Loading
Please select listing to show.
Please select listing to show.
Please select listing to show.

घोडाघोडीमा रास्वपाको ‘हामी आउँदै छौँ’ कार्यक्रम सम्पन्न, स्थानीय मुद्दामा बृहत् छलफल

घोडाघोडीमा रास्वपाको ‘हामी आउँदै छौँ’ कार्यक्रम सम्पन्न, स्थानीय मुद्दामा बृहत् छलफल

कैलाली — कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यक्रम ‘हामी आउँदै छौँ’ अन्तर्गत छलफल, संवाद तथा सुझाव सङ्कलन कार्यक्रम सम्पन्न भएको छ।

माननीय रत्ना कुमारी थापा र माननीय श्रद्धा कुँवरको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा रास्वपा कैलाली जिल्ला सभापति कविन्द्र ठकुल्लालगायत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा स्थानीयस्तरमा पार्टीको संगठनात्मक अवस्था, आगामी कार्यदिशा तथा नागरिकका समस्या, आवश्यकता र अपेक्षाबारे छलफल गरिएको थियो। सहभागीहरूले स्थानीय तहका सवाल र पार्टीका आगामी गतिविधिबारे आफ्ना सुझाव प्रस्तुत गरेका थिए।

छलफलमा स्थानीय संगठनलाई थप सुदृढ बनाउने, नेता तथा कार्यकर्ताबीच समन्वय बढाउने र नागरिकका समस्यालाई प्राथमिकताका साथ उठाउने विषयमा विचार आदानप्रदान भएको थियो।

‘हामी आउँदै छौँ’ कार्यक्रममार्फत रास्वपाले स्थानीयस्तरमा नागरिकसँग संवाद गर्दै उनीहरूका सुझाव र अपेक्षा सङ्कलन गर्ने उद्देश्य राखेको छ। घोडाघोडीमा सम्पन्न कार्यक्रमले स्थानीय नेता तथा कार्यकर्तालाई एकै ठाउँमा जुटाएर जनतासँगको सम्बन्ध र आगामी कार्यदिशाबारे छलफल गर्ने अवसर प्रदान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार