Loading
Please select listing to show.
Please select listing to show.
Please select listing to show.

गर्मिबढेसँगै तनहुँमा पनि बन्द हुन थाले विद्यालय

गर्मिबढेसँगै तनहुँमा पनि बन्द हुन थाले विद्यालय

दुलेगौँडा । बढ्दो तापक्रमका कारण तनहुँका विद्यालयहरु समेत बन्द हुन थालेका छन् । विद्यार्थीमा टाउको दुख्ने, ज्वरो आउने लगायतका समस्या देखिन थालेसँगै जिल्लाका व्यास नगरपालिका, देवघाट गाउँपालिका, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकामा विद्यालयहरु बन्द हुन थालेको हो ।

शुक्लागण्डकी नगरपालिका २ एक्लेखेतमा रहेको हंशबाहिनी माध्यमिक विद्यालयले विद्यार्थीहरुको स्वास्थ्यमा समस्या देखिनुका साथै पानीका मुलहरु सुकेर पानीको ब्यवस्थापन गर्न नसकिएकाले आगामी आईतबारसम्म विदा दिने निणर्य गरेको हो । विद्यालयका प्रधानाध्यापक विजयराज पौडेलले बर्षे विदामा कटौती हुने गरि विदा दिइएको विज्ञप्ती मार्फत जनाएका छन् ।

शिक्षा समन्वय इकाई तनहुँका अनुसार जिल्लाका विभिन्न पालिका मार्फत विद्यालय बन्द गरिएको जानकारी प्राप्त भएको जनाएको छ । इकाई प्रमुख बसन्तराज पौडेलले भौतिक संरचनाहरु गर्मि थेग्न नसक्ने विद्यालयहरुले विदा दिएपनि ब्यवस्थापन राम्रा भएका विद्यालयहरुमा भने अध्यन अध्यापन भईरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार