Category: खेलकुद

  • विश्वकीर्तिमानी रकममा साउदी क्लब जाँदै मेस्सी !

    विश्वकीर्तिमानी रकममा साउदी क्लब जाँदै मेस्सी !

    काठमाडौं । अर्जेन्टिनी सुपरस्टार फुटबर लियोनल मेस्सी विश्वकीर्तिमानी रकममा साउदी अरबको टिममा आवद्ध हुन लागेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार साउदी क्लव ‘अल हिलाल’ सँग उनको मौखिक सहमति भइसकेको छ । हालै आफ्नो देशलाई विश्वविजेता बनाएका ३५ वर्षीय लिजेन्डले फ्रेन्च क्लव पेरिस सेन्ट-जर्मेन (पीएसजी) छोडेर साउदी क्लब रोज्न लागेका हुन् । उनलाई भित्र्याउन अल हिलालले ५२२ मिलियन पाउन्ड (करिब ६५ करोड ८८ लाख डलर) खर्चिन लागेको एएफपीले जनाएको छ । समाचार अनुसार मेस्सीले सम्झौतामा हस्ताक्षर भने गरिसकेका छैनन् ।

    मेस्सीले पाउन लागेको रकम अहिलेसम्म कुनै पनि खेलाडीका लागि सबैभन्दा ठूलो हो । यसअघि पोर्चुगलका सुपरस्टार रोनाल्डोलाई साउदी क्लव अल-नासरले वार्षिक २१ करोड ५० लाख डलरमा किनेको थियो । मेस्सीले पाउन लागेको रकम रोनाल्डोको भन्दा निकै बढी हो । अल नासर र अल हिलाल साउदीका प्रतिस्पर्धी क्लवका रुपमा चिनिन्छन् । मेस्सीको साउदी आगमनले फुटबल मैदानमा दुई हस्तिहरुको टकराव प्रतिस्पर्धा फेरि पुनर्जिवित हुने भएको छ । बढ्दो उमेरका बाबजुद दुवै खेलाडी उच्च फर्ममा छन् ।

    पीएसजीसँग मेस्सीको सम्झौता यही समरको ३० जुनसम्म छ । मेस्सीको सम्भावित ट्रान्सफरलाई लिएर पीएसजीले कुनै प्रतिक्रिया दिएको छैन ।समाचारहरुमा आए अनुसार मेस्सीकी पत्नी एन्टोनेला रोकुजो भने क्लव परिवर्तनको पक्षमा थिइनन् । मंगलबारमात्र उनले ‘आफ्नो परिवार साउदी जाने कुरा कल्पनै गर्न नसक्ने’ बताएकी थिइन् । श्रीमान् र ३ छोरासहित यूरोपमै बस्ने उनको चाहना थियो ।

    तर, करिअरको उत्तरार्द्धमा रहेका मेस्सीले अब रेकर्ड राख्न बाँकी खासै केही बाँकी नभएकाले पैसालाई प्राथमिकता दिएका छन् । एएफपीले स्रोतलाई उद्धृत गर्दै मेस्सीले साउदीमा अर्को सिजनबाट फुटबल खेल्ने उल्लेख गरेको छ ।

  • क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय

    क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले एसीसी क्रिकेट विजेता खेलाडीहरूलाई जनही ६ लाख दिने निर्णय गरेको छ ।

    बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

    खेलकुद पुरस्कार कार्यविधि अनुसार एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई जनही ५ लाख रुपैयाँ पुरस्कार पाउने थिए । मन्त्रिपरिषदले कार्यविधिमा भएको भन्दा १ लाख बढाएर पुरस्कार घोषणा गरेको हो ।

    साथै मन्त्रिपरिषद बैठकले त्रिवि क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको बनाउन आगामी आर्थिक वर्षमा बजेट बिनियोजन गर्ने निर्णय पनि गरेको छ ।

  • न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान शीर्ष स्थानमा

    न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान शीर्ष स्थानमा

    काठमाडौं । पाहुना टोली न्युजिल्यान्डलाई चौथो एकदिवसीय अन्तराष्ट्रिय९ओडिआई० खेलमा घरेलु टोलीले सानदार रुपमा हराएको छ । कराँचीमा रहेको नेशनल स्टेडियममा भएको खेलमा घरेलु टोली १ सय २ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

    यो जितसँगै घरेलु टोली आईसीसीको ओडिआई वरीयतामा शीर्ष स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको अष्ट्रेलियालाई पछि पार्दै पाकिस्तान शीर्ष स्थानमा उक्लिएको छ ।

    नयाँ वरीयतामा अष्ट्रेलिया दोस्रो स्थानमा झरेको छ । भारत तेस्रो,इंग्ल्यान्ड चौथो तथा न्युजिल्यान्ड पाँचौ स्थानमा रहेका छन्। नेपाल भने १४ औं स्थानमा यथावत रहेको छ ।

  • पोखरा स्पोर्ट्स अवार्डको सबै तयारी पूरा

    पोखरा स्पोर्ट्स अवार्डको सबै तयारी पूरा

     पोखरा । शनिबार हुने पोखरा स्पोर्ट्स अवार्डको सबै तयारी पूरा भएको छ । शनिबार दिउँसो दुई बजेपछि पोखरा सभागृह हलमा कार्यक्रममा वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड सहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब विधामा अवार्ड प्रदान गरिनेछ ।

    यी मध्येमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी गरेर चारवटा विधाको उत्कृष्ट तीन मनोनयन सार्वजनिक भैसकेको छ । जस अनुसार वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका छन् ।

    वर्ष खेलाडी महिलातर्फ आर्चरीकी रोजीना थापा मगर, फुटवलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर रहेका छन् ।वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नेछन् । उदीयमान खेलाडीतर्फ भलिवलका रवि केसी, फुटवलका सुमित श्रेष्ठ र क्रिकेटका सुवास भण्डारी रहेका छन् । वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोर कुमार गुरुङ, लनटेनिसका निरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार छन् ।

    वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन् । उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गर्ने घोषणा भैसकेको छ । मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ ।

    वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड कास्की जिल्ला ह्यान्डबलसंघलाई प्रदान गरिनेछ । वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकार तर्फका अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन् । यसैगरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै कीर्तिशेष सम्मान गर्ने मञ्च गण्डकीका महासचिव पौडेलले बताए ।

    सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनालाई प्रदान गरिने छ । यसअगाडि सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक र दीपक परियारले यो विधाको अवार्ड हात पारेका थिए ।

    अवार्ड कार्यक्रमको थप आर्कषणको रुपमा कमेडी च्याम्पियनबाट चर्चामा आएका स्याङजाका मेक्सम गौडेलको स्ट्यान्ड अप कमेडी प्रस्तुति रहनेछ । यसैगरी भेटियो सान्नानी सोल्टिबजारमा गीतबाट थप चर्चामा आएका लोक दोहोरी गायक निश्चल दवाडीको गायन प्रस्तुती, हिमाली सांस्कृतिक परिवार तथा सारेगम कला केन्द्रको नृत्य प्रस्तुती, डेमोस्ट्रेसन लगायत अवार्ड कार्यक्रमका थप आर्कषण हुन् ।

    लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार सुपर मादी हाइड्रोपावर, उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्यूस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाइगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व।सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको छ । अवार्ड कार्यक्रमका लागि गण्डकी प्रदेश सरकारको विषेश सहयोग रहेको छ । अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चलाई अन्य विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको मञ्चले जनाएको छ ।

  • अनुशासन तोडेपछि मेस्सीलाई पिएसजीको कारवाही

    अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीलाई उनको क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले २ हप्ताका लागि निलम्बन गरेको छ ।

    क्लबसँग अनुमति नलिई साउदी अरबको भ्रमण गरेकोमा उनी कारबाहीमा परेका हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार २ हप्ताको निलम्बनमा परेमा उनले पीएसजीका २ वटा खेल गुमाउने छन् ।

    पीएसजीसँगको सम्झौता यो सिजनपछि सकिँदै छ । सम्झौता सकिनु र मेसीले सम्झौता नवीकरणको प्रतिक्षा गरिरहेका बेला उनीमाथि कारबाही भएको हो ।

    निलम्बनको समयमा क्लबमा प्रशिक्षणसमेत गर्न नपाउने मेस्सीले यो समयको पारिश्रमिक पनि पाउने छैनन् ।

  • नेपाल एसिया कपको लागि छनौट

    नेपाल एसिया कपको लागि छनौट

    काठमाडौंमा जारी एसीसी प्रिमियर कपको उपाधि नेपालले हात पारेको छ । युएईलाई ७ विकेटले स्तब्ध पार्दै नेपालले उपाधि हात पारेको हो ।

     

    यूएईले दिएको ११७ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा पुरा गरेको थियो । नेपालका लागि गुल्शन झा र भीम सार्कीले उत्कृष्ट साझेदारी गरे ।

    २२ रनमै तेस्रो विकेट गुमाएको अवस्थाबाट उकास्दै उनीहरुले नेपाललाई जितसम्म पुर्याएका हुन् । गुल्शनले यूएईविरुद्ध दोस्रो अर्धशतक बनाएका छन् ।

    नेपालका तीन ब्याटर दोहोरो अंकमा रन बनाउन नसकी आउट हुँदा गुलसन झाले ८४ बल खेल्दै ३ चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ६७ रनको अविजित इनिङ खेले । भने, भीमले ७२ बल खेल्दा ४ चौकाको मद्दतमा ३६ रन बनाए ।

    यूएईका रोहन मुस्तफाले १० ओभरमा ३ मेडन राख्दै १३ रन खर्चिएर सर्वाधिक २ विकेट लिए । भने, आयान अफजल खानले १ विकेट लिए ।

    यो जितसँगै नेपालले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा भारत र पाकिस्तानको समूहमा स्थान पक्का गरेको छ ।

  • सरकार र महावीर पुनबीच सातबुँदे सहमति, माइतीघरको आन्दोलन स्थगित

    सरकार र महावीर पुनबीच सातबुँदे सहमति, माइतीघरको आन्दोलन स्थगित

    १८ वैशाख, काठमाडौं । सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सातबुँदे सहमति भएको छ ।

    उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र केन्द्रका अध्यक्ष महावीर पुनबीच भएको वार्तामा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविस्कारसम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्नेलगायतका  सहमति भएको छ ।

    Source: Onlinekhabar

    For Web Design Purpose Only