Category: राजनीति

  • देउवासँग मञ्जु खाणको आक्रोश- बालकृष्णलाई फसाईँदा पार्टी के हेरेर बसेको छ ?

    देउवासँग मञ्जु खाणको आक्रोश- बालकृष्णलाई फसाईँदा पार्टी के हेरेर बसेको छ ?

    काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणकी श्रीमती तथा प्रतिनिधिसभा सदस्य मञ्जु खाणले मंगलबार पार्टी सभापति शेरबहादुर देउवालाई उनको निवासमै पुगेर भेटेकी छन् । उनले देउवासँग शरणार्थी प्रकरणमा आफ्नो श्रीमानलाई पार्टीले बचाउ नगरेको भन्दै आक्रोश पोखिन् । बालकृष्ण पक्राउ परेपछि सम्पर्कविहीन बनेकी मञ्जु गत शुक्रबार मात्रै सार्वजनिक भएकी हुन् । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रतिवेदन तयार गरेपछि मात्रै उनी श्रीमान भेट्न हिरासत पुगेकी थिइन् । आज भने पार्टी सभापतिलाई भेटेर उनले आफ्नो कुरा राखेकी हुन् ।

    मंगलबारको भेटमा मञ्जु सभापति तथा अन्य नेतृत्वसँग आक्रोशित रुपमा प्रस्तुत भएको स्रोतले बताएको छ । उनले धुम्बाराहीमा पुगेर नेता खाणलाई मात्रै फसाउने गरी केही मिडिया, प्रहरी र दलका नेताहरु लागिपरेको बताइन् । ‘खानेबेलामा को-को मिलेर खाए होलान्, अहिले बिनाप्रमाण बालकृष्णले मात्रै सजाय भोग्नुपर्ने ? पार्टी के गरेर बसेको छ ? यसको वास्तविकता के हो ?’ उनले प्रश्न गरेकी थिइन् । सभापति देउवाले मञ्जुलाई अनाहकमा कोही नफस्ने र पार्टीले यसमा पहल गरिरहेको बताएर आश्वस्त पार्न खोजेका थिए ।
    नेता खाणका विषयमा तरुण दलका अध्यक्ष विद्धान गुरुङसहितका नेताहरुले पनि आज सभापति देउवालाई भेटेर कुराकानी गरेका छन् । सो अवसरमा टोलीलाई देउवाले खाणको बारेमा धेरै चिन्ता नलिन आग्रह गरेका थिए । मिडिया र प्रहरीले एकपक्षीयरुपमा दोषी देखाएर प्रमाणित नहुने बताउँदै उनले बिनाप्रमाण लगाएका यस्ता आरोप गलत सावित हुने विश्वास दिलाएको सहभागी एक नेताले जानकारी दिए । ‘तपाईहरुलाई जस्तै चिन्ता मलाई पनि लागेको छ नि, केही मिडिया र प्रहरीले दोषी करार गरेर हुँदैन । बिनाप्रमाण दोषी बनाउन मिल्दैन । बालकृष्ण खाणको धेरै चिन्ता लिनुपर्दैन,’ सहभागी एक नेताले देउवाको भनाइ उद्वृत गर्दै भने ।

    बालकृष्ण खाणका विषयमा कुरा गर्न मंगलबार धुम्बाराहीमा विभिन्न प्रदेशबाट संस्थापन पक्षका नेताहरु गएको बताइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा वैशाख २७ गते बिहान पूर्वगृहमन्त्री खाण पक्राउ परेका थिए । उनलाई प्रहरीले चाबहिलको मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले खाणलाई गृहमन्त्रालयमै पुगेर एक करोड २४ लाख बुझाएको बयान दिएका छन् । पाण्डेलाई खाण आफैले गृहमा ल्याएका थिए ।

  • राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

    राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

    काठमाडौँ । सरकारले सङ्घीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

    बैठकले सांसद तुलसाकुमारी दाहाल, बिमला घिमिरे र डा बिमला राई पौड्यालले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति कार्यक्रममाथि सांसदले राखेकन जिज्ञासाको जवाफ दिएका थियो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ १४ गते दिउँसो १३ः१ बजे बस्नेछ ।

  • वन मन्त्रीमा महतो नियुक्त

    वन मन्त्रीमा महतो नियुक्त

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा एक मन्त्री र एक राज्यमन्त्री नियुक्ति गरी कार्यभार तोकेका छन् ।

    राष्ट्रपति पौडेलले आज वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरणमन्त्री र प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त गरी कार्यभार तोकेका राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाएका छन् ।

  • नीति तथा कार्यक्रममाथिको छलफल जारी: राष्ट्रियसभामा प्रधानमन्त्रीले आज जवाफ दिदै

    नीति तथा कार्यक्रममाथिको छलफल जारी: राष्ट्रियसभामा प्रधानमन्त्रीले आज जवाफ दिदै

    काठमाडौँ । सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको छ । प्रतिनिधिसभामा आइतबारदेखि सुरु भएको छलफल आज पनि जारी रहने छ । प्रतिनिधिसभामा २० सांसदले नीति तथा कार्यक्रममा संशोधनको प्रस्ताव दर्ता गराएका छन् । साथै राष्ट्रियसभामा पनि नीति तथा कार्यक्रममाथि छलफल जारी नै रहनेछ । आज दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रियसभा सदस्यले उठाएको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ जवाफ दिने कार्यसूची रहेको छ ।
    राष्ट्रियसभामामा तीन सांसदहरु तुलसा कुमारी दाहाल, विमला घिमिरे र डा विमला राई पौड्यालले नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गराएका छन् । उनीहरुको प्रस्तावलाई राष्ट्रियसभामाका अध्यक्षले निणर्यार्थका लागि पेस गर्नेछन् । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

  • नेपाल-अमेरिका पत्रकार संघको अध्यक्षमा भण्डारी निर्वाचित

    नेपाल-अमेरिका पत्रकार संघको अध्यक्षमा भण्डारी निर्वाचित

    काठमाडौं । नेपाल अमेरिका पत्रकार संघ नेजाका अध्यक्षमा सुरज भण्डारी निर्वाचित भएका छन् । ८ औँ महाधिवेशन तथा १६ औँ साधारण सभाबाट भण्डारीले ५४ मत प्राप्त गर्दै जित दर्ता गराएका हुन् ।अमेरिकाको टेक्सास राज्यको ह्युष्टन शहरमा भएको अधिवेशनमा उनका प्रतिस्पर्धी मधुकर अधिकारीले १९ मत पाए ।
    उपाध्यक्षमा सुजन पण्डित, महासचिवमा बाबुराम दाहाल, सचिवमा प्रतिमा बास्कोटा, कोषाध्यक्षमा जानु पंगेनी, उत्तर क्षेत्रीय संयोजकमा सुपेन्द्र बस्नेत, पश्चिम क्षेत्रीय संयोजकमा रोशन अधिकारी, मध्य क्षेत्रीय संयोजकमा शंकर थापा निर्वाचित भएका छन् । यस्तै सदस्यमा केशव रेग्मी, झरना अधिकारी, ईश्वरी न्यौपाने र हेमराज बराल निर्वाचित भएका छन् ।

  • राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक बस्दै

    राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक बस्दै

    काठमाडौं । राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक आज काठमाडौंमा बस्ने भएको छ ।  जेष्ठ ९ र १० गते काठमाडौंमा बस्ने केन्द्रीय समितिको बैठकको तयारी सन्दर्भमा आज बैठक बस्न लागेको हो ।

    केन्द्रीय समितिमा पार्टी अध्यक्ष कमल थापाबाट प्रस्तुत हुने राजनीतिक कार्यपत्र , महामन्त्रीहरू भास्कर भद्रा,सुशील श्रेष्ठ ,राजाराम बर्तौला र केशवराज श्रेष्ठबाट प्रस्तुत हुने सचिवालय ,प्रशिक्षण ,संगठन र स्मार्ट पार्टी निर्माण सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीबाट प्रस्तुत हुने आर्थिक प्रतिवेदनमाथि आजको कार्य सम्पादन समितिमा छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

    कार्यसम्पादन समितिको बैठक पुतलीसडक स्थित बज्र कम्प्लेक्समा आज दिउँसो १:३० बजे बस्नेछ ।

  • प्रचण्डको भारत भ्रमण जेठ १७ मा

    प्रचण्डको भारत भ्रमण जेठ १७ मा

    काठमाडौं । लामो प्रतीक्षापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण तय भएको छ । उनी आउँदो १५ गते हुने बजेट भाषण लगत्तै आफ्नो पहिलो विदेश यात्राका रूपमा भारत जाने भएका छन् । स्रोतका अनुसार जेठ १७ गते प्रचण्डलाई नयाँ दिल्लीमा स्वागत गर्ने विषयमा दुवै पक्षबीच लगभग सहमति भइसकेको छ । भ्रमणका क्रममा हुने वार्ता र सम्झौताका मस्यौदाहरू आदानप्रदान भइरहेको स्रोतले बतायो ।
    ‘दुवै पक्षबाट भ्रमणको तयारी तीव्र रूपमा भइरहेको छ,’ स्रोतले भन्यो । प्रचण्डले हिजो एक कार्यक्रममा बोल्दै आफू चाँडै भारत जाने बताएका थिए । यो भ्रमणमा केही रेकर्ड राख्ने तयारी भएको पनि उनले दाबी गरेका छन् । कस्तो रेकर्ड भन्ने चाहिँ खुलाएका छैनन् ।
    तेस्रो पटक प्रधानमन्त्री बनेदेखि प्रचण्डले भारत भ्रमणको व्यग्रता देखाउँदै आएका थिए । उनले पहिलो विदेश भ्रमण भारतबाटै सुरु गर्ने ध्येयका साथ अन्य देशका आमन्त्रणहरू अहिलेसम्म पन्छाउँदै आएका छन् । तर, भारतले औपचारिक रूपमा आमन्त्रण नगर्दा प्रचण्ड समस्यामा परेका थिए । प्रचण्ड सरकारको भविष्यलाई लिएर आश्वस्त हुन नसकेको भारतले उनलाई भ्रमणमा निम्त्याउन आलटाल गरिरहेको थियो ।

  • आज मदन आश्रित स्मृति दिवस मनाइँदै

    आज मदन आश्रित स्मृति दिवस मनाइँदै

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बुधबार ३० औँ मदनआश्रित स्मृति दिवस मनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय अलोकनगरमा दिवसका सन्दर्भमा आज जेठ ३ गते पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित नेताको उपस्थितिमा श्रद्धाञ्जलीसभालगायत कार्यक्रम गर्न लागेको हो ।

    मदनआश्रितको योगदानबारे पार्टी निकट सङ्गठनले सबै जिल्लामा श्रद्धाञ्जलीसभा, खेलकुद प्रतियोगिता गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । तत्कालीन नेकपा ९एमाले०का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको विसं २०५० जेठ ३ गते दासढुङ्गामा भएको दुर्घटनामा परी निधन भएको थियो ।

    यसैबीच पार्टीले नक्कली शरणार्थी प्रकरणमा दोषीलाई कारबाही गर्न माग गर्दै पार्टीले देशभर जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ध्यानाकर्षण गराएको छ । उक्त घटनाको निष्पक्ष छानबिन गरी सङ्गठनिक आपराधिक गतिविधिमा संलग्न सबैलाई कडाभन्दा कडा सजाय दिएर दण्डित गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाएको हो । पार्टीले बुधबार देशभर दबाबमूलक कार्यक्रमस्वरूप प्रदर्शन गर्ने उपमहासचिव खतिवडाले जानकारी दिनुभयो ।

  • खुशी साट्न युवा संघ वृद्धाश्रममा

    खुशी साट्न युवा संघ वृद्धाश्रममा

    दुलेगौंडा । नेकपा एमालेको भातृ संस्था राष्ट्रिय युवा संघ नेपालले सोमबार विभिन्न कार्यक्रम सहित ३४ औँ स्थापना दिवस मनाएको छ ।

    युवा संघ भिमाद नगर कमिटीले पोखरा महानगरपालिका ३२ मा रहेको राधाकृष्ण बृद्धाश्रममा पुगेर खाद्यान्न सहयोग गरि स्थापना दिवस मनाएको थियो । भिमाद नगर कमिटीमा आवद्ध सदस्य तथा केन्द्रिय सदस्यहरु उज्वल खनाल, ईश्वर श्रेष्ठ लगायतको उपस्थितीमा बृद्धाश्रममा सहयोग गरिएको युवा नेता शिव आले मगरले जानकारी दिए ।

    झण्डै ३० हजार बराबरको खाद्यान्न ग्रहण गर्दै आश्रमको अध्यक्ष प्रेम लिगलले युवा संघको सकरात्मक कार्यको खुलेर प्रशंसा गरे ।

  • गण्डकीकाे अर्थमन्त्रीमा यसरी मारे जीतप्रकाशले बाजी

    गण्डकीकाे अर्थमन्त्रीमा यसरी मारे जीतप्रकाशले बाजी

    पोखरा । गण्डकी प्रदेशमा कांग्रेसबाट मन्त्री बन्न धेरै आकांक्षी थिए । सत्ता साझेदार माओवादीसँग भागबण्डा टुंगिदा पनि मन्त्रिपरिषद् ढिला हुनुको कारणै कांग्रेसभित्रका आकांक्षीको लर्को थियो । कास्कीका बिन्दुकुमार थापादेखि लमजुङका डा। टकराज गुरुङसम्म मन्त्री बन्ने दौडमा अन्तिमसम्म थिए ।

    ७ सदस्यीय मन्त्रिपरिषद्‌‌मा मुख्यमन्त्री र एकजना मन्त्री कांग्रेसबाट सुरुमै भए । थप दुई मन्त्रालय पाउँदा धेरैले कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी र बागलुङका दीपेन्द्रबहादुर थापा मन्त्री बन्ने निक्र्योल निकालेका थिए ।

    मन्त्री बन्ने चर्चामा कतै सुनिएको नाम थिएन सांसद जितप्रकाश आलेमगर । जितप्रकाशको नाम न, सञ्चार माध्यमले नै उल्लेख गरे न कांग्रेस सांसदले नै । जसै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार ४ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिए, त्यहाँ जितप्रकाश आले पनि समेटिए । त्यो पनि शक्तिशाली अर्थ मन्त्रालयको बागडोर उनको जिम्मामा पर्‍यो ।

    आले नियुक्त भएर सपथ लिन प्रदेश प्रमुख निवास पुग्दासम्म उनी मन्त्री बन्ने सुइँको अधिकतम सांसदले पाएनन् । तर, मुख्यमन्त्रीनिकट स्रोत भने उनी पहिलेदेखि नै मन्त्रीको लाइनमा भएको बताउँछ । ‘अरु मन्त्रीजस्तो उहाँ पनि मन्त्रीको दौडमै हुनुहुन्थ्यो, अन्तिममा उहाँले अलि बल लगाउनुभयो अनि उहाँले जित्नुभो र मन्त्री हुनुभो,’ उनले भने ।

    नेकपा एकीकृत समाजवादीका एकमात्र सांसद राजीव गुरुङ ९दीपक मनाङे० मन्त्री बन्ने चर्चा चल्दा आलेको नाम कसैले लिएनन् । कांग्रेसबाट दुई मन्त्री बन्दा भूगोलको हिसाबले नवलपुरका महेन्द्रध्वज जिसी र धौलागिरी क्षेत्रको बागलुङका दीपेन्द्रबहादुर थापाको नाम आउँथ्यो । बीचमा कांग्रेसले थप २ मन्त्रालय लिने करिब ‘कन्फर्म’ भइसकेको थियो ।

    सोही समयमा आलेमगर मन्त्रीको लाइनबाट बाहिरिएको जस्तो थियो । उनी गृहजिल्ला तनहुँ फर्किसकेका थिए । तर, कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको जोडबलपछि उनी पुनः मन्त्री बन्ने दौडमा फर्किए । त्यसो त राष्ट्रपति रामचन्द्र पौडेलका विश्वासपात्र पनि हुन् आले ।

    गठबन्धनकै कारण एकीकृत समाजवादीबाट मन्त्री बनाउनुपरे बरु गैरसांसदलाई ६ महिना मन्त्री बनाउनुपर्ने तर मनाङेलाई कुनै पनि हालतमा मन्त्री बनाउन नहुने मत कांग्रेसभित्र बलियो भयो । मुख्यमन्त्री पाण्डे पनि मनाङेलाई मन्त्री बनाउनै नपरे हुन्थ्यो भन्नेमै थिए । उनी सोही विषय लिएर काठमाडौं पनि पुगे ।

    र, केन्द्रीय नेतृत्वलाई ‘कन्भिन्स’ गराए, त्यसपछि गण्डकीमा कांग्रेसले थप ३ मन्त्रालय लिने अवस्था आयो, त्यसमा सबैलाई पन्छाउँदै जितप्रकाशले जित हात पारे । ‘जब मुख्यमन्त्री काठमाडौं जानुभो, कांग्रेसले थप ३ मन्त्रालय लिने सहमति भयो, त्यसपछि अस्ति बेलुका ९बिहीबार० मात्रै जितप्रकाश मन्त्री बन्ने निश्चित भएको हो,’ मुख्यमन्त्री स्रोतले भन्यो ।

    कांग्रेसका भागमा ५ मन्त्रालय पाउँदा भाग्य खुलेका जितप्रकाश मन्त्री मात्रै बनेनन्, शक्तिशाली अर्थ मन्त्रालयको तालाचाबी नै पाए । शंकर भण्डारीको जोडबल र संसदीय दलको नेता बन्न पाण्डेलाई समर्थन गरेका कारण जितप्रकाशलाई गण्डकीको अर्थ मन्त्रालयको बागडोर सम्हाल्ने स्वर्णिम अवसर जुट्यो । ‘जितप्रकाशको सोझोपना देखेर आफैको प्रभाव बढी जमाउन सकिन्छ अर्थमन्त्री नियुक्त गरेको हुन पनि सक्छ,’ स्रोतले भन्यो ।

    जितप्रकाश राष्ट्रपति रामचन्द्र पौडेल कित्ताका थिए । तर, नेपाली कांग्रेसको चौथौं महाधिवेशनमा रामचन्द्र बैकुन्ठ न्यौपानेलाई जिल्ला सभापतिमा उठाएपछि जितप्रकाश पार्टी सभापति शेरबहादुर देउवा कित्तामा गएर सभापति लडे र जिते । कित्ता परिवर्तन गरेर जित्नु उनको सरप्राइज थियो । पछि रामचन्द्र पौडेल कित्तामै फर्किएका थिए ।

    ‘आर्थिक अवस्थालाई सुढृढ गर्न मेरो ध्यान जानेछ’

    गण्डकीमा नवनियुक्त अर्थमन्त्री जितप्रकाश आलेमगरले प्रदेशको आर्थिक अवस्थालाई सुढृढ गर्न आफ्नो विशेष ध्यान दिने बताएका छन् । उनले अहिले आर्थिक अवस्था कमजोर रहेको भन्दै यसलाई उकास्न विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    ‘अब करिबकरिब सिलिङहरु तयार भइसकेको छ । त्यसैमा रहेर अहिलेको जुन आर्थिक अवस्था छ त्यसलाई ध्यानमा राखेर, आर्थिक अनुशासनमा बसेर, उत्पादनमूलक काममा विशेष जोड दिएर, चालु खर्चलाई कटौटी गर्ने, राजस्वका लागि दायरा फराकिलो पार्ने र गण्डकी प्रदेशको आर्थिक अवस्थालाई सुढृढ गर्ने काम मेरो विशेष ध्यान जानेछ,’ उनले भने ।

    पुँजीगत खर्च बढाउने र चुहावट न्यूनीकरण गर्ने खालका योजना लिएर अगाडी बढ्ने अर्थमन्त्री आलेमगरले उल्लेख गरे । उनले भने, ‘मितव्ययी कार्यक्रम गर्ने, पुँजीगत खर्चलाई सकेसम्म नघटाउने, चालु खर्च सकेसम्म कम गर्न, आउने चुहावटहरु सकेसम्म न्यूनीकरण गर्ने यही कुरा राखेर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ ।’  – नेपाल प्रेस