Category: समाज

  • चितवनको इच्छाकामना माईको मन्दिर पुनःनिर्माण सम्पन्न

    चितवनको इच्छाकामना माईको मन्दिर पुनःनिर्माण सम्पन्न

    इच्छाकामना । चितवनको इच्छाकामना गाउँपालिका ५ मा अवस्थित एतिहासिक धार्मिक स्थल इच्छाकामना माइ मन्दिरको पुन ः निर्माण कार्य सम्पन्न भएको छ । ढुङ्गा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर मन्दिर निर्माण गरिएको हो ।
    मन्दिर निर्माण सम्पन्न भएसगैँ विधिवत रुपमा पुजाआजा गरि बिहिबार समुद्घाटन गरिएको छ । मन्दिरको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले एक कार्यक्रमका बिच उद्घाटन गरेको हो । नयाँ मन्दिरको समुद्घाटनसँगै बिहिबार देखि नै मन्दिरभित्रबाट पुजा आजा पनि सुरु गरिएको छ । यस अघि मन्दिर पुन ः निर्माणको क्रममा भक्तजनहरुलाई मन्दिर बाहिर निर्माण गरिएको इच्छाकामना माताको प्रतिमामा पुजाआजा गर्ने व्यवस्था मिलाइएको थियो । अब भने भक्तजनहरुले भित्रैबाट पुजा गर्न पाइने छ ।
    मन्दिरको समुद्घाटन गर्दै गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले मन्दिरको प्रचार प्रसारमा जोड दिइने बताए । यहाँ खानेपानीको व्यवस्था समेत भइसकेको बताउँदै आवश्यक पुर्वाधारहरु निर्माण गर्दै जाने बताए । इच्छाकामना गाउँपालिका पर्यटकीय सम्पदाले भरिपूर्ण रहेको भन्दै उनले प्रचारप्रसारलाई जोड दिइने बताए । “मन्दिरमा खानेपानीको व्यवस्था गरिएको छ, जमिन संरक्षण र प्रवेशद्वार निर्माणलाई पनि गाउँपालिकाले प्राथमिकतामा राखेको छ, गाउँपालिकाले प्रचारप्रसारमा पनि जोड दिइने छ ,मनकामकामना मन्दिर आउने भक्तजन पर्यटकहरुलाई इच्छाकामनासम्म आउने गरी ल्याउने व्यवस्थ गर्नेछ ।’ –उनले भने ।
    यस्तै सुन्तलाको बगैँचाको अवलोकन गर्दै मन्दिर सम्म यात्रा गर्न सकिने र मन्दिर परिसर वरपर फागुन चैतमा ढकमक्क फुल्ने लाली गुराँसले पर्यटहरुलाई लोभ्याउने उनले बताए । बागमती प्रदेश सरकार, इच्छाकामना गाउँपालिका, स्थानीयको श्रमदान र चन्दादाताहरुको सहयोगमा २ करोड ४१ लाख ८८ हजार ८१ रुपैयाँ लागतमा मन्दिर पुनः निर्माण कार्य सम्पन्न भएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका उपाध्यक्ष यान बहादुर गुरुङले बताऐ ।
    कोरोना महामारी र काठको अभावका कारण मन्दिर पुन ः निर्माण कार्य ढिला गरि सम्पन्न भएको मन्दिर समितिका अध्यक्ष रामप्रसाद बोहोराले बताए । उनका अनुसार मन्दिरको वि.सं २०७५ असार ७ गते शिलान्यास गरेर काम सुरु भएको थियो । तत्कालिन बागमती प्रदेश प्रमुख अनुराधा कोइरालाले मन्दिर पुनः निर्माणको शिलान्याश गरेको थियो ।
    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माया सिलवाल, गाउँपालिका पूर्वअध्यक्ष गीता कुमारी गुरुङ, प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुषाल, वडाध्य लगायत जनप्रतिनिधिहरु, विभिन्न राजनिति दलका प्रतिनिधि, कर्मचारी सञ्चारकर्मी लगायत स्थानियको पनि उपस्थिति रहेका थिए । कार्यक्रममा मन्दिर निर्माणका लागि सहयोग गर्ने व्यक्तित्वहरुलाई फुलको मला लगाएर प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियो ।
    गोरखाको सहिद लखन गाउँपालिकाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे इच्छाएको पूरा हुने धार्मिक विश्वास छ । मनकामना माईको सात दिदीबहिनीमध्ये एक बहिनी इच्छाकामना रहेकोे मन्दिरका पुजारी हर्कबहादुर गुरुङले बताए । मन्दिरसम्म सडक पुगेसगैँ केही बर्षयता भक्तजनहरुको आवागमनमा वृद्वि भएको पुजारी गुरुङले जानकारी दिऐ । प्रत्येक वर्ष मङ्सिरको ठूलो एकादशीपछि पञ्चमी तिथिमा इच्छाकामनामा ठूलो मेला लाग्छ । इच्छाकामना मन्दिर समुद्री सतहदेखि एक हजार आठ सय मिटरको उचाइमा रहेको छ ।

  • क्यान्सर पिडित बालिकालाई बुहारी संघको सहयोग

    क्यान्सर पिडित बालिकालाई बुहारी संघको सहयोग

    दुलेगौँडा । सामाजिक कार्यमा अग्रसर हुदै आएको मेचि महाकाली बुहारी संघ तनहुँ र सन नेपाल लाईफ ईन्स्युरेन्सले संयुक्त रुपमा व्लड क्यान्सरबाट पीडित बालिकालाई सहयोग गरेको छ ।

    जिल्लाको भिमाद नगरपालिका ९ भाटडाँडाकी चार बर्षीय विना क्षेत्रीलाई संघले २७ हजार पाँच सय रुपैयाँ उलपब्ध गराएको हो । तीन महिना अघिदेखि ब्लड क्यान्सरको उपचार गराईरहेकी क्षेत्री परिवारलाई आम्दानीको स्रोत नभएकै कारण उपचारमा समस्या भएको जानकारी प्राप्त भएपछि सहयोग गरिएको संघकी सदस्य सिर्जना खनालले जानकारी दिइन् ।

    संघकी जिल्ला अध्यक्ष लक्ष्मी भण्डारीको उपस्थितीमा पीडित बालिकाको बुवा टकबहादुर क्षेत्रीलाई सहयोग रकम उपलब्ध गराइएको थियो । बालिकाको काठमाण्डौँ स्थित कान्ति बाल अस्पतालमा उपचार भईरहेको बुवा टकबहादुरले बताए ।

    बालिकाको स्वास्थ्य अवस्था बुझ्नुका साथै सहयोग उपलब्ध गराउन संघका तर्फबाट अध्यक्ष भण्डारी सदस्य खनाल सहित सुस्मा लम्साल, सुकु श्रेष्ठ, सवि सिग्देल, मनिमा गुरुङ, निसा लम्साल लगायत पुगेका थिए ।

    देशभर बुहारीहरुको सञ्जाल विस्तार गर्दै गएको संघले स्वास्थ्य, र शिक्षा लगायतका क्षेत्रमा देखिएका समस्याहरुलाई न्यूनिकरण गर्न विभिन्न कार्यक्रमहरु गर्ने गरेको छ ।

  • गुल्मीका नर्सरीमा उत्पादित बिरुवाहरुलाई बजारीकरणको समस्या

    गुल्मीका नर्सरीमा उत्पादित बिरुवाहरुलाई बजारीकरणको समस्या

    गुल्मी- गुल्मीका नर्सरीमा उत्पादित बिरुवाहरुलाई बजारीकरणको समस्या देखिएको छ । बाहिरी जिल्लाबाट बिरुवा भित्रिने तर जिल्लाभित्रका बिरुवाहरु बिक्री नहुँदा किसानहरु समस्यामा परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका-९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका सुन्तला, कागती, टिमुर, अनार, किबी, चियापत्ती, अम्बा, कुरिलो र धुपी लगायत दर्जनौं बिरुवाहरु बिक्री हुन सकेका छैनन् । कार्कीले विगत १६ वर्षदेखि तम्घासमा रेसुङ्गा मदाने जटिबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर बिरुवा उत्पादनमा लागेका छन् ।

    नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला इञ्चार्ज वीर बहादुर कार्की राजनीतिसँगै कृषि पेशामा पनि क्रियाशील छन् । उनले माओवादी जनयुद्धदेखि नै केही गरेर खानुपर्छ भन्ने उद्देश्यले कृषि पेशा अंगालेको बताए । जिल्लास्थित स्थानीय तहले र कार्यालयहरुले सुन्तला र कागती लगायतका बिरुवा खरिद गरेर किसानलाई बितरण गरेपनि यी कार्यालयले बाहिरी जिल्लाबाट बिरुवा खरिद गर्दै आएका छन् । जसका कारण गुल्मीमा भएका नर्सरीका बिरुवा बितरण हुन सकेका छैनन् । कार्कीको नर्सरीमा सुन्तला, कागती, टिमुर, अनार, किबी, चियापत्ती, अम्बा, कुरिलो, धुपी, मौसम, गुलाफ, मनकामना, श्रीखण्ड, रुद्राक्ष, स्ट्रबेरी, सुगर फ्री, अंगुर र तरकारीजन्य सबै बिरुवाहरु पाइन्छन् ।

    बिरुवाबाट वार्षिक ७ देखि १७ लाखसम्म आम्दानी गर्ने कार्की यसवर्ष बिरुवा बिक्री नहुने चिन्तामा छन् । कार्कीसँग अहिले कागती ४० हजार, सुन्तला ३० हजार, टिमुर १५ हजार, अनार ७ हजार, कुरिलो ५ हजार, धुपी ३ हजार र अन्य बिरुवा एक हजार भन्दा माथिका दरले रहेका छन् । कार्कीले सुन्तला प्रति बिरुवा २३, कागती प्रति बिरुवा २५, टिमुर प्रति बिरुवा ६०, किबी प्रति बिरुवा एक सय ५० र अम्बा प्रति बिरुवा ५० रुपैयाँ पर्ने गर्दछ । कार्कीले वि.सं.२०६४ सालमा जम्मा २० हजार रुपैयाँबाट सुरु गरेको नर्सरी अहिले ४६ लाखको पुगेको छ । विगत १६ वर्षदेखि प्रत्येक वर्ष लगानी बढाउँदै गएका कार्कीले बिरुवा बिक्री नहुन थालेपछि लगानी घटाउने सोंचमा रहेका छन् कार्कीले हाल ७ रोपनी जग्गामा बिरुवा उत्पादन गरिरहेका छन् । जसमा २ रोपनी निजी र ५ रोपनी जग्गा लिजमा रहेका छन् ।

  • छुवाछुत अन्त्यका लागि तनहुँमा रक्तदान, १०२ युनिट रगत संकलन

    छुवाछुत अन्त्यका लागि तनहुँमा रक्तदान, १०२ युनिट रगत संकलन

    दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकामा ‘हाम्रो दलित समाज’ले आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा १०२ जनाले रक्तदान गरेका छन् । जातीय रुपमा हुने विभेद तथा छुवाछुतको अन्त्य गर्ने उदेश्य सहित सम्पन्न भएको कार्यक्रममा दलित र गैरदलित समुदायका व्यक्तिहरुले सामुहिक रुपमा जम्मा भएर रक्तदान गरेका थिए ।

    नेपाल रेडक्रस सोसाईटी कास्की र रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले संविधानमा लेखिएर मात्र समाजमा जातीय विभेद हट्न नसक्ने हुदाँ व्यवहारिक लडाई लड्नुपर्ने आवश्यकता रहेको बताए ।

    कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका निवर्तमान उपप्रमुख एवं दलित अभियन्ता सविता रसाईलीले अझै पनि दलित समुदायले न्यायपूर्ण जीवन बाँच्न नपाएको गुनासो गरिन् । राज्य सत्ता व्यवहारिक रुपमा दलितको न्यायका लागि सकरात्मक बन्न नसक्दा जातकै कारण मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य हुन नसकेको रसाईलीले बताईन् ।

    नेपाल रेडक्रस सोसाईटी कास्कीका प्रमुख अर्जुन ज्ञवालीले दलित रक्तदान कार्यक्रमले दलित आन्दोलन सफल पार्न महत्वपूर्ण भूमिका खेलेको बताए । ‘दलित समुदायको रगत जुनसुकै वर्ग समुदायका मानिसमा बगिरहेको हुन्छ ।’ उनले भने, ‘फेरी किन यो र त्यो बहानामा विभेद गर्नु ? रगत चलिसक्यो पानीमा किन अल्झने ?’

    भरत लामगादेको संयोजकत्वमा भएको कार्यक्रममा प्रकाश विक, जौमाया बराल सुनार लगायतका वक्ताहरुले विभेदका लागी सवैको हातेमालो आवश्यक रहेकोमा जोड दिए । कार्यक्रमा रक्तदान गर्ने अधिकांश गैरदलित समुदायका रक्तदाताहरुले विभेद उन्मूलनको अभियानमा हातेमालो गर्न सहभागि भएको प्रतिक्रिया दिएका थिए ।

    नेपालमा रहेको दलित समुदायले प्रत्येक जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस विशेष कार्यक्रम सहित मनाउदै आएका छन् ।

  • भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी दिने

    भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी दिने

    २० जेठ, काठमाडौं । भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी उपहार दिने भएको छ । नेपाल सरकारको अनुरोधमा भारतले नेपाललाई १५ वटा मुर्रा भैसी दिएको भारतीय दूतावासले शनिबार विज्ञप्ति मार्फत जनाएको छ । ‘कृषि तथा पशुपंक्षीको क्षेत्रमा दुई देशबीचको सहकार्य अनुरुप नेपाल सरकारको अनुरोधमा १५ वटा मुर्रा भैंसी नेपाल सरकारलाई उपलब्ध गराइँदैछ’ शनिबार भारतीय दूतावासका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ । दुई देशबीच कृषि क्षेत्रलाई नयाँ गति दिने उद्देश्यले नानो फर्टिलाइजर्स र प्राकृतिक खेती जस्ता विषयमा पनि छलफल भएको भारतीय दूतावासले जनाएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबारदेखि भारत भ्रमणमा छन् । त्यस क्रममा दुई देशका प्रधानमन्त्रीबीच नेपाल र भारतका किसानलाई आवश्यक मल उपलब्ध गराउन नेपाल र भारतका सार्वजनिक एवं निजी क्षेत्रको सहभागितामा नेपालमा मल उद्योग स्थापना गर्ने सहमति पनि भएको भारतीय दूतावासको भनाइ छ । ‘दुई देशका प्रधानमन्त्रीले सम्बन्धित निकायहरुलाई त्यस्तो उद्योग स्थापनाका लागि आवश्यक तयारी एवं अध्ययन गर्न निर्देशन पनि दिए’ दूताबासले विज्ञप्तिमा भनेको छ । चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड शनिबार स्वदेश फर्किँदैछन् ।

  • साथि मरेपछि प्रहरीलाई झुक्याएकाहरु पक्राउ

    दुलेगौँडा । तनहुँ प्रहरीले गत आईतबार म्याग्दे गाउँपालिका ६ अकलामा एक युवा घाँस काट्न रुखमा चढेका बेला करेन्ट लागेर मृत्यु भएको सुचना सवै सञ्चारमाध्यम र पत्रकारलाई पठाएको थियो । प्रहरीले पठाएको सुचना अनुसार जिल्लाभरका सञ्चार माध्यमले समाचार प्रकाशन गरेपनि यथार्थ कुरा भने बुधबार मात्र बाहिरीएको छ । उक्त घटनाका विषयमा प्रहरी सहित जिल्लाका पत्रकारहरु समेत झुक्किएको पाइएको छ । प्रहरीले घटना संकास्पद रहेको भन्दै अनुसन्धान गरेपछि मृत्यु भएका युवाको घाँस काट्ने क्रममा नभई अवैध रुपमा खोलामा माछा मार्ने क्रममा ज्यान गएको खुलेको हो ।

    स्थानीयको गलत जानकारी दिएकै कारण प्रहरी झुक्किएको र सोही अनुसारको विवरण बनाई सुचना प्रशारण भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी मोहनबहादुर खाँडले जानकारी दिए । ‘स्थानीयलाई विस्वास गरेर सोही अनुसार टिपोट भयो तर घटना अनुसन्धान गर्दै जादाँ बल्ल थाहा भयो ।’ खाँडले भने, ‘हामीले पुन सच्याएर घटनाको जानकारी पठएका छौँ ।’

    उक्त घटनामा संलग्न रहेका अन्य युवाहरु अहिले प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरिक्षक समेत रहेका खाँडले बताए । म्याग्दे गाउँपालिका ६ अकला स्थित म्याग्दे खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा सोही स्थानका २१ बर्षीय विमल थापाको मृत्यु भएको थियो । घटनालाई लुकाउन विषयन्तर गरि रुखमा घाँस काट्ने क्रममा करेन्ट लागेर थापाको मृत्यु भएको बताइएको थियो ।

    अनुसन्धानबाट माछा मार्न गएका म्याग्दे ६ का प्रेम कुमार र सन्तोष थापा तथा शुक्लागण्डकी ५ घर भई पसले बस्ने शुसन रानाले घटनाको वास्तविकता लुकाई गल्ति ढाकछोप गर्न प्रयास गरेको पाइएको थियो । प्रहरीलाई उनीलाई पक्राउ गरि ज्यान सम्वन्धि कसुरमा मुद्धा चलाई थप अनुसन्धान गरिरहेको छ ।

  • ‘हाम्रो दलित समाज’ शुक्लागण्डकी गठन हुने

    दुलेगौंडा । शुक्लागण्डकी नगपालिका अन्तर्गत रहेका दलित समुदायले नगर स्तरीय संगठन ‘हाम्रो दलित समाज’ गठन गर्ने भएका छन् । शुक्लागण्डकी नगरपालिकामा रहेका दलित समुदायका अगुवाहरुको भेलाले नगर स्तरीय संगठन निर्माण गरि समुदायको अधिकार स्थापना र संरक्षणमा क्रियाशिल गराउने निर्णय गरेका हुन् ।

    नगरपालिकाको १२ वटै वडामा रहेका दलित समुदाय विच एकता गराउनका लागि भरत लामगातेको संयोजकत्वमा सात सदस्यीय तसर्थ समिति चयन गरिएको छ । समितिको सदस्यहरुमा दुर्गाबहादुर विक, मिनबहादुर सुवर्णकार, दिपेन्द्र परियार, ज्योति विक, रिता नेपाली र अमृता विक रहेका छन् ।

    समितिले आगामी जेठ २१ गते वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने र कार्यसमिति चयन गरि प्रकृयामा जाने संयोजक लामगादेले जानकारी दिए । उनले अन्तराष्ट्रिय जातीय विभेद तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा दुलेगौडामा समाजले बृहत रुपमा रक्तदान गरि विभेद विरुद्धको अभियान सुरु गर्ने बताए ।

    कार्यक्रममा नगरपालिका भित्रका एक सय बढी दलित समुदायका रक्तदाताहरुलाई उपस्थित गराउने लक्ष्य रहेको छ । जातीय रुपमा हुने विभेद अन्त्य गर्न रचनात्मक कार्यक्रमहरुलाई समाजले प्राथमिकता दिन सदस्य ज्योति विकले बताईन् । भेलामा जनार्दन वियोगी नेपाली, विलास परियार, प्रकाश वि.क, जौमाया बराल सुनार, मिना रोका, अशोक विश्वकर्मा, प्रेम परियार, मनिषा विक लगायत सहभागि थिए ।

  • करेन्ट लागेर तनहुँमा एकको मृत्यु

    म्याग्दे । रुखको घाँस काट्ने क्रममा करेन्ट लागेर गम्भिर भएका तनहुँ म्याग्देका युवाको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका ६ अकलाका २१ बर्षीय विमल थापाको करेन्ट लागेर ज्यान भएको हो । घर नजिकै रहेको भब्वियोको रुपमा चढेर घाँस झारि रहदाँ एक्कासी करेन्छ प्रवाह भएर थापा भुईमा बजारिएका थिए ।

    घटना भए लगत्तै जिपी कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा ल्याएर उपचार थालिए पनि उनलाई बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

  • नदीले बगाएका सुकबहादुर भेटिएनन्

    नदीले बगाएका सुकबहादुर भेटिएनन्

    दमौली । मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा बगाएर बेपत्ता भएका तनहुँको भानु नगरपालिका बलिफाँटाका सुकबहादुर नेपालीको शव भेट्टाउन सकिएको छैन । शनिबार सतदेवि मन्दिर निर्माणका लागि श्रमदान गर्न हिडेका नेपाली पौडी खेल्ने क्रममा बेपत्ता भएको थिए ।

    तत्काल सुचना प्राप्त हुनासाथ निजको खोजतलासको लागी प्रहरी चौकी पुर्कोट तनहुँ, ईलाका प्रहरी कार्यालय भानु तनहुंबाट प्रहरी निरीक्षक समेतको प्रहरी टोली, मनकामना गण भानु तनहुँबाट उद्दार सामाग्री सहितको शसस्त्र प्रहरी बल र स्थानिय मानिसहरु समेतको संयुक्त टोली उक्त स्थानमा खटिई खोजतलास गरिरहेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।

    उनलाई हालसम्म फेला नपारिएकाले थप खोज र घटना सम्बन्धमा अनुसन्धान भईरहेको जनाइएको छ ।

  • तनहुँमा फेरि समातिए लागुऔषध कारोबारी

    तनहुँमा फेरि समातिए लागुऔषध कारोबारी

    दमौली । मुग्लिन पुलजिपमा खटिएका तनहुँ प्रहरीले आईतबार लागुऔषध सहित एक युवालाई पक्राउ गरेको छ । आँबुखैरेनी गाउँपालिका ४ बेनिटारमा रहेको अस्थायी प्रहरी पोष्टमा खटिएका प्रहरीले १४४ एम्पुल लागुऔषध सहित बन्दिपुरका पूर्णकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।

    मुग्लिनबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग १ ख ९७२० नम्वरको बसमा आउदै गरेको श्रेष्ठको साथबाट ४८ एम्बुल फेनारागम, ४८ एम्पुल डाईजेपाम र ४८ एम्पुल नुफिन बरामद भएको प्रहरी नायव उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

    २० बर्षीय युवालाई पक्राउ गरि थप अनुसन्धानका लागि तनहुँ अदालतबाट ६ दिनको म्याद लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गण्डकी प्रदेशकै प्रवेशद्धार मानिने यस स्थानमा लागुऔषध कारोबार गर्नेहरुलाई प्रहरीले रंगेहात पक्राउ गरिरहेको छ ।