Author: achyutbc@gmail.com

  • चुनाव हारेपछि सफलतातर्फ लम्किएकी ममिता

    चुनाव हारेपछि सफलतातर्फ लम्किएकी ममिता

    अशोक विश्वकर्मा। स्थानीय तहको पहिलो निर्वाचनमा जनप्रनिधी भएर जनताको काम गर्ने चाहाना पुरा नभएपछि व्यवसायिक कृषि पेशामा लागेकी ममिता गुरुङको सफलता उन्मुख संषर्घ चाखलाग्दो छ । तनहुँको रतनपुर पृथ्वीराजमार्गबाट झण्डै २२ किलोमिटरको ग्रामिण सडक पार गरेपछि मात्र पुग्न सकिन्छ । शुक्लागण्डकी नगरपालिका १ मा रहेको यही वस्तीमा ममिता दम्पतीले गरेको बाख्रा र मौरी पालन सवैका लागि प्रेरणाको स्रोत बन्न थालेको छ । ६ बर्ष अगाडी हेफर नामक संस्थाले महिलाको आर्थिक स्तर उकास्न व्यवसायिक बाख्रा पालनको अवधारणा गाउँमा पु¥याएको उनले जानकारी दिईन् । ‘त्यसपछि नै हो बाख्रा पालन गर्नुपर्छ कि भन्ने लागेको’ उनले भनिन् ‘अहिले घाँसहरु प्रशस्त हुन थाल्यो बल्ल व्यवसायले लय समातेको छ ।’

    ३० वटा उन्नत जातका बाख्रा र ३२ घार मौरीले उनको दैनिकी व्यस्त बनाएको भएपनि श्रीमानका साथले सामाजिक काममा समेत निस्कन सहज भएको छ । श्रीमान मनकाजी गुरुङ्ग उनको व्यवसायको सारथी पनि हुन् । श्रीमान–श्रीमतिको मेहेनतले पछिल्लो ६ महिनामा मात्र दुई लाख बढीको मह विक्री गरेका उनीहरुमा थप मेहनत गर्ने हौसला मिलेको छ । ‘महको माग पोखरा र काठमाण्डौबाट असाध्यै हुने रहेछ, यस पटक मात्र एक सय ८५ माना उत्पादन भयो’ ममिताले तनहुँ खबरसँग गफिदै गर्दा सुनाईन्,‘बाख्राका पाठा पाठीपनि बेच्छौ, जे होस ऋण गर्न परेको छैन पैसाले त कस्लाई पुग्छ होला र ?’

    शहरदेखि प…रको बस्तीमा आवश्यक पर्ने दाना चोक्कर पु¥याउन सहज छैन । ममिताको दम्पती आफ्नै पैत्रिक सम्पतीको संरक्षण गर्न गाउँकै बारीमा आफुलाई आवश्यक पर्ने कोदो, मकै, पिडालु लगायतका खेती पनि गर्न भ्याएका छन् । ‘ससुराकै बारी हो नि, धेरै घाँस लगाएका छौ अरु खेतिपाती पनि गर्छौ ।’ सन्तुष्टी मिश्रित भावमा ममिता सुनिईन् ।

    बाख्राको व्यवसायिक सफलतापछि मौरी पालन गरेर मनग्य आम्दानी भित्राएकी उनी अब सँगसँगै कुखुरा पालन गर्ने योजना बुनिरहेकी छन् । बारीका पाटाहरुमा राई खनियोदेखि मेन्डोला, सुपर नेपिएर, मुलाटे, किम्वु, टाँकी लगायतका डाले घाँसहरु सँगै ममिताको व्यवसायिक कृषि पेशा मौलाउदै गएका छन् । जिल्लाकै म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाको सिमानामा रहेको शुक्लागण्डकी नगरपालिका रतनपुरबाट व्यवसायिक सफलताको उडान भरिहेका गुरुङ दम्पती अहिले स्वदेशमै सम्भावनाहरुको खोजीहरुका लागि उदाहरण बन्न थालेका छन् ।

     

  • पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा

    काठमाडौं। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । यसले देशभर बदली रहनुका साथै अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कणर्ाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूणर्तया बदली रहेको छ । सुदूरपश्चिम, कणर्ाली, लुम्बिनी, गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षा भइरहेको प्रभावले बदली र वर्षा गराएको अहिले कणर्ाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि बदली रहनुका साथै केही स्थानमा छिटपुट वर्षा भइरहेको छ ।

    दिउँसो देशभर पूणर्तया बदली रहनेछ । देशको पहाडी भू-भागका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत समभावना छ । कोशी, मधेश र बागमती प्रदेशका तराईका केही स्थानमा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • भरतपुर अस्पतालतमा प्रसुति सेवा लिने महिलालाई दुईहजार यातायात खर्च

    भरतपुर अस्पतालतमा प्रसुति सेवा लिने महिलालाई दुईहजार यातायात खर्च

    चितवन । भरतपुर अस्पतालमा प्रसूति सेवा लिने महिलालाई यातायात खर्च बापत दुई हजार रुपैयाँ दिन शुरु गरिएको छ । सरकारको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका अनुसार उक्त रकम दिन शुरु गरिएको हो ।

    अस्पतालले जेठ १ गतेदेखि प्रसूति लिएका महिलालाई जनही दुई हजार रुपैयाँ नगद दिन थालेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । त्यस्तै, चार पटक पूर्व प्रसूति जाँच कुनै पनि सरकारी स्वास्थ्य संस्थामा गराएको रेकर्ड भएमा थप ८०० रुपैयाँ पनि दिइने उनले बताए ।

    अस्पतालले यसअघि प्रसूति सेवा लिने महिलालाई एक हजार रुपैयाँ यातायात खर्च दिने गरेको थियो । सरकारले हिमाली जिल्लामा प्रसूति सेवा लिनेलाई तीन हजार, पहाडी जिल्ला, भित्री मदेशका जिल्ला र काठमाडौँ उपत्यकाका जिल्लाका महिलालाई दुई हजार रुपैयाँ र तराई जिल्लाका महिलालाई एक हजार रुपैयाँ यातायात खर्च दिने निर्देशिका बनाएको छ ।

  • हावाहुरीले छानो भत्किँदा दुई मजदुर घाइते

    हावाहुरीले छानो भत्किँदा दुई मजदुर घाइते

    महेन्द्रनगर। कञ्चनपुरमा मङ्गलबार राति आएको हावाहुरीबाट दुई मजदुर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका-१८ सालघारीमा रहेको जस्तापाताले छाएको अस्थायी टहरा हावाहुरीले भत्किँदा टहरामा आश्रय लिइरहेका बर्दिया घर भएका गणेश चौधरी र हेलो चौधरी घाइते भएका छन् ।

    “बजार क्षेत्रमा काम गरिरहेको लामा निर्माण सेवाका मजदुर घाइते भएका हुन्”, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले भने, “गम्भीर घाइते गणेशलाई उपचारका लागि कैलालीको धनगढी लगिएको छ ।”

    गए रातिको हावाहुरीबाट कञ्चनपुरका अधिकांश ठाउँमा कच्ची टहरा र स्कुलका छाना भत्काएको छ । “मानवीय क्षति भएको छैन, संरचना भत्काएको विवरण सङ्कलन भइरहेको छ”, प्रवक्ता डाँगीले भन्नुभयो, “कतिपय स्थानमा बिजुलीका पोल ढल्दा विद्युत् सेवा अवरुद्ध छ ।”

  • ढोरपाटनका मेयर २ वटा सहकारीका अध्यक्ष, २ अर्ब अपचलन

    ढोरपाटनका मेयर २ वटा सहकारीका अध्यक्ष, २ अर्ब अपचलन

    सहकारी संचालन गरेको पाइएको छ। पोखरा र बागलुङमा ‘इमेज बचत तथा ऋण सहकारी संस्था’का नाममा २ वटा छुट्टाछुट्टै सहकारी खोलेर उनले सर्वसाधारणको २ अर्ब अपचलन गरेको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ। सहकारीका अध्यक्ष एवं ढोरपाटनका मेयर नेपाली सम्पर्कविहिन भएपछि पीडित बचतकर्ताले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्। सोही निवेदनका आधारमा नेपालीलाई विदेश जान नदिन गृह मन्त्रालय र आवश्यक छानविन गरी कारबाही गर्न सहकारी रजिष्ट्रारको कार्यालयमा पत्राचार गरेको बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बताइन्। सोही पत्राचारका आधारमा गृह मन्त्रालयले मेयर नेपालीलाई विदेश जान रोक लगाउँदै सबै नाका र अध्यागमन विभागमा पत्राचार गरिसकेको छ ।

    उनले सहकारीबाट बागलुङमा मात्र डेढ अर्ब बचत अपचलन देखिएको सिडिओ श्रेष्ठले बताइन । ‘बागलुङमा मात्रै सहकारीले ८ सय जना सेयर सदस्य र ३ हजार २ सय जना बचतकर्ताको करिब डेढ अर्ब रुपैयाँ बचत रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ उनले भनिन्, ‘सहकारी विभागले अनुसन्धान गर्दैछ, केही दिनमै यथार्थ विवरण आउला ।’ इमेज वचत तथा ऋण सहकारी पोखरा महानगरपालिकामा दर्ता गरेका छन्। जहाँबाट ५ सय बढी बचतकर्ताका ५० करोड रुपैयाँ अपचलन गरेको सहकारीका प्रबन्धक दीपक पौडेलले बताए। उक्त रकम उनले घर जग्गा कारोबारमा लगानी गरेको पौडेलले बताए । दुई संस्थाको गरी नेपालीले २ अर्ब अपचलन गरेको उनीहरूले बताएका छन्।अपरेशन हेड बनाएका थिए। ऋण अधिकृत उनकै भतिज सुनिल नेपालीलाई नियुक्त गरेका थिए। मगर र नेपाली पनि सम्पर्कविहिन छन ्।

    ‘विश्वासको आधारमा काम गरें, अहिले आएर सम्पर्कविहीन भए,’ उनले सेतोपाटीलाई भने, ‘मलाई त रबर स्ट्याम्प हिसाबमा काम लगाए।’ मेयर नेपालीले बागलुङमा पनि इमेज बचत तथा ऋण सहकारी संस्था संचालन गर्न तत्कालीन रजिष्ट्रारको कार्यालयमा दर्ता गरेका थिए।बागलुङमा संचालन गरेको सहकारीको मुख्य कार्यालय बागलुङ बजार रहेको छ भने बुर्तिवाङ र गलकोटमा सेवा केन्द्र संचालनमा छ। सहकारी ऐन अनुसार एउटा पालिकाभन्दा बाहिर पनि कार्यक्षेत्र बनाउन रजिष्ट्रारको कार्यालयमा दर्ता गर्नुपर्छ। एउटा प्रदेश भन्दा बाहिर कार्यक्षेत्र बनाउन संघीय सरकारको सहकारी विभागमा दर्ता गर्नुपर्ने सहकारी ऐनमा व्यवस्था छ। सहकारी ऐनले तोकेको सोही व्यवस्था अनुसार मेयर नेपालीले पोखरा र बागलुङमा एउटै नामका २ छुट्टा छुट्टै सहकारी दर्ता गरेका हुन्। तर सोही ऐनले एउटै व्यक्ति २ वटा सहकारीको संचालक हुन नपाउने व्यवस्था गरेको छ। तर नेपाली दुबै सहकारीका अध्यक्ष हुन्। उक्त सहकारीका पीडितहरु भने सरकारका नियमनकारी निकायले आवश्यक अनुगमन नगरेकाले उनी कारबाहीमा नपरेको गुनासो गर्छन्। २०७४ मा स्थानीय तहको निर्वाचन भएपछि ढोरपाटन नगरपालिकाको मेयर बनेका नेपालीले त्यसपछि सहकारीको संचालक पद छाड्नुपर्थ्यो।

    सहकारी विनियमले जनप्रतिनिधीलाई संचालक बन्न नपाउने व्यवस्था गरेकोल पोखरा महानगरका सहकारी शाखाका प्रमुख भरतराज पौडेलले बताए। ‘एकै व्यक्ति दुई सहकारीको अध्यक्ष बन्न मिल्दैन, जनप्रतिनिधी त एउटै सहकारीको पनि संचालक हुन पनि पाउँदैनन्,’ उनले भने। मेयर नेपालीले यसरी कानुनको उल्लङ्घन गरेका कुरा सहकारीमा बचत गरेका पीडित महानगरको सम्पर्कमा आएपछि मात्र थाहा पाएको उनको भनाई छ। कानुन विपरित काम गरेको र सहकारीमा बचत सर्वसाधारणको रकम अपचलन भएको भन्दै नियन्त्रणमा लिएर कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको पौडेलले बताए। ‘सर्वसाधारणको ठूलो रकम हिनामिना गरेर बेपत्ता भएको सूचना हामीले पाएपछि हामीले जिल्ला प्रशासन कार्यालयलाई नियन्त्रणमा लिएर कारबाही गर्न पत्राचार गरेका छौं,’ उनले भने। सहकारीमा रकम बचत गरेका सर्वसाधारणले मेयर नेपालीलाई नियन्त्रणमा लिएर कारबाही गर्न प्रशासनले चासो नदिएको गुनासो गरेका छन्। पोखरा र बागलुङका सर्वसाधारण दिनहुँ प्रहरी र प्रशासनमा धाइरहेका छन्। एउटा कार्यालयले अर्को कार्यालयलाई देखाएर तर्किने गरेको पोखराका पीडित हरि खत्रीले बताए।

    ‘इमेज सहकारीका अध्यक्षलाई नियन्त्रणमा ल्याइदिनुस् भनेर जी हजुरी गरेका छौं,’ उनले भने, ‘महानगरमा गयो हामीलाई अधिकार छैन भन्छ, सिडिओ कार्यालय गयो महानगरलाई भन्नुपर्छ भन्छ, प्रहरीमा गयो सबै अधिकार महानगरमा गएको छ भन्छ, हामी यता र उता धाउँदा धाउँदा हैरान भयौं।’ बागलुङबाट पोखरा बसाई आएका खत्रीलाई बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवबहादुर नेपाली अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारीमा बचत जम्मा गर्न उनका साथीहरुले सुझाएका थिए। साथीका सुझाव मानेर खत्रीले आफ्नो मात्र नभई आफन्तका पनि बचत लगेर सोही सहकारीमा जम्मा गरेका थिए। ‘साथीहरको सुझाव मानेर मैले आफ्नो,दिदी, छोराछोरी लगायत आफन्तको बचत पनि यही सहकारीमा राखें,’ उनले भने, ‘हाम्रो परिवारभित्रको मात्र १ करोड बचत छ।’ सहकारीमा उनले बचत गरेको रकम अहिले कागजको ढड्डामा मात्र उल्लेख छ। उनले राखेको पैसा सहकारीमा छैन। आफूले बचत गरेको रकम निकाल्न खोज्दा पनि सहकारीले नदिएको उनले बताए। ‘हामीले राखेको पैसा आवश्यक पर्दा झिक्न जाँदा दिएन, अध्यक्षसँग कुरा गर्दा मिलाउँछु मात्र भन्थे,’ उनले भने, ‘५ दिनअघि मात्र सम्पर्क हुँदा पनि मिलाउँछु भनेका थिए।’

    पोखराका सहकारी पीडितहरुले जिल्ला प्रशासन कार्यालय कास्कीमा ठगीको उजुरी दिँदा दर्ता नभएको गुनासो गरेका छन्। बागलुङ बजारमा मुख्य कार्यालय रहेर बुर्तिवाङ र गलकोटमा सेवा केन्द्र चलाएको अर्को इमेज बचत तथा ऋण सहकारीबाट डेढ अर्ब अवचलन भएको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ। बागलुङमा रहेको उक्त सहकारीको आर्थिक हिनामिनाका विषयमा सहकारी रजिष्टारको कार्यालय गण्डकीले अनुसन्धान गरिरहेको छ। बागलुङमा डेढ अर्ब र सहकारीका पोखरामा ५० करोड गरी २ अर्ब रुपैया अध्यक्ष नेपालीले अवचलन गरेर फरार भएको बचतकर्ताको दाबी छ। सर्वसाधारणले बचत गरेको रकम सहकारीका अध्यक्ष नेपाली आँफैले ऋण लिएर लगानी गरेको पोखराका प्रवन्धक दीपक पौडेलले बताए। उनका अनुसार नेपालीले काठमाडौं, पोखरा र बागलुङमा घरजग्गामा लगानी गरेका छन्। उनको पोखरामा २ वटा घर छ भने बागलुङको बुर्तिवाङमा होटल चलाएका छन्।

    यस्तै, काठमाडौं, पोखरा र बागलुङमा प्लटिङमा लगानी गरेका छन्। करिब ४ महिनाअघि देखि सहकारीका बचतकर्ताले रकम नपाएपछि गुनासो बढ्दै गएको थियो । अध्यक्ष नेपालीले आप्mनो घर जग्गा बिक्री गरेर बचत फिर्ता गर्ने आश्वासन दिँदै आएका थिए। एकाएक सम्पर्कविहिन भएपछि आफुहरुको रकम डुब्ने हो की भन्ने चिन्ता लागेको बचतकर्ता हरि खत्रीले बताए। सर्वसाधारण बचतकर्ताको करोडौं रकम डुब्ने अवस्था आउनुमा राज्यका नियमनकारी निकाय पनि उत्तिकै जिम्मेवार भएको अर्का एक पीडितले बताए। जिल्ला प्रशासन कार्यालय कास्कीमा सोमबार भेटिएका ती पीडितले आफ्ना नाम गोप्य राख्न आग्रह गर्दै भने, ‘मेयरको सहकारी राम्रो होला भनेका थियौं, आखिर गैरकानुनी रुपमा अध्यक्ष बनेर हाम्रो रकम हिनामिना गरेका रहेछन्, यसमा नियमनकारी निकायको पनि उत्तिकै दोष छ।’

  • गण्डकीका सांसदको खर्च:५ महिनामा २१ बैठक बसे, ३ करोड सके, कसले कति लिए ?

    गण्डकीका सांसदको खर्च:५ महिनामा २१ बैठक बसे, ३ करोड सके, कसले कति लिए ?

    पोखरा । गण्डकी प्रदेश सभामा गत मंसिरमा निर्वाचित भएका ६० जना सांसदको कार्यकाल पुस १४ गतेबाट सुरु भयो । मंसिर पहिलो साता निर्वाचित भए पनि सपथ भएपछि मात्रै उनीहरुको कार्यकाल सुरु भएको हो । सपथ हुनु कार्यकाल सुरु हुनु र पारिश्रमिकको गणना थालनी हुनु पनि हो ।कार्यकाल सुरु भएको ५ महिनामा अर्थात १५० दिनमा उनीहरुले प्रदेश सभामा भने केवल १६ दिनमात्रै बिताएका छन् । प्रदेश सभामा १६ दिन उपस्थित भई बैठक बसे पनि उनीहरुले तलब भने सबै ५ महिनाकै पाए । महिना मरेपछि स्वतः तलब आउँछ । बैठकको छुट्टै भत्ता हुन्छ । १६ दिनमा २१ बैठक बसेको भत्ता प्रदेश सभा सचिवालयले प्रत्येक सांसदको बैंक खातामा पठाएको छ ।

    प्रदेशका सांसदका लागि पारिश्रमिक र भत्ताबाहेक उनीहरुका स्वकीय सचिवका लागि पारिश्रमिक हुन्छ । घरभाडा, मर्मत, इन्धन, सञ्चार, यातायात लगायत सुविधा पनि हुन्छन् । तिनै शीर्षकमा उनीहरुका लागि प्रदेश सभा सचिवालयले अहिलेसम्म झन्डै ३ करोड रुपैयाँ भुक्तान गरिसकेको प्रदेश सभा सचिवालयको लेखा अधिकृत सूर्य अधिकारीले जानकारी दिए । सांसद, पदाधिकारी, स्वकीयको तलब भत्तामा मात्रै २ करोड ७८ लाख ३४ हजार ४ सय ६१ रुपैयाँ खर्च भएको हो । इन्धन खर्च तथा बैठक भत्ता गरी २ करोड ९४ लाख ८ हजार ५४२ रुपैयाँ खर्च भएको छ । प्रदेश सभाले सांसद र संसद पदाधिकारीको मात्रै पारिश्रमिक र सुविधामात्रै भुक्तान गर्छ । मन्त्री भएका सांसदहरुले भने मन्त्रिपरिषदको कार्यालयले भुक्तानी दिन्छ । त्यसैले प्रदेश सभाले भुक्तान गरेको ३ करोड रुपैयाँमा ७ सदस्यीय मन्त्रिपरिषदका सदस्यहरुको पारिश्रमिक र सुविधा भने गणना भएको छैन ।

    प्रदेश सभाको मुख्य काम कानुन निर्माण हो । गण्डकी प्रदेश सभाका १६ दिनका २१ बैठकको मुख्य काम भने कानुन निर्माण नभई सरकार गठन, विघटन र फेरि गठनमै सीमित रह्यो । पाँच महिनामा गण्डकीले २ वटा सरकार पाइसकेको छ । पुस २५ गते एमाले नेता खगराज अधिकारी नेतृत्वमा गठित सरकार वैशाख ९ मा ढल्यो । अधिकारीले राखेको विश्वासको मत सम्बन्धी प्रस्ताव प्रदेश सभाको बहुमतले अस्वीकृत गरिदियो । अधिकारी सरकार ढलेपछि कांग्रेस नेता सुरेन्द्रराज पाण्डे नेतृत्वमा गठित सरकारलाई प्रदेश सभाको वैशाख २१ गतेको बैठकले बहुमतसहित विश्वासको मत दियो । प्रदेश सभाले सुरुमा गर्नुपर्ने काम सभा सञ्चालन सम्बन्धी आफ्नै कानुन अर्थात नियमावली बनाउनुपर्ने थियो । पुस १८ गतेको पहिलो बैठकले पहिलाकै नियमावलीबाट चल्ने निणर्य पारित गरेको थियो । नयाँ नियमावलीका लागि पछि समिति पनि गठन गर्‍यो, तर अहिलेसम्म त्यसले सभामा प्रवेश पाएको छैन ।

    कानून निर्माण र अन्य निणर्यका लागि प्रदेश सभामा आवश्यक ‘मिनी संसद’ अर्थात संसदीय समितिहरुको गठनसमेत अहिलेसम्म भएको छैन । त्यसो त प्रदेश सभाका २ वटा अधिवेशन भइसकेका छन् । पहिलो अधिवेशनमा पुरानै प्रदेश सभाकालीन सरकारका पालामा रेडी कानून पारित भए । तत्कालीन कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्व सरकारको पालामा तयार गण्डकी प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाले पारित गरेको थियो । रेडीमेड ऐन पारित गरेपछि प्रदेश सभाले फेरि पनि नयाँ केही गरेन । तत्कालीन मुख्यमन्त्री अधिकारीले बजेट रकमान्तर गरेर नयाँ योजना बाँड्न ऐननै संशोधन चाहे । प्रदेश सभाले रकमान्तर गर्न विनियोजन ऐन २०७९ र ३४ वटा ऐन संशोधन गर्ने गरी केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक फास्ट ट्र्याकबाट पारित गर्यो ।

    अघिल्लो कार्यकालमा विवादकै कारण पास नभएको उक्त विधेयक यसपालि समितिमा छलफल नै नगरी सरकारले पास गरायो । आफूलाई समेत फाइदा हुँदा तत्कालीन प्रतिपक्ष कांग्रेस मौन नै रह्यो । समितिमा गहन अध्ययन र लामो छलफलबाट विधेयक अगाडि बढाउनुपर्नेमा फास्ट ट्र्याकबाट पास गरियो । प्रदेशसभा सचिवालयका सचिवको उमेर हद ६५ वर्ष पुर्याउन सबै दल एकमत भए । सचिवालयका सचिव हरिराज पोखरेल चैत ४ गते ६० वर्षे उमेर हदका कारण अवकाशमा जानेवाला थिए । तर, सबै दल मिलेर उनको जागिर थमौती गर्न ऐन नै संशोधन गरे । केन्द्रीय राजनीतिको सत्ता गठबन्धनमा हेराफेरिसँगै तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले सरकार टिकाइराख्ने दाउमा प्रदेश सभाको पहिलो अधिवेशन अन्त्य गरेका थिए ।

    गत फागुन १८ गते गण्डकी प्रदेश सभामा प्रदेश प्रमुख पृथ्वीमान गुरुङको सम्बोधनपछि एकाएक पहिलो अधिवेशन अन्त्य भएको थियो । पुस १८ गतेबाट सुरु भएको उक्त अधिवेशनमा १४ वटा बैठक भएका थिए । गत वैशाख ९ गते तत्कालीन मुख्यमन्त्री अधिकारी विशेष अधिवेशन बोलाएर विश्वासको मत सम्बन्धी प्रस्ताव राखे । उक्त बैठक सोही विषयमा केन्द्रित भयो । अधिकारीले विश्वासको मत पाएनन्, अनि सरकार ढल्यो । सोही दिनमै अधिकारीले उक्त अधिवेशन अन्त्यका लागि सिफारिस गरे, प्रदेश प्रमुखले अन्त्य गरे । पूर्वमन्त्री अधिकारीले विश्वासको मत लिन विशेष अधिवेशनै डाकेका थिए । उनका उत्तराधिकारी नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नेतृत्व सरकारले प्रदेश सभा अधिवेशन डाक्नुको मूल उद्देश्य पनि विश्वासको मत लिनु नै रह्यो । उनले पनि वैशाख २१ गते विश्वासको मत लिन अधिवेशन आह्वानका लागि सिफारिस गरे ।
    त्यसपछि प्रदेश सभाको दोस्रो(नियमित) अधिवेशनको पहिलो बैठक वैशाख २१ गते बस्यो । सोही दिन मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिए र बैठक अनिश्चितकालका लागि स्थगित भयो । जुन अझै सुरु भएको छैन । प्रदेश सभा बैठकको सुरसारसमेत देखिन्न । नेपाली कांग्रेसका सांसद विन्दुकुमार थापाले जनताको अपेक्षाअनुसार प्रदेशले काम गर्न नसकेको स्वीकार्छन् । उनी भन्छन्, ‘जनताको अपेक्षा धेरै ठूलो छ, जनताहरुले आमूल परिवर्तन खोजी राखेका छन्, अब त्यो अनुसारको डेलिभरी दिन नसकिरहेको हामीलाई महसुस भइराखेको छ ।’ प्रदेशले रोजगारी सिर्जना गर्ने खालको योजनाहरु अगाडि बढाउनुमा सांसद थापाले जोड दिए । ‘पहिलो ५ वर्षको कार्यकालमा प्रदेशको जग राख्ने काम गर्यौं । ६१, ६२ वटा कानुन बनाएका छौं । प्रदेश संरचना पनि धेरै तयार भएका छन्,’ उनले भने, ‘आगामी वर्षदेखि जनताहरुको मनोबल बढाउने खालको, जीवनस्तर उकास्ने खालका कार्यक्रमहरु ल्याउनुपर्छ ।

    विकास निर्माणका कामहरु र रोजगारी सिर्जना गरेर विदेशिने युवालाई रोक्ने खालको कार्यक्रम ल्याउनुपर्छ ।’ प्रदेश सभा सदस्य थापाले सुशासन कायम गर्ने तथा जनताको जीवनस्तर उकास्न सबै दलहरु मिलेर जानुपर्ने जिकिर गरे । ‘अब सुशासन कायम गर्ने, समृद्धि हासिल गर्ने कुरामा अगाडि बढ्नुपर्छ, जनताको जीवनस्तर उकास्ने कुराहरुमा सरकार पक्ष, प्रतिपक्ष दल सबै मिलेर चाहिँ अगाडि बढ्नुपर्छ,’ उनले भने । जनताको नजिकको सरकार प्रदेश सरकार हो भन्ने पुष्टि गर्न नसकेको नेकपा एमाले सांसद गोविन्दबहादुर नेपाली बताउँछन् । ‘जनताको नजिकको सरकार प्रदेश सरकार हो भन्ने पुष्टि गर्न सक्नुपर्छ । अहिलेसम्म विषय हेर्दा जनतामा हामीले त्यो हिसाबले पुष्टि गर्नेतर्फ अब लागिरहेका छौं । तर, जनताले ढुक्कले विश्वास गर्ने गरी त्यो ठाउँमा पुर्याउन सकिरहेका छैनौं,’ उनले भने, ‘त्यसको सम्पूणर् कारण हो राजनीतिक अस्थिरता ।’
    राजनीतिक अस्थिरताले प्रदेशले सोचेअनुरुपको उपलब्धि हासिल गर्न नसकेको प्रदेश सभा सदस्य नेपाली बताउँछन् । ‘विडम्बना यो ५ महिना एउटै सरकारले गर्न पाएको भए । एउटा खालको मूल्यांकन गर्न सकिने खालको हुन्थ्यो । ५ महिनामा २ वटा मुख्यमन्त्री बन्ने परिस्थिति बन्यो’, उनले भने, ‘खगराज अधिकारी नेतृत्वको सरकारलाई १ सय दिनको मुल्यांकन गर्ने धैर्य गठबन्धनले राखेन । अर्को सरकार आएपछि विभागहरु बाडफाँड गरेको छ । त्यसकारण राजनीतिक अस्थिरताले मूल्यांकन गर्न सक्ने अवस्था छैन ।’

    कसको खर्च कति ?
    सदस्य तथा पदाधिकारीको पारिश्रमिकः १ करोड ३१ लाख ७५ हजार ५७७
    अन्य सुविधा र स्वकीयको परिश्रमिकः १ करोड ३४ लाख ५४ हजार ८७४
    इन्धन सुविधाः ३ लाख ९० हजार ८१
    सभामुख उपसभामुख पारिश्रमिकः ४ लाख ९६ हजार ७२७
    अन्य सुविधा तथा स्वकीय सचिवको पारिश्रमिकः ७ लाख ७ हजार २८३
    सांसदको बैठक भत्ताः ११ लाख ८४ हजार
    जम्माः २ करोड ९४ लाख ८ हजार ५४२

  • देउवासँग मञ्जु खाणको आक्रोश- बालकृष्णलाई फसाईँदा पार्टी के हेरेर बसेको छ ?

    देउवासँग मञ्जु खाणको आक्रोश- बालकृष्णलाई फसाईँदा पार्टी के हेरेर बसेको छ ?

    काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणकी श्रीमती तथा प्रतिनिधिसभा सदस्य मञ्जु खाणले मंगलबार पार्टी सभापति शेरबहादुर देउवालाई उनको निवासमै पुगेर भेटेकी छन् । उनले देउवासँग शरणार्थी प्रकरणमा आफ्नो श्रीमानलाई पार्टीले बचाउ नगरेको भन्दै आक्रोश पोखिन् । बालकृष्ण पक्राउ परेपछि सम्पर्कविहीन बनेकी मञ्जु गत शुक्रबार मात्रै सार्वजनिक भएकी हुन् । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रतिवेदन तयार गरेपछि मात्रै उनी श्रीमान भेट्न हिरासत पुगेकी थिइन् । आज भने पार्टी सभापतिलाई भेटेर उनले आफ्नो कुरा राखेकी हुन् ।

    मंगलबारको भेटमा मञ्जु सभापति तथा अन्य नेतृत्वसँग आक्रोशित रुपमा प्रस्तुत भएको स्रोतले बताएको छ । उनले धुम्बाराहीमा पुगेर नेता खाणलाई मात्रै फसाउने गरी केही मिडिया, प्रहरी र दलका नेताहरु लागिपरेको बताइन् । ‘खानेबेलामा को-को मिलेर खाए होलान्, अहिले बिनाप्रमाण बालकृष्णले मात्रै सजाय भोग्नुपर्ने ? पार्टी के गरेर बसेको छ ? यसको वास्तविकता के हो ?’ उनले प्रश्न गरेकी थिइन् । सभापति देउवाले मञ्जुलाई अनाहकमा कोही नफस्ने र पार्टीले यसमा पहल गरिरहेको बताएर आश्वस्त पार्न खोजेका थिए ।
    नेता खाणका विषयमा तरुण दलका अध्यक्ष विद्धान गुरुङसहितका नेताहरुले पनि आज सभापति देउवालाई भेटेर कुराकानी गरेका छन् । सो अवसरमा टोलीलाई देउवाले खाणको बारेमा धेरै चिन्ता नलिन आग्रह गरेका थिए । मिडिया र प्रहरीले एकपक्षीयरुपमा दोषी देखाएर प्रमाणित नहुने बताउँदै उनले बिनाप्रमाण लगाएका यस्ता आरोप गलत सावित हुने विश्वास दिलाएको सहभागी एक नेताले जानकारी दिए । ‘तपाईहरुलाई जस्तै चिन्ता मलाई पनि लागेको छ नि, केही मिडिया र प्रहरीले दोषी करार गरेर हुँदैन । बिनाप्रमाण दोषी बनाउन मिल्दैन । बालकृष्ण खाणको धेरै चिन्ता लिनुपर्दैन,’ सहभागी एक नेताले देउवाको भनाइ उद्वृत गर्दै भने ।

    बालकृष्ण खाणका विषयमा कुरा गर्न मंगलबार धुम्बाराहीमा विभिन्न प्रदेशबाट संस्थापन पक्षका नेताहरु गएको बताइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा वैशाख २७ गते बिहान पूर्वगृहमन्त्री खाण पक्राउ परेका थिए । उनलाई प्रहरीले चाबहिलको मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले खाणलाई गृहमन्त्रालयमै पुगेर एक करोड २४ लाख बुझाएको बयान दिएका छन् । पाण्डेलाई खाण आफैले गृहमा ल्याएका थिए ।

  • राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

    राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

    काठमाडौँ । सरकारले सङ्घीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

    बैठकले सांसद तुलसाकुमारी दाहाल, बिमला घिमिरे र डा बिमला राई पौड्यालले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति कार्यक्रममाथि सांसदले राखेकन जिज्ञासाको जवाफ दिएका थियो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ १४ गते दिउँसो १३ः१ बजे बस्नेछ ।

  • विश्वकप छ्नोटको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेलमा जिम्बावेसँग खेल्ने

    विश्वकप छ्नोटको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेलमा जिम्बावेसँग खेल्ने

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अर्को महिनादेखि जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोटको खेल तालिका सार्वजनिक गरेको छ । आईसीसीले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार समूह (ए) मा रहेको नेपालले जुन १८ मा घरेलु टिम जिम्बाब्वेविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यस्तै, जुन २० मा नेपालले अमेरिकासंग, जुन २२ मा वेस्ट इन्डिजसँग र जुन २४ मा नेदरल्यान्ड्ससँग समूह चरणको अन्तिम खेल खेल्नेछ । नेपालले छ्नोटअघि जिम्बावेमै दुई वार्म अप म्याच पनि खेल्ने भएको छ ।

    नेपालले पहिलो वार्म अप म्याचमा युनाइटेड अरन इमिरेट्स (यूएई)सँग जुन १३ मा र दोस्रो खेल जुन १५ मा ओमानविरुद्ध खेल्नेछ । प्रतियोगिताम कुल १० टिमले भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन् । सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

    यस्तै, प्रतियोगिताको समूह (ए) मा नेपाल, वेस्ट इन्डिज, अमेरिका, नेदरल्यान्ड्स र जिम्बाब्वे छन् । समूह ‘बी’मा आयरल्यान्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । प्रत्येक समूहबाट शीर्ष तीन टिमले सुपर सिक्सम स्थान बनाउनेछ्न् । प्रतियोगिबाट दुई टिमले विश्वकप स्थान बनाउनेछन् । छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार २२ सदस्यीय टिमको घोषणा गरेको थियो ।

  • वन मन्त्रीमा महतो नियुक्त

    वन मन्त्रीमा महतो नियुक्त

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा एक मन्त्री र एक राज्यमन्त्री नियुक्ति गरी कार्यभार तोकेका छन् ।

    राष्ट्रपति पौडेलले आज वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरणमन्त्री र प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त गरी कार्यभार तोकेका राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाएका छन् ।