तनहुँ विषेश

गर्मिबढेसँगै तनहुँमा पनि बन्द हुन थाले विद्यालय

गर्मिबढेसँगै तनहुँमा पनि बन्द हुन थाले विद्यालय

दुलेगौँडा । बढ्दो तापक्रमका कारण तनहुँका विद्यालयहरु समेत बन्द हुन थालेका छन् । विद्यार्थीमा टाउको दुख्ने, ज्वरो आउने लगायतका समस्या देखिन थालेसँगै जिल्लाका व्यास नगरपालिका, देवघाट गाउँपालिका, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकामा विद्यालयहरु बन्द हुन थालेको हो । शुक्लागण्डकी नगरपालिका २ एक्लेखेतमा रहेको हंशबाहिनी माध्यमिक विद्यालयले विद्यार्थीहरुको स्वास्थ्यमा समस्या देखिनुका साथै पानीका मुलहरु सुकेर पानीको ब्यवस्थापन गर्न नसकिएकाले आगामी आईतबारसम्म विदा दिने निणर्य गरेको हो । विद्यालयका प्रधानाध्यापक विजयराज पौडेलले बर्षे विदामा कटौती हुने गरि विदा दिइएको विज्ञप्ती मार्फत जनाएका छन् । शिक्षा समन्वय इकाई तनहुँका अनुसार जिल्लाका विभिन्न पालिका मार्फत विद्यालय बन्द गरिएको जानकारी प्राप्त भएको जनाएको छ ।…
Read More
गर्मिबढेसँगै तनहुँमा पनि बन्द हुन थाले विद्यालय

गर्मिबढेसँगै तनहुँमा पनि बन्द हुन थाले विद्यालय

दुलेगौँडा । बढ्दो तापक्रमका कारण तनहुँका विद्यालयहरु समेत बन्द हुन थालेका छन् । विद्यार्थीमा टाउको दुख्ने, ज्वरो आउने लगायतका समस्या देखिन थालेसँगै जिल्लाका व्यास नगरपालिका, देवघाट गाउँपालिका, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकामा विद्यालयहरु बन्द हुन थालेको हो । शुक्लागण्डकी नगरपालिका २ एक्लेखेतमा रहेको हंशबाहिनी माध्यमिक विद्यालयले विद्यार्थीहरुको स्वास्थ्यमा समस्या देखिनुका साथै पानीका मुलहरु सुकेर पानीको ब्यवस्थापन गर्न नसकिएकाले आगामी आईतबारसम्म विदा दिने निणर्य गरेको हो । विद्यालयका प्रधानाध्यापक विजयराज पौडेलले बर्षे विदामा कटौती हुने गरि विदा दिइएको विज्ञप्ती मार्फत जनाएका छन् । शिक्षा समन्वय इकाई तनहुँका अनुसार जिल्लाका विभिन्न पालिका मार्फत विद्यालय बन्द गरिएको जानकारी प्राप्त भएको जनाएको छ ।…
Read More
तनहुँमा कृषकलाई मौरी पालनमा आकर्षित गर्दै घार वितरण

तनहुँमा कृषकलाई मौरी पालनमा आकर्षित गर्दै घार वितरण

तनहुँ । कृषि ज्ञान केन्द्र तनहुँले समूहमा आबद्ध भएका कृषकलाई एक सय ५३ मौरीसहितको घार वितरण गरेको छ । आँबुखैरेनी, म्याग्दे, बन्दीपुर गाउँपालिकामा ४६ वटाका दरले र ऋषिङमा १५ वटा गरी कृषकलाई मौरीसहितको घार वितरण गरेको हो । आँबुखैरेनी-४ खस्राङ गाउँका कृषक समूहमा आबद्ध २६ कृषकलाई ९० प्रतिशत अनुदानमा ४६ वटा मौरीसहितको घार प्रदान गरेको हो । कृषकलाई मौरीसहित घार, स्ट्याण्ड, पन्जा, धुवादानी, टोपी, महदानीलगायतका आवश्यक पर्ने सामग्री प्रदान गरेको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । त्यसैगरी म्याग्दे गाउँपालिका-४ स्थित छिम्लीस्वाँरा कृषक समूहमा आबद्ध भएका कृषकलाई ४६ वटा मौरीसहितको घार वितरण गरिसकेको सो कार्यालयले जनाएको छ…
Read More
भिमाद–डेडगाउँसम्म सुरुङमार्गको अध्ययन गरिने

भिमाद–डेडगाउँसम्म सुरुङमार्गको अध्ययन गरिने

दुलेगौंडा । गण्डकी प्रदेश सरकारले तनहुँको भिमाददेखि नवलपुर जिल्लाको डेडगाउँसम्म सहज सडक यात्रा गर्न सुरुङ मार्ग बनाउन पहल थाल्ने जनाएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम प्रस्तुत गर्दै सुरुङ मार्ग निर्माण गर्न सम्भाब्यता अध्ययन गरिने बताए । आईतबार प्रस्तुत गरिएको निती तथा कार्यक्रममा भिमाद देखि नवरपुर जिल्लाको डेडगाउसम्म र डेडगाउँदेखि झ्यालबाससम्म तथा बाग्लुङको काठेखोलादेखि गलकोट नरेठाँटीसम्म, म्याग्दी जिल्लाको दानादेखि मुस्ताङको घाँसासम्म पनि सुरुङमार्ग निर्माणको लागि सम्भाव्यता अध्ययन गरिने बताइएको छ । यस्तै उनले लमजुङको शिलतापाटीदेखि नाल्फाफेदीसम्मको सुरुङ मार्गका लागि अध्ययन गर्ने बताएका छन् ।
Read More
दरै समुदाएको आगो पुज्ने विशेष प्रचलन

दरै समुदाएको आगो पुज्ने विशेष प्रचलन

तनहुँ- ठूलो जमघटका साथ आगोको पूजा गरिन्छ भन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ, तर तनहुँका दरै समुदायमा भने आगोको पूजा गर्ने अचम्मको संस्कृति कायम छ । व्यास नगरपालिका-५ चिन्तुटारका दरै समुदायले मङ्गलबार २२ गाउँका दरै समुदायलाई भेला गरेर आगोको धुमधाम पूजा गरेका छन् । “आगोको पूजा कसरी गरिन्छ भन्ने देखाउन पनि हामीले बृहत् भेला गरेका हौँ”, व्यास-५ चिन्तुटारका दरै अगुवा ६२ वर्षीय मीनबहादुरले भन्नुभयो, “यसरी भेला गरी पूजा गरेपछि भावी पुस्ताले पनि जातीय संस्कृति बुझ्छन् भन्ने हाम्रो सोचाइ हो ।” प्रत्येक वर्ष वैशाख पूणर्िमापछि पर्ने गङ्गा दशहराको दिन दरै समुदायले विशेष पर्वका रूपमा मनाउने प्रचलन रहेको व्यास-५ चिन्तुटारका दरै पुजारी…
Read More
दमौली अस्पतालमा मिर्गौला डायलायसिस सेवा पुनः सुरु

दमौली अस्पतालमा मिर्गौला डायलायसिस सेवा पुनः सुरु

तनहुँ- तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा डायलायसिस सेवा पुनः सञ्चालन गरिएको छ । उपकरण बिग्रिएपछि यहाँ बिगत डेढ महिनादेखि सो सेवा ठप्प थियो। यसअघि डायलायसिस उपकरण बिग्रिंदा मिर्गौलापीडितलाई उपचारका लागि समस्या भएको थियो। गत वैशाखदेखि बिग्रिएका ७ मध्ये ५ उपकरण मंगलबार मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको मिर्गौला उपचार केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले जानकारी दिए। उपचार केन्द्रमा कुल ११ उपकरण रहेकामा ७ वटा बिग्रिएका थिए। राष्ट्रिय मिर्गौला उपचार केन्द्रको प्राविधिक टोलीले बिग्रिएको उपकरण मर्मत गरी पुनः सञ्चालनमा ल्याएको हो। उनले भने, ‘अब ९ वटा उपकरणबाट सेवा दिन सकिने भएको छ।’ ४ वटा मात्रै उपकरण सञ्चालनमा हुँदा मिर्गौलापीडितलाई समस्या हुँदै…
Read More
भत्कियो दमौलीको सहिदगेट

भत्कियो दमौलीको सहिदगेट

तनहुँ- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-४ भोर्लेटारचोकमा रहेको सहिदगेट भत्काइएको छ । पृथ्वीराजमार्ग विस्तार गर्न लागि आज बिहान उक्त सहिदगेट भत्काइएको हो । मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली प्रवेश गर्ने विन्दुमा रहेको उक्त सहिदगेट भत्काएको इञ्जीनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । नेकपा (माओवादी) केन्द्रले उक्त सहिदगेटको निर्माण गरेको थियो । सहिदगेटमा तनहुँ जिल्लामा विभिन्न समयमा सहादत प्राप्त गरेका सहिदको विवरण समेटिएको थियो । मुग्लिन-पोखरा सडकखण्डलाई चार लेनमा विस्तार गर्न काम भइरहेको छ । मुग्लिनबाट पोखरासम्मको खण्डलाई दुई भागमा ठेक्का सम्झौता गरी काम भइरहेको छ । मुग्लिन पोखरा सडक विस्तारः रु पाँच अर्ब ४२ करोड विनियोजन सरकारले मुग्लिन-पोखरा सडक विस्तारका लागि…
Read More
अब्बल बन्दै सामुदायिक विद्यालय

अब्बल बन्दै सामुदायिक विद्यालय

दुलेगौडा । सामुदायिक विद्यालयमा आफ्नो बालबालिका पढाउने अभिभावकहरु बढ्दै जान थालेको पाईन्छ । एक समय निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी विच विभेद नै देखिन्थ्यो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर हुन्छ भन्ने आम बुझाईलाई चिर्दै तनहुँमा केही विद्यालय गुणस्तर वृद्धीमा लागेका छन् । उत्कृष्ट नजितालाई आधार बनाएर जिल्लामा पञ्चमुनीदेव माध्यमिक विद्यालय, सत्यवति मावि, निर्मल माध्यमिक विद्यालय लगायतले छुट्टै पहिचान बनाउँदा शुक्लागण्डकी नगरपालिका घारीको तालबेशी माध्यमिक विद्यालय समेत आफुलाई अब्लल श्रेणीको दावि गर्न प्रयासरत छ । विद्यालयका प्रधानाध्यापक धुर्व वाग्लेले पछिल्लो बर्षहरुमा आफ्नो विद्यालयले उत्कृष्ट नजिता ल्याउन सफल भएको दावि गरे । ‘ढोरेली समाजले एसईईमा…
Read More
कृषकलाई मौरीसहितको घार

कृषकलाई मौरीसहितको घार

तनहुँ। तनहुँको म्याग्दे गाउँपालिका-४ छिम्लीस्वाराका कृषकलाई मौरीसहितको घार वितरण गरिएको छ । समूहमा आबद्व ४६ कृषकलाई मौरीसहितको घार वितरण गरिएको हो । ग्रामीण पोषण सुरक्षण कार्यक्रमअन्तर्गत कृषकलाई ९० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारी र म्याग्दे गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले कृषकलाई घार हस्तान्तरण गरे । कृषकलाई कृषि पेसामा आकर्षित गराउन अनुदान कार्यक्रमलाई प्राथमिकतामा राखिएको वरिष्ठ कृषि विकास अधिकृत तिवारीले बताए । मौरीपालनसम्बन्धी स्थलगत तालिम तथा अभिमुखीकरण कार्यक्रममा सहभागी भएका कृषकलाई मौरीसहितको घार अनुदानमा वितरण गरिएको हो । कृषकको आयआर्जनमा वृद्वि गराई आर्थिक क्षेत्रमा…
Read More
रासायनिक मल आपूर्ति भएपछि किसान उत्साहित

रासायनिक मल आपूर्ति भएपछि किसान उत्साहित

तनहुँ जिल्लामा रासायनिक मल आपूर्ति भएपछि किसान उत्साहित भएका छन् । व्यास नगरपालिका-१ का मीनबहादुर दरैले मल आएपछि यसपाली त बालीनाली राम्रो हुने आशा जागेको बताए । ‘मल आएको छ भन्ने थाहा पाएपछि हतारमा अन्य काम छाडेर मल लिन दौडिएँ, कम नै भए पनि मल पाएपछि थोरै थोरै गरी हाल्ने र फसल लाग्ने बेलाको धान, मकैमा राम्रो फसल लाग्ने आशा जागेको छ’, उनले भने । नवीन उपभोक्ता सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रासायनिक मलको सुपथमूल्य पसलमा लाइनमा बसी मीनबहादुरले झैँ अन्य किसानले पनि मल लिएका छन् । मलको अभावले आत्तिएका किसानले कमै मात्रामा मल पाउँदा पनि राहत मिलेको बताए । कृषि…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.