Category: खेलकुद

  • विश्वकप छनोटमा पहिलो लक्ष्य सुपर सिक्समा पुग्ने ः सहायक प्रशिक्षक बसन्त

    विश्वकप छनोटमा पहिलो लक्ष्य सुपर सिक्समा पुग्ने ः सहायक प्रशिक्षक बसन्त

    १९ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय टिमका सहायक प्रशिक्षक बसन्त शाही ठकुरीले जिम्बाव्वेमा हुने आईसीसी विश्वकप छनोटमा नेपालको लक्ष्य सुपर सिक्समा पुग्ने रहेको बताएका छन् । जिम्बाव्बेमा जुन १८ देखि जुलाई ९ सम्म हुने विश्वकप छनोटको अन्तिम तयारीका लागि नेपाली टोली बुधबार दक्षिण अफ्रिका पुगिसकेको छ र बिहीबार प्रशिक्षण पनि गरेको छ ।

    ‘विश्वकप छनोट फरक प्रतियोगिता हो र यो ठूलो प्रतियोगिता पनि हो । विगमा हामीले जुन सफलता पाएका छौं । पछिल्लो समय राम्रो क्रिकेट खेलिराछौँ र त्यसलाई निरन्तरा दिनुपर्छ,’ नेपाल क्रिकेट संघले बिदाइ गरेपछि शाहीले भनेका थिए, ‘जुन किसिमले नेपाली क्रिकेटप्रेमीहरुले नेपाललाई समर्थन गर्नुभएको छ त्यसमा हामी खरो उत्रने प्रयास गर्नेछौं। विश्वकप छनोटमा हाम्रो पहिलो लक्ष्य सुपर सिक्समा पुग्ने हुनेछ ।’

    विश्वकप छनोटमा नेपाल रहेको समूह ए मा टेष्ट राष्ट्रद्वय घरेलु टोली जिम्बाव्वे र पूर्व च्याम्पियन वेष्ट इन्डिज जस्ता टिम छन् । यस्तै नेदरल्याण्ड्स र अमेरिका पनि छ । नेपालले जिम्बाव्वेसँग २०१८ को छनोटमा पनि खेलेको थियो भने वेष्ट इन्डिजसँग पहिलो पटक खेल्न लागेको हो ।

    नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाई भिषा समस्याका कारण दक्षिण अफ्रिका जान नसकेपछि सहायक प्रशिक्षक ठकुरीले नेपालमा टोलीलाई त्यहाँ प्रशिक्षण दिइरहेका छन् । देशाईको भिसा प्रोसेस भइरहेको र उनी छिट्टै दक्षिण अफ्रिका पुग्ने नेपाल क्रिकेट संघका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए ।
    फरक माहोल र फरक प्रतियोगिता

    प्रशिक्षक बसन्त शाही ठकुरीले विश्वकप छनोट प्रतियोगिता खेल्दा फरक माहोल हुने पनि बताएका छन् । ‘हाम्रो लागि यो फरक माहोल र फरक प्रतियोगिता हुन्छ । हामीले यसअघि धेरै जसो खेल घरेलु मैदानमा खेलेको, घरेलु दर्शकको समर्थनले उच प्रदर्शन भएको थियो । अब फरक कन्डिसनमा गएर खेल्नुपर्ने अवस्था छ’ शाहीले भने, ‘त्यहाँ ठूला ठूला टिम पनि हुनेछन् । यो एउटा हाम्रो लागि ठूला मन्च हो प्रदर्शन गर्न । सबै टिम हौसिएको छ । त्यहाँ गएर राम्रो प्रदर्शन गर्नेछौँ ।’

    त्यसका लागि दक्षिण अफ्रिकाको तयारीले नेपाललाई ठूलो फाइदा पुग्ने विश्वास उनलाई छ । दक्षिण अफ्रिका भ्रमणमा नेपालले दुई वटा ५० ओभरको खेल खेल्नेछ । नेपालले जुन ८ मा स्कटल्याण्ड र जुन १० मा नेदरल्याण्ड्ससँग खेल्नेछ । नेपालले दक्षिण अप्रिकामा थप दुई अभ्यास खेलका लागि पनि प्रस्ताव गरेको छ । तर त्यसको निणर्य भइनसकेको क्यान कार्यावाहक सचिव पाठकले बताए । ‘हामीले अरु म्याच पनि प्रस्ताव गरेका थियौँ तर निणर्य भइसकेको छैन । दुई म्याच खेल्ने त पक्का छ’, उनले भने ।

    दक्षिण अफ्रिकाबाट सिधै जिम्बाव्वे जाने नेपालले त्यहाँ पनि दुई अभ्यास खेल खेल्नेछ । कप्तान रोहित कुमार पौडेलले पनि दक्षिण अफ्रिका र जिम्बाव्वेमा प्राक्टिस म्याच पछि नेपाललाई सहयोग गपुग्ने बताएका छन् । ‘दक्षिण अफ्रिकामा १० दिनको क्याम्प हुन्छ । त्यहाँ चार प्राक्टिस म्याच र जिम्बाव्वेमा २ प्राक्टिस म्याच हुन्छ । मेरो विचारमा हामी यस पछि राम्रोसँग तयार हुन्छौँ जस्तो लाग्छ । ६ प्राक्टिस म्याचपछि त्यहाँको कन्डिसनका लागि सबै जना तयार हुन्छ’, रोहितले भने । नेपालले जिम्बावेमा छनोट प्रतियोगिताअघि जुन १३ मा ओमान र जुन १५ मा युएईसँग खेल्नेछ ।

    रोहितले नेपाली टिम सन्तुलित रहेको र राम्रो प्रदर्शन गर्ने बताए । ‘समग्रमा हेर्दा हाम्रो टिम सन्तुलित छ । हामीले खेल्दा ‘बेस्ट फुट फरवार्ड’ राख्नुपर्छ’, उनले थपे, ‘हामीले आफ्नो वेस्ट गेम खेल्यौँ भने कुनै पनि टिमलाई हराउन सक्छौँ ।’ सहायक प्रशिक्षक बसन्त शाही ठकुरीले नेपालले टेष्ट नेसनसँग पनि राम्रो प्रतिस्पर्धा गर्ने बताए । ‘हाम्रो समूहमा टेष्ट नेसन पछि छ । त्यसमा पनि राम्रो प्रतिस्पर्धा गर्नेमा विश्वस्त छौं ।’

  • महिला क्रिकेट ः तेस्रो खेलमा नेपाल विजयी

    महिला क्रिकेट ः तेस्रो खेलमा नेपाल विजयी

    काठमाडौँ । नेपालले पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको तेस्रो खेलमा घरेलु टोली मलेसियालाई पराजित गरेको छ । मलेसियाको वाइएसडी यूकेएम ओभलको खेल मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गरेको हो । यस जितसँगै नेपालले तीन खेलको महिला टी-२० अन्तर्राष्ट्रिय सिरिजमा २-१ को अग्रता बनाएको छ । नेपालले दिएको एक सय ११ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ८३ रनमा समेटियो । मलेसियाका लागि महिराह इज्जाती इस्माइलले सर्वाधिक ४४ रनमा अविजित रहिन् भने विनिफ्रेड दुराईसिंघमले २० रन बनाइन् ।

    नेपालका लागि सीता रानामगर, इन्दु बर्मा र कविता कुँवरले समान १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय १० रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले १५ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २७ रन बनाइन् । सीता रानामगरले २४ रन बनाइन भने ज्योति पाण्डेले २३ रन जोडिन । ईन्दु बर्माले २० रन बनाइन् । मलेसियाका लागि निक नुर अतिएलाले २ तथा एसा इलिसा र विनिफ्रेड दुराईसिंघमले समान १र१ विकेट लिए ।

  • दक्षिण अफ्रिकामा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्ने

    दक्षिण अफ्रिकामा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्ने

    काठमाडौं । विश्वकप छनोटको तयारिका लागि दक्षिण अफ्रिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टीमले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्ने भएको छ । जिल्ला अदालतको सुनुवाइ निरन्तर सर्दै गएपछि सन्दीप लामिछानेलाई भने ‘लिगल टीम’ ले नपठाउने निणर्य गरेको छ । दक्षिण अफ्रिका भ्रमणबाट छुटेका लामिछानेले नेपाली राष्ट्रिय टीमलाई दुई दिनअघि शुभकामना दिँदै शुभयात्रा लेखेका थिए । उनले सामाजिक सञ्जालमार्फत आफू यो भ्रमणमा समावेश नभएको जनाउ दिएका थिए ।

    बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजानिक गरेको खेल तालिकाअनुसार नेपालले जुन ८ मा स्कटल्यान्ड र जुन १० मा नेदरल्यान्डसँग दोस्रो अभ्यास खेल खेल्नेछ । त्यसअघि, बुधबार दक्षिण अफ्रिका पुगेको नेपाली टीमले जुन १ देखि ७ सम्म त्यही अभ्यास गर्नेछ । दक्षिण अफ्रिकाको भ्रमण सकेर नेपालले जुन १८ देखि ९ जुलाईसम्म जिम्बाबेमा हुने विश्वकप छनोट खेल्न जानेछ । नेपालले विश्वकप छनोटअघि जिम्बावेमै दुई वार्म अप म्याच पनि खेल्नेछ ।

    पहिलो वार्म अप युनाइटेड अरब इमिरेट्स (यूएई) सँग जुन १३ मा र दोस्रो जुन १५ मा ओमानविरुद्ध खेल्नेछ । विश्वकप छनोटअघि नेपालले मात्रै टेस्ट राष्ट्रसँग वामअर्प म्याच खेल्न पाएन । आईसीसीले सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’ मा रहेको नेपालले जुन १८ मा घरेलु टिम जिम्बावेविरुद्ध खेल्दै प्रतियोगिताको सुरूआत गर्नेछ । यस्तै, जुन २० मा नेपालले अमेरिका, जुन २२ मा वेस्ट इन्डिज र जुन २४ मा नेदरल्यान्ड्ससंग समूह चरणको अन्तिम खेल खेल्नेछ ।

    छनोटमा १० राष्ट्रले भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन् । छनोटमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, वेस्ट इन्डिज, अमेरिका, नेदरल्यान्ड्स र जिम्बाब्वे छन् । समूह ‘बी’मा आयरल्यान्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र यूएई छन् ।प्रत्येक समूहबाट शीर्ष तीन टीमले सुपर सिक्सम स्थान बनाउनेछ्न् र दुई टीमले विश्वकपमा स्थान बनाउनेछन् ।

  • मलेसियाविरुद्धको दोस्रो टी-२० मा नेपाल ७ विकेटले विजयी

    मलेसियाविरुद्धको दोस्रो टी-२० मा नेपाल ७ विकेटले विजयी

    काठमाडौं । टी-२० श्रृंखलाको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टिम मलेसियाविरुद्ध ७ विकेटले विजयी भएको छ । मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै दिएको ९८ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्दै १ सय ३ रन बनायो । नेपालको जितमा कप्तान रुविना क्षेत्रीले अलराउन्ड प्रदर्शन गरिन् । ४ ओभर बलिङ गर्दा १६ रन खर्चिएर दुई विकेट लिएकी उनले अविजित २९ रन जोडिन् ।

    टस जितेर ब्याटिङ थालेको मलेसियाका लागि ओपनर विनिफ्रर्ड दुराइसिनगाम र वान जुलियाले समान २० रन योगदान गरे । मास इलेसाले सर्वाधिक २८ रन र ऐन्ना हमिज हसिम १४ रनमा अविजित रहिन् । नेपालका कविता कुँवर र इन्दु वर्माले एक-एक विकेट लिए । नेपालको ब्याटिङमा कप्तान रुविनाले अविजित २९ रन योगदान गर्दा, ओपनर कविता कुँवरले २६ रन र सिता राना मगरले २३ रन जोडे । विन्दु रावल १७ रनमा आउट भइन् ।

    मलेसियाका ऐस्या एलिसा, माहिरा, निक नुर र विनिफर्डले समान एक विकेट लिए । ५ खेलको शृंखलामा नेपाल पहिलो टि-२० मा ५ विकेटले पराजित भएको थियो । नेपालले तेस्रो खेल बिहिबार, चौथो र पाँचौं खेल क्रमशः शनिवार र आइतबार खेलेर स्वदेश फर्किने छ ।

  • उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

    उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

    १४ जेठ, काठमाडौं । काभा वुमन्स च्यालेन्ज कपमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराउँदै घरेलु टिम नेपाल तेस्रो भएको छ ।

    डिफेन्डिङ च्याम्पियन नेपाल यस पटक भने कास्यमा सीमित बनेको हो । नेपालले उज्वेकिस्तानलाई २५-२०, १६-२५, १५-२५ र १३-२५ को सेटमा पराजित गरेको हो ।समूह ए को सेमिफाइनलमा काजकसेतानसँग पराजित भएको उज्वेकिस्तान र समूह ए बाट भारतसँग पराजित भएको नेपाल बिच तेस्रो स्थानका लागि भएको खेलमा नेपालले जित हात पारेको हो ।

    पहिलो सेटमा २५-२० को हारमा नेपाली टिमको एकदमै सिल्ली मिस्टेकका कारण पछि पर्यो । नेपालले दोस्रो, तेस्रो र चौथो सेटमा उज्वेकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान बनाएको हो ।

  • प्रदेशस्तरिय खुल्ला कायाकिङ प्रतियोगिता डम्बरले जिते स्वर्ण

    प्रदेशस्तरिय खुल्ला कायाकिङ प्रतियोगिता डम्बरले जिते स्वर्ण

    पोखरा ।  प्रदेशस्तरिय खुल्ला कायाकिङ प्रतियोगिता उदयपुरका डम्बर बहादुर पूर्वाछानेले जितेका छन् ।

    प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न भएको प्रतिस्पर्धामा सहभागि १८ जनालाई उछिन्दै उनले स्वर्ण पदक जितेका हुन् । उनले स्वर्ण पदक संगै नगद रु ३५ हजार हात पारे ।

    पोखरा १९ र २५ स्थित मर्दी र सेती नदीको संगमबाट सुरु भएको प्रतियोगितामा गोर्खाका सुरेन्द्र चेपाङले दोस्रो हुँदै रजत पदक प्राप्त गरे । उनले नगद रु २५ हजार हात पार्दा गोरखाका रबिन चेपाङले तेश्रो हुँदै कास्य पदक प्राप्त गर्दै नगद रु १५ हजार समेत् पाए ।

    प्रतियोगितामा गोरखाका समिन चेपाङ चौथो हुँदै पदकका साथमा नगद १० हजार र खोटाङका प्रशान्त राई सान्त्वना हुँदै नगद रु ५ हजार प्राप्त गर्न सफल भए ।

    प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ, कार्यकारी सदस्यद्वय दिल बहादुर गुरुङ र तारामायाँ थापा मगर, परिषदका सदस्य गिरमान गुरुङ, परिषदका कार्यालय प्रमुख टोपलाल भुसाल, लेखा प्रमुख निलकण्ठ ढकालले बिजेता खेलाडी तथा सहभागिहरुलाई मेडल, नगद तथा प्रमाणपत्र वितरण गरेका थिए ।

    प्रतियोगिताका संयोजक तथा परिषदका सदस्य बसन्तराज दवाडीको अध्यक्षतामा भएको उक्त कार्यक्रम भएको थियो । प्रतियोगिता नेपाल ¥याफटिङ तथा क्यानोइङ संघको समन्वयमा भएको हो ।

  • स्याङ्जाका टहल सिंहलाई अन्तराष्ट्रिय रेफ्रिको मान्यता

    स्याङ्जाका टहल सिंहलाई अन्तराष्ट्रिय रेफ्रिको मान्यता

    पोखरा । भलिबलका टहल सिंह थापा मगर नेपालकै पहिलो एभिसी अन्तर्राष्ट्रिय रेफ्रि बन्न सफल भएका छन् । काठमाण्डौमा जारी एनससी काभा ओमेन्स भलिबल च्यालेन्ज कप २०२३ अन्तर्गत सम्पन्न तिन खेलमा रेफ्रिको भूमिकामा उनको उत्कृष्ट प्रदर्शन संगै पहिलो एभिसी अन्तर्राष्ट्रिय रेफ्रि बन्न सफल भएका हुन् ।

    विगतमा बंगलादेश, हङकङ, नेपाल लगायतका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा रेफ्रिको भूमिका निर्वाह गरे पनि काठमाण्डौमा जारी काभा महिला भलिबल च्यालेन्ज कप एभिसीद्वारा मान्यता प्राप्त अफिसियल खेल भएको कारण, उनले एभिसी अन्तर्राष्ट्रिय हुने अवसर प्राप्त गरेका हुन् । यस अघि नेपालबाट अन्तर्राष्ट्रिय रेफ्रिको रुपमा गौतम प्रसाद लासिवा, कुल बहादुर राना र चन्द्रबदना राई पछि पहिलो एभिसी अन्तर्राष्ट्रिय रेफ्रि हुन् । टहल सिंहसंगै नेपालबाट पूर्णप्रसाद चौलागाई, विजय केसी र विकास गुरुङ समेत एभिसी अन्तर्राष्ट्रिय रेफ्रि बन्न सफल भएका छन् ।
    काठमाण्डौमा जारी प्रतियोगितामा टहल सिंहले उज्वेकिस्तान विरुद्ध श्रीलंका र काजाकास्तान विरुद्ध उज्वेकिस्तानको खेलमा पहिलो रेफ्रिको भूमिका निर्वाह गरेका थिए भने उज्वेकिस्तान र मालदिभ्सको खेलमा सेकेण्ड रेफ्रिको भूमिकामा थिए । यद्यपी प्रतियोगिता काठमाण्डौमा जारी नै रहेको छ ।

    टहलसिंहको बारेमा जानौँ

    २०३९ फागुन फागुन २० गते स्याङजामा जन्मिएका टहल सिंह सानो उमेरबाटै भलिबलमा प्रवेश गरेका थिए । २०६० सालमा उनले पश्चिमाञ्चालको टिमबाट राष्ट्रिय प्रतियोगिता लिब्रोको भूमिकामा डेब्यू गरेका थिए । उनी त्यस पछि खेल जिवनबाट पछि फर्किएर हेर्नु परेको छैन । उनको खेल जिवन संगकै अर्को महत्वपूर्ण पक्ष भनेको अध्ययन हो । उनी अग्रेंजी विषयमा स्नाकोत्तर (एमए) गरेका छन् । खेल जिवन र अध्ययन कसरी अगाडी बढाउने भन्ने विषय उनको खेल जिवनले दर्शाउँछ ।

    २०६५ सालमा काठमाण्डौमा सम्पन्न पाँचौ राष्ट्रिय वृहत खेलकुद प्रतियोगितामा पश्चिमाञ्चाललाई रजत पदक दिलाउन उनको भूमिका रह्यो । उनले उत्कृष्ट लिब्रोको उपाधि हात पारेका थिए । २०६८ मा धनगढीमा सम्पन्न छैटौं वृहत् राष्ट्रिय प्रतियोगितामा समेत टिमलाई कास्य पदक दिलाउने संगै उत्कृष्ट लिब्रोको उपाधि उनकै नाम रह्यो । सन २०१० मा ढाकामा सम्पन्न ११ औं दक्षिण एसियाली खेलकुदमा उनी नेपाली टिममा समावेश थिए ।

    पोखराको तत्कालिन दृष्टि क्लवमा महत्वपूर्ण टिम कप्तानको भूमिकामा रहेर दर्जनौं प्रतियोगितामा सफलता प्राप्त गरेका थिए । उनी सहभागि क्लवबाट उनी प्रायः उत्कृष्ट खेलाडीको उपाधि पाउनेमा संधै अग्रपंक्तिमा रहे । सन २०११ अर्थात १२ वर्ष अघि उनले भूमिकामा परिवर्तन गरे जव काठमाण्डौमा भलिबल रेफ्रिहरुको ‘फिव भिसिपी (ँक्ष्ख्द्य ख्ऋए)’ कोर्षमा उनी उत्कृष्ट हुँदै ‘ग्रेड ए’ मा उर्तिण हुन सफल भए । त्यस पछि उनले रेफ्रिको भूमिकाबाट पछाडी फर्किनु परेको छैन । सोही वर्ष सन २०११ मा नै नोभेम्वर ६ देखि १७ सम्म बाठमाण्डौमा सम्पन्न ‘फिब (ँFIक्ष्ख्द्य) लेभल–१ भलिबल कोचेज कोर्ष’ मा सर्वोत्कृष्ट बने ।

    यसै गरी सन २०१४ अर्थात ९ वर्ष अघि पोखरामा सम्पन्न राष्ट्रिय भलिबल रेफ्रि कोर्षमा नेपालभरबाट सहभागि मध्ये सर्वोत्कृष्ट बने भने सन २०१७ बैंकको थाइल्याण्डमा सम्पन्न एभिसी इन्टरनेशनल रेफ्रि क्यान्डिडियट कोर्षमा उत्कृष्ट अंक प्राप्त गर्दै सफलता प्राप्त गरे । रेफ्रिको भूमिकामा टहल सिंह संग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु कुशलताका साथ खेलाएको अनुभव संगालेका छन् । दक्षिण एसियाली खेलकुद (साग), सेन्ट्रल एसियन गेम्स, सेन्ट्रल जोन एसियन गेम्स खेलाएको अनुभव संगै पोखरा र पोखरा बाहिर विभिन्न राष्ट्रिय तथा आमन्त्रित अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा रेफ्रि डेलिगेट, टेक्निकल डेलिगेट एवं रेफ्रि कोर्डिनेटरको भूमिकामा रहि प्रतियोगिताहरु सञ्चालन गरेको अनुभव उनले बटुलेका छन् । त्यसैले पनि उनी नेपालमा अनुभवी भलिबल रेफ्रिको रुपमा आफूलाई स्थापित गर्न सफल छन् । पोखरामा सम्पन्न नवौ राष्ट्रिय खेलमा देश भरीबाट रेफ्री तथा जजहरुको तर्फबाट उनलेनै समेत् शपथ ग्रहण गरेका थिए ।

    पोखरामा रहि भलिबल बिकासमा उनले खेलेको भूमिका समेत उत्तिकै महत्वपूर्ण छ । नेपाल भलिबल संघ गण्डकी प्रदेशको महासचिव पदमा आशिन टहल सिंह पोखरामा विभिन्न कलेजहरुमा स्पोर्टस कोर्डीनेटर समेत रहेर अनुभव संगालेका छन् । स्रोत : पोखरा स्पोर्ट

  • काठमाडौंमा जारी काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइन आज

    काठमाडौंमा जारी काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइन आज

    काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनमा आज घरेलु टोली नेपालले काजकिस्तानसँग खेल्दै छ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ ।

    बुधबार भएको समूह चरणको अन्तिम खेलमा भारतसँग ३-१ को सेटमा पराजित हुँदै नेपाल समूह उपविजेताको रूपमा अन्तिम चारमा पुगेको हो । कजाकस्तान समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

    सहभागी ८ टिममध्येकै बलियो मानिएको कजाकस्तानले अपेक्षा गरे अनुसारको प्रदर्शन गर्न भने सकेको छैन । समूह चरणमा शत प्रतिशत नतिजा निकालेको कजाकस्तानसँग नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो ।

    आजै हुने पहिलो सेमिफाइनलमा समूह एको विजेता भारतले भने समूह बीको उपविजेता उज्वेकिस्तानसँग खेल्नेछ । खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । समूह बीको खेलमा काजकिस्तानले उज्वेकिस्तानलाई ३-१ को सेटमा हराई समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

  • विश्वकप छ्नोटको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेलमा जिम्बावेसँग खेल्ने

    विश्वकप छ्नोटको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेलमा जिम्बावेसँग खेल्ने

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अर्को महिनादेखि जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोटको खेल तालिका सार्वजनिक गरेको छ । आईसीसीले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार समूह (ए) मा रहेको नेपालले जुन १८ मा घरेलु टिम जिम्बाब्वेविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यस्तै, जुन २० मा नेपालले अमेरिकासंग, जुन २२ मा वेस्ट इन्डिजसँग र जुन २४ मा नेदरल्यान्ड्ससँग समूह चरणको अन्तिम खेल खेल्नेछ । नेपालले छ्नोटअघि जिम्बावेमै दुई वार्म अप म्याच पनि खेल्ने भएको छ ।

    नेपालले पहिलो वार्म अप म्याचमा युनाइटेड अरन इमिरेट्स (यूएई)सँग जुन १३ मा र दोस्रो खेल जुन १५ मा ओमानविरुद्ध खेल्नेछ । प्रतियोगिताम कुल १० टिमले भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन् । सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

    यस्तै, प्रतियोगिताको समूह (ए) मा नेपाल, वेस्ट इन्डिज, अमेरिका, नेदरल्यान्ड्स र जिम्बाब्वे छन् । समूह ‘बी’मा आयरल्यान्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । प्रत्येक समूहबाट शीर्ष तीन टिमले सुपर सिक्सम स्थान बनाउनेछ्न् । प्रतियोगिबाट दुई टिमले विश्वकप स्थान बनाउनेछन् । छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार २२ सदस्यीय टिमको घोषणा गरेको थियो ।

  • पोखरामा खुल्ला कायाकिङ प्रतियोगिता हुने

    पोखरामा खुल्ला कायाकिङ प्रतियोगिता हुने

    पोखरा । पोखरामा खुल्ला कायाकिङ प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल र्‍याफटिङ तथा क्यानोइङ संघको समन्वयमा उक्त प्रतियोगिता यहि जेठ १२ गते आयोजना हुने भएको हो । प्रतियोगिता बारे जानकारी दिंदै प्रदेश खेलकुदका सदस्य तथा सहाशिक खेलकुदका संयोजक बसन्तराज दवाडीले प्रतियोगितामा करिव ३० जनाको सहभागिता हुने अपेक्षा रहेको बताए ।

    ‘वाटर स्पोर्टस’को बिकास संगै खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरिएको बताउँदै संयोजक दवाडीले प्रतियोगिता पोखरा २५ हेमजा र १९ स्थित सेती र मर्दीको दोभानबाट सुरु हुने जानकारी दिए । “यो स्थान ह्वाइट वाटर कायाकिङका लागि निकै सुगम ठाउँ हो” उनले भने–“यो ठाउँलाई कायाकिङ खेलको विकासका लागि समेत प्रवद्र्धन गर्नु प्रतियोगिताको अर्को उद्धेश्य हो ।”

    सेती र मर्दीको दोभानबाट सुरु हुने प्रतियोगिता याम्दीमा पुगेर समापन हुनेछ । प्रतियोगिता सम्पन्न गर्न ५ लाख खर्च हुने जानकारी परिषदले दिएको छ । प्रतियोगितामा पहिलो, दोश्रो, तेश्रो, चौथो पाँचौ हुने विजेता खेलाडीले क्रमश नगद रु ३५ हजार, २५ हजार, १५ हजार र १० हजार र ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।