Category: समाचार

  • हलो छोडेर ट्याक्टर जोत्दै हिमाली जिल्लाका किसान (भिडियो सहित)

    हलो छोडेर ट्याक्टर जोत्दै हिमाली जिल्लाका किसान (भिडियो सहित)

    म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा किसानले कृषि खेतीमा आधुनिक कृषि यन्त्रको प्रयोग बढाउँदै गएका छन् । कृषि खेतीमा काम चाँडो र श्रम पनि कम खर्च हुने भएकाले किसानहरू हाते ट्याक्टरप्रति आकर्षित हुँदै गएका हुन् । पछिल्लो समय किसानहरू गोरुले जोत्न छोडेर आधुनिक कृषि यन्त्र (हाते ट्याक्टर)को प्रयोग खेत जोत्न थालेका हुन् । गोरुले जोत्नुभन्दा हाते ट्याक्टरले खेत जोत्न छिटो तथा सजिलो हुने भएकाले तीन वर्षदेखि हाते ट्याक्टरले खेत जोत्दै आएको रघुगंगा गाउँपालिका- २ राखु भगवतीका देवबहादुर खत्रीले बताए । उनले गाउँमा कृषि खेती गर्ने क्रम घट्दै गएको छ, काम गर्ने मान्छे पाउन पनि ग्राहो भएकोले यो प्रविधिले धेरैलाई कृषि खेती गर्न सहज गराएको अनुभव सुनाए ।

    गोरुले एक दिनमा जोत्ने खेत हाते ट्याक्टरले एक,दुई घण्टामा सक्ने भएकाले समय र श्रमको समेत बचत हुँदा किसानहरू गोरु पाल्न छोडेर हाते ट्याक्टरप्रति आकर्षण हुँदै गएको पाइएको उनले बताए । “गोरु नलाग्ने ठाउँमा समेत हाते ट्याक्टर लैजान र जोत्न सकिने भएकाले यसको राम्रो माग छ, छिटो छरितो काम गर्न निकै उपयोगी साधन छ हाते ट्याक्टर उनले भने । “खेत जोत्ने क्रममा मेशिन बिग्रँदा तत्काल मर्मतको समस्या हुने भएकोले तालिम आवश्यक छ, कृषि यन्त्रका सामानहरू सस्तो र भरपर्दो पाउने व्यवस्था सरकारले मिलाउन पर्छ।”

    कृषि ज्ञान केन्द्र म्याग्दीका केन्द्र प्रमुख किरण सिग्देलले पछिल्लो समय जिल्लामा कृषकले सहजताको लागि कृषि यन्त्र ( खेत जात्ने ट्याक्टर) खरिद गर्नेको सङ्ख्या बढेपनि निश्चित समयमा प्रयोग हुने अन्य समयमा प्रयोग नहुने समस्या बढेको बताए । उनले निर्वाहमुखी खेतीमा श्रम गर्ने जनशक्ति कम हुँदै जाँदा प्रयोग राम्रो भएपनि कृषि खेतीको आम्दानी भन्दा बढी खर्च देखिएको बताए ।

    “अनुदानमा ट्याक्टर सँगसँगै बिग्रेमा बनाउने किसानलाई तालिम, कृषि खेतीमा जग्गाको वर्गीकरण गरेर खेती गर्ने प्रचलन राखेमा यसको प्रयोग निरन्तर हुने छ”- उनले भने । “पहाडी भूगोलको कृषि खेतीमा गोरु नै प्रभावकारी हुने देखिन्छ तर श्रम गर्ने जनशक्तिको अभावले कृषि खेतीमा आम्दानी कम खर्च बढी भएपनि किसानले कृषि यन्त्रको प्रयोग बढाएका छन्।” खेतीमा काम गर्ने जनशक्तिको अभावकाबिच किसानले उत्पादन भएको बस्तुकोसमेत उचित मूल्य पाउने व्यवस्था नहुँदा सुविधाहरू भित्रिए पनि खेती योग्य जमिन बाँझो बस्ने क्रम बढ्दै गएको छ ।
    भिडियो :

  • सर्पले डसेर महिलाको मृत्यु

    सर्पले डसेर महिलाको मृत्यु

    २६ जेठ, सिन्धुली । सर्पले डसेर सिन्धुलीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालकिा १२ कर्थाकी ६२ वर्षीया शिवकुमारी कार्की रहेकी जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।

    कार्कीलाई आज शुक्रबार बिहान घरकै पेटीमा सर्पले डसेको थियो । दुधौली नगरपालिका ७ को सर्पदंस अस्पतालमा सामान्य उपचार गरि थप उपचारका लागि सिरहाको कर्जना फूलकुमारी महतो मेमोरियल अस्पतालमा लागिएकोमा उनको उपचारकै क्रममा निधन भएको दाहालले बताए ।

  • डडेल्धुरामा जिप दुर्घटनामा परि ९ जना घाइते

    डडेल्धुरामा जिप दुर्घटनामा परि ९ जना घाइते

    कैलाली । डडेल्धुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । शुक्रबार बिहान जिल्लाको नवदुर्गा गाउँपालिका- १ कोटेलीमा से१ज ३२९ नम्बरको जिप दुर्घटना हुँदा ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

    चरिचरनका लागि जङ्गलमा लगिरहेका बाख्राका कारण जिप दुर्घटना भएको हो। बाख्रा बचाउन खोज्दा जिप सडकमा नै पल्टिएर ९ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी मनोहर भट्टले जनकारी दिए । नवदुर्गा १ निम्तोलादेखि डडेल्धुरा सदरमुकाम गइरहेको जिप दुर्घटनामा परेको हो ।

  • इच्छाकामना मन्दिर भक्तजनका लागि खुला

    इच्छाकामना मन्दिर भक्तजनका लागि खुला

    मुग्लिन। चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ । मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो । मन्दिर बाहिर निर्माण गरिएको इच्छाकामना माताको प्रतिमामा पूजा गर्दै आएकामा बिहीबारदेखि मन्दिरभित्रैबाट पूजा गर्न खुला गरिएको छ । विधिवतरूपमा पूजा गरी गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बिहीबार मन्दिरको उद्घाटन गरेपछि सर्वसाधारण तथा भक्तजनका लागि नियमित पूजा गर्न खुला गरिएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिए ।

    बागमती प्रदेश, इच्छाकामना गाउँपालिका, स्थानीयको श्रमदान र चन्दादाताको सहयोगमा रु दुई करोड ४२ लाखको लागतमा मन्दिर पुनःनिर्माण सम्पन्न भएको बोहोराले बताए । कोरोना महामारी र काठको अभावका कारण मन्दिर पुनःनिर्माण ढिला गरी सम्पन्न भएको हो । मन्दिरको २०७५ असार ७ गते शिलान्यास गरेर काम प्रारम्भ भएको थियो । ढुङ्गा र माटोले बनेको सो पुरानो मन्दिर जीणर् बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण गरिएको हो ।

    गाउँपालिका अध्यक्ष गुरुङले ऐतिहासिक महत्त्व रहेको इच्छाकामना मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने बताउनुभयो । “आवश्यक पूर्वाधार निर्माण गरिने र प्रचार-प्रसारमा जोड दिइने छ”, उनले भने-“खानेपानीको व्यवस्थासमेत भइसकेको छ, बस्नका लागि होमस्टेको सुविधा छ, आवश्यक पूर्वाधार निर्माण गर्दै जान्छौँ, ऐतिहासिक महत्व बोकेको इच्छाकामना मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने योजना छ ।”

    सुन्तलाको बगैँचाको अवलोकन गर्दै मन्दिरसम्म यात्रा गर्न सकिन्छ । साथै मन्दिर परिसर वरपर फागुन-चैतमा ढकमक्क फुल्ने लालीगुराँसले पर्यटकलाई लोभ्याउँछ । इच्छाकामनाको फिस्लिङ, मुग्लिन, कालिकाको शक्तिखोर, धादिङको बेनीघाट रोराङको हुग्दीखोला हुँदै इच्छाकामना मन्दिर सवारीसाधनमार्फत पुग्न सकिन्छ ।

    गोरखाको सहिद लखन गाउँपालिकाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे इच्छाएको पूरा हुने धार्मिक विश्वास छ । मनकामना माईको सात दिदीबहिनीमध्ये एक बहिनी इच्छाकामना रहेकोे धार्मिक विश्वास रहेको मन्दिरका पुजारी हर्कबहादुर गुरुङले बताए । मन्दिरसम्म सडक पुगेसँगै भक्तजनको आवागमनमा वृद्धि भएको उनले बताए । प्रत्येक वर्ष मङ्सिरको ठूलो एकादशीपछि पञ्चमी तिथिमा इच्छाकामनामा ठूलो मेला लाग्छ । इच्छाकामना मन्दिर समुद्री सतहदेखि एक हजार आठ सय मिटरको उचाइमा रहेको छ ।

  • ढुङ्गा खानीको भीरबाट लडेर रुकुम पश्चिममा एक जनाको मृत्यु

    ढुङ्गा खानीको भीरबाट लडेर रुकुम पश्चिममा एक जनाको मृत्यु

    सुर्खेत । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका- ४ मा रहेको ढुङ्गा खानीको भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोताम बस्ने अन्दाजी ६० वर्षीय हिरे कामी रहेको कणर्ाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

    स्थानीय मनरुप टमटा र लटे कामीको घर छाउने ढुङ्गा निकाल्ने क्रममा लडेर उनको मृत्यु भएको कणर्ाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी गोपालचन्द्र भट्टराईले जानकारी दिए । उनी भिरबाट करिब ७०० मिटर तल भिरमा खसेका थिए ।

  • चर्को गर्मी तथा चुरेविनाशले मधेश प्रदेशका एक तिहाई चापाकल सुक्यो

    चर्को गर्मी तथा चुरेविनाशले मधेश प्रदेशका एक तिहाई चापाकल सुक्यो

    जनकपुरधाम । लामो समयसम्म पानी नपरेका कारणले मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा खानेपानीको मुहान सुकेपछि सर्वसाधारण निक्कै मारमा परेका छन् । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा भएका एक तिहाई चापाकलहरु सुकेपछि सर्वसाधारणलाई खाने पानीको समस्या मात्र होइन सरसफाईमा पनि समस्या उत्पन्न भएर अन्य रोगको खतरा पनि उत्पन्न भएको छ । यसका साथै मधेश प्रदेशका पूर्व पश्चिम लोक राजमार्ग क्षेत्रमा भएका इनारहरूमा पानी आउन बन्द भएपछि निक्कै समस्या उत्पन्न भएको छ ।

    खानेपानीको समस्याबाट धनुषा, महोत्तरी, सिरहा, सप्तरी, बारा, पर्सा तथा रौतहट जिल्लाको उत्तरी भेगमा समस्या उत्पन्न भएको छ । चुरे तथा वनजंगलको दोहनका कारणले पनि पानीका श्रोतहरू सुक्न थालेको छ । जनकपुरधाममा ४५० फिटमा जडान भएको चापाकलमा पनि पानी आउन बन्द भएपछि सर्वसाधारणहरू थप समस्यामा परेका छन् । जनकपुरधामको वडा नंं २ मा रहेको शिव चौकमा रहेको आशोक दासले अहिले चापाकलमा पानी आउन छाडेपछि पानी किनेर खाने गरेको बताउँदै शौचालयमा गंगासागरको पानी प्रयोग गर्नु परेको जानकारी दिए । लामो समयसम्म वर्षा नभएका कारणले वडाका धेरै चापाकलहरु सुकेको जानकारी दिए ।

    जनकपुरधामको गंगासागरमा रहेको डिप बोरिङ पनि सुकेको छ । विगत चार दिन देखि सो डिप बोरिङमा पानी आउन बन्द भएपछि यस क्षेत्रका हजारौँ व्यक्तिहरू स्वच्छ तथा शीतल पानी सेवन गर्नबाट वञ्चित भएको अधिवक्ता राजकुमार महासेठले जानकारी दिए । जनकपुरधामको घना वस्ति भएका अधिकांश ठाउँको चापाकलहरुमा पानी आउन बन्द भएको छ । पानी आउन बन्द भएका कारणले सर्वसाधारणलाई निक्कै समस्या उत्पन्न भएको छ ।

    दिउँसो तीर चर्को घामसँगै गर्मी बढेका कारणले खानेपानीको मुहान सुकेको छ । यस्तै अवस्था रहेको खण्डमा अगामी दिनमा जनकपुरधाममा खानेपानीको थप जटिलता उत्पन्न हुने भएको छ । प्रदेश सरकारले जनकपुरधाममा भएका कतिपय पोखरीहरूको पक्की घाटको निर्माण गरेका कारणले पानीको रिचार्जमा पनि समस्या उत्पन्न भएको वातावरण संरक्षण अभियानी सुरेश शर्माले जानकारी दिए ।

  • आफ्नै १४ दिने शिशुको हत्या गरी फरार व्यक्ति पक्राउ

    आफ्नै १४ दिने शिशुको हत्या गरी फरार व्यक्ति पक्राउ

    काठमाडौं । आफ्नै १४ दिने शिशुको हत्या गरी फरार एक व्यक्तिलाई प्रहरीले १० दिनपछि पक्राउ गरेको छ । बारामा घटना घटाएर फरार भएका उनलाई काठमाडौँको चन्द्रागिरिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार जेठ १४ गते बेलुका अन्दाजी ५ बजेको समयमा बाराको देवताल गाउँपालिका-४ तिप्राडी टोल बस्ने नुर आलम अन्सारीले आफ्नो नवजात शिशु (१४ दिनको छोरालाई) कर्तव्य गरी मारेर फरार रहेका थिए ।

    उनी फरार भएपछि काठमाडौँमा लुकेको आशङ्कामा खोजतलास गरी पक्राउ गर्न भन्दै जिल्ला प्रहरी कार्यालय बाराबाट पत्राचार भएअनुसार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई गए राति काठमाडौँको चन्द्रागिरि नगरपालिका-१५ ढुङ्गेअड्डा पिपलबोटबाट पक्राउ गरेको थियो । उनलाई थप आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आजै जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको रेग्मीले बताए ।

  • स्याङ्जामा गाडी दुर्घटना हुँदा चालकको मृत्यु ३ जना घाइते

    स्याङ्जामा गाडी दुर्घटना हुँदा चालकको मृत्यु ३ जना घाइते

    पोखरा । जिल्ला समन्वय समिति स्याङ्जाको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पर्वतबाट स्याङ्जा आउँदै गरेको बा. १ झ.५८७८ नम्बरको गाडी बुधवार बेलुकी अर्जुनचौपारी गाउँपालिका-३ खोले दुर्घटना हुँदा चालक वालिङ नगरपालिका-४ एलादीका अन्दाजी ३५ वर्षीय अमृत खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    गाडीमा सवार समितिका समन्वय अधिकारी राजेन्द्रप्रसाद अधिकारी, अम्बिका पौडेल र टीकाराम पौडेल घाइते भएको डीएसपी रवीन्द्र खनालले जानकारी दिए । सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

  • कालिकोटमा जीप दुर्घटना हुदाँ दुईको मृत्यु

    कालिकोटमा जीप दुर्घटना हुदाँ दुईको मृत्यु

    सुर्खेत । कालिकोटको रास्कोट नगरपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका-२ सेरा बजारमा रोकेर राखिएको जिप दुर्घटना भएको हो । ग ३ च ४६१० नम्बरको जीप एक्कासि ब्याक भई सडकबाट ३ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीले जानकारी दिए ।

    दुर्घटनामा रास्कोट नगरपालिका-१ का ४३ वर्षीय मोनबहादुर शाही र उनकी श्रीमती ३६ वर्षीया मनकुमारी शाहीको घटनास्थलमै मृत्यु भएको भने २२ वर्षीया रिता शाही गम्भीर घाइते रहेको उनले जानकारी दिए । उनका अनुसार रिता गर्भवती रहेको र रितालाई थप उपचारका लागि हेलिकप्टर मार्फत प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको छ ।

    जीप सेरा बजारबाट कालिकोट सदरमुकाम मान्मतर्फ जाने क्रममा जीप न्युट्रलमा राखेर चालक गाडी बाहिर रहेको अवस्थामा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी माझीको भनाइ छ । चालकलाई नियन्त्रण लिइएको छ ।