Loading
Please select listing to show.
Please select listing to show.
Please select listing to show.

अछामका नरबहादुर साउदको भारतमा सडक दुर्घटनामा परी दुःखद निधन

अछामका नरबहादुर साउदको भारतमा सडक दुर्घटनामा परी दुःखद निधन

अछाम। अछामको ढकारी गाउँपालिका–२, भलाने निवासी नरबहादुर साउदको भारतमा भएको सडक दुर्घटनामा परी दुःखद निधन भएको छ।

प्राप्त जानकारीअनुसार, साउदको २०२६ नोभेम्बर २४ तारिख राति करिब ९ बजे भारतको वार्जे ब्रिज नजिकै सडक दुर्घटनामा परी निधन भएको हो।

भारतको गोकुल नगरमा काम गर्दै आउनुभएका साउद काम विशेषले सडक पार गर्ने क्रममा गाडीको ठक्करमा परेको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ। यद्यपि, दुर्घटनाको वास्तविक कारणबारे पोस्टमार्टम रिपोर्ट तथा सम्बन्धित निकायको आधिकारिक विवरणपछि मात्रै स्पष्ट हुने बताइएको छ।

उहाँको पार्थिव शरीरको अन्त्येष्टि आजै भारतको डेक्कन वैकुण्ठधाममा गरिने जानकारी प्राप्त भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार