नेपाली रंगक्षेत्रमा लोकप्रियता कमाएकी हास्य कलाकार तथा मोडेल रियासा दाहाल र सञ्चारकर्मी भिक्टोर पौडेल विवाह बन्धनमा बाधिएका छन् ।
दाहाल र पौडेलले लामो समयको प्रेमलाई औपचारिकता दिदै बुधबार लगनगाँठो कसेका हुन् । पौडेल रुटिन अफ नेपाल बन्द नामक फेसबुक पेज मार्फतमा सक्रिय रहेका छन् । यता दाहाल भने ‘गाह्रो छ हो’ टेलिसिरियल मार्फत दर्शक माझ लोकप्रिय रहेकी छन् । बाग्लुङका पौडेल र काठमाण्डौँकी दाहालले सामाजिक परम्परा अनुसार काठमाण्डौँ विवाह गरेको हुन् ।
तनहुँको दुलेगौडा स्थित बालविद्या मन्दिर माविमा अध्ययन गरि उच्च शिक्षाका लागि काठमाण्डौँ पुगेका पौडेल रुटिन अफ नेपाल बन्द सञ्चालन गरेपछि चर्चामा आएका थिए ।
अशोक विश्वकर्मा / दुलेगौँडा । देशका अधिकाँश शहरका बिजुली पोलमा देखिने गन्जागोल तारलाई भूमिगत गर्न नसक्दा शहर बजारको सौन्दर्यमा असर परिरहेको छ । तनहुँका अधिकाँश बजारमा निजि सेवा प्रदायक नेट तथा केवल सञ्चालकहरुले अनुमति विना नै अब्यवस्थित रुपमा ताल टाग्ने गरिरहेका छन् । दुलेगौँडा बजारका पोलहरुमा समेत यस्ता कम्पनीहरुको तार यत्रतत्र देख्न सकिन्छ ।
गञ्जागोल तारका कारण बजार अस्तब्यस्त त देखिन्छ नै दुर्घटना समेत बढ्ने दुलेगौडाका भरत लामगादेको भनाई छ । लामगादेले पोलहरुमा आवश्यक भन्दा बढी तारले दुर्घटना निम्त्याउनुका साथै भद्रगोल देखिएकाले ब्यवस्थित गर्नुपर्नेमा जोड दिए । उनले सम्वन्धित सरोकारवालाले भद्रगोल नहुने गरि तार राख्दा हुने भएता पनि तारको थुप्रो नै प्रत्येक पोलमा राखिदिदा विद्युत सर्ट भएर आगलागी भए समस्या थपिनसक्ने बताए ।
अहिले शुक्लागण्डकी नगरपालिका र आसपासको क्षेत्रमा सेवा दिनका लागि मात्र १२ वटा ईन्टरनेट कम्पनीहरु खुलेका छन् । केवल र ईन्टरनेट लगायतका सुविधा दिन विद्युत प्राधिकरणको मातहतमा रहेको पोलहरु उनीहरुले निस्फिक्री रुपमा प्रयोग गरेको पाईन्छ । पोल प्रयोग गरेबापत तोकिएको रकम तिर्नुपर्ने भएता पनि गत पाँच बर्षदेखी यस्ता कम्पनीहरुले रकम नबुझाएको नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्रका प्रमुख अमृतबाबु अधिकारीले जानकारी दिए । अधिकारीले पोल प्रयोग गरेवापत तिर्नुपर्ने रकम महंगो भएको बहानामा भुक्तानी रोकिएको बताए । उनले पोल प्रयोग वापतको रकम उपलब्ध गराउन ताकेता गरेता पनि अटेरी गरिरहेकाले अनुगमन गरेर अशुली गर्ने तयारी भईरहेको जनाएका छन् ।
केन्द्रका अनुसार केही कम्पनीहरुले रकम उपलब्ध गराउने स्वघोषणा गरेका छन् भने केहीले रकम जम्मा गर्न थालेका छन् । पोल प्रयोग गर्ने कम्पनीले बार्षिक रुपमा दुई लाख पचास हजारदेखि चारसम्म तिर्दै आएका थिए । प्राधिकरणले प्रतिपोल भाडा रकममा बृद्धि गरेपछि ब्यवसायीक प्रतिष्ठानले बढाएको मुल्य घटाउनुपर्ने माग गर्दै आएका छन् ।
यता बजारको सुन्दरता बढाउन विभिन्न कार्यक्रमहरु गर्दै आएको शुक्लागण्डकी नगरपालिकाले भने पोल तर्फ ध्यान पु¥याएको छैन । राजमार्ग हरियालीदेखि सोलार विद्युत जडानसम्मका कार्यक्रम गरेको नगरपालिकाले गन्जागोल तार ब्यवस्थापन गर्ने सोच बनाएको भएतापनि सडक विस्तार योजना अघि बढेकाले कार्यन्वयन नगरिएको नगर प्रमुख कृष्णराज पण्डितको भनाई छ ।
मानिसले जीवनपर्यन्त सिकिरहन्छ । ज्ञान र सीपकै आधारमा मानिस ज्ञानी हुन्छ । म्यान मेड पर्फेक्ट वाई प्राक्टिस् भनिन्छ । यसका लागि शिक्षामनोविद् रुसोका अनुसार अनुभवका आधारमा सिकिन्छ । अर्का शिक्षामनोविद् प्याभलवका अनुसार गल्तीबाट सिकाइ प्रभावकारी हुन्छ ।
यसैगरी, शिक्षाविद् किम्बलका अनुसार हरेक मानिसले अन्तरदृष्टिबाट सिक्छ । साथै, शिक्षाविद्द्वय यङका अनुसार प्रेरणाबाट र एलिस क्रोका अनुसार आन्तरिक प्रेरणाबाट मानिसले सिक्ने गर्दछ । यस अतिरिक्त, शिक्षाविद् पेस्तालोजीका अनुसार सिक्ने व्यक्तिको जागरुकता र अर्का विद्धान् बान्दुराका अनुसार शिक्षक÷प्रशिक्षकको रोलमोडलपनबाट सिकाइ प्रभावकारी हुन्छ ।
कृष्णहरि बास्कोटा
सिक्ने समूह
सबै मानिसका लागि सिक्ने पहिलो पाठशाला घर हो । त्यसमा पनि जन्मदिने आमा र कर्म दिने बुबा सर्वाधिक ठूला शिक्षक मानिन्छन् । त्यसपछि मित्रहरूबाट निरन्तर सिकिन्छ । तर, हेक्का राख्नुपर्ने कुरा के छ भने सुखका साथी गर्मी महिनामा हिउँ पग्लिए झैं छिट्टै विलीन हुन्छन् । तर, दुःखका साथी भने जाडो महिनामा हिउँ जमे झैं एकट्ठा भइरहन्छन् । भनिन्छ, जीवनमा एउटा असल अर्थात् इमानदार मित्र पाउनु जीवन नै सफल हुुनु हो । यथार्थमा, एउटा असल मित्र एक हजार आफन्त भन्दा बलियो हुन्छ । तर, परेको बखत सहयोग नगर्ने मित्रको संगत गर्नु बेकार छ । सिकाइ विधि
सामान्यतः पढेको कुरा बिर्सिन्छ । देखेको कुरा सम्झिन्छ । गरेको कुरा जानिन्छ र गर्दै गरे बानी पर्छ । यसलाई अंग्रेजीमा ह्याबिट्स कम फ्रम ह्याबिट पनि भनिन्छ । नेपालीमा धनले धन र ऋणले ऋण तान्छ भने झैं ज्ञानको भोकले हामीलाई ज्ञानतर्फ नै डो¥याउने शाश्वत सत्यलाई भुल्नुहुँदैन । यस सम्बन्धमा मानिसलाई चार प्रकारमा विभक्त गर्न सकिन्छ।
पहिलो, जो ऊ आफू जान्दैन र जान्दिनँ भन्ने पनि जान्दैन, ऊ मूर्ख हो, त्यसलाई छुट्याऊ ।
दोस्रो, जो ऊ आफू जान्दैन, तर जान्दिनँ भन्ने जान्दछ, ऊ साधारण हो, त्यसलाई सिकाऊ ।
तेस्रो, जो ऊ आफू जान्दछ तर जान्दछु भन्ने जान्दैन, ऊ सुषुप्त हो, त्यसलाई ब्युँझाऊ ।
चौथो, जो ऊ आफू जान्दछ र जान्दछु भन्ने जान्दछ, ऊ ज्ञानी हो, त्यसलाई पछ्याऊ । सकारात्मक सोच
कसैबाट सहयोगको अपेक्षा गर्नुपूर्व उसलाई सहयोग पु¥याउनुपर्छ । यसैगरी, अर्काबाट आफ्नो इच्छा पूरा गराउन पहिला उसको इच्छा बुझेर सो इच्छा पूरा गरिदिनुपर्छ । कसैका लागि पनि दिन हिचकिचाउने र लिन इच्छुक रहने प्रवृत्ति क्षम्य हुँदैन । यसर्थ, आदर चाहनेले सर्वप्रथम अर्कालाई आदर गर्नुपर्छ ।
यसै प्रसंगमा दुर्गालालले रच्नुभएको छ– फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काडै संसार । जस अनुसार हरेक मानिसले आफ्नो कामबाट मैले के पाएँ होइन, मैले के दिन सकें ? भनी आफैंलाई प्रतिप्रश्न गर्नुपर्छ । यो गरेर मलाई के फाइदा होइन कि ? यो गरेर मलाई के बेफाइदा ? भनी स्वयंसँग सवाल गर्नुपर्छ । साथै, अहिले नगरे कहिले गर्ने ? मैले नगरे कसले गर्ने ? भन्ने सकारात्मक सोचले हरेक मानिसलाई गन्तव्यसम्म पु¥याउँछ । सिकाइको आरम्भ
हजारौं माइलको यात्रा पहिलो पाइलाबाट आरम्भ हुन्छ । बिहान हेरेर दिनको अनुमान गर्न सकिन्छ । खुट्टा देख्दैमा कस्तो नाँच्लिन् भन्ने अनुमान गर्न सकिन्छ । सामान्यतः मानिस आउँदाको पहिचान लुगाले बताउँछ, तर जाँदा उसको योगदान वा प्रतिभा मात्रै स्मरणमा रहन्छ । यसर्थ, सबैले बत्तीसै लक्षणयुक्त हुने कोसिस गर्नुपर्छ । एउटा कटु सत्य कुरा के हो भने, सबै फूल फुल्दैमा बास्ना चल्दैन, जाई र चमेली फुल्दा बास्ना चल्छ, तर उन्यूँ र खर फूल्दा बास्ना चल्दैन । यसर्थ, हाम्रो सिकाइको आरम्भ सम्भव भएसम्म यथाशीघ्र गर्नुपर्छ ।
उसो त अँध्यारोले अँध्यारो हटाउन सक्तैन, प्रकाशले सक्छ । यसैगरी, घृणाले घृणा हटाउन सकिंदैन, प्रेमले सकिन्छ । यसै कारण भन्ने गरिन्छ, दुईवटा सलाइका काँटी हेर्दा समान देखिए पनि एउटाले अँध्यारो कोठामा बत्ती बालेर कोठालाई उज्यालो बनाउँछ भने अर्को सलाइको काँटीले डढेलो लगाएर वनलाई नै सखाप पारिदिन्छ । यसर्थ, बीउ राम्रो कि नराम्रो भनी जान्न त्यसको फल हेर्नुपर्छ । सोही रितले मानिस राम्रो कि नराम्रो भनी जान्न, उसको कार्यशैली परख गर्नुपर्छ । आफैं सिकिन्छ
हिमालबाट सुरु भएको खोला बाटो नसोधी हिंड्दा पनि समुद्रमा पुग्छ । सोही बमोजिम आफ्नो कर्तव्यमा अविचलित मानिसले सफलता चुम्छ । यथार्थमा, पोखरीमा हाम फाल्ने सबै मानिस मर्दैनन्, पौडन नजान्ने मात्रै मृत्युको मुखमा पुग्छन् । त्यसैगरी, मानिस पैसा नभएर गरिब हुने होइन, आफ्नो सम्पत्तिको उपयोग गर्न नजानेर गरिब हुन्छ । अर्थात् ढंग नपुग्ने पोखरीमा डुब्ने पक्का भएझैं आफूलाई उपलब्ध अवसर छोप्न नसक्नेहरू नै असफल हुन्छन् । असफल हुनु भनेको तल खस्नु होइन, अरूभन्दा पछाडि पर्नु हो भन्ने कुरा निकै कमले मात्रै बुझ्छन् । रूखले जसरी बर्सेनि पात फेर्छ, सोही रितले हामीले आफूलाई समयानुकूल बदल्नुपर्छ । पहिला मानिस भन्ने गर्थे समयले मानिसलाई बदल्छ, आजभोलि मानिसले नै समय बदल्ने गरेका छन् । यसका निमित्त आँट गरेर अघि बढ्नुपर्छ । भनिन्छ, असफलताको मनन् गर्नेहरू नै सफलताका हकदार हुन्छन् । अमूल्य सल्लाह
तपाईं हामी थाक्दैमा रोकिइनुहुँदैन, जुन बेलासम्म तोकिएको काम पूरै फत्ते हुँदैन, सो बखतसम्म कामलाई निरन्तरता दिनुपर्छ । कन्फ्यूसियसका अनुसार आफ्नो अज्ञानताको सीमाको पहिचान गर्नु नै असली ज्ञान हासिल गर्नु हो । अल्बर्ट आइन्स्टाइनका अनुसार हामीले चिन्तन, अनुसरण र अनुभवबाट सिक्ने गर्दछौं । आचार्य चाणक्यले भनेका छन्, आनन्दको बेला बचन नदेऊ । क्रोधको बेला जवाफ नदेऊ । दुःखको बेला निर्णय नलेऊ । यसबाटै मानिसको पहिचान हुन्छ । खराब नसोचौं
हामीले सबै परिस्थितिबाट पाठ सिक्नुपर्छ । खुट्टामा लागेको चोटले सम्हालिएर हिंड्न सिकाउँछ । मनमा लागेको चोटले समझदारीका साथ जिउन सिकाउँछ । संसारमा एकदमै राम्रो कुरा सोच्ने हो भने सर्वप्रथम आफूले खराब कुरा सोच्न बन्द गर्नुपर्छ । हेक्का राख्नुपर्छ, अवसर र सूर्योदयमा एउटै समानता छ, ढिलो गर्नेलाई यसले पर्खंदैन । यत्ति कुराको हेक्का राख्ने मानिस जीवनमा कहिल्यै पछाडि पर्दैन ।
यथार्थमा, जो आफैंमा खुसी हुन्छन्, उनीहरूको संसार पनि खुसी हुन्छ । केही नयाँ काम गर्नका लागि तिमी महान् हुन आवश्यक छैन । तर महान् हुनका लागि केही नयाँ काम गर्न जरूरी छ । खुसी हुनुको अर्थ यो होइन कि सबै कुरा ठीक छ । यसको अर्थ त यो हो कि तिमीले दुःखबाट उठेर जिउन सक्यौ । यदि तिमी कसैलाई अपमान गर्दछौं भने तिमीले आफ्नो सम्मान गुमाउँछौ । योभन्दा बढी व्यक्तित्व विकासको सूत्र के नै हुन सक्छ र ? हामी सबै कुरा जानेर पनि नजानेझैं व्यवहार गर्दछौं, हाम्रो ठूलो कमजोरी र गल्ती नै यही हो । सम्हालिनुपर्छ
क्रोधको बेला केही रोकिइनुपर्छ । गल्तीको बेला केही झुक्नुपर्छ– संसारको सबै समस्या समाधान हुन्छ । संसारमा सबै कुरा मिल्छ, तर आफ्नो गल्ती मिल्दैन । सबैभन्दा तीव्र उही हिंड्छ, जो एक्लै हुन्छ । तर, टाढासम्म उही पुग्छ, जो सबैलाई साथमा लिएर हिंड्छ । तिमी आफ्नो भविष्य बदल्न सक्तैनौं, तर प्रवृत्ति बदल्न सक्छौ । जब प्रवृत्ति बदल्छौ, भविष्य आफैं बदलिन्छ । यस कुराले हरेक मानिसलाई सम्हालिन उत्प्रेरित गर्दछ । शत्रुता र मित्रता
शत्रुता र मित्रता हरेक मानिसको आफ्नै हातको खेल हो । शत्रुलाई सिध्याउने एउटा काइदा छ, त्यो उसँग मित्रता कायम गर्ने नै हो । नभुलौं, शत्रु देख्दा मुस्कुराउनु नै उसलाई गरिने सर्वाधिक ठूलो सजाय हो । संसारका सबैभन्दा सुखी मान्छ ती होइनन्, जसले धेरै पाएका छन् । ती हुन्, जसले धेरै दिएका छन् ।
जहाँ बुद्धिमान हुन्छन्, त्यहाँ संवाद हुन्छ । जहाँ मूर्ख हुन्छन्, त्यहाँ विवाद हुन्छ । जिब्रो सुध्रियो भने, जीवन सुध्रिन बेर लाग्दैन । हामी भन्ने गर्दछौं, कर्ममा तिम्रो अधिकार छ, फलमा छैन । क्रोध नै तिम्रो शत्रु हो । अर्थात् आफ्नो मित्र र शत्रु दुवै तिमी आफैं हौ । अज्ञानतालाई नष्ट गर्ने उपाय ज्ञान हासिल गर्नु हो ।
एउटा शाश्वत सत्य यो पनि हो, तिम्रा दुई आँखा छन्, दुईपटक हेर । दुईवटा कान छन्, दुईपटक सुन । एउटा मुख छ, एकपटक बोल । कारण, मौन रहनु एउटा ठूलो हतियार प्रयोग गर्नु हो । यो कुरा बुझ, बोल्न बुद्धि भए पुग्छ, मौन रहन बुद्धि र विवेक चाहिन्छ । परिवर्तित होऔं
सबैजना विश्वलाई बदल्नेबारे सोच्छन्, तर आफैंलाई बदल्नेबारे भने कसैले पनि सोच्दैनन् । मूर्खले आफूलाई बुद्धिमान ठान्छ । तर, बुद्धिमानलाई आफू कति मूर्ख छु भन्ने थाहा हुन्छ । मूल कुरा, मान्छे आफ्ना दुःख गन्न रुचाउँछ तर सुख गन्न बिर्सन्छ । महत्वाकांक्षा नभएको बुद्धिमान मान्छे पखेटा विनाको चरा जस्तै हुन्छ ।
असल मानिसको गुण विनम्रता हो । उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर, फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ? असल मानिसको अर्को गुण घमण्ड नगर्ने हो । सबैको एकैनाश कहाँ हुन्छ समुन्नति, अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति । यसैगरी, असल मानिसको गुण शान्त रहने पनि हो । खहरे गडगडाहट सहित बग्छ, नदी सुसाउँदै बग्छ, समुद्र शान्त हुन्छ । यिनै जीवन र जगतका रहस्यहरूको मनन् गरी व्यवहारमा रूपान्तरित हुँदा सम्भवतः ज्ञानी हुने दिशामा अघि बढिनेछ ।
अशोक विश्वकर्मा/दुलेगौँडा । झण्डै ७ बर्ष अघि एक ब्यक्तिको प्रयासले अहिले जिल्लाको शुक्लागण्डकी नगरपालिका योगमय बन्ने बाटोमा अग्रसर छ । २०७३ श्रावणमा बोलबम समुह गठन गरेर धार्मिक कार्यक्रम गर्दै आएका दुलेगौँडाका ऋषेश्वर भुवाईले यो समाजलाई योगसँग जोड्ने योजना बनाएका थिए ।
धार्मिक समुहको नेतृत्व गरिरहेको भुवाईले आफ्नै प्रयासमा योग शिक्षा फैलाएर स्वस्थ्य समाज निर्माण गर्ने प्रण गरेर प्रक्रिया अघि बढाएका थिए । विभिन्न ब्यक्ति र संस्था समक्ष पुगी शुक्लागण्डकीमा योग शिक्षा भित्राउन पहल गरेका भुवाईले आज यसको महत्व नागरिक स्तरमा बढ्दै जान थालेको बताए ।
योग विस्तार गर्ने क्रममा पतञ्जली योग समितिका केन्द्रिय प्रभारी लभदेव मिश्र समक्ष पुगेर योग शिक्षा भित्राएका दावि गर्दै उनले ६ बर्षको अन्तरालमा ८ वटा साधना केन्द्र खुलिसेकेको जानकारी दिए । केही ब्यक्तिहरुको साथ लिएर योग सुरु गरिएको शुक्लागण्डकीमा अहिले विभिन्न केन्द्रमा पाँच सय बढीले योग साधनामा सहभागि हुने गरेको भुवाईले बताए ।
विहानको समयमा गरिने योगले शारिरीक र मानसिक स्वस्थ्यलाई मजबुत बनाउने भएकाले आफु नियमित योग तर्फ आकर्षित भएको ब्यवसायिक बालकृष्ण विक बताउँछन् । उनले पछिल्लो समयमा युवा पुस्ताहरु आध्यात्मिक क्षेत्रबाट विमुख भएको भन्दै त्यसतर्फ अन्यलाई समेत आकर्षण गर्न सकिने उनको भनाई छ । योगले दिर्घजीवन र तनाव मुक्त जीवनका लागि महत्वपुर्ण भूमिका खेल्ने विकको बुझाई छ ।
योग साधनाका लागि स्थानीय सरकारले समेत सहयोग गर्न थालेको छ । जिल्लामा विभिन्न स्थानीय तहको आर्थिक सहयोगमा योगाभ्यास कक्षा समेत सञ्चालन हुने गरेका छन् । नगरपालिका र वडा कार्यालयहरुले योग साधना केन्द्र सञ्चालनका लागि आर्थिक रुपमा नै सहयोग गर्न थालेपछि नागरिकको आकर्षण अझ बढेको योग प्रशिक्षक पार्वती पौडेलले बताईन् । उनले केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने भवन र सामाग्रीहरु संघ संस्था र स्थानीय सरकारको सहयोगमा उपलब्ध हुन थालेको भन्दै खुशी ब्यक्त गरिन् । पौडेले शुक्लागण्डकी नगरपालिकाको प्रत्येक वडामा योग सञ्चालन गर्न आफुहरु प्रयासरत रहेको समेत जानकारी दिइन् ।
छोटो समयमा नै योग प्रतिको आकर्षण बढ्दै जानुमा स्वस्थकर जीवनशैलीका लागि सिप सिक्नु नै हो । अहिले विभिन्न समस्याबाट ग्रसित ब्यक्तिहरु योगा गर्न सहभागि हुने गरेका छन् । शुक्लागण्डकी नगरपालिकाका विभिन्न स्थानमा हुने योगाभ्यासमा टाउको दुख्ने समस्या, ढाड, घुँडा लगायतका समस्या भएकाहरु सहभागि हुने गरेका छन् ।
अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीलाई उनको क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले २ हप्ताका लागि निलम्बन गरेको छ ।
क्लबसँग अनुमति नलिई साउदी अरबको भ्रमण गरेकोमा उनी कारबाहीमा परेका हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार २ हप्ताको निलम्बनमा परेमा उनले पीएसजीका २ वटा खेल गुमाउने छन् ।
पीएसजीसँगको सम्झौता यो सिजनपछि सकिँदै छ । सम्झौता सकिनु र मेसीले सम्झौता नवीकरणको प्रतिक्षा गरिरहेका बेला उनीमाथि कारबाही भएको हो ।
निलम्बनको समयमा क्लबमा प्रशिक्षणसमेत गर्न नपाउने मेस्सीले यो समयको पारिश्रमिक पनि पाउने छैनन् ।
सुर्खेत । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीले नेकपा माओवादीले धोका दिन थालेको गुनासो गरेका छन् । सत्ता साझेदारीमा माओबादीले नेकपा एसलाई बेवास्ता गरेको भन्दै उनले माओबादीप्रति रुष्टता ब्यक्त गरे ।
सुर्खेतमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले माओवादीले पीडा दिएको बताउँदै मर्माहित भएको समेत बताएका हुन् ।
‘हामी गठबन्धन टिक्छ भनिरहेका छौं । टिकाउँछौं भनिरहेका छौं । टिकाउने क्षमता, खुबी र हिस्सेदारी हामीसँग छ भनिरहेका छौं,’ उनले अघि भने, ‘तर हामीलाई पीडा दिने खालको व्यवहार देखिसकेपछि हामी मर्माहत भएका छौं ।’
खासगरी कर्णालीमा आफ्नो पार्टीलाई पूरै बेवास्ता गरिएको भन्दै अध्यक्ष नेपालले माओवादीको व्यवहारप्रति आपत्ति जनाए ।
अशोक विश्वकर्मा /दुलेगौंडा । आठ बर्ष अघि आफैले काटेको रुखमा च्यापिएर दुवै खुट्टा गुमाएका रामबहादुर विकले ह्विल चियर पाउनुभएको छ । लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी टाउनले उहाँको कष्टकर अवस्थालाई सहज बनाउन ह्विल चियर प्रदान गरेपछि विकलाई राहत मिलेको छ ।
घरको आर्थिक अवस्था कमजोर भएपछि ह्विल चियरको अभावमा चार पाउले हिड्न बाध्य विकले सहयोग पाएपछि जीवनमा साहारा मिलेको भन्दै खुशी ब्यक्त गर्नुभयो । चार पाउ टेकेर बजार डुल्दै गर्दा विकले ह्लिव चेयरको आवश्यकता रहेको तनहुँ खबरलाई बताउनुभएको थियो ।
उहाँको समस्याबारे तनहुँ खबरले क्लवका अध्यक्ष विष्णु रानालाई जानकारी दिएपछि सहयोगको व्यवस्था मिलेको थियो । तनहुँको शुक्लागण्डकी नगरपालिका १० का विकले सक्षम हुदाँ सामाजिक सेवामा योगदान पु¥याएपनि असक्षतामा बेसहारा बन्नुपरेको गुनासो गर्दै आउनुभएको थियो ।
बन्दिपुर । तनहुँको बन्दिपुर गाउँपालिका– ५, याम्पा आँधीखोला नजिकै घरमा मालबाहक ट्रक ठोक्किएर दुर्घटना भएको छ । ट्रकलेघरमा ठक्कर दिँदा ७ जना घाइते भएका छन् भने घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
ना४ख १९७३ नम्बरको ट्रकले विद्यार्थीहरू बसेको घरमा गएर ठक्कर दिएको थियो । दुर्घटनामा ४१ वर्षीय चेतबहादुर घर्ती, ७० वर्षीय सनबहादुर भुजेल, ११ वर्षीय आयुष भुजेल, ७ वर्षीया आयुषा भुजेल, १० वर्षीय ईश्वर भुजेल, ८ वर्षीय घैटे भुजेल, १० वर्षीया जस्मी भुजेल, ७ वर्षीय सानुभाइ भुजेल र ३५ वर्षीया शान्ति भुजेल घाइते भएका छन् ।
अहिले सडक अवरुद्ध छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको तनहुँ प्रहरीले जनाएको छ ।
काठमाडौंमा जारी एसीसी प्रिमियर कपको उपाधि नेपालले हात पारेको छ । युएईलाई ७ विकेटले स्तब्ध पार्दै नेपालले उपाधि हात पारेको हो ।
यूएईले दिएको ११७ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा पुरा गरेको थियो । नेपालका लागि गुल्शन झा र भीम सार्कीले उत्कृष्ट साझेदारी गरे ।
२२ रनमै तेस्रो विकेट गुमाएको अवस्थाबाट उकास्दै उनीहरुले नेपाललाई जितसम्म पुर्याएका हुन् । गुल्शनले यूएईविरुद्ध दोस्रो अर्धशतक बनाएका छन् ।
नेपालका तीन ब्याटर दोहोरो अंकमा रन बनाउन नसकी आउट हुँदा गुलसन झाले ८४ बल खेल्दै ३ चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ६७ रनको अविजित इनिङ खेले । भने, भीमले ७२ बल खेल्दा ४ चौकाको मद्दतमा ३६ रन बनाए ।
यूएईका रोहन मुस्तफाले १० ओभरमा ३ मेडन राख्दै १३ रन खर्चिएर सर्वाधिक २ विकेट लिए । भने, आयान अफजल खानले १ विकेट लिए ।
यो जितसँगै नेपालले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा भारत र पाकिस्तानको समूहमा स्थान पक्का गरेको छ ।
१८ वैशाख, काठमाडौं । सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सातबुँदे सहमति भएको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र केन्द्रका अध्यक्ष महावीर पुनबीच भएको वार्तामा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविस्कारसम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्नेलगायतका सहमति भएको छ ।