Loading
Please select listing to show.
Please select listing to show.
Please select listing to show.

सुशासनबाटै देश समृद्धितर्फ अघि बढ्छः सांसद रत्नकुमारी थापा

सुशासनबाटै देश समृद्धितर्फ अघि बढ्छः सांसद रत्नकुमारी थापा

कैलाली । प्रतिनिधिसभा सदस्य रत्नकुमारी थापाले देशको समृद्धिका लागि सुशासन अपरिहार्य रहेको बताएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘हामी आउँदैछौँ’ अभियानअन्तर्गत बिहीबार कैलालीको गोदावरी नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै उनले सुशासन कायम नगरी मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन नसकिने बताइन् ।

सांसद थापाले वर्तमान सरकारले सुशासन प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गरिन् । नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय तहबाटै सुशासनको प्रभावकारी अभ्यास सुरु हुनुपर्नेमा उनले जोड दिइन् ।

उनले देशभरका ७५३ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाएर सरकारले स्थानीयस्तरबाट सुशासनको अभ्यास अघि बढाएको उल्लेख गरिन् ।

स्थानीय तह नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिने सरकारको सबैभन्दा नजिकको निकाय भएकाले त्यहाँबाट प्रवाह हुने सेवा पारदर्शी, प्रभावकारी र नागरिकमैत्री हुनुपर्ने उनको भनाइ थियो।

सुशासनले सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउनुका साथै नागरिकमा राज्यप्रतिको विश्वास बढाउने उल्लेख गर्दै सांसद थापाले मुलुकको आर्थिक तथा सामाजिक समृद्धिका लागि सुशासनलाई व्यवहारमै कार्यान्वयन गर्नुपर्ने धारणा राखिन् ।

कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै अघि सारेको ‘उम्मेदवार क्लब’को अवधारणाबारे समेत जानकारी गराइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार