Author: achyutbc@gmail.com

  • स्याङ्जामा गाडी दुर्घटना हुँदा चालकको मृत्यु ३ जना घाइते

    स्याङ्जामा गाडी दुर्घटना हुँदा चालकको मृत्यु ३ जना घाइते

    पोखरा । जिल्ला समन्वय समिति स्याङ्जाको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पर्वतबाट स्याङ्जा आउँदै गरेको बा. १ झ.५८७८ नम्बरको गाडी बुधवार बेलुकी अर्जुनचौपारी गाउँपालिका-३ खोले दुर्घटना हुँदा चालक वालिङ नगरपालिका-४ एलादीका अन्दाजी ३५ वर्षीय अमृत खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    गाडीमा सवार समितिका समन्वय अधिकारी राजेन्द्रप्रसाद अधिकारी, अम्बिका पौडेल र टीकाराम पौडेल घाइते भएको डीएसपी रवीन्द्र खनालले जानकारी दिए । सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

  • कालिकोटमा जीप दुर्घटना हुदाँ दुईको मृत्यु

    कालिकोटमा जीप दुर्घटना हुदाँ दुईको मृत्यु

    सुर्खेत । कालिकोटको रास्कोट नगरपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका-२ सेरा बजारमा रोकेर राखिएको जिप दुर्घटना भएको हो । ग ३ च ४६१० नम्बरको जीप एक्कासि ब्याक भई सडकबाट ३ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीले जानकारी दिए ।

    दुर्घटनामा रास्कोट नगरपालिका-१ का ४३ वर्षीय मोनबहादुर शाही र उनकी श्रीमती ३६ वर्षीया मनकुमारी शाहीको घटनास्थलमै मृत्यु भएको भने २२ वर्षीया रिता शाही गम्भीर घाइते रहेको उनले जानकारी दिए । उनका अनुसार रिता गर्भवती रहेको र रितालाई थप उपचारका लागि हेलिकप्टर मार्फत प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको छ ।

    जीप सेरा बजारबाट कालिकोट सदरमुकाम मान्मतर्फ जाने क्रममा जीप न्युट्रलमा राखेर चालक गाडी बाहिर रहेको अवस्थामा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी माझीको भनाइ छ । चालकलाई नियन्त्रण लिइएको छ ।

  • विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द

    विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द

    वालिङ। स्याङ्जाको वालिङ-१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ । सुरुका दिनमा केही बालबालिकामा देखिएको सङ्क्रमण फैलँदै जाँदा २३ जना तथा घरका अन्य सदस्यलाई पनि सर्न थालेपछि आउँदो शुक्रबारसम्म विद्यालय बन्द गरिएको छ । बालबालिकाको शरीरमा एकै प्रकारका पानीका फोका आउने, चिलाउने, दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएको छ ।

    विश्व स्वास्थ्य सङ्गठन, गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य कार्यालय स्याङ्जा र गह्रौँ प्राथमिक अस्पताल वालिङबाट चिकित्सकको टोली पुगेर औषधि उपचार गरेको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए । पहिलो पटक परीक्षण गर्दा २३ जनामा देखिएको सङ्क्रमण दर बढ्दै गएपछि गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि कोखे पुगेर नमूना सङ्कलन गरेका हुन् ।

    “ठेउला देखिएको ठाउँमा पुगेर स्वास्थ्यकर्मीको टोलीले घाँटीको स्वाब, छालाको नमूना तथा रगतको नमूना सङ्कलन गरी परीक्षण गर्न काठमाडौँ पठाएको छ”, उनले भने, “लक्षणअनुसार ठेउला भएको प्रारम्भिक परीक्षण हेर्दा सङ्ख्या धेरै भएकाले नमूना परीक्षण गर्न काठमाडौं पठाएका छौँ ।” ठेउला रोगको रोकथाम तथा नियन्त्रण गर्न हावाबाट बच्न र सामाजिक दूरी कायम राख्नसमेत अनुरोध गरिएको शाखा प्रमुख पाण्डेले बताए । दोस्रो पटक जाँच गर्दा थप दश जना बालबालिका तथा समुदायस्तरसम्म सङ्क्रमण फैलिएकाले रोकथाम तथा न्यूनीकरणका लागि स्थानीयलाई सचेत गराइएको उनले भने ।

    ठेउला भाइरसबाट सर्ने सङ्क्रामक रोग हो । विशेष गरी १५ वर्ष उमेर समूहमुनिका बालबालिकामा यो रोग बढी देखिने गर्छ । यसले दीर्घरोगी तथा गर्भवती महिलालाई बढी असर गर्नसक्ने भएकाले समुदायस्तरमा फैलिन नदिन विशेष सावधानी अपनाइएको स्वास्थ्य कार्यालय स्याङ्जाकी प्रमुख वसुन्धरा शर्माले बताए । “सङ्क्रमण फैलिन नदिन सङ्क्रमित बिरामीको सम्पर्कमा नआउने, एउटै लुगा प्रयोग नगर्ने, सरसफाइमा ध्यान दिनुपर्छ”, उनले भने, “एकदेखि दुई हप्तासम्म यसको लक्षण देखिन्छ, एकपटक भएपछि दोस्रो पटक हुँदैन ।” जेठ १४ गतेदेखि सुरु भएको ठेउलाको सङ्क्रमण अहिले सिर्सेकोट जनहित विद्यालय तथा समुदायस्तरमा फैलिएको छ ।

  • महिला स्वास्थ्य स्वंयमसेविकाहरुलाई साइकल वितरण

    महिला स्वास्थ्य स्वंयमसेविकाहरुलाई साइकल वितरण

    विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ६ ले सामुदायिक महिला स्वास्थ्य स्वंयमसेविकाहरुलाई साइकल वितरण गरेको छ । गर्भवती महिलासहित अन्य समस्या भएकाहरूको घरमै पुगेर सेवा प्रदान गर्न सहज होस् भन्ने उद्देश्यले ९ जना स्वास्थ्य स्वंयमसेविकाहरुलाई साइकल वितरण गरिएको वडाध्यक्ष हरिशचन्द्र सहनीले जानकारी दिए । महानगरका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हुमादेवी भट्टराई, मञ्जु बस्नेत, केशकशा कौशर, जेवा खानम, राधादेवी गुप्ता, मदिना खातुन, सञ्जु कामत चौधरी, आशाकुमारी मण्डल र सीमादेवी कामतलाई साइकल प्रदान गरिएको थियो ।

    कार्यक्रममा मेयर कोइराला, वडाध्यक्ष सहनी, वडा सदस्य पन्नालाल राजवंशी, निर्मला कार्की र आशा पासमानले स्वंयमसेविकाहरुलाई हरूलाई साइकल वितरण गरे । मेयर कोइरालाले महिला स्वास्थ्य स्वंयमसेविकाहरुलाई हरुले समुदायमा गएर निस्वार्थ रुपमा काम गरेको बताए । महिला स्वंयमसेविकाहरुलाई हरूको कामको जति नै प्रशंसा गरे पनि कमी हुने मेयर कोइरालाको भनाइ थियो । सो अवसरमा वडाध्यक्ष सहनीले आफूले चुनावको समयमा गरेको प्रतिबद्धताअनुसार साइकल वितरण गरेको जानकारी दिए ।

  • दलित जनप्रतिनिधी महासंघ गठन, शुक्लागण्डकीका राजु सचिव

    दलित जनप्रतिनिधी महासंघ गठन, शुक्लागण्डकीका राजु सचिव

    दुलोगौडा । नेपालका ७५३ स्थानीय तहमा कार्यरत दलित समुदायका जनप्रतिनिधीहरुले ‘दलित जनप्रतिनिधी महासंघ’ गठन गरेका छन् । दलित समुदायबाट निर्वाचित भएका जनप्रतिनिधीको भूमिका प्रभावकारी बनाउन काठमाण्डौमा गत बैशाख ७ र ८ गते सम्पन्न भएको भेलाले महासंघ गठन गर्ने निर्णय गरेको थियो ।

    गत आईतबार जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा भएको दोस्रो भेला मार्फत नीलकण्ठ नगरपालिका धादिङका उपप्रमुख दीपक विश्वकर्मालाई महासंघको अध्यक्ष चयन भएका छन् । महासंघको उपाध्यक्षमा खजुरा गाउँपालिका बाँकेका अध्यक्ष डम्बर विश्वकर्मा र आरूघाट नगरपालिका गोरखाका उपप्रमुख कल्पना नेपाली छन् ।

    महासचिवमा सरमइरानी गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्मा चयन भएका छन् । भेलाले गुर्भाकोट नगरपालिका सुर्खेतका उपप्रमुख मैना बिक उपमहासचिव चयन गरेको छ । महासंघको सचिवमा शुक्लागण्डकी नगरपालिका तनहुँका उपमेयर खुम बहादुर विक राजु चयन भएका छन् । कोषाध्यक्षमा लुम्बिनी संस्कृती नगरपालिका रूपन्देहीका उपप्रमुख कल्पना हरिजन छन् ।

    महासंघमा ७५३ स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष सहित कार्यपालिका सदस्यहरु रहनेछन् । भेलाले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका उप प्रमुख रहने गरि २१ सदस्यीय समिती गठन गरेको शुक्लागण्डकी नगरपालिका उपप्रमुख तथा महासंघका सचिव विकले जानकारी दिए । महासंघमा नगरपालिकाका प्रमुख रहने गरि तीन सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ ।

  • दलित जनप्रतिनिधी महासंघ गठन, शुक्लागण्डकीका राजु सचिव

    दलित जनप्रतिनिधी महासंघ गठन, शुक्लागण्डकीका राजु सचिव

    दुलोगौडा । नेपालका ७५३ स्थानीय तहमा कार्यरत दलित समुदायका जनप्रतिनिधीहरुले ‘दलित जनप्रतिनिधी महासंघ’ गठन गरेका छन् । दलित समुदायबाट निर्वाचित भएका जनप्रतिनिधीको भूमिका प्रभावकारी बनाउन काठमाण्डौमा गत बैशाख ७ र ८ गते सम्पन्न भएको भेलाले महासंघ गठन गर्ने निर्णय गरेको थियो ।

    गत आईतबार जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा भएको दोस्रो भेला मार्फत नीलकण्ठ नगरपालिका धादिङका उपप्रमुख दीपक विश्वकर्मालाई महासंघको अध्यक्ष चयन भएका छन् । महासंघको उपाध्यक्षमा खजुरा गाउँपालिका बाँकेका अध्यक्ष डम्बर विश्वकर्मा र आरूघाट नगरपालिका गोरखाका उपप्रमुख कल्पना नेपाली छन् ।

    महासचिवमा सरमइरानी गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्मा चयन भएका छन् । भेलाले गुर्भाकोट नगरपालिका सुर्खेतका उपप्रमुख मैना बिक उपमहासचिव चयन गरेको छ । महासंघको सचिवमा शुक्लागण्डकी नगरपालिका तनहुँका उपमेयर खुम बहादुर विक राजु चयन भएका छन् । कोषाध्यक्षमा लुम्बिनी संस्कृती नगरपालिका रूपन्देहीका उपप्रमुख कल्पना हरिजन छन् ।

    महासंघमा ७५३ स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष सहित कार्यपालिका सदस्यहरु रहनेछन् । भेलाले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका उप प्रमुख रहने गरि २१ सदस्यीय समिती गठन गरेको शुक्लागण्डकी नगरपालिका उपप्रमुख तथा महासंघका सचिव विकले जानकारी दिए । महासंघमा नगरपालिकाका प्रमुख रहने गरि तीन सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ ।

  • प्रकाश सपुतले ‘बोल माया’को दोस्रो भाग ‘दमाई महाराज’ ल्याउने

    प्रकाश सपुतले ‘बोल माया’को दोस्रो भाग ‘दमाई महाराज’ ल्याउने

    काठमाडौं । ‘बोल माया’ प्रकाश सपुतको चर्चित गीत हो । नारायण रायमाझी, शान्तिश्री परियार र स्वयं प्रकाशकै स्वर रहेको यो गीतले प्रकाश सपुतलाई नेपाली सांगीतिक क्षेत्रमा जबर्जस्त स्थापित गरायो । अडियो र भिडियो दुबैमा अब्बल मानिएको यो गीतपछि प्रकाश सपुतले पछाडि फर्केर हेर्नुपरेको छैन । उनका एकपछि अर्को गीतले चर्चा र सफलता पाइरहेका छन् ।

    अब भने प्रकाश सपुत आफ्नो लोकप्रिय गीत ‘बोल माया’ दोस्रो भाग ल्याउने तयारीमा लागेका छन् । उनले नयाँ गीतको शीर्षक जुराएका छन्, ‘दमाई महाराज’ । उनले यस विषयमा सामाजिक सञ्जालबाट जानकारी दिंदै २०८० साललाई जातीय विभेदविरुद्धकोे वर्षका रुपमा आफूले मनाउने निणर्य गरेकाले सोही अनुसारका सिर्जना ल्याउने उल्लेख गरेका छन् ।

    ‘बाध्यताले अरब जाने र दुर्भाग्यवश काठको बाकसमा फर्किनेको विरक्तलाग्दो कथा थियो, बोल माया । संयोगवश अहिले अरब (दुबई)मा छु र यहींबाट बोल माया-२ को टाइटल अनाउन्समेन्ट गर्दैछु,’ फेसबुकमा प्रकाशले लेखेका छन् ।

    प्रकाश अगाडि लेख्छन्, ‘जातीय जरा यति जगडिएको छ कि बलात्कारजस्तो संवेदनशील विषयलाई पनि जातीय प्रतिष्ठा जोगाउन प्रयोग गरिएको जस्तो देखिन्छ । बलात्कृत हुनु र जातीय अपमान भोग्नु यी दुवै अत्यन्तै गम्भीर र असह्य कुरा हुन् तर जातीय अहंकारकै कारण एकातर्फ प्रभात बोसेलहरु जेल बसिरहेका छन भने अर्कोतर्फ बलात्कृत भनिएकाप्रति पनि हाम्रो संवेदना देखिंदैन । कस्तो विरोधाभाष निर्माण भइरहेको छ । हाम्रो कानुन, हाम्रो समाज, हाम्रो चेतना र संवेदना अब स्पष्ट हुन जरुरी छ ।’

    प्रकाशले बोल माया-२ ले अन्धविश्वास र जातप्रथाको गलत चेतनास्तरमाथि प्रश्न गर्ने बताएका छन् ।

  • कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ

    कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ

    काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीका लागि कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका-१ घर भई हाल काठमाडौंमा बस्दै आएका ४६ वर्षीय शेरबहादुर तामाङ र झापाको दमक नगरपालिका-१० घर भई हाल काठमाडौं बस्दै आएकी ४५ वर्षीया मुनादेवी कार्की रहेका छन् ।

    तामाङले खुमबहादुर रानालाई वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै रु पाँच लाख ठगी गरेको आरोपमा आज नयाँबानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसैगरी, कार्कीले उमेश श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै रु चार लाख ५० हजार ठगी गरेको आरोपमा प्रहरीले बबरमहलबाट पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।

  • नेता रसाईलीलाई एमालेको महत्वपूर्ण जिम्मेवारी

    नेता रसाईलीलाई एमालेको महत्वपूर्ण जिम्मेवारी

    दुलेगौँडा । नेकपा एमालेकी केन्द्रिय सदस्य तथा शुक्लागण्डकी नगरपालिकाकी निवर्तमान उपमेयर सविता रसाईलीले पार्टीको महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेकी छन् ।

    उनलाई नेकपा एमालेले तनहुँ निर्वाचन क्षेत्र २ मा ईन्चार्जको जिम्मेवारी तोकेको छ । यस्तै तनहुँ जिल्लामा नेकपा एमालेको ईन्चार्जको जिम्मा नवलपुरका तिलक महत क्षेत्रीलाई प्रदान गरिएको छ । पूर्व सांसद तथा पार्टीका केन्द्रिय सदस्य समेत रहेको महतले तनहुँमा ईन्चार्जको जिम्मेवारी पाएसँगै तनहुँ जिल्ला ईन्चार्ज तथा पार्टीका पोलिटब्यूरो सदस्य टुकराज सिग्देललाई स्याङ्जा जिल्लाको ईन्चार्ज तोकिएको छ । सिग्देल संविधान सभा सदस्यका साथै पूर्व सांसद समेत हुन् ।

    यस्तै नेकपा एमालेले तनहुँ निर्वाचन क्षेत्र १ को ईन्चार्ज भने नेकपा एमालेकी केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई बनाएको छ ।

  • बस दुर्घटनामा परि ८ जना घाइते

    बस दुर्घटनामा परि ८ जना घाइते

    महोत्तरी । महोत्तरीको बर्दिबास ११ पूर्वपश्चिम राजमार्गको शिव चोकनजिक काठमाडौँबाट राजविराज तर्फ जाँदै गरेको ना ६ ख १८८२ नं को शिव शक्ति बस आज बिहान दुर्घटना हुँदा ८ जना घाइते भएको छन् ।

    प्रहरीका अनुसार घाइते हुनेमा सप्तरी नर्वे ३ का ३० वर्षीय फूल कुमार पासवान, सिराहा नरहा १ का २४ वर्षे नागेश्वरी महतो, कल्याणपुर ६ का ४५ वर्षीय डोमा दास, कर्जनाहा ३ का २१ वर्षीय रामबिनय दास, २० वर्षीय मन्दिप महतो, २१ बर्से मिथलेस दास र सिराहा गोलबाजार ६ का २७ वर्षीय राजु सदा छन् ।

    घाइतेहरूलाई बर्दिबास स्थित ट्रमा सेन्टर भर्ना गरिएको छ । बर्दिबासस्थित इलाका प्रहरीका अनुसार सडक छेउमा बिग्रिएर बसेको प्रदेश २.०१.००१ख ०२२१ नं को ट्रकमा बिहान छ बजेतिर ठोकिदा दुर्घटना भएको हो । बसमा रहेका २२ यात्रु मध्ये अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।