Category: अर्थ

  • चुनाव हारेपछि सफलतातर्फ लम्किएकी ममिता

    चुनाव हारेपछि सफलतातर्फ लम्किएकी ममिता

    अशोक विश्वकर्मा। स्थानीय तहको पहिलो निर्वाचनमा जनप्रनिधी भएर जनताको काम गर्ने चाहाना पुरा नभएपछि व्यवसायिक कृषि पेशामा लागेकी ममिता गुरुङको सफलता उन्मुख संषर्घ चाखलाग्दो छ । तनहुँको रतनपुर पृथ्वीराजमार्गबाट झण्डै २२ किलोमिटरको ग्रामिण सडक पार गरेपछि मात्र पुग्न सकिन्छ । शुक्लागण्डकी नगरपालिका १ मा रहेको यही वस्तीमा ममिता दम्पतीले गरेको बाख्रा र मौरी पालन सवैका लागि प्रेरणाको स्रोत बन्न थालेको छ । ६ बर्ष अगाडी हेफर नामक संस्थाले महिलाको आर्थिक स्तर उकास्न व्यवसायिक बाख्रा पालनको अवधारणा गाउँमा पु¥याएको उनले जानकारी दिईन् । ‘त्यसपछि नै हो बाख्रा पालन गर्नुपर्छ कि भन्ने लागेको’ उनले भनिन् ‘अहिले घाँसहरु प्रशस्त हुन थाल्यो बल्ल व्यवसायले लय समातेको छ ।’

    ३० वटा उन्नत जातका बाख्रा र ३२ घार मौरीले उनको दैनिकी व्यस्त बनाएको भएपनि श्रीमानका साथले सामाजिक काममा समेत निस्कन सहज भएको छ । श्रीमान मनकाजी गुरुङ्ग उनको व्यवसायको सारथी पनि हुन् । श्रीमान–श्रीमतिको मेहेनतले पछिल्लो ६ महिनामा मात्र दुई लाख बढीको मह विक्री गरेका उनीहरुमा थप मेहनत गर्ने हौसला मिलेको छ । ‘महको माग पोखरा र काठमाण्डौबाट असाध्यै हुने रहेछ, यस पटक मात्र एक सय ८५ माना उत्पादन भयो’ ममिताले तनहुँ खबरसँग गफिदै गर्दा सुनाईन्,‘बाख्राका पाठा पाठीपनि बेच्छौ, जे होस ऋण गर्न परेको छैन पैसाले त कस्लाई पुग्छ होला र ?’

    शहरदेखि प…रको बस्तीमा आवश्यक पर्ने दाना चोक्कर पु¥याउन सहज छैन । ममिताको दम्पती आफ्नै पैत्रिक सम्पतीको संरक्षण गर्न गाउँकै बारीमा आफुलाई आवश्यक पर्ने कोदो, मकै, पिडालु लगायतका खेती पनि गर्न भ्याएका छन् । ‘ससुराकै बारी हो नि, धेरै घाँस लगाएका छौ अरु खेतिपाती पनि गर्छौ ।’ सन्तुष्टी मिश्रित भावमा ममिता सुनिईन् ।

    बाख्राको व्यवसायिक सफलतापछि मौरी पालन गरेर मनग्य आम्दानी भित्राएकी उनी अब सँगसँगै कुखुरा पालन गर्ने योजना बुनिरहेकी छन् । बारीका पाटाहरुमा राई खनियोदेखि मेन्डोला, सुपर नेपिएर, मुलाटे, किम्वु, टाँकी लगायतका डाले घाँसहरु सँगै ममिताको व्यवसायिक कृषि पेशा मौलाउदै गएका छन् । जिल्लाकै म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाको सिमानामा रहेको शुक्लागण्डकी नगरपालिका रतनपुरबाट व्यवसायिक सफलताको उडान भरिहेका गुरुङ दम्पती अहिले स्वदेशमै सम्भावनाहरुको खोजीहरुका लागि उदाहरण बन्न थालेका छन् ।

     

  • ढोरपाटनका मेयर २ वटा सहकारीका अध्यक्ष, २ अर्ब अपचलन

    ढोरपाटनका मेयर २ वटा सहकारीका अध्यक्ष, २ अर्ब अपचलन

    सहकारी संचालन गरेको पाइएको छ। पोखरा र बागलुङमा ‘इमेज बचत तथा ऋण सहकारी संस्था’का नाममा २ वटा छुट्टाछुट्टै सहकारी खोलेर उनले सर्वसाधारणको २ अर्ब अपचलन गरेको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ। सहकारीका अध्यक्ष एवं ढोरपाटनका मेयर नेपाली सम्पर्कविहिन भएपछि पीडित बचतकर्ताले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्। सोही निवेदनका आधारमा नेपालीलाई विदेश जान नदिन गृह मन्त्रालय र आवश्यक छानविन गरी कारबाही गर्न सहकारी रजिष्ट्रारको कार्यालयमा पत्राचार गरेको बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बताइन्। सोही पत्राचारका आधारमा गृह मन्त्रालयले मेयर नेपालीलाई विदेश जान रोक लगाउँदै सबै नाका र अध्यागमन विभागमा पत्राचार गरिसकेको छ ।

    उनले सहकारीबाट बागलुङमा मात्र डेढ अर्ब बचत अपचलन देखिएको सिडिओ श्रेष्ठले बताइन । ‘बागलुङमा मात्रै सहकारीले ८ सय जना सेयर सदस्य र ३ हजार २ सय जना बचतकर्ताको करिब डेढ अर्ब रुपैयाँ बचत रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ उनले भनिन्, ‘सहकारी विभागले अनुसन्धान गर्दैछ, केही दिनमै यथार्थ विवरण आउला ।’ इमेज वचत तथा ऋण सहकारी पोखरा महानगरपालिकामा दर्ता गरेका छन्। जहाँबाट ५ सय बढी बचतकर्ताका ५० करोड रुपैयाँ अपचलन गरेको सहकारीका प्रबन्धक दीपक पौडेलले बताए। उक्त रकम उनले घर जग्गा कारोबारमा लगानी गरेको पौडेलले बताए । दुई संस्थाको गरी नेपालीले २ अर्ब अपचलन गरेको उनीहरूले बताएका छन्।अपरेशन हेड बनाएका थिए। ऋण अधिकृत उनकै भतिज सुनिल नेपालीलाई नियुक्त गरेका थिए। मगर र नेपाली पनि सम्पर्कविहिन छन ्।

    ‘विश्वासको आधारमा काम गरें, अहिले आएर सम्पर्कविहीन भए,’ उनले सेतोपाटीलाई भने, ‘मलाई त रबर स्ट्याम्प हिसाबमा काम लगाए।’ मेयर नेपालीले बागलुङमा पनि इमेज बचत तथा ऋण सहकारी संस्था संचालन गर्न तत्कालीन रजिष्ट्रारको कार्यालयमा दर्ता गरेका थिए।बागलुङमा संचालन गरेको सहकारीको मुख्य कार्यालय बागलुङ बजार रहेको छ भने बुर्तिवाङ र गलकोटमा सेवा केन्द्र संचालनमा छ। सहकारी ऐन अनुसार एउटा पालिकाभन्दा बाहिर पनि कार्यक्षेत्र बनाउन रजिष्ट्रारको कार्यालयमा दर्ता गर्नुपर्छ। एउटा प्रदेश भन्दा बाहिर कार्यक्षेत्र बनाउन संघीय सरकारको सहकारी विभागमा दर्ता गर्नुपर्ने सहकारी ऐनमा व्यवस्था छ। सहकारी ऐनले तोकेको सोही व्यवस्था अनुसार मेयर नेपालीले पोखरा र बागलुङमा एउटै नामका २ छुट्टा छुट्टै सहकारी दर्ता गरेका हुन्। तर सोही ऐनले एउटै व्यक्ति २ वटा सहकारीको संचालक हुन नपाउने व्यवस्था गरेको छ। तर नेपाली दुबै सहकारीका अध्यक्ष हुन्। उक्त सहकारीका पीडितहरु भने सरकारका नियमनकारी निकायले आवश्यक अनुगमन नगरेकाले उनी कारबाहीमा नपरेको गुनासो गर्छन्। २०७४ मा स्थानीय तहको निर्वाचन भएपछि ढोरपाटन नगरपालिकाको मेयर बनेका नेपालीले त्यसपछि सहकारीको संचालक पद छाड्नुपर्थ्यो।

    सहकारी विनियमले जनप्रतिनिधीलाई संचालक बन्न नपाउने व्यवस्था गरेकोल पोखरा महानगरका सहकारी शाखाका प्रमुख भरतराज पौडेलले बताए। ‘एकै व्यक्ति दुई सहकारीको अध्यक्ष बन्न मिल्दैन, जनप्रतिनिधी त एउटै सहकारीको पनि संचालक हुन पनि पाउँदैनन्,’ उनले भने। मेयर नेपालीले यसरी कानुनको उल्लङ्घन गरेका कुरा सहकारीमा बचत गरेका पीडित महानगरको सम्पर्कमा आएपछि मात्र थाहा पाएको उनको भनाई छ। कानुन विपरित काम गरेको र सहकारीमा बचत सर्वसाधारणको रकम अपचलन भएको भन्दै नियन्त्रणमा लिएर कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको पौडेलले बताए। ‘सर्वसाधारणको ठूलो रकम हिनामिना गरेर बेपत्ता भएको सूचना हामीले पाएपछि हामीले जिल्ला प्रशासन कार्यालयलाई नियन्त्रणमा लिएर कारबाही गर्न पत्राचार गरेका छौं,’ उनले भने। सहकारीमा रकम बचत गरेका सर्वसाधारणले मेयर नेपालीलाई नियन्त्रणमा लिएर कारबाही गर्न प्रशासनले चासो नदिएको गुनासो गरेका छन्। पोखरा र बागलुङका सर्वसाधारण दिनहुँ प्रहरी र प्रशासनमा धाइरहेका छन्। एउटा कार्यालयले अर्को कार्यालयलाई देखाएर तर्किने गरेको पोखराका पीडित हरि खत्रीले बताए।

    ‘इमेज सहकारीका अध्यक्षलाई नियन्त्रणमा ल्याइदिनुस् भनेर जी हजुरी गरेका छौं,’ उनले भने, ‘महानगरमा गयो हामीलाई अधिकार छैन भन्छ, सिडिओ कार्यालय गयो महानगरलाई भन्नुपर्छ भन्छ, प्रहरीमा गयो सबै अधिकार महानगरमा गएको छ भन्छ, हामी यता र उता धाउँदा धाउँदा हैरान भयौं।’ बागलुङबाट पोखरा बसाई आएका खत्रीलाई बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवबहादुर नेपाली अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारीमा बचत जम्मा गर्न उनका साथीहरुले सुझाएका थिए। साथीका सुझाव मानेर खत्रीले आफ्नो मात्र नभई आफन्तका पनि बचत लगेर सोही सहकारीमा जम्मा गरेका थिए। ‘साथीहरको सुझाव मानेर मैले आफ्नो,दिदी, छोराछोरी लगायत आफन्तको बचत पनि यही सहकारीमा राखें,’ उनले भने, ‘हाम्रो परिवारभित्रको मात्र १ करोड बचत छ।’ सहकारीमा उनले बचत गरेको रकम अहिले कागजको ढड्डामा मात्र उल्लेख छ। उनले राखेको पैसा सहकारीमा छैन। आफूले बचत गरेको रकम निकाल्न खोज्दा पनि सहकारीले नदिएको उनले बताए। ‘हामीले राखेको पैसा आवश्यक पर्दा झिक्न जाँदा दिएन, अध्यक्षसँग कुरा गर्दा मिलाउँछु मात्र भन्थे,’ उनले भने, ‘५ दिनअघि मात्र सम्पर्क हुँदा पनि मिलाउँछु भनेका थिए।’

    पोखराका सहकारी पीडितहरुले जिल्ला प्रशासन कार्यालय कास्कीमा ठगीको उजुरी दिँदा दर्ता नभएको गुनासो गरेका छन्। बागलुङ बजारमा मुख्य कार्यालय रहेर बुर्तिवाङ र गलकोटमा सेवा केन्द्र चलाएको अर्को इमेज बचत तथा ऋण सहकारीबाट डेढ अर्ब अवचलन भएको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ। बागलुङमा रहेको उक्त सहकारीको आर्थिक हिनामिनाका विषयमा सहकारी रजिष्टारको कार्यालय गण्डकीले अनुसन्धान गरिरहेको छ। बागलुङमा डेढ अर्ब र सहकारीका पोखरामा ५० करोड गरी २ अर्ब रुपैया अध्यक्ष नेपालीले अवचलन गरेर फरार भएको बचतकर्ताको दाबी छ। सर्वसाधारणले बचत गरेको रकम सहकारीका अध्यक्ष नेपाली आँफैले ऋण लिएर लगानी गरेको पोखराका प्रवन्धक दीपक पौडेलले बताए। उनका अनुसार नेपालीले काठमाडौं, पोखरा र बागलुङमा घरजग्गामा लगानी गरेका छन्। उनको पोखरामा २ वटा घर छ भने बागलुङको बुर्तिवाङमा होटल चलाएका छन्।

    यस्तै, काठमाडौं, पोखरा र बागलुङमा प्लटिङमा लगानी गरेका छन्। करिब ४ महिनाअघि देखि सहकारीका बचतकर्ताले रकम नपाएपछि गुनासो बढ्दै गएको थियो । अध्यक्ष नेपालीले आप्mनो घर जग्गा बिक्री गरेर बचत फिर्ता गर्ने आश्वासन दिँदै आएका थिए। एकाएक सम्पर्कविहिन भएपछि आफुहरुको रकम डुब्ने हो की भन्ने चिन्ता लागेको बचतकर्ता हरि खत्रीले बताए। सर्वसाधारण बचतकर्ताको करोडौं रकम डुब्ने अवस्था आउनुमा राज्यका नियमनकारी निकाय पनि उत्तिकै जिम्मेवार भएको अर्का एक पीडितले बताए। जिल्ला प्रशासन कार्यालय कास्कीमा सोमबार भेटिएका ती पीडितले आफ्ना नाम गोप्य राख्न आग्रह गर्दै भने, ‘मेयरको सहकारी राम्रो होला भनेका थियौं, आखिर गैरकानुनी रुपमा अध्यक्ष बनेर हाम्रो रकम हिनामिना गरेका रहेछन्, यसमा नियमनकारी निकायको पनि उत्तिकै दोष छ।’

  • गण्डकीका सांसदको खर्च:५ महिनामा २१ बैठक बसे, ३ करोड सके, कसले कति लिए ?

    गण्डकीका सांसदको खर्च:५ महिनामा २१ बैठक बसे, ३ करोड सके, कसले कति लिए ?

    पोखरा । गण्डकी प्रदेश सभामा गत मंसिरमा निर्वाचित भएका ६० जना सांसदको कार्यकाल पुस १४ गतेबाट सुरु भयो । मंसिर पहिलो साता निर्वाचित भए पनि सपथ भएपछि मात्रै उनीहरुको कार्यकाल सुरु भएको हो । सपथ हुनु कार्यकाल सुरु हुनु र पारिश्रमिकको गणना थालनी हुनु पनि हो ।कार्यकाल सुरु भएको ५ महिनामा अर्थात १५० दिनमा उनीहरुले प्रदेश सभामा भने केवल १६ दिनमात्रै बिताएका छन् । प्रदेश सभामा १६ दिन उपस्थित भई बैठक बसे पनि उनीहरुले तलब भने सबै ५ महिनाकै पाए । महिना मरेपछि स्वतः तलब आउँछ । बैठकको छुट्टै भत्ता हुन्छ । १६ दिनमा २१ बैठक बसेको भत्ता प्रदेश सभा सचिवालयले प्रत्येक सांसदको बैंक खातामा पठाएको छ ।

    प्रदेशका सांसदका लागि पारिश्रमिक र भत्ताबाहेक उनीहरुका स्वकीय सचिवका लागि पारिश्रमिक हुन्छ । घरभाडा, मर्मत, इन्धन, सञ्चार, यातायात लगायत सुविधा पनि हुन्छन् । तिनै शीर्षकमा उनीहरुका लागि प्रदेश सभा सचिवालयले अहिलेसम्म झन्डै ३ करोड रुपैयाँ भुक्तान गरिसकेको प्रदेश सभा सचिवालयको लेखा अधिकृत सूर्य अधिकारीले जानकारी दिए । सांसद, पदाधिकारी, स्वकीयको तलब भत्तामा मात्रै २ करोड ७८ लाख ३४ हजार ४ सय ६१ रुपैयाँ खर्च भएको हो । इन्धन खर्च तथा बैठक भत्ता गरी २ करोड ९४ लाख ८ हजार ५४२ रुपैयाँ खर्च भएको छ । प्रदेश सभाले सांसद र संसद पदाधिकारीको मात्रै पारिश्रमिक र सुविधामात्रै भुक्तान गर्छ । मन्त्री भएका सांसदहरुले भने मन्त्रिपरिषदको कार्यालयले भुक्तानी दिन्छ । त्यसैले प्रदेश सभाले भुक्तान गरेको ३ करोड रुपैयाँमा ७ सदस्यीय मन्त्रिपरिषदका सदस्यहरुको पारिश्रमिक र सुविधा भने गणना भएको छैन ।

    प्रदेश सभाको मुख्य काम कानुन निर्माण हो । गण्डकी प्रदेश सभाका १६ दिनका २१ बैठकको मुख्य काम भने कानुन निर्माण नभई सरकार गठन, विघटन र फेरि गठनमै सीमित रह्यो । पाँच महिनामा गण्डकीले २ वटा सरकार पाइसकेको छ । पुस २५ गते एमाले नेता खगराज अधिकारी नेतृत्वमा गठित सरकार वैशाख ९ मा ढल्यो । अधिकारीले राखेको विश्वासको मत सम्बन्धी प्रस्ताव प्रदेश सभाको बहुमतले अस्वीकृत गरिदियो । अधिकारी सरकार ढलेपछि कांग्रेस नेता सुरेन्द्रराज पाण्डे नेतृत्वमा गठित सरकारलाई प्रदेश सभाको वैशाख २१ गतेको बैठकले बहुमतसहित विश्वासको मत दियो । प्रदेश सभाले सुरुमा गर्नुपर्ने काम सभा सञ्चालन सम्बन्धी आफ्नै कानुन अर्थात नियमावली बनाउनुपर्ने थियो । पुस १८ गतेको पहिलो बैठकले पहिलाकै नियमावलीबाट चल्ने निणर्य पारित गरेको थियो । नयाँ नियमावलीका लागि पछि समिति पनि गठन गर्‍यो, तर अहिलेसम्म त्यसले सभामा प्रवेश पाएको छैन ।

    कानून निर्माण र अन्य निणर्यका लागि प्रदेश सभामा आवश्यक ‘मिनी संसद’ अर्थात संसदीय समितिहरुको गठनसमेत अहिलेसम्म भएको छैन । त्यसो त प्रदेश सभाका २ वटा अधिवेशन भइसकेका छन् । पहिलो अधिवेशनमा पुरानै प्रदेश सभाकालीन सरकारका पालामा रेडी कानून पारित भए । तत्कालीन कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्व सरकारको पालामा तयार गण्डकी प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाले पारित गरेको थियो । रेडीमेड ऐन पारित गरेपछि प्रदेश सभाले फेरि पनि नयाँ केही गरेन । तत्कालीन मुख्यमन्त्री अधिकारीले बजेट रकमान्तर गरेर नयाँ योजना बाँड्न ऐननै संशोधन चाहे । प्रदेश सभाले रकमान्तर गर्न विनियोजन ऐन २०७९ र ३४ वटा ऐन संशोधन गर्ने गरी केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक फास्ट ट्र्याकबाट पारित गर्यो ।

    अघिल्लो कार्यकालमा विवादकै कारण पास नभएको उक्त विधेयक यसपालि समितिमा छलफल नै नगरी सरकारले पास गरायो । आफूलाई समेत फाइदा हुँदा तत्कालीन प्रतिपक्ष कांग्रेस मौन नै रह्यो । समितिमा गहन अध्ययन र लामो छलफलबाट विधेयक अगाडि बढाउनुपर्नेमा फास्ट ट्र्याकबाट पास गरियो । प्रदेशसभा सचिवालयका सचिवको उमेर हद ६५ वर्ष पुर्याउन सबै दल एकमत भए । सचिवालयका सचिव हरिराज पोखरेल चैत ४ गते ६० वर्षे उमेर हदका कारण अवकाशमा जानेवाला थिए । तर, सबै दल मिलेर उनको जागिर थमौती गर्न ऐन नै संशोधन गरे । केन्द्रीय राजनीतिको सत्ता गठबन्धनमा हेराफेरिसँगै तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले सरकार टिकाइराख्ने दाउमा प्रदेश सभाको पहिलो अधिवेशन अन्त्य गरेका थिए ।

    गत फागुन १८ गते गण्डकी प्रदेश सभामा प्रदेश प्रमुख पृथ्वीमान गुरुङको सम्बोधनपछि एकाएक पहिलो अधिवेशन अन्त्य भएको थियो । पुस १८ गतेबाट सुरु भएको उक्त अधिवेशनमा १४ वटा बैठक भएका थिए । गत वैशाख ९ गते तत्कालीन मुख्यमन्त्री अधिकारी विशेष अधिवेशन बोलाएर विश्वासको मत सम्बन्धी प्रस्ताव राखे । उक्त बैठक सोही विषयमा केन्द्रित भयो । अधिकारीले विश्वासको मत पाएनन्, अनि सरकार ढल्यो । सोही दिनमै अधिकारीले उक्त अधिवेशन अन्त्यका लागि सिफारिस गरे, प्रदेश प्रमुखले अन्त्य गरे । पूर्वमन्त्री अधिकारीले विश्वासको मत लिन विशेष अधिवेशनै डाकेका थिए । उनका उत्तराधिकारी नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नेतृत्व सरकारले प्रदेश सभा अधिवेशन डाक्नुको मूल उद्देश्य पनि विश्वासको मत लिनु नै रह्यो । उनले पनि वैशाख २१ गते विश्वासको मत लिन अधिवेशन आह्वानका लागि सिफारिस गरे ।
    त्यसपछि प्रदेश सभाको दोस्रो(नियमित) अधिवेशनको पहिलो बैठक वैशाख २१ गते बस्यो । सोही दिन मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिए र बैठक अनिश्चितकालका लागि स्थगित भयो । जुन अझै सुरु भएको छैन । प्रदेश सभा बैठकको सुरसारसमेत देखिन्न । नेपाली कांग्रेसका सांसद विन्दुकुमार थापाले जनताको अपेक्षाअनुसार प्रदेशले काम गर्न नसकेको स्वीकार्छन् । उनी भन्छन्, ‘जनताको अपेक्षा धेरै ठूलो छ, जनताहरुले आमूल परिवर्तन खोजी राखेका छन्, अब त्यो अनुसारको डेलिभरी दिन नसकिरहेको हामीलाई महसुस भइराखेको छ ।’ प्रदेशले रोजगारी सिर्जना गर्ने खालको योजनाहरु अगाडि बढाउनुमा सांसद थापाले जोड दिए । ‘पहिलो ५ वर्षको कार्यकालमा प्रदेशको जग राख्ने काम गर्यौं । ६१, ६२ वटा कानुन बनाएका छौं । प्रदेश संरचना पनि धेरै तयार भएका छन्,’ उनले भने, ‘आगामी वर्षदेखि जनताहरुको मनोबल बढाउने खालको, जीवनस्तर उकास्ने खालका कार्यक्रमहरु ल्याउनुपर्छ ।

    विकास निर्माणका कामहरु र रोजगारी सिर्जना गरेर विदेशिने युवालाई रोक्ने खालको कार्यक्रम ल्याउनुपर्छ ।’ प्रदेश सभा सदस्य थापाले सुशासन कायम गर्ने तथा जनताको जीवनस्तर उकास्न सबै दलहरु मिलेर जानुपर्ने जिकिर गरे । ‘अब सुशासन कायम गर्ने, समृद्धि हासिल गर्ने कुरामा अगाडि बढ्नुपर्छ, जनताको जीवनस्तर उकास्ने कुराहरुमा सरकार पक्ष, प्रतिपक्ष दल सबै मिलेर चाहिँ अगाडि बढ्नुपर्छ,’ उनले भने । जनताको नजिकको सरकार प्रदेश सरकार हो भन्ने पुष्टि गर्न नसकेको नेकपा एमाले सांसद गोविन्दबहादुर नेपाली बताउँछन् । ‘जनताको नजिकको सरकार प्रदेश सरकार हो भन्ने पुष्टि गर्न सक्नुपर्छ । अहिलेसम्म विषय हेर्दा जनतामा हामीले त्यो हिसाबले पुष्टि गर्नेतर्फ अब लागिरहेका छौं । तर, जनताले ढुक्कले विश्वास गर्ने गरी त्यो ठाउँमा पुर्याउन सकिरहेका छैनौं,’ उनले भने, ‘त्यसको सम्पूणर् कारण हो राजनीतिक अस्थिरता ।’
    राजनीतिक अस्थिरताले प्रदेशले सोचेअनुरुपको उपलब्धि हासिल गर्न नसकेको प्रदेश सभा सदस्य नेपाली बताउँछन् । ‘विडम्बना यो ५ महिना एउटै सरकारले गर्न पाएको भए । एउटा खालको मूल्यांकन गर्न सकिने खालको हुन्थ्यो । ५ महिनामा २ वटा मुख्यमन्त्री बन्ने परिस्थिति बन्यो’, उनले भने, ‘खगराज अधिकारी नेतृत्वको सरकारलाई १ सय दिनको मुल्यांकन गर्ने धैर्य गठबन्धनले राखेन । अर्को सरकार आएपछि विभागहरु बाडफाँड गरेको छ । त्यसकारण राजनीतिक अस्थिरताले मूल्यांकन गर्न सक्ने अवस्था छैन ।’

    कसको खर्च कति ?
    सदस्य तथा पदाधिकारीको पारिश्रमिकः १ करोड ३१ लाख ७५ हजार ५७७
    अन्य सुविधा र स्वकीयको परिश्रमिकः १ करोड ३४ लाख ५४ हजार ८७४
    इन्धन सुविधाः ३ लाख ९० हजार ८१
    सभामुख उपसभामुख पारिश्रमिकः ४ लाख ९६ हजार ७२७
    अन्य सुविधा तथा स्वकीय सचिवको पारिश्रमिकः ७ लाख ७ हजार २८३
    सांसदको बैठक भत्ताः ११ लाख ८४ हजार
    जम्माः २ करोड ९४ लाख ८ हजार ५४२

  • सर्वत्र आलोचना पश्चात नगरले सच्यायो गल्ती

    सर्वत्र आलोचना पश्चात नगरले सच्यायो गल्ती

    दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाले ईन्धनमा गरेको खर्चको चर्चा यति बेला सर्वत्र छ । सामाजिक सञ्जालमा नगरपालिकाले १० महिनामा मै झण्डै ७० लाखको डिजेल र पट्रोल खपत गरेको प्रमाण भेटिन्छ । नगरपालिकाले भने सामाजिक सञ्जालमा जस्तो खर्च वास्तविकतामा नभएको जनाएको छ ।

    तनहुँ खबरसँग कुरा गर्दै नगरपालिकाका सुचना अधिकारी लक्ष्मण लम्सालले ‘सुशासन र समृद्ध शुक्लागण्डकीकाका लागि युवा अभियान’लाई प्रदान गरिएको सुचना गलत भएको दावि गरे । उनले कार्यालयको प्राविधिक गल्तिका कारण गलत जानकारी गएको र सोही विषय भाईरल भएको जानकारी दिए । लम्सालका अनुसार नगरपालिकामा बैशाख मसान्तसम्म १२ हजार नौ सय पचपन्न लिटर पेट्रोल र २६ हजार आठ सय सन्ताउन्न लिटर डिजेल खपत भएको जानकारी दिए ।

    उनले यस अघि प्रदान गरिएको सुचनामा १२ हजार नौ सय ६० लिटर पेट्रोल र २८ हजार पाँच सय ८६ लिटर डिजेल खपत भएको उल्लेख छ । उक्त विवरणमा गत मंसिरमा खपत भएको डिजेलको परिमाण गत असारदेखि मंसिर महिनासम्मको जोडिन गएको उल्लेख गरे ।
    ‘ईन्धनको मुल्य परिवर्तन भईरहने र अभियानका सदस्यहरुले आफुखुशी मुल्य राखेर सामाजिक सञ्जालमा भाईरल बनाएछन्’ उनले भने ‘त्यो जम्मा जोडिएको हस्तलिखित अक्षर नगरपालिकाको होईन ।’

    उनका अनुसार चालु आर्थिक बर्षका लागि ईन्धन खर्च ४५ लाख विनियोजन गरिएको तर अत्याधिक मुल्य बृद्धि भएका कारण विभिन्न शिर्षकबाट रकमानन्तर गरि ६१ लाख पु¥याएको स्पष्टीकरण दिए । नगरपालिकाले विवरण सच्याएर दिएता पनि उक्त विवरणमा गत आर्थिक बर्षमा भन्दा बढी नै पछिल्लो दश महिनामा खपत भएको देखिन्छ ।

  • यात्रु लक्षित ‘सोल्टी भिलेज एण्ड रिभरभ्यु  रेष्टुरेण्ट’ सञ्चालनमा

    यात्रु लक्षित ‘सोल्टी भिलेज एण्ड रिभरभ्यु रेष्टुरेण्ट’ सञ्चालनमा

    मुग्लिन । तनहुँका पत्रकार चित्र सोल्टी गुरुङले यात्रुहरुलाई लक्षित गरेर ‘सोल्टी भिलेज एण्ड रिभरभ्यु रेष्टुरेष्ट’ सञ्चालनमा ल्याएका छन् । मुग्लिन– नारायणगढ सडक खण्ड हुदै यात्रा गर्नुहरुलाई लक्षित गरेर सञ्चालन मा आएको यो रेष्टुरेण्टले टिपीकल खानाका प्रकारहरुलाई प्राथमिकता दिनेछ ।  गत बिहिबारदेखि उक्त सडकको खण्डको इच्छाकामना गाउँपालिका वडा नं. ६ मा पर्ने पाँचकिलो भन्ने स्थानमा  सोल्टी भिलेज एण्ड रिभरभ्यु रेष्टुरेष्ट संचालनमा आएको छ ।

    भर्खरै संचालनमा आएको होटल सोल्टी भिलेजमा विशेष गरेर नेपाली टिपिकल खाना पाईने संचालक गुरुङले बताए । होटल संचालक गुरुङका अनुसार होटलमा नेपाली खाना सेट दालभात तरकारी अचारका साथै कोदो र मकैको ढिंडो खान पाईन्छ । साथमा गाउँघरको अग्र्यानिक सिस्नो पनि हप्तामा एक दिन खान पाईनेछ ।

    ‘यतिमात्र नभै हामी कहाँ गाउँघरमै पालेको लोकल कुखुराको मासु, त्रिशुलीको लोकल माछा, बफ सुकुटी, सेकुवा पाईन्छ’ –उनले भने ‘जनजाती समुदायमा प्रचलित शुद्ध कोदोको तिनपाने जुस, छ्याङ, पूर्वको चर्चित तुम्बा र सुकुटी समेत हामी उपलब्ध गराउछौ’ । साथै होटलमा बसेर त्रिशुली नदीको सुन्दर दृश्यहरु हेर्दै आनन्दले खाना खान सकिने बताए ।

    यस्तै होटलमा विस्तारै इच्छाकामना र आसपासमा उत्पादन हुने लोकल कृषि उत्पादनहरु मह, बोडी, मासको दाल, बेसार लगायत वस्तुहरु समेत कोसेलीको रुपमा खरिद गरि लैजाने व्यवस्था हुने बताए । सोल्टी भिलेजमा पुग्न मुग्लिन बजारबाट नारायणगढतर्फ जादाँ ५ किलो मिटर अगाडी पुग्नुपर्दछ भने नारायणगढबाट काठमाण्डौतर्फ जादा ३१ किलोमिटर अगाडी पुग्नुपर्नेछ । यस्तै चितवन जिल्लाकै चर्चित पर्यटकीयस्थल जलविरे लामो झरना अवलोकन गर्न जादा त्यहाँबाट करिब १ किलोमिटर अगाडी मुग्लिनतर्फ जादा सोल्टी भिलेजमा सजिलै पुग्न सकिन्छ ।

  • माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी राख्छौं : मिटरब्याज पीडित

    माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी राख्छौं : मिटरब्याज पीडित

    काठमाडौं । तराईका विभिन्न जिल्लाबाट आइ आन्दोलनमा उत्रिएका मिटरब्याजीपीडितहरुले आफ्नो धर्ना कार्यक्रम जारी राखेका छन् ।

    काठमाडौंको शान्तिबाटिकामा उनीहरुले धर्ना जारी राखेका हुन् । तराईका नवलपरासी, महोत्तरी, सर्लाही लगायत विभिन्न जिल्लाबाट दोस्रो चरणमा समूहमा आएका उनीहरुले धर्नालाई निरन्तरता दिएका छन् ।

    उनीहरुले आफ्ना माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै एक मिटरब्याजीपीडितले राजनीतिक रुपमा दृष्टिबन्धक, तमसुक, छिनुवा र चेक बाउन्स अवैध घोषणा हुनुपर्ने बताउनुभयो ।

    उहाँले यी सबैकुराको क्षतिपूर्ति व्यहोर्नुपर्ने बताउनुभयो । अहिले सबैभन्दा ठूलो समस्या मुद्दा परिरहेकाले मुद्दा स्थगित हुनुपर्ने र मुद्दा छिनोफानो भइसकेको भए पुनरावेदन हुनुपर्ने, पक्राउ पूर्जि रोक्नुपर्ने माग आफूहरुको रहेको बताउनुभयो ।

    उनीहरुले जेलमा भएका पीडितहरुलाई ससम्मान रिहा गर्नुपर्ने बताउनुभयो ।

  • आईएमएफको रिपोर्ट : नेपालमा खाद्य असुरक्षा बढ्यो, एक तिहाइ जनसंख्या प्रभावित

    आईएमएफको रिपोर्ट : नेपालमा खाद्य असुरक्षा बढ्यो, एक तिहाइ जनसंख्या प्रभावित

    अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ०ले नेपाल कन्ट्री रिपोर्ट ९मे २०२३० सार्वजनिक गर्दै खाद्य असुरक्षा र जलवायु परिवर्तनको असर बढ्दै गएको जनाएको छ।

    आइएमएफले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले नेपालमा गरिबी र खाद्य सुरक्षालाई रेमिट्यान्सले केही हदसम्म भरथेग गरेको तथा जलवायु परिवर्तनको असर व्यवस्थापनमा उल्लेख्य प्रगति हुन नसकेको उल्लेख गरेको छ। खाद्य असुरक्षाबाट नेपालको एक तिहाइ जनसंख्या प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ। विश्व खाद्य कार्यक्रमलाई उद्धृत गर्दै आइएमएफले नेपालको १८ प्रतिशत जनसंख्याले पर्याप्त पोषणयुक्त खाना नपाएकोसमेत उल्लेख गरेको छ।

    खाद्य असुरक्षाको असर औसत आयु, बालबालिकाको शारीरिक तथा वौद्धिक विकास, पूँजी निर्माणलगायत क्षेत्रमा देखिन्छ। नेपालले भारत, मलेसिया तथा खाडी मुलुकबाट रेमिट्यान्स प्राप्त गरेर अर्थतन्त्र धानिरहँदा अवस्थामा ती देशका मजदुर कानुन, अद्यागमन कानुन तथा विश्वव्यापीरुपमा देखिएको आर्थिक मन्दिको असर पनि यसमा देखिएको आइएमएफले जनाएको छ।

    विदेशबाट रेमिट्यान्स पाउने परिवारमा तथ्याङ्क हेर्दा सन् २०२२ अक्टोबरसम्ममा करिब २८ प्रतिशत परिवारले न्यून रेमिट्यान्स पाइरहेको आइएमएफ कन्ट्री रिपोर्टमा उल्लेख छ। त्यस्तै, जलवायु परिवर्तनका असरले नेपालको आर्थिक विकासमा असर पारिरहेको आइएमएफले जनाएको छ।

    ‘पछिल्लो एक दशक अवधिमा नेपालमा शून्य दशमलव ६ डिग्रीले तापक्रम बढेको छ। मौसम पूर्वानुमान कठिनाई छ। बाढी, पहिरोजस्ता समस्याले पूर्वाधार, कनेक्टिभिटीलगायतमा असर पुर्‍याएको छ’, प्रतिवेदनमा भनिएको छ। कोभिड(१९ महामारी र रुस–युक्रेन तनावपछि विश्वव्यापी अर्थतन्त्रमा देखिएको असरका कारण सरकारी लगानी रहेका नेपालका सार्वजनिक संस्थानको वित्तीय अवस्थामा बिग्रिएको छ।

    जसका कारण सरकारको बजेटमा र वित्तीय अवस्थामा पनि असर परेको प्रतिवेदनमा जनाइएको छ। नेपालको दूरसञ्चार क्षेत्र र विद्युत् क्षेत्रमा नियामक निकाय स्थापना भएका भए पनि नागरिक उड्डयन प्राधिकरणले आफैँ नियामकका रुपमा पनि काम गरिरहेको छ। यसलाई सुधार गरिनुपर्ने विषयका रुपमा आइएमएफले औँल्याएको छ। त्यस्तै, सरकारी वित्तीय संस्थाले अरु निजी क्षेत्रका वित्तीय संस्थासँग चर्को प्रतिस्पर्धा गर्नुपरेको छ।

    वस्तु व्यापारमा एकाधिकार भएका नेपाल आयल निगमजस्ता सार्वजनिक संस्थानबाट सरकारले पाउने राजस्व पछिल्ला वर्षमा घट्दै गएको छ। नेपाल आयल नियमले सन् २०२१र२२ मा व्यहोरेको घाटाका कारण नेपालको जीडीपी वृद्धिदरमा एक प्रतिशतले घटेको आइएमएफको प्रतिवेदनमा उल्लेख छ। कोभिड महामारीयता सार्वजनिक संस्थानबाट सरकारले प्राप्त गर्ने राजस्व घटेको छ।

    आर्थिक वर्ष २०१८र१९ मा सात अर्ब ६४ करोड ३० लाख बराबर आयकर तिरेका सार्वजनिक संस्थानले सन् २०१९र२० मा यस्तो आयकर रू ११ अर्ब दुई करोड ५० लाख पुगेको तर कोभिड महामारी पछि सार्वजनिक संस्थानबाट सरकारले प्राप्त गरेको आयकर सन् २०२०र२१ मा रू पाँच अर्ब ५२ करोड ६० लाख र २०२१र२२ मा छ अर्ब ३४ करोड ६० लाखमा खुम्चिएको देखिन्छ। त्यस्तै, सार्वजनिक संस्थानबाट सरकारले पाएको मुनाफा सन् २०१८र१९ मा नौ अर्ब ४७ करोड १० लाख र सन् २०१९र२० मा १४ अर्ब १० करोड पुगेको थियो।

    तर, महामारी पछि सन् २०२०र२१ मा मुनाफा छ अर्ब ७२ करोड १० लाख र सन् २०२१र२२ मा चार अर्ब २४ करोड ४० लाखमा खुम्चिएको देखिन्छ। यसरी पछिल्ला वर्षमा सार्वजनिक संस्थाले तिरेको आयकर र नाफा घट्दा ती क्षेत्रले मुलुकको कूल गार्हस्थ्य उत्पादनमा गरिरहेको योगदानको अंश पनि घट्दै गएको छ। आइएमएफको रिपोर्टअनुसार सार्वजनिक संस्थानले तिरेको आयकरले जिडीपीमा गरेको योगदान हेर्दा सन् २०१८र१९ मा शून्य दशमलव २०, सन् २०१९र२० मा शून्य दशमलव २८ प्रतिशत बराबर थियो।

    तर, सन् २०२०र२१ र सन् २०२१र२२ मा त्यो घटेर शून्य दशमलव १३ प्रतिशतमा खुम्चिएको छ। त्यस्तै, जिडीपीमा सार्वजनिक संस्थानको लाभांशको हिस्सा पनि क्रमशः घट्दै गएको छ। सन् २०१८र१९ मा शून्य दशमलव २५ प्रतिशत र सन् २०१९र२० मा शून्य दशमलव ३६ प्रतिशत बराबर रहेको यस्तो हिस्सा सन् २०२०र२१ मा शून्य दशमलव १६ प्रतिशत र सन् २०२१र२२ मा शून्य दशमलव ०९ प्रतिशतमा झरेको छ।

    नेपालमा हाल सरकारी लगानीका ४२ वटा सार्वजनिक संस्थान छन्। जसमध्ये १० वटा औद्योगिक क्षेत्रका, चारवटा व्यापार क्षेत्रका, नौवटा सेवा क्षेत्रका, पाँचवटा सामाजिक क्षेत्रका, पाँच वटा उपयोगिताका र नौवटा वित्तीय क्षेत्रका सार्वजनिक संस्थान छन्। यी सार्वजनिक संस्थानको पूँजी नेपालको कूल गार्हस्थ्य उत्पादनको ५१ प्रतिशत र दायित्व ३३ प्रतिशत बराबर छ।

    नेपाल विद्युत् प्राधिकरण, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी, नेपाल आयल निगम, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, नेपाल वायुसेवा निगम र नागरिक लगानी कोषले मात्र सार्वजनिक संस्थाका ९४ प्रतिशत पूँजी रहेको छ।

  • दुधले बजार नपाउदाँ समेत भारतबाट आयात !

    दुधले बजार नपाउदाँ समेत भारतबाट आयात !

    काठमाडौं । नेपाली किसानद्वारा उत्पादित दूधले बजार नपाइरहेको समयमा केही डेरी व्यवसायीले लुकीछिपी भारतीय दूध भित्र्याइरहेको पाइएको छ । केही डेरी व्यवसायीले नेपाल–भारत सीमा क्षेत्रमा चिलिङ सेन्टर खोलेर भारतबाट आउने दूध संकलन गरी काठमाडौंसम्म ल्याउने गरेको स्थानीयबासीको भनाइ छ ।

    सर्लाहीका किसान विशेश्वर रायले नेपालको सीमा क्षेत्रमा भारतको झोल दूधमात्र नभएर प्याकेट पनि छ्यापछ्याप्ती पाउन थालेको बताए । भारतका व्यापारीले मोटरसाइकल तथा साइकलमा दूध ल्याएर नेपालका डेरी उद्योगीलाई बेच्ने गरेको उनको भनाइ छ ।

    भारतबाट खरिद गरिएको दूध काठमाडौं, चितवन मिल्क र पोखराको सुजल डेरीसम्म पुग्ने गरेको बताइन्छ । चितवन मिल्कका एक अधिकारीले भने, ‘हाम्रो कारखानामा पनि भारतीय दूध आउँछ, नेपाली दूधमा मिसावट हुन्छ तर भारतीय दूधमा त्यति मिसावट हुँदैन ।’ चितवन मिल्कले झोल दूधलाई प्रशोधन गरेर धुलो दूध बनाउने गरेको छ ।

    पोखराको सुजल डेरीले आफै दूध संकलन गरेर ल्याउने गरेको छ । सर्लाहीलगायत विभिन्न ठाउँमा आफ्नै चिलिङ सेन्टर खोलेको उक्त डेरीले भारतीय व्यपारीबाट दूध खरिद गरी आफ्नो कारखानासम्म ल्याउने गरेको छ ।

    तर सुजल डेरीका अधिकारी दशरथ सिलवालले भारतीय दूध आफूले खरिद नगरेको दाबी गरे । उनले भने, ‘सर्लाही लगायत विभिन्न जिल्लाका सीमावर्ती क्षेत्रमा ठेकेदार तथा बिचौलियाहरुले दूध ल्याएर बेच्छन्, अन्य डेरीले उनीहरुबाट खरिद गर्छन् तर हामी भारतीय दूध खरिद गर्दैनौं, हामीलाई नेपाली किसानको दूधले नै पुगिरहेको छ ।’

    सीमावर्ती क्षेत्रमा दूधको व्यापक चलेखल हुने गरेको जानकारी दिँदै उनले यसमा सुरक्षाकर्मी र मिडियाले निगरानी बढाउनुपर्ने बताए । केही नाम चलेका डेरीले भारतीय व्यापारीको दूध खरिद गरेर काठमाडौंलगायत विभिन्न क्षेत्रमा पुर्याउने गरेको उनको भनाइ छ ।

    भारतबाट लुकीछिपी आउने दूध प्रतिलिटर ४० रुपैयाँदेखि ४५ रुपैयाँ ९भारु० मा खरिद गरिएको हुन्छ । नेपाली किसानबाट सहकारीले ७०–८० रुपैयाँ ९नेरु० प्रतिलिटरमा दूध खरिद गरेका हुन्छन् । नेपाली किसानबाट खरिद गरिएको दूधभन्दा भारतीय दूधमा एसएनएफ र फ्याट ९गुणस्तर० को मात्रा बढी हुने बताइन्छ । दूधमा जति बढी एसएनएफ हुन्छ, डेरी उद्योगीलाई त्यति बढी फाइदा हुन्छ ।

    नेपालका डेरी उद्योगीले पाँच प्रतिशत एसएनएफ भएको दूध खरिद गरेर नेपाली उपभोक्तालाई तीन प्रतिशत एसएनएफको दूध बेच्छन् । त्यही भएर डेरी उद्योगीले नेपाली किसानको दूध खरिद नगरी भारतबाट दूध खरिद गर्न जोड दिएका छन् ।

    डेरी उद्योगीले भारतबाट दूध आयात खुला गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई दबाब दिइरहेका छन् । दूध खुला गर्ने कि नगर्ने भन्ने विषयमा कृषि मन्त्रालय विचार विमर्शमा रहेको बेला डेरी उद्योगीहरु धमाधम भारतबाट लुकीछिपी दूध खरिद गरी ल्याउने गरेका छन् ।

    पर्सामा दूध संकलन गरिरहेकी सरस्वती भट्टराईले नेपालमा दूधको अभाव नभए पनि केही डेरी उद्योगीले अभाव देखाउँदै भारतबाट लुकीछिपी दूध ल्याउने गरेको बताइन् । उनले भनिन्, ‘डेरीवालाहरुले हामीसँग बार्गेनिङ गरेर दूध खरिद गर्छन् तर भारतीय व्यापारीसँग जस्तो दूध दियो, त्यस्तै लिन्छन् ।’

    भारतमा किसानलाई सरकारले विभिन्न अनुदान दिएको कारण नेपालको तुलनामा त्यहाँको दूध सस्तो छ । त्यसैले पनि नेपाली व्यवसायीहरु भारतीय दूध खरिद गर्न रुचाउने उनको भनाइ छ ।

    भारतबाट सस्तोमा खरिद गरी नेपालमा महँगो दरमा दूध बेच्न पाउने भएपछि नेपाली व्यवसायीहरु भारतीय दूधप्रति आकर्षित भएको भट्टराई बताउँछिन् ।

    डेरी उद्योगीहरुले भारतबाट खरिद गरेको झोल दूधबाट एसएनएफ झिकेर धुलो दूध बनाउँछन् । र, त्यो धुलो दूध महँगोमा बेच्ने गरेको पाइन्छ । सरकारले दूधको मूल्य निर्धारण गरे पनि धुलो दूधको मूल्य निर्धारण गरेको छैन । त्यही कारणले डेरी उद्योगीले मनपरी दाम राखी धुलो दूध बेच्ने गरेको गुनासो सुनिन्छ ।

    डेरी उद्योगीहरुले धुलो दूध लुकाएर राख्छन् र बजारमा कृत्रिम अभाव देखाएर महँगोमा बेच्ने गरेका छन् । डेरी उद्योगीहरुले धुलो दूधको अभाव देखाउँदै भारतबाट आयात खुला गर्न कृषि मन्त्रालयलाई दबाब दिइरहेका छन् ।

    अहिले चितवन मिल्कमा उत्पादित धुलो दूध गोदाममै थन्किएर बसेको छ । चितवन मिल्कले एक करोड लिटर दूधको धुलो दूध बनाएर गोदाममा राखेको छ । यता, धुलो दूधको अभाव देखाएर भारतबाट दूध आयात खुला गर्न व्यवसायीहरुले दबाब बढाइरहेका छन् ।

  • फोल्ड गर्न मिल्ने फोन आउदै

    फोल्ड गर्न मिल्ने फोन आउदै

    काठमाडौँ । गुगलले आधिकारिक रूपमा आफ्नो पहिलो फोल्ड गर्न मिल्ने फोन, पिक्सेल फोल्ड अनावरण गरेको छ। गुगलले अझै नयाँ पिक्सेल फोल्डको स्पेसिफिकेशन र मूल्य खुलाएको छैन।

    गुगलले ट्वीटरमा ुमे द फोल्ड बी विथ युु भन्ने वाक्यांशसहितको भिडियो टिजर पोस्ट गरेको छ। यससँगै गुगलले यो डिभाइस मे १० मा गुगल क्ष्रइ कार्यक्रममा लन्च गरिने पनि बताएको छ । नयाँ भिडियोले गुगल पिक्सेल फोल्ड ट्रिपल क्यामेरा सेटअपको साथ आउनेछ भनेर बताउँछ। यसमा तेस्रो लेन्स पेरिस्कोप लेन्स हो, जुन सामसुङ ग्यालेक्सी एस२३ अल्ट्रामा पनि पाइन्छ। सीएनबीसीको रिपोर्टमा यो फोनको मूल्य ग्यालेक्सी जेड फोल्ड ४ जस्तै हुने दाबी गरिएको छ। यो गुगल फोन १।५५ लाख भारतीय रुपैयाँमा लञ्च हुने अपेक्षा गर्न सकिन्छ ।

    भिडियोमा गुगलको पहिलो फोल्डेबल स्मार्टफोनमा ट्याब्लेट जस्तो डिस्प्ले देखिन्छ। फोन बन्द हुँदा प्रयोगकर्ताहरूले प्रयोगको लागि बाहिरी टचस्क्रिन पाउँछन्। रिपोर्टका अनुसार गुगल पिक्सेल फोल्डमा ५।८ इन्चको डिस्प्ले पाउन सकिन्छ, जुन खोल्दा ७।६ इन्चको ट्याब्लेट जस्तै हुन्छ।

  • सरकार र महावीर पुनबीच सातबुँदे सहमति, माइतीघरको आन्दोलन स्थगित

    सरकार र महावीर पुनबीच सातबुँदे सहमति, माइतीघरको आन्दोलन स्थगित

    १८ वैशाख, काठमाडौं । सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सातबुँदे सहमति भएको छ ।

    उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र केन्द्रका अध्यक्ष महावीर पुनबीच भएको वार्तामा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविस्कारसम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्नेलगायतका  सहमति भएको छ ।

    Source: Onlinekhabar

    For Web Design Purpose Only