनको […] - [धारिलो हतियार प्रयोग गरी दम्पतीको हत्या](https://sidhaprahar.com/news/1593/): नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-८ मजुवा मा एक दम्पती मृत अवस्थामा फेला परेका छन् । ५० वर्षका तिलकराज भेडियार र उनको श्रीमती निर्मला भेडियार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिए । पशुपालन गर्दै आएका दम्पती को शव धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अवस्थामा गाउँ नजिकै फेला परेको हो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेको छ । जिल्लामा यो हप्तामा मात्र ३ जनाको हत्या भएको प्रहरीले जनाएको छ। - [घाँस काट्ने क्रममा बाढीले बगाएर एकको मृत्यु, एकजना घाइते](https://sidhaprahar.com/news/1586/): म्याग्दीको रघुगंगा गाउँपालिका-६, पाखापानीस्थित नाङ्गे जङ्गलको खोल्सामा बाढीले बगाउँदा एक महिलाको मृत्यु भएको छ भने एकजना घाइते भएकी छन् । नाङ्गे जङ्गलको खोल्सामा घाँस काट्ने क्रममा सोमबार दिउँसो अचानक बाढी आउँदा रघुगंगा-६, कालाबाङकी २४ वर्षीया हरिमाया शेरपुन्जालाई बाढीले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । हरिमायासँगै घाँस काट्न गएकी कालाबाङकी अर्की ३० वर्षीया दानदेवी पाईजा भने घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी कुमार गुरुङले जानकारी दिए । उनका अनुसार बाढीले बगाएर घाइते भएकी पाईजालाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी बेनी अस्पताल म्याग्दीमा उपचारका लागि पठाइएको छ । घटनाको अनुसन्धान र अवस्थाको पहिचान गर्न […] - [भिरबाट लडेर मृत्यु](https://sidhaprahar.com/news/1584/): २३ जेठ, सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका-१ मा भिरबाट लडेर २४ वर्षीय गौरीलाल दानीको मृत्यु भएको छ । आइतबार दिउँसो कल्खे गाउँमा दसरा मेला हेरेर दोमुख फर्कंने क्रममा लौठारुख भिरबाट लडेर अदानचुली-१ कल्खे गाउँका दानीको मृत्युु भएको श्रीनगर प्रहरीचौकीका सहायक प्रहरी निरीक्षक कृष्णबहादुर बुढाले बताए । कल्खेबाट फर्केको व्यक्ति राति अबेरसम्म दोमुखको होटलमा नपुुगेपछि परिवारका अन्य सदस्यले दानीको सोधखोज गरेका थिए । सोमबार बिहानै खोजीमा जाने क्रममा दानी मृतावस्थामा दोमुख नजिक भेटिएको स्थानीय परबहादुर थापाले बताए । दानीले दोमुखमा होटल सञ्चालन गर्दै आएका थिए । दसरा पूणर्िमाको दिन कल्खे गाउँमा देउडा गीत प्रतियोगिता आयोजना गरिएको थियो । - [अनलाइनको माध्यमबाट यौन दुव्र्यवहार गरेको आरोपमा १ जना पक्राउ](https://sidhaprahar.com/news/1580/): २२ जेठ, काठमाडौं । अनलाइन माध्यमबाट यौन दुव्र्यवहार गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको तिला गाउँपालिका ९ रासा घर भइ भक्तपुरको दुवाकोटमोडमा बस्ने २३ वर्षका दिनेशकुमार राउत रहेका प्रहरीले जनाएको छ । राउतले टिकटकमार्फत साथी बनेर एक जना युवतीसँग फेसबुक म्यासेञ्जर, ह्वाट्स एप तथा इमोमा पनि साथी बनेको र अनलाइनबाट यौनदुव्र्यवहार गरेर त्यसको भिडियो रेकर्डसमेत गरेर ब्ल्याक मेलिङ गरेको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो । त्यै उजुरीको आधारमा गरिएको प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषण गरी थप अनुसन्धानका लागि राउतलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए । पक्राउ […] - [उदयपुरका १३ वर्षीय बालक ३ दिनदेखि बेपत्ता](https://sidhaprahar.com/news/1573/): २२ जेठ, काठमाडौं। उदयपुरको त्रियुगा नगरपालिका-१३ का १३ वर्षीय बालक तीन दिनदेखि बेपत्ता भएका छन्। बेपत्ता हुनेमा वडा नम्बर १३ लक्ष्मीपुरका रोहित कटुवालका १३ वर्षीय छोरा रविन कटुवाल रहेका छन्। बेपत्ता बालकका दिदी उर्मिला कटुवाल (खड्का)का अनुसार स्थानीय लक्ष्मीपुर माविमा कक्षा ८ मा अध्ययनरत रविन स्कुलबाट घर फर्कंनासाथ स्कुलकै पोशाकमा आफ्ना अरु कपडा बोकेर घरबाट निस्किएका थिए। उनले जिल्ला प्रहरी कार्यालय उदयपुरमा भाई बेपत्ता भएको जाहेरी दिएको बताए। स्थानीयको सहयोगमा रविनको खोजी भइरहेको भए पनि हालसम्म फेला पार्न नसकिएको बालकका बुवा रोहितले जानकारी दिए। बेपत्ता बालकको खोजीकार्य तीव्ररुपमा गरिरहेको जनाउँदै हालसम्म फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। - [एक जना वृद्धको गोली हानी हत्या](https://sidhaprahar.com/news/1560/): ११ जेठ, रौतहट। रौतहटमा एक ७० वर्षीय वृद्धको गोली हानी हत्या भएको छ। देवाही गोनाही नगरपालिका १ करुनियाका ७० वर्षीय शेख तैयबको गोली हानेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो । बुधबार राति १२ बजे सम्म घरमै रहेका तैयबको शव आज बिहान घरभन्दा १ किलोमिटर टाढा भेटिएको थियो। टाउकोमा गोली लागेर ढलेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। तैयबलाइ घरबाट लग्ने र गोली प्रहार गर्नेको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रौतहटमा पछिल्लो समयमा हत्याको शृंखला बढेको छ । केही दिन अघि मात्रै गौर ७ का एक व्यक्तिको छुरा प्रहार गरी हत्या भएको […] - [अनलाइनबाट ठगी गरेको आरोपमा सप्तरीका एक युवक पक्राउ](https://sidhaprahar.com/news/1557/): १८ जेठ, काठमाडौं। अनलाइनमार्फत रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका-१४ घर भई हाल काठमाडौंको सुन्धारामा बस्ने २३ वर्षीय युवक धर्मेन्द्र कुमार साह रहेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले सुन्धाराबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक मिनल केसीले बताए । उनले सामाजिक सञ्जाल फेसबुकमार्पत केटी साथी बनाई साथीको अनुमती नलिइकनै मोबाइल बैंकिङबाट ईसेवा तथा खल्तीमा रकम ट्रान्सफर गरेको प्रहरीको आरोप छ । - [कोरोना भाइरसको सङ्क्रमण शून्यमा झर्दै](https://sidhaprahar.com/health/1520/): काठमाडौं- कोरोना भाइरसको सङ्क्रमण शून्यमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा सोमबार सात सय ६० जनामा गरिएको परीक्षणमा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ । अहिलेसम्म सक्रिय सङ्क्रमित १७ रहेका छन् । कोही पनि सङ्क्रमितलाई सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटरमा राख्नुपरेको छैन । यही जेठ महिनादेखि नेपालमा पनि कोरोना भाइरस विरुद्धको खोपको प्रभावले र छिमेकी मुलुक भारतमा पनि सङ्क्रमण कम भएपछि नेपालमा सङ्क्रमण कम हुँदै गएको हो । गत चैतमा नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखिएपछि नेपालमा सङ्क्रमण बढिरहेको थियो । नेपालमा कोरोना भाइरसको सङ्क्रमण न्यून हुँदै गएपछि मास्कको प्रयोगलाई पनि स्वेच्छिक बनाइएको छ । विश्व […] - [कालिकोटमा शिकारीले हानेको गोली लागेर एक किशोरीको मृत्यु](https://sidhaprahar.com/news/1517/): कालिकोट- कालीकोटमा शिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिका-५ रुप्साका १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको हो । जेठ १९ गते दिउँसो मकैबारीमा मकै गोड्दै गर्दा स्थानीय एक शिकारीको गोली लागेर सहकारी घाइते भएकी थिइन् । घाइते सहकारीको प्राथमिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचार सम्भव नभएपछि कणर्ाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको थियो र उपचारकै क्रममा २१ गते सुर्खेतमा मृत्यु भएको स्थानीय नेत्रराज बोगटीले बताए । गाउँकै एक स्थानीयले भरुवा बन्दुकले ढुकुरलाई हान्दा मकै गोड्दै गर्नुभएकी सहकारीको टाउकोमा गोली लागेको थियो । सहकारीको सोमबारै पोष्टमार्टम गरी अन्त्येष्टि सुर्खेतको गिरीघाटमा गरिएको छ । मृतक सहकारी कक्षा-१० मा […] - [सिरहामा पेस्तोल र गोलीसहीत पक्राउ](https://sidhaprahar.com/news/1507/): २२ जेठ, सिरहा। प्रहरीले पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुखिपुर नगरपालिका-६ रंगीपुर बस्ने १८ वर्षीय किशोर रहेका छन् । उनलाई सिरहाको औरही गाउँपालिका-१ गंगान पुलबाट आइतबार साँझ प्रहरी चौकी हर्कट्टीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरी उनको साथबाट पेस्तोल १ थान, सोको म्यागजिन १ थान र पेस्तोलको गोली ६ राउण्ड बरामद गरेको छ । पक्राउ परेका उनमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । - [विश्व वातावरण दिवस मनाउँदै](https://sidhaprahar.com/news/1504/): काठमाडौं- संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ । नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले यस अवसरमा वातावरण संरक्षण र प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रम गर्दै आ-आफ्नो स्थानबाट यस दिवस भव्य र सभ्यरुपमा मनाउनका लागि सबै स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सरकार एवं सरकारी तथा गैरसरकारी निकाय, […] - [पाल्पामा जिप दुर्घटना हुदा २ वर्षीय बालकसहित ५ जनाको मृत्यु](https://sidhaprahar.com/news/1501/): २२ जेठ, बुटवल । पाल्पाको रैनादेवी छहरा-८, सत्यवतीस्थित केवरेडाँडामा आइतबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । दुर्घटनामा एक दुई वर्षीय बालकसहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको हो । अर्घाखाँचीको पाणिनी गाउँपालिका-२, का २ वर्षीय बालक संयोग गौतम र पाणिनी-१ का ४४ वर्षीय विजय पोखरेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । संयोगको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र विजयको बुटवलको चौराह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । विजय पोखरेल सोही वडाका वडासदस्य हुन् । आइतबार घटनास्थलमा तीन जनाको मृत्यु […] - [भिमाद–डेडगाउँसम्म सुरुङमार्गको अध्ययन गरिने](https://sidhaprahar.com/news/1495/): दुलेगौंडा । गण्डकी प्रदेश सरकारले तनहुँको भिमाददेखि नवलपुर जिल्लाको डेडगाउँसम्म सहज सडक यात्रा गर्न सुरुङ मार्ग बनाउन पहल थाल्ने जनाएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम प्रस्तुत गर्दै सुरुङ मार्ग निर्माण गर्न सम्भाब्यता अध्ययन गरिने बताए । आईतबार प्रस्तुत गरिएको निती तथा कार्यक्रममा भिमाद देखि नवरपुर जिल्लाको डेडगाउसम्म र डेडगाउँदेखि झ्यालबाससम्म तथा बाग्लुङको काठेखोलादेखि गलकोट नरेठाँटीसम्म, म्याग्दी जिल्लाको दानादेखि मुस्ताङको घाँसासम्म पनि सुरुङमार्ग निर्माणको लागि सम्भाव्यता अध्ययन गरिने बताइएको छ । यस्तै उनले लमजुङको शिलतापाटीदेखि नाल्फाफेदीसम्मको सुरुङ मार्गका लागि अध्ययन गर्ने बताएका छन् । - [प्रेमराज महतको ‘घर हाम्रा हुम्ला जुम्लामा’ सार्वजनिक](https://sidhaprahar.com/entertainment/1491/): दुलेगौडा । तनहुँमा जन्मिएर हाल अमेरिका बस्दै आएका वरिष्ठ लोकगायक प्रेमराज महतको नयाँ गीत ‘घर हाम्रा हुम्ला जुम्लामा’ सार्वजनिक भएको छ । उनकै शब्द तथा सङ्गीत रहेको उनलाई स्वरमा गायिका शान्तिश्री परियारल पनि साथ दिएकी छन् । गीतको भिडियो भने जुम्लाका विकट पहाडी क्षेत्रमा भएको छ । भिडियोमा गायक महतसँग रीना थापा मगरले अभिनय छ । रामजी लामिछानेको कोरियोग्राफी एवम् निर्देशनमा तयार भएको भिडियोका छायांकार मानकृष्ण महर्जन हुन् । रिमा फिल्मस्ले निर्माण गरेको भिडियो सम्पादन मिराज अर्यालले गरेका हुन् । गीतको भिडियो अशिस भण्डारी, सदीक्षा महत भण्डारी, गीर्वाण विक्रम भण्डारी र गौरिका भण्डारी हुन् । गायक महत नेपाली सांगितिक क्षेत्रमा […] - [हिमाल जोगाउन नसके पर्यटन क्षेत्र संकटमा पर्ने चिन्ता](https://sidhaprahar.com/news/1486/): पोखरा । वसन्त ऋतुको यो याममा सगरमाथा आरोहण गर्नेको लर्को छ । हिमाल भनेकै सर्वोच्च शिखर सगरमाथा भन्ने बुझाइ संसारकै मनस्थितिमा छ र आरोहण पारखीको रोजाइमा पनि सगरमाथा नै पर्छ । आरोहणको गर्विलो इतिहास बोकेर अन्नपूर्ण प्रथम हिमाल भने ७३ वर्षदेखि ठिंग उभिएको छ । सन् १९५० जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोगले पहिलो पटक अन्नपूर्ण प्रथम आरोहण गरेर विश्व किर्तिमानी कायम गरेका थिए । उनको साथमा थिए, लुई लिचेनेल । जबकि त्यसको ३ वर्षपछि मात्रै सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथाको चुचुरो चुमेका थिए ।नेपालमा हिमाल आरोहणको ७३ वर्ष पुगेको छ […] - [छुवाछुत अन्त्यका लागि तनहुँमा रक्तदान, १०२ युनिट रगत संकलन](https://sidhaprahar.com/society/1477/): दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकामा ‘हाम्रो दलित समाज’ले आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा १०२ जनाले रक्तदान गरेका छन् । जातीय रुपमा हुने विभेद तथा छुवाछुतको अन्त्य गर्ने उदेश्य सहित सम्पन्न भएको कार्यक्रममा दलित र गैरदलित समुदायका व्यक्तिहरुले सामुहिक रुपमा जम्मा भएर रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाईटी कास्की र रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले संविधानमा लेखिएर मात्र समाजमा जातीय विभेद हट्न नसक्ने हुदाँ व्यवहारिक लडाई लड्नुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका निवर्तमान उपप्रमुख एवं दलित अभियन्ता सविता रसाईलीले अझै पनि दलित समुदायले न्यायपूर्ण जीवन बाँच्न नपाएको गुनासो […] - [विभेद उन्मूलनका लागि रक्तदान गरिने](https://sidhaprahar.com/news/1472/): दुलेगौँडा । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा आईतबार तनहुँ शुक्लागण्डकी नगरपालिकामा बृहत रक्तदान कार्यक्रम हुने भएको छ । ‘हाम्रो दलित समाज’ शुक्लागण्डकी नगरपालिकाको आयोजनामा विद्यमान रक्तअभावलाई पूर्ति गर्नुका साथै समाजमा हुने विभेदलाई अन्त्य गर्ने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको समाजका संयोजक भरत लामगादेले जानकारी दिए । कार्यक्रम मार्फत समाजका सवै वर्ग र समुदायको एकतालाई मजबुत बनाउन प्रयास गरिने लामगातेले बताए । विहान ७ बजेदेखि बन्केवा चोकमा आयोजना हुने कार्यक्रममा सहभाति हुनुका साथै रक्तदान गर्न समेत उनले अपिल गरेका छन् । नेपाल रेडक्रस सोसाईटी कास्की र रक्त संचार केन्द्र पोखराको प्राविधिक सहयोगमा हुने कार्यक्रम मार्फत एक सय पिन्ट बढी […] - [भक्तपुरमा गुडिरहेको गाडीबाट खसेर एक महिलाको मृत्यु](https://sidhaprahar.com/news/1467/): २० जेठ, भक्तपुर । गुडिरहेको गाडीबाट खसेर आज भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका-१ सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरातर्फ जाँदै गरेको बा.२१च. ५३०१ नंको गाडीमा सवार एक महिलाको खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए । करिब ४३ वर्षीया मृतक महिलाको पहिचान हुन नसकेको र पहिचानको प्रयास भइरहेको उनले बताए । गाडीबाट खसेर घाइते भएकी महिलाको सल्लाद्वारीस्थित डा इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गाडी चालक काभ्रे भुम्लु गाउँपालिका-३ घर भई हाल ललितपुर इमाडोल बस्ने ३० वर्षीय सूर्यबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक सूर्यबहादुरलाई प्रहरी वृत्त जगातीमा […] - [गुल्मीमा गाँजा र मर्चा नष्ट](https://sidhaprahar.com/news/1464/): २० जेठ, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले जिल्लाका विभिन्न स्थानबाट मर्चा र गाँजा बरामद गरी नष्ट गरेको छ । प्रहरीले मुसिकोट नगरपालिका-५ इन्ऽेगौडा बजारस्थित सडक छेउमा बेवारिसे ६ वटा प्लाष्टिकको बोरामा १०३ के.जी. घरेलु जाँड बनाउन प्रयोग हुने वस्तु (मर्चा) फेला पोरेको थियो । त्यस्तै रेसुङ्गा नगरपालिका-४ स्थित रैदीबाट बरामद गरिएको ४ के.जी.७८२ ग्राम गाँजा फेला पारेको थियो । उक्त मर्चा र गाँजालाई कार्यायल परिसरमा सरोकारवाला व्यक्तिहरुको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक -एसपी) नवीन किशोर प्रधानले बताए । - [भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी दिने](https://sidhaprahar.com/society/1461/): २० जेठ, काठमाडौं । भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी उपहार दिने भएको छ । नेपाल सरकारको अनुरोधमा भारतले नेपाललाई १५ वटा मुर्रा भैसी दिएको भारतीय दूतावासले शनिबार विज्ञप्ति मार्फत जनाएको छ । ‘कृषि तथा पशुपंक्षीको क्षेत्रमा दुई देशबीचको सहकार्य अनुरुप नेपाल सरकारको अनुरोधमा १५ वटा मुर्रा भैंसी नेपाल सरकारलाई उपलब्ध गराइँदैछ’ शनिबार भारतीय दूतावासका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ । दुई देशबीच कृषि क्षेत्रलाई नयाँ गति दिने उद्देश्यले नानो फर्टिलाइजर्स र प्राकृतिक खेती जस्ता विषयमा पनि छलफल भएको भारतीय दूतावासले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबारदेखि भारत भ्रमणमा छन् । त्यस क्रममा दुई देशका प्रधानमन्त्रीबीच नेपाल […] - [गण्डकीका सांसदलाई ७२ करोड बजेट बाँड्दै प्रदेश सरकार](https://sidhaprahar.com/politics/1458/): पोखरा । गण्डकी प्रदेश सरकारले अनुत्पादक भनेर आलोचित संसद् विकास कोषलाई कटौती नगर्ने संकेत देखिएको छ । आम बुझाइमा संसद् विकास कोष भनिए पनि पूर्वाधार विकास कार्यक्रम भनेर सांसदका योजनामा खर्च गर्न सरकारले बजेट दिने गरेको छ । उक्त कार्यक्रमअनुसार गण्डकीमा ३६ निर्वाचन क्षेत्रका दरले ७२ करोड बाँड्ने कार्यक्रम बजेटमा समावेश हुने देखिन्छ । ‘केन्द्रमा सांसदलाई बजेट छुट्याइएपछि यहाँ पनि दबाब आएको छ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘यो सांसदलाई बजेट दिने कुरा पहिला झै हेर्नु हुँदैन । विधिसम्मत तरिकाले जनताको योजनामा खर्च गर्ने हो, सांसदले गरेका प्रतिबद्धतामा हाल्ने हो, सांसदको निजी योजनामा होइन ।’ यता प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि […] - [रुखबाट खसेर एकको मृत्यु](https://sidhaprahar.com/news/1455/): शनिबार, जेठ २०, २०८० १२ः५१ काठमाडौं- रुखबाट खसेर बाजुरामा शनिबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका-९ ढम्कनेका ४२ वर्षीय देवबहादुर धामी रहेका छन्। रुखको स्याउला काट्ने क्रममा धामी रुखबाट खसेका थिए। उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। धामी गाउँ नजिकै कालाजग्रा सामुदायिक वनमा घाँस काट्न गएका थिए। - [कोभिड-१९ को मापदण्ड परिमार्जन, अब मास्क स्वेच्छिक](https://sidhaprahar.com/health/1452/): काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण दर घटदै गएपछि स्वेच्छिक रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा समिरकुमार अधिकरीले एक सूचना जारी गर्दै सङ्क्रमण दर घट्दै गएपछि कोभिड-१९को मापदण्ड परिमार्जन गर्दै मास्कको प्रयोगलाई स्वेच्छिक बनाएको बताए । यसअघिसम्म मास्क प्रयोग अनिवार्य थियो । मन्त्रालयले सङक्रमण दर न्यून भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले कोभिड-१९ को परीक्षण गरेको र कोभिड-१९ को विरुद्धको खोप लगाएको प्रमाण आवश्यक नभएको समेत बताए । उनले अब कोभिड-१९ को कडाइको रुपमा मापदण्ड पालना गर्नुपर्नेलाई सहज गर्दै अन्तर्राष्ट्रिय नाकामा खोप कार्ड र परीक्षण कार्ड आवश्यक नपर्ने जानकारी दिए । मन्त्रालयले […] - [काठमाण्डौमा पाकेटमारी गरी भाग्दै गरेको अवस्थामा तनहुँका एकसहित दुई जना पक्राउ](https://sidhaprahar.com/news/1450/): काठमाडौं। पाकेटमारी भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाण्डौ जिल्ला -२६ गोगंबुस्थित सार्वजनिक यातायातबाट पाकेटमारी भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका -५ घर भइ हाल काठमाण्डौ टोखा -८ बानियाँटार बस्दै गरेका ३० वर्षीय मणिराज गुरुङ र सिन्धुपाल्चोक बलिफी गाउँपालिका -५ घर भइ हाल काठमाण्डौ -२६ बस्ने २९ वर्षीय आशिष ठकुरी रहेका छन्। प्रहरीका अनुसार उनीहरुले बिहिबार साँझ गोगंबुस्थित सार्वजनिक यातायातमा सवार एक व्यक्तिको साथबाट ३४ हजार रुपैयाँ पाकेटमार गरी भाग्ने क्रममा प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। - [भारतको ओडिशामा रेल दुर्घटना २८० को मृत्यु , ९०० बढी घाइते](https://sidhaprahar.com/news/1447/): भारतको ओडिशाको बालासोरमा तीनवटा रेल एकआपसमा ठोक्किएपछि भयानक दुर्घटना भएको छ । जसमा अहिलेसम्म २८० जनाको मृत्यु भएको छ भने ९०० भन्दा बढी घाइते भएको बताइएको छ । शुक्रबार साँझ ७ बजे चेन्नईबाट हाउडा गइरहेको शालीमार चेन्नई कोरोमन्डल एक्सप्रेस बहानगानजिक मालगाडीसँग ठोक्किएको बीबीसीले उल्लेख गरेको छ। मालगाडीसँग ठोक्किएपछि उक्त रेलको अगाडिका डिब्बा पटरीबाट खसेको थियो। विपरित दिशाबाट आइरहेको यसवन्तपुर- हाउडा सुपरफास्ट एक्सप्रेस रेल पटरीबाट खसेको रेलको डिब्बासँग ठोक्किएको थियो। मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ । दुर्घटनापछि उद्धार र राहत कार्य जारी छ । ओडिशाको बालासोरमा भएको रेल दुर्घटनापछि रेल मन्त्री अश्विनी वैष्णव घटनास्थल पुगेर जानकारी लिएका थिए । उनले […] - [चार दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किदै](https://sidhaprahar.com/politics/1442/): काठमाडौं- चार दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कदै छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते नयाँ दिल्ली प्रस्थान गरेका थिए । दिल्लीको भ्रमण सकेपछि विशेष विमानमार्फत इन्दौर प्रस्थान गरेका प्रधानमन्त्री नयाँ दिल्ली भएरै आज स्वदेश फर्कन लागेका हुन । भ्रमणका क्रममा द्विपक्षीय मैत्रीपूणर् सम्बन्धलाई थप सबल बनाउने प्रतिबद्धता दुवै देशले व्यक्त गरेका छन् । सो अवसरमा दुई प्रधानमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र सहकार्यका व्यापक क्षेत्रबारे समीक्षा भएको छ । व्यापार र पारवहन, जलविद्युत्, ऊर्जा व्यापार र प्रसारण लाइन, अन्तरदेशीय रेल्वे, पक्की पुल, पेट्रोलियम पाइपलाइन र एकीकृत जाँच चौकी, सिँचाइ, बाढी नियन्त्रण, कृषि, […] - [नेपालमा लगानी बढाउन भारतका उद्योगी-व्यवसायीलाई प्रचण्डको आग्रह](https://sidhaprahar.com/politics/1438/): काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै नेपालमा लगानी बढाउन भारतका उद्योगी-व्यवसायीलाई आग्रह गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले बिहीबार साँझ भारतको नयाँदिल्लीमा आयोजना गरेको ‘नेपाल-भारत बिजनेस समिट’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीमैत्री वातावरण भएकाले खुला हृदयका साथ नेपालमा लगानीका गर्न भारतीय व्यवसायीलाई आग्रह गरेका हुन्। ‘नेपाल सरकारले नीतिगत, कानुनी तथा अन्य धेरै विषयमा सहजीकरण गरेको छ। लगानीमैत्री वातावरण बनाउन र लगानी भित्र्याउन सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार छ,’ उनले भने। प्रधानमन्त्री प्रचण्डले सरकार र निजी क्षेत्रको साझा प्रयासबाट अगाडि बढ्न वर्तमान सरकार तयार रहेको […] - [नक्कली शरणार्थी प्रकरण ः खाणसहित तीनको बयान](https://sidhaprahar.com/politics/1435/): काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित आज तीन जनाको बयान आज जिल्ला अदालत काठमाडौँमा सुरु भएको छ । बिहान ११ बजेदेखि पूर्वगृहमन्त्री खाण, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल तथा हरिभक्त महर्जनको बयान सुरु भएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । उनका अनुसार उक्त प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङटावा शेर्पा र हज कमिटीका अध्यक्ष शमशेर मियाँको बिहीबार बयान सकिएको छ । आरोपितमध्ये बिहीबारसम्म १५ प्रतिवादीले बयान दिइसकेको सूचना अधिकारी दाहालले बताउनुभयो । उनले भने, “सो प्रकरणमा मुछिएकाहरूको बयान यही जेठ १२ गतेदेखि सुरु गरिएकोमा आज तीन जनाको बयान भइरहेको ।” नक्कली […] - [विश्वकप छनोटमा पहिलो लक्ष्य सुपर सिक्समा पुग्ने ः सहायक प्रशिक्षक बसन्त](https://sidhaprahar.com/sports/1432/): १९ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय टिमका सहायक प्रशिक्षक बसन्त शाही ठकुरीले जिम्बाव्वेमा हुने आईसीसी विश्वकप छनोटमा नेपालको लक्ष्य सुपर सिक्समा पुग्ने रहेको बताएका छन् । जिम्बाव्बेमा जुन १८ देखि जुलाई ९ सम्म हुने विश्वकप छनोटको अन्तिम तयारीका लागि नेपाली टोली बुधबार दक्षिण अफ्रिका पुगिसकेको छ र बिहीबार प्रशिक्षण पनि गरेको छ । ‘विश्वकप छनोट फरक प्रतियोगिता हो र यो ठूलो प्रतियोगिता पनि हो । विगमा हामीले जुन सफलता पाएका छौं । पछिल्लो समय राम्रो क्रिकेट खेलिराछौँ र त्यसलाई निरन्तरा दिनुपर्छ,’ नेपाल क्रिकेट संघले बिदाइ गरेपछि शाहीले भनेका थिए, ‘जुन किसिमले नेपाली क्रिकेटप्रेमीहरुले नेपाललाई समर्थन गर्नुभएको छ त्यसमा हामी खरो […] - [गुल्मीमा स्थानीय जातको धानबाली संरक्षण गर्न बिउ वितरण](https://sidhaprahar.com/news/1429/): १९ जेठ, गुल्मी । गुल्मीका किसानलाई अनुदानमा स्थानीय जातको धानको बिउ वितरण गरिएको छ । स्थानीय जातको धान बाली संरक्षण गर्ने उद्देश्यले कृषि ज्ञानकेन्द्रले किसानलाई ९० प्रतिशत अनुदानमा हंसराज जातको धानको बिउ वितरण गरेको छ । स्थानीय जातका विभिन्न बलीहरु मासेर उन्नत हाइब्रिड जातका बालीतर्फ किसानहरू आकर्षित भइरहेको समयमा ज्ञानकेन्द्रले किसानलाई स्थानीय जातको धानको बिउ वितरण गरेको हो । यो जातको बिउबाट धान कम उत्पादन हुने भएपनि खाना मिठो हुने कृषि ज्ञानकेन्द्र गुल्मी प्रमुख नवराज भण्डारीले जानकारी दिए । बिउ वितरणसँगै धानबालीमा लाग्न सक्ने रोग/किरा नियन्त्रण गर्न विषादी पनि वितरण गरिएको ज्ञानकेन्द्रले जनाएको छ । धानको ब्याड राख्ने समयदेखि नै […] - [तराईमा बढ्यो अत्याधिक गर्मी](https://sidhaprahar.com/health/1427/): धनुषा- धनुषासहित तराई-मधेसमा दैनिक गर्मी बढ्दै गएको छ। जेठ दोस्रो साता सकिन लाग्दा पनि पानी पर्न नसक्दा गर्मी अत्यधिक बढेपछिे जनजीवन प्रभावित भएको हो। जनकपुरधामसहित तराई-मधेस क्षेत्रमा १ सातादेखि मध्याह्नपख अधिकतम तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेको छ। घर बाहिर निस्कनै मुस्किल सूर्योदय भएसँगै साँझसम्म नै एकनासले टन्टलापुर घाम लाग्दा अत्यधिक गर्मी भई जनजीवन प्रभावित बनेको हो। बेला-बेलामा सामान्य वर्षा भए पनि यस क्षेत्रमा गर्मी घट्न सकेको छैन। पानी परेर मौसम उघ्रिनासाथ गर्मी बढ्न थालेको छ। चर्को घामका कारण मध्याह्नमा घर बाहिर निस्कनै मुस्किल पर्ने गरेको स्थानीयले बताएका छन्। गर्मीले दिउँसोको समयमा मुख्य बजारका सडक सुनसान हुन […] - [बढ्यो सुनको मुल्य](https://sidhaprahar.com/economy/1423/): काठमाडौं । सुनको भाउ पछिल्ला दिनमा झन् बढ्न थालेको छ । आज सुन अहिलेसम्मकै महँगिएको छ । शुक्रबार छापावाल सुन तोलामा ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ३ सय रूपैयाँ कायम भएको छ । नेपाली बजारमा प्रतितोला सुनको मूल्यमा यो नयाँ रेकडर्ड हो । बिहीबार १ लाख १२ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन एक लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी तोलामा २५ रूपैयाँले वृद्धि भई १ हजार ४३५ रूपैपयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हालै सार्वजनिक बजेटले सुनमा भन्सार दर ५ प्रतिशत बढाएसँगै भाउ […] - [सुनकोशी नदीमा गाडी खस्दा, सीटीईभीटीका २ निर्देशकसहित ३ जना बेपत्ता](https://sidhaprahar.com/news/1419/): काठमाडौं- मध्यपहाडी लोकमार्गमा पर्ने सुनकोशी नदीमा गाडी खसेको छ। गाडीमा सवार ३ जना बेपत्ता भएका छन्। घुर्मी-खुर्कोट खण्डको सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ लौकुनबाट गाडी नदिमा खसेको सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए। गाडीमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का २ निर्देशकसहित ३ जना तथा गाडी चालक समेत गरी ४ जना सवार थिए। उनीहरुमध्ये गाडी चालक भने पौडिएर बाहिर निस्केको र निर्देशकसहित ३ जना बेपत्ता भएको एसपी सिलवालले जानकारी दिए। उनीहरु सरकारी गाडीमा खोटाङ जान हिँडेका बताइएको छ। अहिले उनीहरुको खोजी भइरहेको छ। - [प्रधानमन्त्री दाहाल इन्दोरमा](https://sidhaprahar.com/politics/1416/): इन्दोर । भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज विशेष विमानमार्फत इन्दोर पुगेका छन् । इन्दोरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उहाँलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले स्वागत गरे । सो अवसरमा विमानस्थल बाहिर प्रधानमन्त्री दाहाललाई स्थानीय सांस्कृति झाँकीले स्वागत गरिएको थियो । सडक उभिएका सयौँ नागरिकले नेपाल र भारतको झण्ड फहराएर सम्मान प्रकट गरेका थिए । विमानस्थल बाहिरका सडकमा ‘तपाईंलाई स्वागत छ’ लेखिएका ब्यानर राखिएका थिए । विमानस्थलबाट उनी उज्जैनमा रहेको श्री महाकालेश्वर मन्दिर पुग्ने र मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्नेछन् । मन्दिर परिसरको अवलोकनपछि प्रधानमन्त्री दाहाल होटल इन्दोर मेरियटमा रहनेछन् । भ्रमणका क्रममा उनले […] - [मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक ओझेलमा](https://sidhaprahar.com/news/1412/): म्याग्दी। पूर्व-पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी-दरवाङ-मुना-जलजला-ढोरपाटन सडक ओझेलमा परेको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको यो सडकको थप १९ किलोमिटर मार्ग खोलेपछि ढोरपाटनसँग जोडिनेछ । तर पछिल्लो दुई वर्षयता बजेट विनियोजन नहुँदा सडक निर्माण रोकिएको छ । भौगोलिकरूपमा म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका बासिन्दा लाभान्वित हुने र दीर्घकालीनरूपमा राष्ट्रिय महत्व राख्ने भए पनि आवश्यक बजेट र पहुँचको अभावमा यो सडक ओझेलमा परिरहेको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । उनका अनुसार काठमाडौँ र पोखराबाट बेनी हुँदै ढोरपाटन र पूर्वीरुकुम जोड्ने यो छोटो दूरीको सडक हो । बेनीबाट मुना हँुदै खोरियासम्म ५० किलोमिटर सडकको […] - [विवाह अगाडि १२ पास गर्नेलाई २० हजार नगद](https://sidhaprahar.com/news/1408/): मकवानपुर- मकवानपुरको कैलाश गाउँपालिकाले बाल विवाह रोक्नका लागि विवाह अगाडि १२ पास गरेको छात्रालाई रु २० हजार नगद हस्तान्तरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गर्दै चेली प्रोत्साहन कार्यक्रमअन्तर्गत छ जना चेलीलाई सम्मान गरेको हो । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले पालिकाको वार्षिक नीति तथा कार्यक्रममा समावेश भएका कार्यक्रमअन्तर्गत प्रोत्साहन र सम्मान गरेको बताए । उनका अनुसार कैलाश-६ की सङ्गीता ढुङ्गाना, प्रतिभा अर्याल र लक्ष्मी श्रेष्ठ, कैलाश-१० की सरुया प्रजा र उर्मिला थिङ, त्यसैगरी कैलाश-२ की लक्ष्मी मुक्तानलाई नगदसहित सम्मान गरिएको छ । गाउँपालिका अध्यक्ष मुक्तानले विवाहअघि कम्तीमा पनि १० जोड २ पास गर्नुपर्छ र २० वर्ष पूरा हुनुपर्छ भन्ने […] - [बजेटमा कृषिका नयाँ कार्यक्रमहरु](https://sidhaprahar.com/economy/1405/): काठमाडौँ- सरकारले कृषि क्षेत्रमा गरेको लगानी अनुसारको प्रतिफल नपाइरहेका बेला केही नयाँ कार्यक्रमको घोषणा गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि रु ५८ अर्ब ९८ करोड बजेट विनियोजन गरिएको बताए । गत आर्थिक वर्षसम्म कूल गार्हस्थ्य उत्पादन (जिडिपी)मा २४ दशमलव ७ प्रतिशत रहेको कृषि क्षेत्रको योगदान चालु आर्थिक वर्षमा आइपुग्दा २४ दशमलव १ प्रतिशतमा झर्ने अनुमान सार्वजनिक भइसकेको छ । सरकारले ल्याएका कार्यक्रमबाट आगामी वर्ष जिडिपीमा कृषि क्षेत्रको योगदान बढ्ने सरकारको अपेक्षा छ । चालु आर्थिक वर्षका लागि कृषि […] - [मुग्लिन-मलेखु सडकखण्ड निर्माण तथा विकास कार्य सुरूवात](https://sidhaprahar.com/news/1401/): भरतपुर । मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरू भएको छ । नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन-मलेखु सडकखण्डक स्तरोन्नतिको काम थालिएको हो । ३९ किलोमिटर लामो सडक निर्माणको जिम्मा पाएको शर्मा जेडआईसीजी जेभीले सडक विस्तार र स्तरोन्नति गर्न थालेको आयोजना (पश्चिम खण्ड) का प्रमुख किरण कार्कीले बताए । पहिलो चरणमा पाँच किलोमिटरमा काम भइरहेको छ । चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति हुनेछ । सडक विस्तार र स्तरोन्नतिपछि न्यूनतम ९ मिटर कालोपत्र हुनेछ । बजार क्षेत्रमा भने ४ देखि ६ लेनको सडक निर्माण हुने कार्कीले जानकारी दिए । बजार क्षेत्रमा फुटपाथ, डिभाइडर र बत्तीको पोलसमेत […] - [नारायणहिटी दरबार हत्याकाण्ड २२ वर्ष पुरा](https://sidhaprahar.com/politics/1398/): काठमाडौं- नारायणहिटी दरबार हत्याकाण्ड भएको २२ वर्ष पूरा भएको छ। हरेक महिनाको तेस्रो शुक्रबार चल्ने भोजका समयमा ०५८ जेठ १९ गते राति दरबारमा हत्याकाण्ड भएको थियो। राजदरबारको ‘अति सुरक्षित’ स्थलमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र लगायत परिवारका अन्य सदस्यको हत्या भएको सो काण्डको चित्तबुझ्दो तथ्य अझै पनि जनतासमक्ष आउन सकेको छैन। यद्यपि, त्यतिबेला नयाँ राजा ज्ञानेन्द्रले जेठ २२ गते बेलुका एक शाही घोषणा गर्दै राजदरबारमा घटेको दुःखद घटनाको यथार्थ विवरण जनसमक्ष ल्याउने प्रक्रियास्वरुप तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गरेका थिए। सो समितिमा तत्कालीन सभामुख तारानाथ रानाभाट र प्रतिनिधिसभाका प्रतिपक्षी दलका नेता माधवकुमार नेपाललाई समेत […] - [गर्मीका कारण कलैया उपमहानगरपालिकाको विद्यालयहरू ७ दिन बन्द](https://sidhaprahar.com/news/1394/): बारा । अत्यधिक गर्मीका कारण विद्यार्थीहरूमा समस्या देखिन थालेपछि कलैया उपमहानगरपालिकाले पालिकाभित्रका विद्यालयहरूमा ७ दिन बिदा दिने निणर्य गरेको छ । कलैया उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख प्रल्हाद बणर्वालले एक विज्ञप्ति जारी गर्नुहुँदै गर्मीका कारण पठनपाठनमा समस्या सृजना हुनुको साथ साथै खास गरि बालबालिकाहरूलाई गर्मीका कारण स्वास्थ्यमा समस्या देखिन थालेपछि सहजताका लागि बिदा घोषणा गरिएको जनाए । निजी तथा सरकारी विद्यालयहरूमा विद्यार्थी अत्यधिक गर्मीको कारण विद्यार्थीहरूको चाप पनि घटेका हुँदा बिदा दिनुपरेको उनले बताए । तराई मधेसको जिल्लाहरूमा ४० डिग्रीभन्दा बढी तापक्रम बढेको हुँदा विद्यार्थीहरूलाई विद्यालयबाट घर जान र घरबाट विद्यालय जान पनि समस्या सृजना भएको र कतिपय विद्यार्थीहरू गर्मीका कारण […] - [एक युवकको चक्कु प्रहारबाट २ जनाको मृत्यु](https://sidhaprahar.com/news/1390/): १८ जेठ, बुटवल । कपिलवस्तुमा एक युवकको चक्कु प्रहारबाट दुई जनाको मृत्यु भएको छ । रुपन्देहीको कञ्चन गाउँपालिका-२ का २२ बर्षका मोहन थारुको चक्कु प्रहारबाट कपिलवस्तुको बाणगंगा नगरपालिका-६ मटेरियाकी २२ वर्षकी अञ्जनी थारु र उनका काका ७० वर्षका बमबहादुर थारुको मृत्यु भएको हो । प्रहरीका अनुसार बिहीबार बिहान सवा नौ बजेतिर अञ्जनीको घरमा पुगेका मोहनले अञ्जनीमाथि चक्कु प्रहार गरेका थिए । रोक्न पुगेका अञ्जनीका काकालाई समेत मोहनले चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारपछि गम्भीर घाइते बमबहादुरको कपिलवस्तुकै स्थानीय स्वास्थ्य संस्थामा र अञ्जनीको मेडिकल कजेल भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन बस्नेतले बताए । प्रहरीले मोहनलाई नियन्त्रणमा […] - [पानीपुरी खान कत्तिको स्वस्थकर छ त ?](https://sidhaprahar.com/health/1387/): पहिले पहिले सामान्यतया तराईमा र उपत्यकाको निश्चित स्थानमा मात्र पाइने पानीपुरी आजभोलि हरेक गल्ली र चोकमा पाइन्छ । अझ स्कुल, कलेज पढ्ने विद्यार्थीले त दिनहुँजसो खान्छन् पानीपुरी। यसरी खुला रूपमा, बिना कुनै सरसफाइ जतासुकै बिक्री-वितरण हुने र अत्यन्त लोकप्रिय खाजा पानीपुरी खान कत्तिको स्वस्थकर छ त ? सडकमा बेचिने विभिन्न खाजा, खानेकुराहरूमध्ये पानीपुरी एउटा यस्तो परिकार हो जसबाट संक्रमण हुने सम्भावना अत्यधिक हुन्छ। पानीपुरी विशेषतः बाटोछेउमा ढल नजिकै रहेको पसलमा वा ठेलागाडामा बेच्ने गरिन्छ जहाँबाट धुवाँधुलोबाहेक हानिकारक कीटाणु/ब्याक्टेरिया समेत संक्रमण हुने सम्भावना अत्यन्त उच्च हुन्छ। वर्षायाम र गर्मीमा पानीपुरी खानु अझ धेरै खतरनाक हुन्छ किनभने यसयाममा खाद्यवस्तुमा ब्याक्टेरियाको वृद्धिका लागि […] - [महिला क्रिकेट ः तेस्रो खेलमा नेपाल विजयी](https://sidhaprahar.com/sports/1381/): काठमाडौँ । नेपालले पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको तेस्रो खेलमा घरेलु टोली मलेसियालाई पराजित गरेको छ । मलेसियाको वाइएसडी यूकेएम ओभलको खेल मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गरेको हो । यस जितसँगै नेपालले तीन खेलको महिला टी-२० अन्तर्राष्ट्रिय सिरिजमा २-१ को अग्रता बनाएको छ । नेपालले दिएको एक सय ११ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ८३ रनमा समेटियो । मलेसियाका लागि महिराह इज्जाती इस्माइलले सर्वाधिक ४४ रनमा अविजित रहिन् भने विनिफ्रेड दुराईसिंघमले २० रन बनाइन् । नेपालका लागि सीता रानामगर, इन्दु बर्मा र कविता कुँवरले समान १/१ विकेट लिए । […] - [समुद्रमा यत्रतत्र छरिएर रहेको छ सुन ! किन निकालिंदैन आखिर डुबेको सुन ?](https://sidhaprahar.com/news/1378/): पृथ्वीका समुद्रहरुको गहिराइमा केवल रहस्यमयी जीवजन्तु वा मुगा मात्रै छैनन्,त्यहाँ सुन पनि डुबेको छ । अमेरिकी सरकारी विभाग राष्ट्रिय सामुद्रिक सेवाका अनुसार समुद्रको पिँधमा थोरै होइन २ करोडभन्दा पनि बढी सुन त्यत्तिकै बसिरहेको छ । यसको मूल्य ८ सय ट्रिलियन डलरभन्दा धेरै पर्दछ । समुद्रमा रहेको सुन यतिधेरै छ कि यसबाट विश्वमा अमेरिका जस्ता कैयन् शक्तिशाली देश बनाउन सकिन्छ । वास्तवमा समुद्रको पानीमा करोडौं टन सुन र अन्य बहुमूल्य धातुहरू डुबेको अवस्थामा छ । त्यसका अलावा दुर्घटनाग्रस्त जहाजदेखि मानिसहरुले आस्थाका कारण फ्याँकेका सिक्का लगायतका वस्तुहरु समुद्रको पिँधमा जम्मा भैरहेका छन् । कुन जहाजमा कति सुन थियो ? सन् १६४१ मा […] - [साथि मरेपछि प्रहरीलाई झुक्याएकाहरु पक्राउ](https://sidhaprahar.com/society/1370/): दुलेगौँडा । तनहुँ प्रहरीले गत आईतबार म्याग्दे गाउँपालिका ६ अकलामा एक युवा घाँस काट्न रुखमा चढेका बेला करेन्ट लागेर मृत्यु भएको सुचना सवै सञ्चारमाध्यम र पत्रकारलाई पठाएको थियो । प्रहरीले पठाएको सुचना अनुसार जिल्लाभरका सञ्चार माध्यमले समाचार प्रकाशन गरेपनि यथार्थ कुरा भने बुधबार मात्र बाहिरीएको छ । उक्त घटनाका विषयमा प्रहरी सहित जिल्लाका पत्रकारहरु समेत झुक्किएको पाइएको छ । प्रहरीले घटना संकास्पद रहेको भन्दै अनुसन्धान गरेपछि मृत्यु भएका युवाको घाँस काट्ने क्रममा नभई अवैध रुपमा खोलामा माछा मार्ने क्रममा ज्यान गएको खुलेको हो । स्थानीयको गलत जानकारी दिएकै कारण प्रहरी झुक्किएको र सोही अनुसारको विवरण बनाई सुचना प्रशारण भएको जिल्ला […] - [बाटोमा हिंडिरहेकी महिलाको सुनको सिक्री लुटपाट गर्ने पक्राउ](https://sidhaprahar.com/news/1369/): काठमाडौं। सुनको सिक्री लुटपाट गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका -१ देबिटार बस्ने ३० वर्षीय पोण्डे भन्ने विष्णु तामाङलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले मंगलबार काठमाडौं महानगरपालिका -३२ पेप्सीकोलास्थित गेटवे मन्टेस्वरी स्कुल अगाडि बाटोमा पैदल हिँड्दै गरेकी एक महिलाले घाँटीमा लगाएको ४ तोलाको सुनको सिक्री लुटपाट गरी भागेका थिए। मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनलाई काठमाडौं गोकणेश्वर नगरपालिका-५ जोरपाटीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त बानेश्वर काठमाडौं पठाइएको प्रहरीले […] - [दरै समुदाएको आगो पुज्ने विशेष प्रचलन](https://sidhaprahar.com/uncategorized/1366/): तनहुँ- ठूलो जमघटका साथ आगोको पूजा गरिन्छ भन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ, तर तनहुँका दरै समुदायमा भने आगोको पूजा गर्ने अचम्मको संस्कृति कायम छ । व्यास नगरपालिका-५ चिन्तुटारका दरै समुदायले मङ्गलबार २२ गाउँका दरै समुदायलाई भेला गरेर आगोको धुमधाम पूजा गरेका छन् । “आगोको पूजा कसरी गरिन्छ भन्ने देखाउन पनि हामीले बृहत् भेला गरेका हौँ”, व्यास-५ चिन्तुटारका दरै अगुवा ६२ वर्षीय मीनबहादुरले भन्नुभयो, “यसरी भेला गरी पूजा गरेपछि भावी पुस्ताले पनि जातीय संस्कृति बुझ्छन् भन्ने हाम्रो सोचाइ हो ।” प्रत्येक वर्ष वैशाख पूणर्िमापछि पर्ने गङ्गा दशहराको दिन दरै समुदायले विशेष पर्वका रूपमा मनाउने प्रचलन रहेको व्यास-५ चिन्तुटारका दरै पुजारी […] - [कालोपत्र गरेर चिटिक्क परेको बलेवा विमानस्थलः तर जहाज चढ्न पाइने टुङ्गो छैन](https://sidhaprahar.com/news/1363/): बलेवा- बागलुङ बलेवा विमानस्थल कालोपत्र गरेर रङरोगनले चिटिक्क परेको एक वर्ष बढी भयो। धावनमार्ग कच्ची हुँदा निरन्तर सञ्चालन हुन नसकेको यो विमानस्थल कालेपत्र गरिसक्दा पनि विमान कहिले सञ्चालन हुन्छ भन्ने अत्तोपत्तो छैन। विसं २०२२ मा स्थानीयले श्रमदान गरी तयार गरेको विमानस्थल २०४८ सालसम्म सञ्चालनमा थियो। विसं २०४८ मा बागलुङ-पोखरा-राजमार्ग निर्माण भएर गाडी चल्न थालेपछि विमानस्थल बन्द भयो। २६ वर्षदेखि बन्द भएको विमानस्थल बागलुङ नगरपालिकाले २०७४ चैत ९ गतेदेखि पुनः सञ्चालनमा ल्यायो। त्यसबेला नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना नियमित उडान भरे। धावनमार्ग कच्ची हुँदा विमान उडाउन समस्या आएपछि उडान रोकिएको थियो। लामो समयदेखि बन्द रहेको बलेवा विमानस्थल सञ्चालनका […] - [विश्व दूध दिवस मनाइँदै](https://sidhaprahar.com/news/1359/): काठमाडौं- आज (बिहीबार) २३औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ, केन्द्रीय पशुपंक्षी मत्स्य सहकारी संघलगायत सरोकारवाला निकायले विश्व दूध दिवसका अवसरमा बिहीबार विभिन्न कार्यक्रम गर्दैछन्। विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्याएको योगदानको कदर गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)ले सन् २००१ जुन १ देखि विश्व दूध दिवस मनाउन थालिएको हो। आम जनताबीच दूधको उपभोग गर्न चेतना फैलाउने उद्देश्यले नेपालले पनि सन् २०११ देखि […] - [प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आज भेटवार्ता हुँदै](https://sidhaprahar.com/politics/1351/): काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबीच आज भेटघाट हुँदैछ । बिहान ११ः०५ बजेदेखि हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता तय भएको छ । त्यसअघि साढे १० बजे महात्मा गान्धीको समाधिस्थल राजघाट जाने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेलगत्तै प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता हुनेछ । त्यसक्रममा सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने र पत्रकार सम्मेलनमा दुवै प्रधानन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ । प्रधानमन्त्री प्रचण्डको सम्मानमा भारतीय प्रधानमन्त्रीले दिवा भोजको आयोजनासमेत गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आजै ४ बजे भारतका उपराष्ट्रपति जगदीप धनखड र ४ः३५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् […] - [दक्षिण अफ्रिकामा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्ने](https://sidhaprahar.com/sports/1348/): काठमाडौं । विश्वकप छनोटको तयारिका लागि दक्षिण अफ्रिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टीमले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्ने भएको छ । जिल्ला अदालतको सुनुवाइ निरन्तर सर्दै गएपछि सन्दीप लामिछानेलाई भने ‘लिगल टीम’ ले नपठाउने निणर्य गरेको छ । दक्षिण अफ्रिका भ्रमणबाट छुटेका लामिछानेले नेपाली राष्ट्रिय टीमलाई दुई दिनअघि शुभकामना दिँदै शुभयात्रा लेखेका थिए । उनले सामाजिक सञ्जालमार्फत आफू यो भ्रमणमा समावेश नभएको जनाउ दिएका थिए । बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजानिक गरेको खेल तालिकाअनुसार नेपालले जुन ८ मा स्कटल्यान्ड र जुन १० मा नेदरल्यान्डसँग दोस्रो अभ्यास खेल खेल्नेछ । त्यसअघि, बुधबार दक्षिण अफ्रिका पुगेको नेपाली टीमले […] - [प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत](https://sidhaprahar.com/politics/1344/): १७ जेठ, काठमाडौं। चार दिने भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँदिल्ली पुगेका छन्। उनलाई भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छिन् । प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न विदेशराज्यमन्त्री लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरु र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा पनि विमानस्थलमा पुगेका थिए । प्रधानमन्त्री प्रचण्डको स्वागतमा विमानस्थल बाहिर सांस्कृतिक तथा झाँकी प्रदर्शन गरिएको राजदूत शंकर शर्माले ट्वीटरबाट औपचारिक रुपमा जानकारी दिएका छन् । - [अब वालिङमै शल्यक्रिया सेवा](https://sidhaprahar.com/health/1341/): स्याङ्जाको स्मार्ट सिटी वालिङमा शल्यक्रिया सेवा सुरू भएको छ। वालिङ नगरपालिकाको गह्रौ प्राथमिक अस्पताल वालिङमा मंगलबार देखि अत्यावश्यक प्रसुती शल्यक्रिया शुरु भएको हो। अस्पतालमा शल्यक्रिया मार्फत पहिलो पटक ३२ वर्षिय महिलाले दिनको ३ बजे स्वस्थ बच्चालाई जन्म दिएको अस्पतालले जनाएको छ । विशेषज्ञ चिकित्सक डा. नारायण बहादुर गोदार र डा. सुरज ढकालको संयुक्त टीमले वालिङ नगरपालिका वडा नं ६ निवासी एक गर्भवती महिलालाई आकस्मिक शल्यक्रिया सेवा प्रदान गरेको गह्रौ प्राथमिक अस्पतालका प्रमुख डाक्टर सुरज ढकालले जानकारी दिए। उनले अस्पतालमा प्रसुती सेवा सञ्चालनमा आएसँगै धेरै महिलालाइ सहज हुने र प्रसुतीको लागि पाल्पा पोखराका अस्पतालमा जानुपर्ने बाध्यताको अन्त्य भएको बताए। यो सेवालाइ […] - [मेलम्चीको पानी काठमाडौँ पठाइयो](https://sidhaprahar.com/news/1338/): सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको थियो । हेलम्बु गाउँपालिका-१ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पुर्‍याएको हेडवर्क्सलगायत संरचनाको मर्मतका लागि बन्द गरिएको पानी सोमबार साँझदेखि काठमाडौँ पठाइएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए । - [लगातारको हावाहुरीका कारण निरास छन् महोत्तरीका किसान](https://sidhaprahar.com/news/1335/): महोत्तरी- लगातारको हावाहुरीले महोत्तरीका फलफूल र तरकारी किसान निरास भएका छन्। जेठ लागीकन प्रत्येक २/३ दिनको फरकमा चलेको हावाहुरीले बग्रेल्ती आँपका दाना झार्नसँगै लहरे तरकारीका बेला (लहरा) हुत्याएर चुँडाएपछि उत्पादन हात नलाग्ने भएपछि किसान निरास भएका हुन्। पछिल्लो पटक शुक्रबार गएरातिको हावाहुरीले बग्रेल्ती आँप झारेका छन्। यस्तै फर्सी, लौका, घिरौंला, झिगिँनी, काँक्रा र चिचिन्डासहितका तरकारी बालीका बेला (लहरा) हुत्याउँदै चुँडाएर नोक्सान गरेपछि किसानको पिरोलो बढेको हो। ‘हेर्नोस् न, जेठ लागीकन दिनहुँजसो हावाहुरीले झारेका आँप टिप्दै दिन जान्छ, मुखमै आएको बाली सखाप भएको छ,’ आज सखारै बग्रेल्ती झरेका आँप टिप्दै भंगाहा-४ रामनगरका ६० वर्षीय किसान शुभलाल ठाकुरले भने, ‘जेठ मध्यतिर यत्रो […] - [इलिप्सको होस्टेलमा मृत भेटिए विद्यार्थी](https://sidhaprahar.com/news/1332/): काठमाडौँ- काठमाडौँ नयाँबजारस्थित एक विद्यालयको होस्टेलमा विद्यार्थी मृत फेला परेका छन्। इटरनल लाइट पब्लिक स्कुल (इलिप्स)मा कक्षा ५ मा अध्ययनरत १४ वर्षीय ती विद्यार्थी आफू बस्ने कोठाभित्रै मृत फेला परेका हुन्। काठमाडौँ प्रहरी परिसरका सूचना अधिकारी एसपी सीताराम रिजालका अनुसार झुण्डिएको अवस्थामा विद्यार्थीको शव फेला परेको हो। थप अनुसन्धान जारी रहेको उनले बताए। - [सिन्धुलीमा ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु](https://sidhaprahar.com/news/1329/): सिन्धुली- सिन्धुलीको घ्याङलेख गाउँपालिका-१, अमलेमा आज (बुधबार) ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ। बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज १ त ९९४१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार कमलामाई नगरपालिका-२ का १४ वर्षीय लक्ष्मण विकको दुर्घटनामा मृत्यु भएको हो। उनी ट्रयाक्टरका सहचालक थिए। मृतकको शव परीक्षणका लागि सिन्धुली अस्पताल लगिएको छ। दुर्घटनाको कारण भने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ। - [धादिङमा भिरबाट लडेर आमा-छोराको मृत्यु, शनिबारदेखि बेपत्ता युवकको शव त्रिशूलीमा भेटियो](https://sidhaprahar.com/news/1326/): १६ जेठ, धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर-२ मा भिरबाट लडेर आमा-छोराको मृत्यु भएको छ । भिरबाट लडेर स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो । सोमबार अपराह्न घाँस काट्न गएको बेला छोरा भिरबाट लडेपछि उनलाई उद्धार गर्न जाँदा आमा पनि खसेर दुवैको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । अप्सरा ८ महिने गर्भवती थिइन् । यसैबीच गत शनिबार त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका भक्तपुरका २४ वर्षीय रोमी शाह ठकुरीको शव पनि आज गजुरी गाउँपालिकास्थित चालिसे नजिकै फेला परेको छ । - [अत्यावश्यक ठाउँमा पुल नबन्दा बर्खामा सास्ती खेप्दैछन् बागलुङबासी](https://sidhaprahar.com/news/1321/): बागलुङ- बागलुङका अधिकांश गाउँ मोटरबाटोले जोडिएका छन्। हिउँदमा ती बाटोमा गाडी गुड्ने गरे पनि बर्खामा सुनसान हुन्छन्। खोलानालाले घेरिएका गाउँमा सडक पुगेपछि स्थानीयको जनजीवनमा परिवर्तन आए पनि नदीमा पुल नबन्दा बर्खाको करिब ४ महिना सास्ती हुने गरेको छ । बर्खामा सडक अवरुद्ध हुने हुँदा यात्रा कष्टकर हुने गरेको जनगुनासो छ। जिल्लाका मुख्य व्यापारिक केन्द्रदेखि गाउँ पुग्न दर्जन बढी खोला पार गर्नुपर्ने हुन्छ। केही ठाउँमा पुल बने पनि अझै धेरै खोलामा निर्माण गर्न बाँकी छ। बागलुङको ढोरपाटन नगरपालिका-६ का अधिकांश गाउँबाट बर्खामा सिधा यातायात सञ्चालन हुन सक्दैन । सिधा यातायात नहुँदा यस ठाउँका नागरिकले गाडी परिवर्तन गरी गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ। […] - [दमौली अस्पतालमा मिर्गौला डायलायसिस सेवा पुनः सुरु](https://sidhaprahar.com/health/1318/): तनहुँ- तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा डायलायसिस सेवा पुनः सञ्चालन गरिएको छ । उपकरण बिग्रिएपछि यहाँ बिगत डेढ महिनादेखि सो सेवा ठप्प थियो। यसअघि डायलायसिस उपकरण बिग्रिंदा मिर्गौलापीडितलाई उपचारका लागि समस्या भएको थियो। गत वैशाखदेखि बिग्रिएका ७ मध्ये ५ उपकरण मंगलबार मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको मिर्गौला उपचार केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले जानकारी दिए। उपचार केन्द्रमा कुल ११ उपकरण रहेकामा ७ वटा बिग्रिएका थिए। राष्ट्रिय मिर्गौला उपचार केन्द्रको प्राविधिक टोलीले बिग्रिएको उपकरण मर्मत गरी पुनः सञ्चालनमा ल्याएको हो। उनले भने, ‘अब ९ वटा उपकरणबाट सेवा दिन सकिने भएको छ।’ ४ वटा मात्रै उपकरण सञ्चालनमा हुँदा मिर्गौलापीडितलाई समस्या हुँदै […] - [राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक](https://sidhaprahar.com/politics/1315/): १७ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान उनले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो । - [कति समयको फरकमा खाना खानु राम्रो ?](https://sidhaprahar.com/health/1312/): व्यस्त जीवनशैली र खानपानमा उचित ध्यान पुर्‍याउन नसक्दा हिजोआज मानिसको प्रतिरक्षा प्रणाली कमजोर बन्दै गइरहेको छ । बिहान उठ्नेदेखि राति सुत्ने समय निश्चित छैन । खानाको हकमा पनि त्यस्तै नै छ । बिहान खानुपर्ने खाना दिउँसो र बेलुका खानुपर्ने खानेकुरा राति खाँदा स्वास्थ्यमा विभिन्न खालका समस्या आइरहेका छन् । सामान्यतया हाम्रो आमाशयको आकार दुईवटा मुठ्ठी बराबरको हुन्छ । तर त्यो आमाशय पाँच गुनासम्म तन्किन सक्छ । जसले हामीले शरीरलाई आवश्यकभन्दा बढी खाना खायौं र समयमा खाएनौं भने पनि अट्छ तर पच्न भने धेरै समय लाग्छ । हामी प्रायः भोक नलागे पनि खाना खाइरहेका हुन्छौं । बिहान अफिस जान हतार हुन्छ […] - [प्रधानमन्त्री प्रचण्डले आजदेखि भारतको औपचारिक भ्रमण गर्दैः उर्जा र व्यापार विषेश प्राथमिकतामा](https://sidhaprahar.com/politics/1309/): काठमाडौं- चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत प्रस्थान गर्दै छन् । गत मङ्सिरमा सम्पन्न निर्वाचनपछि गठन भएको वर्तमान सरकारले सुशासन, समृद्धि र संविधानको कार्यान्वयनलाई विशेष प्राथकितामा राखेको सन्दर्भमा प्रधानमन्त्री दाहालको यो पहिलो औपचारिक भारत भ्रमण हो । भ्रमणलाई महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री दाहालसँग परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित सरकारी प्रतिनिधिमण्डल भारत जाने कार्यक्रम तय भएको छ । परराष्ट्रमन्त्री साउदका अनुसार प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा द्विपक्षीय हित र चासोबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल हुनेछ । मन्त्री साउदले भ्रमणका क्रममा विद्युत् व्यापार, प्रसारण लाइन […] - [काठमाडौंका ६८ अस्पताल प्रशासन बन्द गराउने मेयर साहको चेतावनी, मन्त्रालयलाई ७ दिनको अल्टिमेटम](https://sidhaprahar.com/health/1306/): काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले विपन्न एवं लक्षित वर्गहरूलाईदिनुपर्ने कुल शय्याको १० प्रतिशत छुट्टाई निःशुल्क उपचार उपलब्ध गराउने सम्बन्धमा स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराएका छन् । मङ्गलवार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलाई भेटेर मेयर शाहले सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरू उपलब्ध गराउन ध्यानाकर्षण गराएका हुन् । छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरूको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न मन्त्री बस्नेतलाई अनुरोध गरिएको उनले बताए । मन्त्रालयले ती स्वास्थ्य संस्थाहरूलाई ७ दिनभित्र कानूनी दायरामा नल्याए अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने चेतावनी पनि […] [comment]: # (Generated by Hostinger Tools Plugin)