Loading
Please select listing to show.
Please select listing to show.
Please select listing to show.

विद्यार्थी राजनीतिबाट सक्रिय भरत बटाला कांग्रेस महाधिवेशन प्रतिनिधिमा चयन

विद्यार्थी राजनीतिबाट सक्रिय भरत बटाला कांग्रेस महाधिवेशन प्रतिनिधिमा चयन

 

      अछाम — नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भरत कुमार बटाला महाधिवेशन प्रतिनिधिमा चयन हुनुभएको छ। विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गर्नुभएका बटालाले संगठनका विभिन्न जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ।

२०५२ सालमा नेपाल विद्यार्थी संघ, विद्यामन्दिर उच्च माध्यमिक विद्यालयको अध्यक्ष बन्नुभएका बटालाले नेविसंघ अछाम जिल्ला उपसभापति, नेविसंघ अछाम–काठमाडौं सम्पर्क समितिको सभापति तथा नेपाल तरुण दल सेती अञ्चल सदस्यको जिम्मेवारी सम्हालिसक्नुभएको छ।

माओवादी द्वन्द्वकालमा विस्थापित हुनुभएका बटाला तत्कालीन राजा ज्ञानेन्द्रको प्रतिगमनविरुद्धको आन्दोलनमा सहभागी हुँदा पटकपटक पक्राउ पर्नुभएको थियो। विस्थापन र गिरफ्तारीका बीच पनि उहाँले राजनीतिक सक्रियतालाई निरन्तरता दिनुभएको थियो।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएका बटाला नेपाली कांग्रेसको १२औँ महाधिवेशनदेखि निरन्तर क्षेत्रीय प्रतिनिधिका रूपमा सक्रिय रहँदै आउनुभएको छ। उहाँ अहिले पार्टीको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा चयन हुनुभएको हो।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार