Category: समाज

  • शोकमा सारथी बन्न भुजेल निवास पुगे भण्डारी

    शोकमा सारथी बन्न भुजेल निवास पुगे भण्डारी

    डुम्रे । दुर्घटना परी शोकमा डुबेका भुजेल समुदायको पीडामा सांसद भण्डारीले मलम लगाएका छन् । तनहुँ–२ बाट निर्वाचित भएको भएपनि सांसद भण्डारीले तनहुँ–१ मा पुगेर मलम लगाएपछि सबैले प्रशंसा गरेका छन् । सांसद भण्डारी उनिहरुको पिडमा मलम लगाउन उनी बिहीबार भुजेल गाउँमा पुगेका थिए ।

    गत वैशाख २० गते बिहान ९।३० बजेको समयमा बन्दिपुर ५ को याम्पा आँधिखोलामा विद्यालय जानका लागि स्कूल बसको प्रतिक्षामा रहेका बालबालिका र आफ्नै घर छेउमा बसी रहेका ८ जनालाई ट्रकले ठक्कर दिँदा वर्ष ६९ का सनबहादुर भुजेल, सुनमायाँ भभुजेलका श्रीमान् ४७ वर्षिय चेतबहादुर घर्ती र झलक भुजेलका छोरा वर्ष १२ का आयुष भुजेलको अस्पताल लैजाँदै गर्दा मृत्यू भएको थियो ।

    सोही घटनाका परिवारजनलाई सांसद भण्डारीले भेट्नु भएको हो । सांसद भण्डारीले घर पिडित परिवारलाई व्यक्तिगत रुपमा काजक्रिया खर्च वापत १०/१० हजारका दरले प्रदान गर्नुभएको छ । साथै घाईतेको उचित उपचार, क्षतिपूर्ति र ट्रक चालकलाई कानुनी रुपमा कडाभन्दा कडा सजाएँ दिलाउन पहल गर्ने र पिडित परिवारका बालबालिकाको पढाई र बसाईमा सहयोग गर्न सम्बन्धित सरोकारवालासँग भेटी माग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    सांसद भण्डारीसँगै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि एवं गण्डकी प्रदेश समितिका सदस्य लक्ष्मी आचार्य, आँबुखैरेनी गाउँपालिकाका सभापति विजय गुरुङ, क्षेत्रीय सदस्य किसन थापा, बन्दिपुर गापाका कार्यपालिकाका सदस्य जीवन भुजेल, काँग्रेस क्षेत्रीय प्रतिनिधि तारामाया भुजेल, सुरज श्रेष्ठ मदन, तरुण दल आँबुखैरेनीका सभापति दिपेन्द्र अधिकारीले भेट गरेका थिए ।

    डुम्रेबाट मुग्लिन जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडक छेउमा रहेको सुनमाया र सनबहादुर भुजेलको घरमा ठोक्किँदा ३ जनाको मृत्यू भएको थियो भने पाँच जना घाईते भएका थिए । घाईते मध्ये तीन जना बालबालिकाको चितवन स्थित पुरानोे मेडिकल कलेजमा उपचार भैरहेको छ । उपचार भैरहेकाहरुमा झलक भुजेलकी ८ वर्षिय छोरी आयुषा , सुनमायाँकी छोरी वर्ष १० की जस्मी भुजेल र शिव भुजेलका छोरा वर्ष १२ का इश्वर रहेका छन् । घाईते सबैको स्वास्थ्यमा सुधार हुँदै परिवारजनले जानकारी दिएका थिए ।

  • भिरबाट खसेर गुरुङको मृत्यु

    भिरबाट खसेर गुरुङको मृत्यु

    दमौली ।  तनहुँको व्यास नगरपालिका–९, गजौडेका बर्ष ५९ को सुरेश कुमार गुरुङको भिरबाट लडेर ज्यान गएको छ । गत बैशाख १७ गते विहान घाँस काट्न भनी हिडेका गुरुङ घर नफर्किएपछि परिवारले हराएको भनी जिल्ला प्रहरी कार्यालय तनहुँमा जानकारी गराएका थिए ।

    गण्डकी प्रदेश प्रहरी कार्यालयबाट कुकुर समेतको प्राबिधिक टोलीले खोजतलास गर्दा समेत गुरुङ फेला परेका थिएनन् । अन्ततः खोज्दै जाँदा गुरुङ गएको विहीबार बिहान ७ः३० बजे गजौडेस्थित सुदेखोला सात बिसे सामुदायिक वनमा १११ फिट तल भिरबाट लडेर मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक राजकुमार वि.कले जानकारी दिए । उनका अनुसार घट्नाबारे अनुसन्धान भइरहेको छ ।

  • गाउँका नागरिकको स्वास्थ्यप्रति प्रवासीहरुको चासो

    गाउँका नागरिकको स्वास्थ्यप्रति प्रवासीहरुको चासो

    विन्दु वाग्ले । ग्रामिण बस्तीमा रहेको नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर तनहुँमा प्रवासी नेपालीहरुको एक संस्थाले स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । अध्ययन तथा रोजगारीको शिलशिलामा जापान पुगेका नेपालीहरुको संस्था फुकुओका नेपाल सोसाइटी (फुनेसो) को आयोजनामा भिमाद नगरपालिकाको किहुँमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।

    गाउँका बहुसंख्यक मानिसहरु स्वास्थ्य समस्या हुदाँ समेत सहजरुपमा अस्पतालको पहुँचमा नपुग्ने, समस्या लुकाएर राख्ने गर्दा ग्रामिण बस्तीका नागरिकको स्वास्थ्य जोखिममा परिरहेकाले गाउँमा शिविर सञ्चालन गर्न लागेको सोसाईटीका पुर्व अध्यक्ष एवं कार्यक्रम संयोजक पुरुषोत्तम सिग्देलले जानकारी दिनुभयो । ‘नियमित स्वास्थ्य जाँच गरौँ स्वस्थ्य बनौ’ भन्ने मुल नाराका साथ आगामी जेठ १३ गते भिमाद नगरपालिका– १ स्थित किहुँमा सञ्चालन हुने शिविरले नागरिकको समस्याहरुको केही मात्रामा भएपनि समाधान गर्ने संयोजक सिग्देलले विस्वास व्यक्त गर्नुभयो ।

    उहाँका अनुसार शिविरमा डा. कृष्ण राज अधिकारी, डा. नविन कुमार श्रेष्ठ, डा. मेघराज लामिछाने, डा. सन्तोष बराल, डा. राज गुरुङ , डा. रुपचन्द्र विश्वकर्मा, डा. राम खड्का लगायतका चिकित्सकहरुको सहभागीतामा स्वास्थ्य परीक्षण हुनेछ । शिविरमा पेट, मुटु, सुगर, थाइराइड, हाडजोर्नी, नसारोग,, स्त्री तथा प्रसुती रोग, सम्बन्धी सम्पुर्ण परिक्षण सँगै निशुल्क औषधि वितरण गरीने छ । साथै उक्त शिवीरमा उपचार सम्भव नभएका विरामीको त्यस समय पछिको उपचारको लागी पनि समन्वय गरीने कार्यक्रम संयोजक सिग्देलले जानकारी दिनुभयो ।

    फुकुओका नेपाल सोसाइटीको आयोजना, तनहुँ सामाज जापानको सहआयोजना, भिमाद नगरपालिका वडा नम्बर १ को सहकार्य र तनहुँ सेवा हस्पिटलको प्राविधिक सहयोगमा भिमाद नगरपालिका १ किहुँ स्थित श्री सिद्धार्थ माध्यमिक विद्यालयको प्राङ्गणमा शिविर सञ्चालन हुनेछ । सन १९९५ सालमा स्थापना भएको यस सोसाइटीले नेपालमा यस प्रकारका कार्यक्रमहरु गर्दै आएको छ । यस सोसाइटीले यस अगाडी पर्वतमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

    नेपालका अन्य जिल्लामा पनि क्रमशः कार्यक्रम गर्दै जाने सोसाइटीका अध्यक्ष माधव सिग्देलले जानकारी दिनुभयो । अध्यक्ष सिग्देलका अनुसार २०७२ सालको भुकम्पको बेला पनि यस सोसाइटीले नेपालमा धेरै सहयोग गरेको थियो ।

  • तनहुँमा चितुवा आतंक, नियन्त्रणमा लिन १८ ठाउँमा खोर

    तनहुँमा चितुवा आतंक, नियन्त्रणमा लिन १८ ठाउँमा खोर

    दमौली । डिभिजन वन कार्यालय तनहुँले चितुवा आतङ्क बढ्न थालेपछि चितुवा नियन्त्रणको लागि बनाएको ९खोर० पासो प्रभावकारी बन्दै गएको छ।फलाम र परम्परागतरुपमा काठको खोर पासोको रुपमा राख्ने गरिएको हो। चितुवा आक्रमणबाट प्रभावित १८ स्थानमा पासो राखिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए।

    चितुवाले जनमानसमा त्रास बढाएकोले यसको नियन्त्रण गरी सुरक्षित किसिमले वन्यजन्तु संरक्षण क्षेत्रमा पठाउन पासो थाप्ने काम गरिएको उनले बताए। एक पटक आक्रमण भएको ठाउँमा चितुवाले पुनः पटक–पटक आक्रमण गर्ने सम्भावना बढी हुने भएकाले यसलाई नियन्त्रणमा लिन सोही ठाउँ आसपासमा पासो राख्ने गरिएको उनले बताए।

    पानीको पोखरी बनाएपछि विगतको तुलनामा वन्यजन्तुबाट मानवीय क्षतिमा कमी आएको बताइएको छ। खोला खोल्सीका पानी बस्तीमा लैजाँदा प्यास मेटाउन वन्यजन्तु बस्तीमा पस्दा मानवीय क्षति हुने गरेकाले पोखरी निर्माणलाई प्राथमिकता दिइएको हो। चितुवाको आक्रमणमा परी ६ वर्षमा तनहुँमा १४ बालबालिकाको मृत्यु र १७ जना घाइते भए।

    जिल्लाको भानु, बन्दीपुर, आँबुखैरेनी, व्यासलगायतका पालिकामा चितुवाले सताएको थियो। चितुवाबाट भानु नगरपालिका धेरै प्रभावित बनेकोमा अहिले बन्दीपुर गाउँपालिकामा त्रास बढेको छ। जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी दश बालक र चार बालिकाको मृत्यु भएको वन कार्यालय तनहुँका सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए।(रासस)

  • आमा र छोरा १६ दिनदेखि वेपत्ता हुँदा परिवारजन तनावमा

    दमौली । तनहुँको व्यास नगरपालिका–१० विपी भञ्ज्याङ्ग निवासी २० वर्षिय राममाया विक र उहाँको ४ वर्षको छोरा लप्सन विक १५ दिनदेखि बेपत्ता हुनुभएको छ । लामो समयदेखि वेपत्ता भएपछि परिवारजन तनावमा छन् ।

    राममायाको श्रीमान लोकबहादुर विकले वैशाख ३ गते विहान देखि घर नआएको माईती घर तथा आफन्तकोमा खोजी गर्दा पनि फेला नपरेको बताउनुभयो । आमा र छोरा खोजीका लागि प्रहरी कार्यलयमा जाहेरी दिए पनि कुनै खबर नआएको विकले बताउनुभयो । भारतको रोजगारीमा रहनु भएका विक श्रीमती हराएको खबर आएपछि नेपाल फर्किनु भएको छ ।

    विकले वेपत्ता परिवारको खेजी गरिदिन अपिल गर्नु भएको छ । आफ्ना लगायत सबै तिर खोजी गर्दा पनि श्रीमति र छोराको पत्तो नलागेपछि उहाँले प्रहरी, नागरिक समाज र पत्रकारलाई परिवारको खोजी गरिदिन अपिल गर्नु भएको हो ।

  • गञ्जागोल तार, कुरुप बन्दै बजार

    गञ्जागोल तार, कुरुप बन्दै बजार

    अशोक विश्वकर्मा / दुलेगौँडा । देशका अधिकाँश शहरका बिजुली पोलमा देखिने गन्जागोल तारलाई भूमिगत गर्न नसक्दा शहर बजारको सौन्दर्यमा असर परिरहेको छ । तनहुँका अधिकाँश बजारमा निजि सेवा प्रदायक नेट तथा केवल सञ्चालकहरुले अनुमति विना नै अब्यवस्थित रुपमा ताल टाग्ने गरिरहेका छन् । दुलेगौँडा बजारका पोलहरुमा समेत यस्ता कम्पनीहरुको तार यत्रतत्र देख्न सकिन्छ ।

    गञ्जागोल तारका कारण बजार अस्तब्यस्त त देखिन्छ नै दुर्घटना समेत बढ्ने दुलेगौडाका भरत लामगादेको भनाई छ । लामगादेले पोलहरुमा आवश्यक भन्दा बढी तारले दुर्घटना निम्त्याउनुका साथै भद्रगोल देखिएकाले ब्यवस्थित गर्नुपर्नेमा जोड दिए । उनले सम्वन्धित सरोकारवालाले भद्रगोल नहुने गरि तार राख्दा हुने भएता पनि तारको थुप्रो नै प्रत्येक पोलमा राखिदिदा विद्युत सर्ट भएर आगलागी भए समस्या थपिनसक्ने बताए ।

    अहिले शुक्लागण्डकी नगरपालिका र आसपासको क्षेत्रमा सेवा दिनका लागि मात्र १२ वटा ईन्टरनेट कम्पनीहरु खुलेका छन् । केवल र ईन्टरनेट लगायतका सुविधा दिन विद्युत प्राधिकरणको मातहतमा रहेको पोलहरु उनीहरुले निस्फिक्री रुपमा प्रयोग गरेको पाईन्छ । पोल प्रयोग गरेबापत तोकिएको रकम तिर्नुपर्ने भएता पनि गत पाँच बर्षदेखी यस्ता कम्पनीहरुले रकम नबुझाएको नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्रका प्रमुख अमृतबाबु अधिकारीले जानकारी दिए । अधिकारीले पोल प्रयोग गरेवापत तिर्नुपर्ने रकम महंगो भएको बहानामा भुक्तानी रोकिएको बताए । उनले पोल प्रयोग वापतको रकम उपलब्ध गराउन ताकेता गरेता पनि अटेरी गरिरहेकाले अनुगमन गरेर अशुली गर्ने तयारी भईरहेको जनाएका छन् ।

    केन्द्रका अनुसार केही कम्पनीहरुले रकम उपलब्ध गराउने स्वघोषणा गरेका छन् भने केहीले रकम जम्मा गर्न थालेका छन् । पोल प्रयोग गर्ने कम्पनीले बार्षिक रुपमा दुई लाख पचास हजारदेखि चारसम्म तिर्दै आएका थिए । प्राधिकरणले प्रतिपोल भाडा रकममा बृद्धि गरेपछि ब्यवसायीक प्रतिष्ठानले बढाएको मुल्य घटाउनुपर्ने माग गर्दै आएका छन् ।

    यता बजारको सुन्दरता बढाउन विभिन्न कार्यक्रमहरु गर्दै आएको शुक्लागण्डकी नगरपालिकाले भने पोल तर्फ ध्यान पु¥याएको छैन । राजमार्ग हरियालीदेखि सोलार विद्युत जडानसम्मका कार्यक्रम गरेको नगरपालिकाले गन्जागोल तार ब्यवस्थापन गर्ने सोच बनाएको भएतापनि सडक विस्तार योजना अघि बढेकाले कार्यन्वयन नगरिएको नगर प्रमुख कृष्णराज पण्डितको भनाई छ ।

  • तनहुँ योग साधनामय बन्दै

    तनहुँ योग साधनामय बन्दै

    अशोक विश्वकर्मा/दुलेगौँडा । झण्डै ७ बर्ष अघि एक ब्यक्तिको प्रयासले अहिले जिल्लाको शुक्लागण्डकी नगरपालिका योगमय बन्ने बाटोमा अग्रसर छ । २०७३ श्रावणमा बोलबम समुह गठन गरेर धार्मिक कार्यक्रम गर्दै आएका दुलेगौँडाका ऋषेश्वर भुवाईले यो समाजलाई योगसँग जोड्ने योजना बनाएका थिए ।

    धार्मिक समुहको नेतृत्व गरिरहेको भुवाईले आफ्नै प्रयासमा योग शिक्षा फैलाएर स्वस्थ्य समाज निर्माण गर्ने प्रण गरेर प्रक्रिया अघि बढाएका थिए । विभिन्न ब्यक्ति र संस्था समक्ष पुगी शुक्लागण्डकीमा योग शिक्षा भित्राउन पहल गरेका भुवाईले आज यसको महत्व नागरिक स्तरमा बढ्दै जान थालेको बताए ।

    योग विस्तार गर्ने क्रममा पतञ्जली योग समितिका केन्द्रिय प्रभारी लभदेव मिश्र समक्ष पुगेर योग शिक्षा भित्राएका दावि गर्दै उनले ६ बर्षको अन्तरालमा ८ वटा साधना केन्द्र खुलिसेकेको जानकारी दिए । केही ब्यक्तिहरुको साथ लिएर योग सुरु गरिएको शुक्लागण्डकीमा अहिले विभिन्न केन्द्रमा पाँच सय बढीले योग साधनामा सहभागि हुने गरेको भुवाईले बताए ।

    विहानको समयमा गरिने योगले शारिरीक र मानसिक स्वस्थ्यलाई मजबुत बनाउने भएकाले आफु नियमित योग तर्फ आकर्षित भएको ब्यवसायिक बालकृष्ण विक बताउँछन् । उनले पछिल्लो समयमा युवा पुस्ताहरु आध्यात्मिक क्षेत्रबाट विमुख भएको भन्दै त्यसतर्फ अन्यलाई समेत आकर्षण गर्न सकिने उनको भनाई छ । योगले दिर्घजीवन र तनाव मुक्त जीवनका लागि महत्वपुर्ण भूमिका खेल्ने विकको बुझाई छ ।

    योग साधनाका लागि स्थानीय सरकारले समेत सहयोग गर्न थालेको छ । जिल्लामा विभिन्न स्थानीय तहको आर्थिक सहयोगमा योगाभ्यास कक्षा समेत सञ्चालन हुने गरेका छन् । नगरपालिका र वडा कार्यालयहरुले योग साधना केन्द्र सञ्चालनका लागि आर्थिक रुपमा नै सहयोग गर्न थालेपछि नागरिकको आकर्षण अझ बढेको योग प्रशिक्षक पार्वती पौडेलले बताईन् । उनले केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने भवन र सामाग्रीहरु संघ संस्था र स्थानीय सरकारको सहयोगमा उपलब्ध हुन थालेको भन्दै खुशी ब्यक्त गरिन् । पौडेले शुक्लागण्डकी नगरपालिकाको प्रत्येक वडामा योग सञ्चालन गर्न आफुहरु प्रयासरत रहेको समेत जानकारी दिइन् ।

    छोटो समयमा नै योग प्रतिको आकर्षण बढ्दै जानुमा स्वस्थकर जीवनशैलीका लागि सिप सिक्नु नै हो । अहिले विभिन्न समस्याबाट ग्रसित ब्यक्तिहरु योगा गर्न सहभागि हुने गरेका छन् । शुक्लागण्डकी नगरपालिकाका विभिन्न स्थानमा हुने योगाभ्यासमा टाउको दुख्ने समस्या, ढाड, घुँडा लगायतका समस्या भएकाहरु सहभागि हुने गरेका छन् ।

  • घिस्रनु पर्दैन अब रामबहादुरलाई….

    घिस्रनु पर्दैन अब रामबहादुरलाई….

    अशोक विश्वकर्मा /दुलेगौंडा । आठ बर्ष अघि आफैले काटेको रुखमा च्यापिएर दुवै खुट्टा गुमाएका रामबहादुर विकले ह्विल चियर पाउनुभएको छ ।  लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी टाउनले उहाँको कष्टकर अवस्थालाई सहज बनाउन ह्विल चियर प्रदान गरेपछि विकलाई राहत मिलेको छ ।

    घरको आर्थिक अवस्था कमजोर भएपछि ह्विल चियरको अभावमा चार पाउले हिड्न बाध्य विकले सहयोग पाएपछि जीवनमा साहारा मिलेको भन्दै खुशी ब्यक्त गर्नुभयो । चार पाउ टेकेर बजार डुल्दै गर्दा विकले ह्लिव चेयरको आवश्यकता रहेको तनहुँ खबरलाई बताउनुभएको थियो ।

    उहाँको समस्याबारे तनहुँ खबरले क्लवका अध्यक्ष विष्णु रानालाई जानकारी दिएपछि सहयोगको व्यवस्था मिलेको थियो । तनहुँको शुक्लागण्डकी नगरपालिका १० का विकले सक्षम हुदाँ सामाजिक सेवामा योगदान पु¥याएपनि असक्षतामा बेसहारा बन्नुपरेको गुनासो गर्दै आउनुभएको थियो ।

  • सरकार र महावीर पुनबीच सातबुँदे सहमति, माइतीघरको आन्दोलन स्थगित

    सरकार र महावीर पुनबीच सातबुँदे सहमति, माइतीघरको आन्दोलन स्थगित

    १८ वैशाख, काठमाडौं । सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सातबुँदे सहमति भएको छ ।

    उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र केन्द्रका अध्यक्ष महावीर पुनबीच भएको वार्तामा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविस्कारसम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्नेलगायतका  सहमति भएको छ ।

    Source: Onlinekhabar

    For Web Design Purpose Only