Author: achyutbc@gmail.com

  • रुकुम पश्चिममा जिप दुर्घटना, ५ जनाको अवस्था चिन्ताजनक

    रुकुम पश्चिममा जिप दुर्घटना, ५ जनाको अवस्था चिन्ताजनक

    ११ जेठ, रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका- ८ दुलीमा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । उनीहरूमध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका इन्सपेक्टर विष्णु श्रेष्ठले जानकारी दिए ।

    सानीभेरी गाउँपालिका-३ घ्युढुंगाबाट मुसिकोटतर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप आज बिहान करिब साढे आठ बजेतिर दुर्घटना भएको थियो । जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । जिपमा १५ जना सवार थिए ।

    घाइतेहरुलाई उद्धारको काम जारी छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार गम्भीर घाइते भएकाहरुलाई हेलिकोप्टरबाट बाँकेको कोहलपुर लैजाने तयारी छ । ‘घाइतेहरुको उद्धारका लागि सुर्खेतबाट रुकुम पश्चिमका लागि हेलिकोप्टर उडिसकेको छ,’ प्रजिअ पन्तले भने । सामान्य घाइतेहरुलाई भने जिल्ला अस्पताल सल्लेमा लैजाने काम जारी छ । ‘घाइतेहरुको उद्धारका लागि सुर्खेतबाट रुकुम पश्चिमका लागि हेलिकोप्टर उडिसकेको छ,’ प्रजिअ पन्तले भने । सामान्य घाइतेहरुलाई भने जिल्ला अस्पताल सल्लेमा लैजाने काम जारी छ ।

  • नेपाल दुःखी देशहरुको सूचीमा ६३ औं स्थानमा

    नेपाल दुःखी देशहरुको सूचीमा ६३ औं स्थानमा

    काठमाडौं । नेपाल दुःखी देशहरूको सूचीमा ६३ औं स्थानमा परेको छ । सन् २०२२ को हान्केको वार्षिक दुःख सूचकांकको सर्वेक्षणले यस्तो देखाएको हो । नेपाल ३७. १८ अंक पाएर दुःखी देशहरुको ६३ औं सूचीमा परेको छ ।

    सर्वेक्षणले दुःखको प्रमुख कारण बेरोजगारी देखाएको छ । यस्तै २०२२ मा शीर्ष १ ‘सबैभन्दा खुसी’ देशहरू स्विट्जरल्याण्ड, कुवेत, आयरल्याण्ड, जापान, मलेसिया, ताइवान, नाइजर, थाइल्याण्ड, टोगो र माल्टा परेको छ ।

    यसैगरी सबैभन्दा दुःखी देशमा जिम्वाम्वे ४१४.७ अंक पाएर पहिलो नम्बरमा रहेको छ । दुःखी देशमा पर्नुको कारण मुद्रास्फिति रहेको छ । उक्त सूचकांकमा १५७ वटा देशहरु समावेश गरिएको थियो । दुःख सूचकाङ्कको इन्डेक्स वर्षको अन्त्यको बेरोजगारीको योगफल, मुद्रास्फीति, र बैंक-ऋण दरहरू, प्रति व्यक्ति वास्तविक जीडीपीमा वार्षिक प्रतिशत हेरिएको थियो ।

  • आदिकवि व्यवस्थापन विद्यार्थी सर्कलको अध्यक्षमा निशा

    आदिकवि व्यवस्थापन विद्यार्थी सर्कलको अध्यक्षमा निशा

    दमौली  । तनहुँको व्यास नगरपालिका (१ स्थित विज्ञानचौर रहेका आदिकवि भानुभक्त क्याम्पसको व्यवस्थापन विद्यार्थी सर्कलको अध्यक्षमा निशा भण्डारी सर्वसम्मतरुपमा चयन भएकी छन् ।

    सर्कलको तेस्रो अधिवेशन तथा साधारण सभाबाट भण्डारीलाई अध्यक्षमा चयन गरिएको हो । भण्डारी यसअघिको समितिमा द्धितिय उपाध्यक्ष रहेकी थिइन् । संस्थाको प्रथम उपाध्यक्षमा अभिषेक चापागाई , द्धितिय उपाध्यक्षमा रोजिना श्रेष्ठ, सचिवमा प्रविन आले, कोषाध्यक्षमा कविना गैहे, सहसचिवमा पुजन दुलाल चयन भएका छन् ।

    बोर्ड सदस्यहरुमा नम्रता थपलिया, विकाश पुरी, सुस्मिता गिरी,सविना अधिकारी, सुस्मिता थापा, दुर्गा सुनार चयन भएका छन्।
    त्यस्तैगरि ११र१२ उपसमिति संयोजकमा चन्दन परियार चयन भएको छ। तीन जना वोर्ड सदस्य र उपसमिति सदस्यहरु भने आगामी बैठकले मनोनित गर्ने निर्वाचित अध्यक्ष भण्डारीले जानकारी दिइन् ।

    सर्कलका अध्यक्ष दिनेश विकको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम स्वागत मन्तव्य प्रथम उपाध्यक्षमा मिलन तामाङले गरेका थिए । कार्यक्रम सञ्चालन र आयव्यय विवरण सर्कलका सचिव सुमन खड्काले प्रस्तुत गरेका थिए ।

  • कसरी गर्ने एन्जाइटी नियन्त्रण ? यस्ता छन् ८ उपाय

    कसरी गर्ने एन्जाइटी नियन्त्रण ? यस्ता छन् ८ उपाय

    हरेक व्यक्तिमा कुनै न कुनै तनाव त भइरहन्छ । तर तनाव लामो समयसम्म रहन्छ र दैनिकीमा नै असर गरिरहेको हुन्छ भने एन्जाइटीसमेत गराउन सक्छ । एन्जाइटी हुँदा व्यक्तिमा अनायास भय पैदा हुनु, मुटुको धड्कन बढ्नु, पसिना आउनु, हातखुट्टा काम्नु, छटपटी हुनु, टाउको दुख्नु, ग्यास्ट्रिक हुनु, आत्मविश्वास हराउनु र कमजोर अनुभव हुनुजस्ता लक्षण देखिन्छ । यसले बिस्तारै अन्य रोगतर्फ धकेल्न सक्छ । त्यसैले यसलाई बढ्न नदिन तनावको व्यवस्थापन जरुरी हुन्छ ।

    १. आफूलाई समय दिने

    सबैभन्दा पहिला आफ्नो हेरचाहमा ध्यान दिनु जरुरी छ । आफूलाई खुसी बनाउनतर्फ लाग्नुपर्छ । अनेक कुराले मनमस्तिष्कमा उथलपुथल गराइरहेका हुन्छन् । यसबाट हुने असर कम गर्न आफ्नो लागि समय निकाल्न आवश्यक छ । त्यसैले घुमफिर गर्ने योजना बनाउने, नयाँ-नयाँ कुरामा चासो राख्ने, जसले दिमागलाई तनावतर्फ केन्द्रित हुन कम अग्रसर गर्छ । हरेक दिन कम्तिमा एक सकारात्मक गतिविधिमा ध्यान दिनु तनाव र एन्जाइटीबाट निकाल्न वा कम गर्न महत्वपूणर् भूमिका खेल्छ ।
    २. ध्यान, योगलाई समय दिने

    नियमित ध्यानले एन्जाइटी भएका मानिसहरूलाई मद्दत गर्न सक्छ । सेरोटोनिनजस्ता न्य’रोट्रान्समिटरहरूबाट ध्यान प्रभावित हुन्छ, किनभने मस्तिष्कको भाग ध्यानसँग सम्बन्धित छ। त्यसैले ध्यान तथा योगलाई दैनिक रुपमा दाँत माझ्नु वा मुख धुनुजस्तै तालिकामा समावेश गर्न सकिन्छ । यो तनाव व्यवस्थापनका लागि अत्यन्त उपयोगी छ । तर त्यसको लागि कसरी सास लिने ? कस्तो ध्यान गर्ने भन्ने विषयमा सही विधि योग प्रशिक्षकबाट सिक्न सकिन्छ ।
    ३. पानी पर्याप्त पिउने

    शरीरले राम्रोसँग काम गर्न पर्याप्त मात्रामा पानी चाहिन्छ । दिनको समयमा जहाँ जाँदा वा बस्दासँगै बोतल राख्ने गर्नुपर्छ । बोतल अगाडि भएपछि तिर्खा नलागे पनि पानी खाइरहन मन लाग्छ। पर्याप्त पानी पिउने बानी बसाल्न फोनमा ‘रिमाइन्डर’ पनि इन्स्टल गरेर सेट गर्न सकिन्छ ।
    ४. क्याफिन सेवन सीमित गर्न प्रयास गर्ने

    क्याफिनले थोरै मात्रामा ऊर्जा र सतर्कतामा सकारात्मक प्रभाव पार्छ । तर अधिक मात्रामा सेवन गर्दा चिन्ता निम्त्याउन सक्छ । फलस्वरूप चिडचिडापन, टाउको दुख्ने र निद्रामा समस्या निम्त्याउन सक्छ। तसर्थ आफ्नो दैनिक दिनचर्याबाट क्याफिन हटाएर तनावलाई नियन्त्रण गर्न सहयोग पुग्छ ।
    ५. पर्याप्त निन्द्रा

    निद्रामा समस्या चिन्ताको एक सामान्य लक्षण हो । वास्तवमा एन्जाइटी र तनावबाट गुज्रिरहेका व्यक्तिलाई सुत्न सामान्य व्यक्तिलाई भन्दा बढी समस्या हुन सक्छ । यदि सुत्न समस्या भइरहेको छ भने क्याफिन, अल्कोहल र निकोटिनबाट बच्न मद्दत गर्न सक्छ । यसको लागि राम्रो विकल्प भनेको सुत्ने समय तालिका बनाउनु हो । आठ घण्टा समय निद्राको लागि छुट्याउनुपर्छ । सुत्ने समयभन्दा एक घण्टाअघि सामाजिक सञ्जाल, समाचार बुलेटिन र स्क्रिनबाट टाढा रहनुपर्छ ।
    ६. आफ्नो शरीरको मांसपेशीमा ध्यान दिने

    मानसिक तनाव हुने बित्तिकै त्यसको प्रभाव शरीरमा पर्छ । तनाव हुँदा ध्यान दियो भने काँध, घाँटी, ढाडको मांशपेसी कसिलो भएको महसुस गर्न सक्नुहुन्छ । जतिसक्दो चाँडो मांसपेशीलाई आराम दिन सकेमा मस्तिष्कले सबै कुरा ठीक भएको सिग्नल पाउँछ । जसले तनावलाई कम गर्छ । यदि कुनै मांसपेशीलाई आराम गराउन सक्नहुन्न भने कमसेकम त्यसलाई तन्काउने व्यायाम गर्नु प्रभावकारी हुन सक्छ ।
    ७. अनुहारमा ध्यान दिने

    तनावमा रहने व्यक्तिको मुख कसिलोजस्तो हुन्छ । एन्जाइटीले अनुहारलाई नै फ्रिज गराउन सक्छ । त्यसकारण आफ्नो अनुहारको हाउभाउलाई बेलाबखतमा याद गरिरहनुपर्छ ।
    ८. चिकित्सकसँग परामर्श

    यदि तनाव व्यवस्थापनका अनेकौं प्रयासले पनि कुनै परिवर्तन आएको छैन जस्तो लागिरहेको छ भने पक्कै पनि मनोचिकित्सकसँग परामर्श लिन सकिन्छ ।
    (मनोचिकित्सक डा. कार्की पाटन अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

  • सुईखेतमा डुवान रोक्ने प्रयास

    सुईखेतमा डुवान रोक्ने प्रयास

    कास्की- पर्यटकीय नगरी पोखराको सुईखेतमा वर्षर्नी हुँदै आएको डुवान रोक्ने उद्देश्यका साथ यस वर्ष कार्य अगाडि बढाइएको छ । जस अन्तर्गत गण्डकी प्रदेश सरकारको सहयोगमा सुईखेत खोला नियन्त्रणका लागि तट्बन्धन निर्माण गरिएको छ भने सिँचाइ डिभिजन कार्यालय कास्की तथा पोखरा महानगरपालिकाले स्थानीय चौरासी नहरको क्षतिग्रस्थ स्थानलाई पक्की बनाउने काम गरिरहेका छन् ।

    त्यस्तै सुईखेतको बीच भागबाट गएको ६ लिनको मध्यपहाडी लोकमार्गका विभिन्न स्थानबाट ढल तथा पानी निकासको काम समेत अन्तिम चरणमा पुगेको पोखरा २५ का जनप्रतिनिधी कृष्णबहादुर कुँवरले जानकारी दिए । डुवान न्यूनीकरणको प्रयास हुन थालेसँगै स्थानीयहरुमा केही खुशीको भाव समेत संचार हुन थालेको पाइन्छ ।त्यस क्षेत्रमा गत असार १० गते भएको डुवानका कारण केही पशुवस्तु मर्नुका साथै सयौं घरमा क्षतिसमेत पुगेको थियो ।

    विगतको तुलनामा यस वर्ष कम्तीमा ५० प्रतिशत डुवान कम गर्ने उद्देश्यका साथ त्यहाँ कार्य अगाडि बढाइएको हो । खेतीयोग्य मानिएकोे सुईखेत क्षेत्रमा पछिल्ला वर्षहरुमा बसाईसराई तथा शहरीकरणका कारण तीब्र गतिमा पक्की घरहरु निर्माण भएपनि त्यहाँ वर्षायामको पानीको उचित निकास भने हुन सकिरहेको छैन ॥

  • सप्तरीमा घाँटी काटिएको अवस्थामा युवकको शव भेटियो

    सप्तरीमा घाँटी काटिएको अवस्थामा युवकको शव भेटियो

    राजविराज। सप्तरीमा घाँटी काटिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ४ मधवापुरस्थित खेतमा सोमबार आज बिहान शव भेटिएको प्रहरीले जनाएको छ ।

    अन्दाजी २५ वर्षका जस्तो देखिने युवकको घाँटी काटेर हत्या गरेको अवस्थामा शव भेटिएको हो । यस विषयमा अन्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

  • रासायनिक मल आपूर्ति भएपछि किसान उत्साहित

    रासायनिक मल आपूर्ति भएपछि किसान उत्साहित

    तनहुँ जिल्लामा रासायनिक मल आपूर्ति भएपछि किसान उत्साहित भएका छन् । व्यास नगरपालिका-१ का मीनबहादुर दरैले मल आएपछि यसपाली त बालीनाली राम्रो हुने आशा जागेको बताए । ‘मल आएको छ भन्ने थाहा पाएपछि हतारमा अन्य काम छाडेर मल लिन दौडिएँ, कम नै भए पनि मल पाएपछि थोरै थोरै गरी हाल्ने र फसल लाग्ने बेलाको धान, मकैमा राम्रो फसल लाग्ने आशा जागेको छ’, उनले भने । नवीन उपभोक्ता सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रासायनिक मलको सुपथमूल्य पसलमा लाइनमा बसी मीनबहादुरले झैँ अन्य किसानले पनि मल लिएका छन् । मलको अभावले आत्तिएका किसानले कमै मात्रामा मल पाउँदा पनि राहत मिलेको बताए ।

    कृषि सामग्री कम्पनी लिमिटेड तनहुँ शाखामा केही दिन अगाडि मात्रै अनुदानको एक हजार तीन सय ३१ मेट्रिकटन रासायनिक मल आएपछि वितरण थालिएको कम्पनीले जनाएको छ । जिल्लामा आपूर्ति भएको रासायनिक मल पालिकाले सिफारिस गरेको सहकारीमार्फत बिक्रीका लागि केही स्थानमा पठाइसकिएको छ भने केहीमा लिन आउने क्रम जारी रहेको लिमिटेडका शाखा प्रमुख दिनेश शर्माले जानकारी दिए । चालु आर्थिक वर्षको जेठ ९ गतेसम्ममा जिल्लामा आठ सय २७ मेट्रिकटन युरिया, चार सय ८३ मेट्रिकटन डिएपी र ६८ मेट्रिकटन पोटास बिक्री वितरणका लागि पठाइएको उनले बताए । हालसम्म कम्पनीले तनहुँ र लमजुङ जिल्लामा एक हजार तीन सय ७८ मेट्रिकटन रासायनिक मल बिक्रीका लागि पठाइसकेको छ ।

    कम्पनीले चालु आर्थिक वर्षको जेठ ९ गतेसम्म तनहुँका किसानलाई चार सय ८० मेट्रिकटन युरिया, तीन सय ५० मेट्रिकटन डिएपी र ३७ मेट्रिकटन पोटास बिक्री गरेकोे प्रमुख शर्माले बताए । उनका अनुसार यहाँबाट लमजुङका किसानका लागि दुई सय ६२ मेट्रिकटन युरिया, ८९ मेट्रिकटन डिएपी र १७ मेट्रिकटन पोटास विक्रीका लागि सहकारीमा पठाइएको छ ।
    उक्त शाखाले तनहुँलगायत लमजुङ र गोर्खा हेर्नुपर्ने हुन्छ । तनहुँ र लमजुङका लागि यस कार्यालयमा मल आपूर्ति हुने भए पनि गोर्खाका लागि ढुवानीकै क्रममा गोर्खा पठाउने व्यवस्था गरिएको छ । तनहुँमा ९० बिक्रेता, लमजुङमा ४४ र गोर्खामा ६३ गरी कूल एक सय ५७ बिक्रेतामार्फत रासायनिक मल बिक्री वितरण हुँदै आएको छ । तनहुँका सबै पालिकामा मल वितरणका लागि बिक्रेता छन् । व्यास नगरपालिकामा २१, भानु नगरपालिकामा १९ र शुक्लागण्डकी नगरपालिकामा १३ बिक्रेतामार्फत मल बिक्री वितरण हुँदै आएको छ ।
    त्यस्तै लमजुङको राइनासकोट नगरपालिकामा १३ र सुन्दरबजार नगरपालिकामा १३ बिक्रेतामार्फत मल वितरण भइरहेको प्रमुख शर्माले जानकारी दिए । अनुदानको मल वितरण केन्द्रीय समितिको समन्वयमा मुलुकभरका किसानका लागि कूल १२ लाख मेट्रिकटन रासायनिक मल आपूर्ति गर्नुपर्नेमा वार्षिक चार लाख मेट्रिकटन मात्रै मल आपूर्ति आपूर्ति हुँदै आएको छ । गण्डकी प्रदेशका लागि तीन प्रतिशत मल आपूर्ति हुने गरेको छ । उक्त परिमाणको रासायनिक मल ११ जिल्लाका किसानसमक्ष पुर्‍याउनुपर्ने अवस्था रहेको प्रमुख शर्माले बताए । गण्डकी प्रदेशको ११ जिल्लामध्ये नवलपुर जिल्लालाई बढी र त्यसपछि कास्की तथा तनहुँलाई अनुदानको मलको व्यवस्था हुने गरेको छ । यस पटक कूल पाँच सय ४३ दशमलव छ मेट्रिकटन मात्रै रासायनिक मल आपूर्ति भएको छ ।

    मुलुकभरका लागि नै कम रासायनिक मल आपूर्ति हुँदा समस्या भएकाले मलको कोटा वृद्धि गर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो । ‘प्रदेशका लागि कम्तिमा आठदेखि १० प्रतिशतसम्म अनुदानको मल वृद्धि गर्नुपर्ने अवस्था भएकाले जिल्लाका राजनीतिक दल, नेतृत्व तहमा रहेको नेताले आपूर्ति बृद्धिका पहल गर्नुपर्ने हुन्छ’, प्रमुख शर्माले भने, ‘हाल रासायनिक मल प्रयोग नगरी उत्पादन नहुने भएको छ, सहरीकरणका कारण खेतीयोग्य भूमि सागुरिँदो अवस्थामा छ, खेतीयोग्य जमिन घट्दो र उत्पादन बढी लिन खोज्दा बर्सेनि माग बढ्दै गएको हो ।’ स्थानीय तहको सिफारिसमा सहकारीमार्फत मल बिक्रीका लागि पठाइने गरिएको छ । उपप्रमुख/उपाध्यक्षको संयोजकत्वमा कृषि शाखा अधिकृत, प्रशासकीय अधिृकत संलग्न रहेको समितिमार्फत सिफारिसमा परेका सहकारीले रासायनिक मल बिक्री विरतरण गर्दै आएका छन् ।

    किसानबाट बढी मूल्य तिर्नुपरेको भन्ने गुनासो आइरहेकाले तोकिएको मूल्यमा मल बिक्री वितरण गरिएको छ वा छैन भन्ने विषयमा स्थानीय तहले चासोका साथ अनुगमन गर्नुपर्ने अवस्था रहेको कार्यालयले जनाएको छ । आगामी वर्षका लागि तीन हजार मेट्रिकटन युरिया, एक हजार मेट्रिकटन डिएपी र एकसय ५० मेट्रिकटन पोटास आवश्यक रहेकाले आपूर्तिका लागि पहल गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

  • मनकामनामा सुन्तलाको प्रतिमा स्थापना गरियो

    मनकामनामा सुन्तलाको प्रतिमा स्थापना गरियो

    काठमाडौं । सुन्तला उत्पादनका हिसाबले छुट्टै पहिचान रहेको गोरखाको मनकामनामा सुन्तलाको प्रतिमा स्थापना गरिएको छ ।सहिद लखन गाउँपालिका-२ स्थित मनकामनाको ढाँटबारीमा सुन्तला खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सुन्तलाको प्रतिमा स्थापना गरिएको वडाध्यक्ष सकुन थापामगरले जानकारी दिए । ‘मनकामनाको सुन्तला ग्राहकको पहिलो रोजाइमा पर्छ’, उनले भने, ‘सुन्तलाको पकेट क्षेत्रका रूपमा रहेको ढाँडबारी गाउँलाई सुन्तलाकै माध्यमबाट प्रचार-प्रसार गरी कृषकलाई उत्पादनमा प्रोत्साहन गर्न प्रतिमा स्थापना गरिएको हो ।’

    मनकामना मन्दिरका कारण देशकै धार्मिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा रहेको मनकामना क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सुन्तलाको पनि पकेट क्षेत्रका रूपमा रहेको जानकारी गराउन प्रतिमा निर्माण गरिएको हो । प्रतिमा निर्माणले मनकामना क्षेत्रका किसानलाई सुन्तला खेती गर्न अझ बढी प्रोत्साहन मिल्ने वडाध्यक्ष थापामगरको भनाइ छ । उद्योग वाणिज्य सङ्घ मनकामना बजार एकाइले करिब ६ लाख लागतमा ढाँटबारीमा सुन्तलाको प्रतिमा निर्माण गरेको हो । स्थानीवासीले बसपार्कमा निःशुल्क उपलब्ध गराएको जग्गामा प्रतिमा निर्माण गरिएको वडाध्यक्ष थापामगरले बताए । ‘सुन्तलाको अझै उत्पादन बढाउन सके यहाँका किसानको आर्थिकस्तरमा थप वृद्धि गर्न सकिन्छ, त्यसका लागि कृषकलाई सुन्तला उत्पादनमा प्रोत्साहन गर्नु आवश्यक छ’, उनले भने ।

    गोरखाको मनकामनास्थित ढाँटबारी क्षेत्रका किसानले वार्षिक करिब एक करोडभन्दा बढी मूल्यको सुन्तला बिक्री गर्दै आएका छन् । मनकामनाको सुन्तला अन्य क्षेत्रको बढी स्वादिलो र रसिलो भएको विश्वास गरिएको छ । ढाँटबारी गाउँलाई सुन्तलाको गाउँका रूपमा परिचित गराउने प्रतिमा निर्माण गरिएको गोरखा उद्योग वाणिज्य सङ्घ मनकामना बजार एकाइका अध्यक्ष हरि श्रेष्ठले जानकारी दिए । नवनिर्मित प्रतिमाको गोरखा उद्योग वाणिज्य सङ्घ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठ र वडाध्यक्ष थापामगरले संयुक्तरूपमा उद्घाटन गरे ।

  • रोजगारी खोज्ने हैन आफै रोजगारी सिर्जना गर्ने क्षमताको विद्यार्थी हुनुपर्छ: मन्त्री साउद

    रोजगारी खोज्ने हैन आफै रोजगारी सिर्जना गर्ने क्षमताको विद्यार्थी हुनुपर्छ: मन्त्री साउद

    काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले मुलुकमा अहिले रोजगारी सिर्जना गर्ने खालको शिक्षाको आवश्यकता भएको बताएका छन् । बानेश्वर बहुमखी क्याम्पसको ३२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले शैक्षिक योग्यताको प्रमाणपत्र बोकेर रोजगारी खोज्ने हैन आफै रोजगारी सिर्जना गर्ने क्षमताको विद्यार्थी मुलुकको आजको आवश्यकता भएको बताए ।

    बानेश्वर क्याम्पसबाट उत्पादित जनशक्तिले समाजमा पुर्‍याएको योगदान उल्लेखनीय रहेको बताउँदै मन्त्री साउदले भने, “अहिले नेपालमा युवा जनशक्ति सबैभन्दा धेरै छ, यो जनशक्तिलाई मुलुकको आवश्यकताअनुसार प्रशिक्षित गरी समृद्धिमा उपयोग गर्न सके मुलुकलाई दीर्घकालीन लाभ हुनेछ ।” हाल रोजगारी र अध्ययनका लागि युवा विदेशिने क्रम बढेको उल्लेख गर्दै उनले युवा वर्गलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी मुलुकको समृद्धिमा लगाउन सरकार प्रयत्नशील रहेको बताए ।

    कार्यक्रममा हरिबोल भट्टराई, क्याम्पस प्रमुख डा घमनसिंह खड्कालगायतले क्याम्पसको शैक्षिक गतिविधि बारेमा अवगत गराउँदै क्याम्पसको आगामी शैक्षिक योजनाका बारेमा प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा दर्जनौँ प्राध्यापक, विद्यार्थी तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो । बानेश्वर बहुमुखी क्याम्पस २०४७ सालमा समाजसेवी, बुद्धिजीवी र ख्यातिप्राप्त शिक्षाविद्हरूको समूहले स्थापना गरेको हो । करिब तीन हजार विद्यार्थी रहेको यो क्याम्पस शिक्षक र समुदायद्वारा सञ्चालित गैर-नाफा कमाउने सार्वजनिक क्याम्पस हो ।

  • गणतन्त्र दिवस भव्यरुपमा मनाउन मुख्यमन्त्री हिक्मत कार्कीको निर्देशन

    गणतन्त्र दिवस भव्यरुपमा मनाउन मुख्यमन्त्री हिक्मत कार्कीको निर्देशन

    विराटनगर । कोशी प्रदेश सरकारले १६औँ गणतन्त्र दिवस तीन दिन भव्यरूपमा मनाउने निणर्य गरेको छ । मुख्यमन्त्री तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले यही जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाउने निणर्य गरेको हो ।

    जेठ १४ गते विराटनगर महानगरपालिको नेतृत्वमा नगर क्षेत्रका ऐतिहासिक तथा धार्मिक सम्पदाको सरसफाइ गर्ने, जेठ १५ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा औपचारिक समारोह गर्ने र लोकतन्त्रको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका पत्रकारलाई सम्मान गर्ने तय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले जानकारी दिए।

    गणतन्त्र दिवसका अवसरमा वन, पर्यटन तथा वातावरण मन्त्रालयले विभिन्न स्थानमा वृक्षरोपण गरिनेछ । प्रदेश सरकारले दिवसका अवसरमा तीन दिन सर्वसाधारण नागरिकदेखि सरकारी कार्यालयमा दीपावली गर्न आग्रह गरेको छ । मुख्यमन्त्री कार्कीले गणतन्त्र दिवसका अवसरमा एक सय ३७ वटै स्थानीय तहमा कार्यक्रम गर्नका लागि प्रमुख जिल्ला अधिकारीमार्फत परिपत्र गर्न निर्देशन दिएका छन् ।