Category: अर्थ

  • बढ्यो सुनको मुल्य

    बढ्यो सुनको मुल्य

    काठमाडौं । सुनको भाउ पछिल्ला दिनमा झन् बढ्न थालेको छ । आज सुन अहिलेसम्मकै महँगिएको छ । शुक्रबार छापावाल सुन तोलामा ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ३ सय रूपैयाँ कायम भएको छ । नेपाली बजारमा प्रतितोला सुनको मूल्यमा यो नयाँ रेकडर्ड हो । बिहीबार १ लाख १२ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै आज तेजाबी सुन एक लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी तोलामा २५ रूपैयाँले वृद्धि भई १ हजार ४३५ रूपैपयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हालै सार्वजनिक बजेटले सुनमा भन्सार दर ५ प्रतिशत बढाएसँगै भाउ झन् आकाशिएको हो ।

  • बजेटमा कृषिका नयाँ कार्यक्रमहरु

    बजेटमा कृषिका नयाँ कार्यक्रमहरु

    काठमाडौँ- सरकारले कृषि क्षेत्रमा गरेको लगानी अनुसारको प्रतिफल नपाइरहेका बेला केही नयाँ कार्यक्रमको घोषणा गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि रु ५८ अर्ब ९८ करोड बजेट विनियोजन गरिएको बताए ।

    गत आर्थिक वर्षसम्म कूल गार्हस्थ्य उत्पादन (जिडिपी)मा २४ दशमलव ७ प्रतिशत रहेको कृषि क्षेत्रको योगदान चालु आर्थिक वर्षमा आइपुग्दा २४ दशमलव १ प्रतिशतमा झर्ने अनुमान सार्वजनिक भइसकेको छ । सरकारले ल्याएका कार्यक्रमबाट आगामी वर्ष जिडिपीमा कृषि क्षेत्रको योगदान बढ्ने सरकारको अपेक्षा छ ।

    चालु आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गत रु ५५ अर्ब ९७ करोड बजेट विनियोजन गरिएको थियो । आगामी वर्ष यसको आकार तीन अर्बले बढेर ५८ अर्ब ९८ करोड पुगेको छ ।

  • सरकारद्धारा चिनु गुरुङ्गलाई उत्कृष्ट महिला उद्यमीको सम्मान

    सरकारद्धारा चिनु गुरुङ्गलाई उत्कृष्ट महिला उद्यमीको सम्मान

    पोखरा ।  वरिष्ठ सौन्दर्य व्यवसायी चिनु गुरुङलाई गण्डकी प्रदेशवाट महिला उद्यमशितलामा अतुलनिय योगदान पु¥याएको भन्दै नेपाल सरकारले सम्मान गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘पाचौँ राष्ट्रिय महिला अधिकार दिवस’को अवसरमा गण्डकी प्रदेशबाट सौन्दर्य व्यवसायी चिनु गुरुङ पुरस्कृत भएकी हुन् । उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत सम्मान गरिएको हो ।

    महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सातै प्रदेशका अगुवा महिला उद्यमीलाई काठ्माण्डौमा पुरस्कृत गरेको थियो । रोजगारी सृजना, स्वरोजगार अभियान्ता, महिला उद्यमशिलता र आर्थिक समृद्धिमा अतुलनिय योगदान पु¥याएको भन्दै सम्मान गरेको हो । पुरस्कारको राशी नगद रु १ लाख रुपैयाँ रहेको छ ।

    महिलाहरु पनि आत्मनिर्भर हुनु पर्छ भन्दै २०५२ सालदेखी सौन्दर्यकर्मको संघर्षमा निस्केकी चिनुले आजका मिती सम्ममा तीन हजार भन्दा वढी गृहिणी तथा युवायुवतीहरुलाई आवस्यकता अनुसार निशुल्क र सशुल्क तालिम दिई सकेकी छन् । सौन्दर्यको वजारमा एक हजार भन्दा वढी त अहिले उनैको तालिम मार्फत् प्रेरणा पाएर स्वरोजगार भएका छन् । जसमा ७ हजार भन्दा वढीले स्वदेश तथा बिदेशमा रोजगार पाएका छन् ।
    सुरुवाती अवस्थामा पोखराको पृथ्वीचोकवाट व्यवसाय संचालन गरेकी चिनुले हाल गुरुङ्ग व्यटिपार्लर एण्ड एकेडेमी प्रा लिको रुपमा पोखराकै न्यूरोडमा मुख्य कार्यालय वनाएर संचालन गरेकी छन् भने पोखरा भित्र र प्रदेशका अन्य जिल्लाहरुमा पनि शाखा विस्तार गरि सेवा दिने र तालिम प्रदान गर्ने काम गरेकी छन् ।

    उनि नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशको महिला अध्यक्षका रुपमा रहेकी छन् भने थुप्रै सामाजिक संघसस्थामा रहेर समाजसेवामा पनि आवद्ध छन् । सम्मानपछि वोल्दै गुरुङ्गले भनिन्–“सौन्दर्य व्यवसायलाई पुस्तान्तरित व्यवसायका रुपमा विकास गरिनु पर्छ । महिलाहरु अव सधै माग्ने मात्रै होईन दिने हैषियतमा आफुलाई विकास गर्नु पर्छ ।” नेपाली वस्तुको उत्पादन गरि आयात प्रतिस्थापन गर्ने अभियानमा रहेकी चिनु स्वरोजगारलाई देश समृद्धिको आधार मान्ने गरेकी छन् ।

  • कृषि उपजको बजारीकरण गर्न थप्रेकमा अन्तरक्रिया

    कृषि उपजको बजारीकरण गर्न थप्रेकमा अन्तरक्रिया

    ममता गुरुङ । महिला उद्यमी संघ शुक्लागण्डकी नगर  इकाई समिति र शुक्लागण्डकी–१  थप्रेक काप्रेकका कृषक महिला दिदीबहिनीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    सोमबार काप्रेकस्थित टोल भवनमा भएको अन्तरक्रियामा महिला सशक्तिकरण, सीप अभिवृद्धि तथा उत्पादित उपजको बजारीकरणको विषयमा छलफल भएको थियो । स्थानीय महिला भुमाया गुरुङले आफुहरुले उत्पादन गरेको बस्तुले बजार पाउनै मुस्किल भएको गुनासो राखिन् । काप्रेक दिदीबहिनी समूहकी सचिव दानुमाया गुरुङले चुलोचौकोमा सिमित महिलाहरुलाई आत्मनिर्भर बनाउन अहिले विदेशी सस्था हेफरले सहयोग गरेको जानकारी दिदै महिला उद्यमी समितिको पनि आफुलाई सहयोग रहने अपेक्षा गरिन् ।

    काप्रेकमा बोडि, मह, मास, घिउ, अदुवा, बेसार, कोदो, मकै र अकबरे खुर्सानी उत्पादन हुने गरेको छ । सो अवसरमा उद्यमी समितिकी अध्यक्ष तुलसा शाहले महिलाहरुलाई आत्मनिर्भरको बाटोमा अगाडि बढ्न सुझाव दिइन् । उनले जमिन बाँझो नराखी मेहनत गर्न आग्रह गर्दै उत्पादन भएका कृषिबस्तुको बजारीकरणमा उद्यमी समितिले सहयोग गर्ने प्रतिवद्धता जनाएकी थिइन् ।

    शुक्लागण्डकी – १ की वडा सदस्य लक्ष्मी भण्डारीले उद्यमी समितिले दिएको सुझावहरु निकै उपयोगी रहेको बताउँदै वडाका महिलाहरुको आर्थिक अवस्था सुधारका लागि वडाले पनि सीपयुक्त कार्यक्रम गर्ने बताइन् ।

    महिला उद्यमी समितिले ग्रामिण भेगका महिलाहरुको आर्थिक तथा सामाजिक सहभागीताबारे बुझ्दै बजारीकरणमा सहयोग पु¥याउने गरेको छ । समिति गठन भएपछिको यो पहिलो कर्यक्रम भएको सचिव सपना पराजुलीले बताइन् । नगरभरिका महिलाहरुलाई आत्मनिर्भर बन्दै जिवनस्तर उकास्नको लागि कृषक दिदीबहिनीलाई हरेक प्रयासमा सहजीकरण गर्न समितिले पुलको भुमिका निर्वाह गर्ने जानकारी दिइन् ।
    कार्यक्रममा काप्रेक आमा समूहकी अध्यक्ष कृष्णमाया गुरुङ, स्थानीय अगुवा निशादेवी पौडेल, उद्यमी महिलाहरुको सहभागीता रहेको थियो । समितिले महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि प्रोत्साहन गर्ने उद्धेश्य लिएको छ । समितिका अनुसार नगरको अन्य वडाहरुमा पनि यस किसिमको कार्यक्रमहरु संचालन हुनेछ ।

  • विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर

    विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर

    काठमाडौं । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा १० हजार कर लाग्ने भएको छ । अन्य स्मार्टफोनमा तीन हजार र स्मार्टफोन बाहेकका अन्य मोबाइलमा दुई सय कर लाग्ने व्यवस्था सरकारले ल्याएको छ । २०८० जेठ १५ गतेसम्म प्रयोगमा रहेका तर नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमइस) प्रणालीमा दर्ता नभएका मोबाइल फोन सम्बन्धित प्रयोगकर्ताले फोनसेटको आइआएमईआई नम्बरसमेत उल्लेख गरी एकमुष्ट महसुलबापत यस्तो कर बुझाउनुपर्नेछ ।

    ‘आइफोन र एक लाखभन्दा बढी मूल्यका लागि प्रतिसेट १० हजार, अन्य स्मार्टफोनका लागि तीन हजार र स्मार्ट मोबाइल फोनसेट बाहेकका अन्य साधारण मोबाइल फोनसेटका लागि प्रति फोनसेट दुई सय कर लाग्नेछ’ आर्थिक विधेयक २०८० मा भनिएको छ । तर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई छ महिनाभन्दा बढी अवधि विदेशमा बसेर फर्केका नागरिकले सोको प्रमाण पेस गरेमा त्यस्ता व्यक्तिले प्रयोग गरेमा एक थान मोबाइल फोन दूरसञ्चार प्राधिकरणले निःशुल्क दर्ता हुनेछ ।

    त्यस्तै, सरकारले वैदेशिक रोजगारीमा जानेलाई एक प्रतिशत सेवा शूल्क लगाएको छ । ‘वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतप्राप्त व्यक्तिले वैदेशिक रोजगारीमा जाने व्यक्तिबाट असुल गरेको रकमबाट एक प्रतिशतका दरले वैदेशिक रोजगार सेवा शुल्क दाखिल गर्नुपर्नेछ, आर्थिक विधेयकमा भनिएको छ ।

    त्यस्तो रकम वैदेशिक रोजगारमा जाने व्यक्तिको हितमा खर्च गरिने आर्थिक विधेयकमा उल्लेख छ । यस्तो सेवा शुल्क वैदेशिक रोजगार व्यवसायीले हरेक महिनाको २५ गतेभित्र राजस्व खातामा जम्मा गरी सोको विवरण सम्बन्धित राजस्व कार्यालयमा पठाइ सक्नुपर्नेछ । यस्तो शुल्क दाखिल नगरेमा १५ प्रतिशतका दरले ब्याज लगाई असुल गरिने आर्थिक विधेयकमा उल्लेख छ ।

  • संसदबाट आगामी बर्षको बजेट पारित

    संसदबाट आगामी बर्षको बजेट पारित

     काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले बजेट पारित गरेको हो ।

    सरकारले पारित गरेको बजेट आज बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गर्दै छन् ।यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो ।

    जेठको १५ गते नै बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था छ । आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको बजेटभन्दा नबढेर आउने छ । यसअघि सरकारले यही जेठ ५ गते नीति तथा कार्यक्रम ल्याएको थियो । उक्त नीति तथा कार्यक्रम गत शनिबार पारित भएको थियो । बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर लगायतको सहभागिता रहने प्रचलन छ ।

  • कोशी प्रदेश ः बाहिर झडप, भित्र संसद बैठक

    कोशी प्रदेश ः बाहिर झडप, भित्र संसद बैठक

    १४ जेठ, विराटनगर । कोशी प्रदेशस सभाको दोस्रो तथा बजेट अधिवेशनको पहिलो बैठक सुरु भएको छ । प्रदेशको नामाकरणपछि असन्तुष्ट समूहसँग तत्काल वार्ता गरी समस्या समाधान गर्न बैठकको शून्य समयमा बोल्ने सांसदहरुले सरकारलाई आग्रह गरेका छन् ।प्रदेशसभा भवन बाहिर भने प्रहरी र पहिचान पक्षधरका कार्यकर्ताबीच झडप भइरहेको छ ।

    प्रदेशसभा भवन बाहिर कोशी प्रदेशको विरोधमा उत्रिएका पहिचानवादी र प्रहरीबीच झडप भएको हो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका छन् । प्रहरी प्रदर्शनकारीमाथि अश्रुग्यास पानीको फोहोरा प्रहार गरेको छ । प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज पनि गरेको छ । प्रहरी र प्रदर्शनकारीबीचको झडपका कारण विराटनगरको देवकोटा चोक र आसपासको क्षेत्र दिउँसो १ बजेदेखि तनावग्रस्त बनेको छ ।

  • ‘विश्व अर्थतन्त्रमा आएको मन्दीको मार नेपालमा पनि’

    ‘विश्व अर्थतन्त्रमा आएको मन्दीको मार नेपालमा पनि’

    १४ जेठ, काठमाडौं । विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको सरकारले बताएको छ ।

    आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् । जसका कारण चालु आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत सिमित हुने सरकारको अनुमान छ ।

    मागमा आएको कमीले स्रोत व्यवस्थापनमा पनि दबाब सिर्जना भएको अर्थ मन्त्री डा. महतले बताए । पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले समग्र मूल्यमा दबाब परेको भन्दै उनले यस्तो अवस्था क्रमशः कम हुँदै गएको समेत बताए ।

  • केन्द्रीय बैंकले २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने

    केन्द्रीय बैंकले २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने

    काठमाडौँ- नेपाल राष्ट्र बैंकले रु २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको टे्रजरी बिल बिक्री गर्न लागेको हो ।

    यही जेठ १४ गते आइतबार बोलकबोल गरिने जनाइएको छ । यसअघि यही जेठ ८ गते पनि केन्द्रीय बैंकले रु ३४ अर्ब २० करोड बराबरको टे्रजरी बिलको बोलकबोल प्रक्रियामार्फत बिक्री गरेको थियो ।

    पछिल्लो पटक बिक्री गर्न लागिएको टे्रजरी बिल २८ दिने अवधिदेखि तीन सय ६४ दिने अवधिसम्मको छन् । आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले उक्त टे्रजरी बिल बिक्री गर्न लागेको हो ।

    केन्द्रीय बैंकका अनुसार हाल टे्रजरी बिलको अल्पकालीन ब्याज सात दशमलव ९१ प्रतिशत बराबर रहेको छ । यस्तै तीन सय ६४ दिनको ब्याज भने आठ दशमलव ८० प्रतिशत बराबर छ । अन्तरबैंक ब्याजदर भने सात प्रतिशत बराबर छ ॥

  • नागढुङ्गा सुरुङमार्ग: अनुगमनमा उच्च सरकारी अधिकारी

    नागढुङ्गा सुरुङमार्ग: अनुगमनमा उच्च सरकारी अधिकारी

    काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका उच्च अधिकारीसहितको टोलीले आज नागढुङ्गा सुरुङमार्गको अनुगमन गरेको छ । उक्त टोलीले आजै नागढुङ्गा-मुग्लिन सडक विस्तार आयोजनाको कामका बारेमा समेत स्थलगत अनुगमन गरिरहेको छ । टोलीले मुग्लिनसम्म पुगेर सडकको अवस्थाबारे जानकारी लिने बताइएको छ । अनुगमनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको समेत सहभागिता रहेको छ ।

    सो क्रममा मन्त्री ज्यावाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिएका थिए । सुरुङमार्गको मुख्य टनेल छ सय मिटर र रेस्क्यु टनेल दुई सय मिटर खन्न बाँकी छ । आउँदो दशैँसम्म मुख्य टनेल जोडिसक्ने र रेस्क्यु टनेल छिट्टै जोड्ने तयारी छ । आउँदो डेढ वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्ररूपमा अघि बढाइएको सुरुङमार्गको कन्सल्ट्यान्टतर्फका इञ्जीनियर रमेश कोइरालाले जानकारी दिए ।

    सुरुङमार्गको २०७६ कात्तिकमा शिलान्यास गरिएको थियो । यसको लम्बाइ दुई दशमलव ६८ किलोमिटर छ । यहाँ नौ मिटर र चार मिटरका दुई सुरुङ निर्माण भइरहेका छन् । कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको निर्माण अवधि एक वर्ष थपिएको हो ।