Author: achyutbc@gmail.com

  • सरकारद्धारा चिनु गुरुङ्गलाई उत्कृष्ट महिला उद्यमीको सम्मान

    सरकारद्धारा चिनु गुरुङ्गलाई उत्कृष्ट महिला उद्यमीको सम्मान

    पोखरा ।  वरिष्ठ सौन्दर्य व्यवसायी चिनु गुरुङलाई गण्डकी प्रदेशवाट महिला उद्यमशितलामा अतुलनिय योगदान पु¥याएको भन्दै नेपाल सरकारले सम्मान गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘पाचौँ राष्ट्रिय महिला अधिकार दिवस’को अवसरमा गण्डकी प्रदेशबाट सौन्दर्य व्यवसायी चिनु गुरुङ पुरस्कृत भएकी हुन् । उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत सम्मान गरिएको हो ।

    महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सातै प्रदेशका अगुवा महिला उद्यमीलाई काठ्माण्डौमा पुरस्कृत गरेको थियो । रोजगारी सृजना, स्वरोजगार अभियान्ता, महिला उद्यमशिलता र आर्थिक समृद्धिमा अतुलनिय योगदान पु¥याएको भन्दै सम्मान गरेको हो । पुरस्कारको राशी नगद रु १ लाख रुपैयाँ रहेको छ ।

    महिलाहरु पनि आत्मनिर्भर हुनु पर्छ भन्दै २०५२ सालदेखी सौन्दर्यकर्मको संघर्षमा निस्केकी चिनुले आजका मिती सम्ममा तीन हजार भन्दा वढी गृहिणी तथा युवायुवतीहरुलाई आवस्यकता अनुसार निशुल्क र सशुल्क तालिम दिई सकेकी छन् । सौन्दर्यको वजारमा एक हजार भन्दा वढी त अहिले उनैको तालिम मार्फत् प्रेरणा पाएर स्वरोजगार भएका छन् । जसमा ७ हजार भन्दा वढीले स्वदेश तथा बिदेशमा रोजगार पाएका छन् ।
    सुरुवाती अवस्थामा पोखराको पृथ्वीचोकवाट व्यवसाय संचालन गरेकी चिनुले हाल गुरुङ्ग व्यटिपार्लर एण्ड एकेडेमी प्रा लिको रुपमा पोखराकै न्यूरोडमा मुख्य कार्यालय वनाएर संचालन गरेकी छन् भने पोखरा भित्र र प्रदेशका अन्य जिल्लाहरुमा पनि शाखा विस्तार गरि सेवा दिने र तालिम प्रदान गर्ने काम गरेकी छन् ।

    उनि नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशको महिला अध्यक्षका रुपमा रहेकी छन् भने थुप्रै सामाजिक संघसस्थामा रहेर समाजसेवामा पनि आवद्ध छन् । सम्मानपछि वोल्दै गुरुङ्गले भनिन्–“सौन्दर्य व्यवसायलाई पुस्तान्तरित व्यवसायका रुपमा विकास गरिनु पर्छ । महिलाहरु अव सधै माग्ने मात्रै होईन दिने हैषियतमा आफुलाई विकास गर्नु पर्छ ।” नेपाली वस्तुको उत्पादन गरि आयात प्रतिस्थापन गर्ने अभियानमा रहेकी चिनु स्वरोजगारलाई देश समृद्धिको आधार मान्ने गरेकी छन् ।

  • पेस्तोल देखाएर महोत्तरीको एनएमबी बैंकको शाखामा दिनदहाडै ३५ लाख लुटपाट

    पेस्तोल देखाएर महोत्तरीको एनएमबी बैंकको शाखामा दिनदहाडै ३५ लाख लुटपाट

    काठमाडौं । महोत्तरीको बजारस्थित एनएमबी बैंकको शाखामा दिनदहाडै लुटपाट गरिएको छ। मंगलबार मध्यान्ह साढे १२ बजे चार जना अज्ञात व्यक्तिहरू आइ हातमा बोकेको पेस्तोल देखाएर लुटपाट गरेका हुन् ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार करिब ३५ लाख रुपैयाँ लुटपाट भएको छ । लुटेराहरु मास्क लगाएर बैंकमा प्रवेश गरेका थिए । लुटेराहरु बैंक लुटेपछि मोटरसाइकल चढेर भागेका थिए । अहिले प्रहरीले लुटेराहरुको खोजी गरिरहेको छ ।

  • विद्यालयमा ‘सिकाउने र टिकाउने’ कार्यक्रम

    विद्यालयमा ‘सिकाउने र टिकाउने’ कार्यक्रम

    काठमाडौँ- सरकारले बालशिक्षालाई उच्च प्राथमिकतामा राखेर विद्यालयमा बालबालिका टिकाउने कार्यक्रम सञ्चालन गरिने घोषणा गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै आधारभूत शिक्षाअन्तर्गत बालशिक्षालाई व्यवस्थित र पहुँचयोग्य बनाइने बताए ।

    प्रारम्भिक बालविकास केन्द्रको नक्साङ्कन गरी पुनःवितरण गरिने उनले बताए । बालबालिकालाई विद्यालयमा ल्याउने सिकाउने र टिकाउने कार्यक्रमलाई विस्तार गरिनेछ । बालबालिकालाई कृषिमा आधारित प्रयोगात्मक शिक्षा दिने व्यवस्था गरिने बजेटमा उल्लेख छ । अर्थमन्त्री डा महतले हिमाली तथा दुर्गम क्षेत्रका बालबालिकालाई आवासीय छात्रवृत्ति दिइने, मातृभाषामा आधारभूत शिक्षा दिने व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गरिने बताए ।

  • सोक्ला भ्यालीमा रक क्लाइम्विङको तयारी

    सोक्ला भ्यालीमा रक क्लाइम्विङको तयारी

    दोलखा । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ सोक्ला भ्यालीमा रक क्लाइम्विङ महोत्सवको तयारी गरिएको छ । आगामी जेठ १८ र १९ गते सञ्चालन हुने सोक्ला रक क्लाइविङ महोत्सवमा झण्डै तीन सयको सहभागिता रहने अपेक्षा गरिएको आयोजक सोक्लाश्वरी पर्यटन विकास समाजका अध्यक्ष अर्जुन पाख्रिनले बताए । चार सय मिटरको उँचाइमा रहेको सोक्लाको भीरमा आयोजना गरिने रक क्लाइम्विङको लागि २५/२५ मिटरको दुई वटा सिङ्गल पिचको रक रुट तयार गरिएको पाख्रिनले बताए ।

    नेपाल पर्यटन बोर्डको सहकार्यमा आयोजना हुन लागेको सोक्ला रक क्लाइम्विङ महोत्सवको लागि माउन्टेन गाइड एसोसिएसन अफ नेपालका अध्यक्ष सञ्जीव गुरुङ, उपाध्यक्ष तथा ८ औँ पटक सगरमाथा आरोही पासाङ भोटे र महासचिव रामकाजी तिवारीको टिमले दुई वटा रुट निर्माण गरेको हो ।दोलखा । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ सोक्ला भ्यालीमा रक क्लाइम्विङ महोत्सवको तयारी गरिएको छ । आगामी जेठ १८ र १९ गते सञ्चालन हुने सोक्ला रक क्लाइविङ महोत्सवमा झण्डै तीन सयको सहभागिता रहने अपेक्षा गरिएको आयोजक सोक्लाश्वरी पर्यटन विकास समाजका अध्यक्ष अर्जुन पाख्रिनले बताए ।

    चार सय मिटरको उँचाइमा रहेको सोक्लाको भीरमा आयोजना गरिने रक क्लाइम्विङको लागि २५/२५ मिटरको दुई वटा सिङ्गल पिचको रक रुट तयार गरिएको पाख्रिनले बताए । नेपाल पर्यटन बोर्डको सहकार्यमा आयोजना हुन लागेको सोक्ला रक क्लाइम्विङ महोत्सवको लागि माउन्टेन गाइड एसोसिएसन अफ नेपालका अध्यक्ष सञ्जीव गुरुङ, उपाध्यक्ष तथा ८ औँ पटक सगरमाथा आरोही पासाङ भोटे र महासचिव रामकाजी तिवारीको टिमले दुई वटा रुट निर्माण गरेको हो ।रक क्लाइम्विङ महोत्सवले सोक्ला क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकहरूको गन्तव्य बन्ने, सोक्ला भ्याली जिल्लाकै रक क्लाइम्विङ हबको रुपमा विकास हुने, जिल्लाको स्काउट टिमको लागि आपतकालिन उद्धार तालीम सञ्चालनको केन्द्र बन्ने, भीमेश्वर नगरपालिकाको मात्रै नभएर जिल्लाकै साहसिक पर्यटकीय गन्तव्यको रुपमा सोक्ला गाउँको प्रवद्र्धन हुने विश्वास लिइएको आयोजक सोक्लाश्वरी पर्यटन विकास समाजका अध्यक्ष पाख्रिनले बताए ।

    सदरमुकाम चरिकोटबाट ८ किलोमिटरको दूरीमा रहेको सोक्ला गाउँ धार्मिक एवं सांस्कृतिक रुपमा समेत महत्वपूणर् रहेको अध्यक्ष पाख्रिनको भनाई छ । सत्य युगमा तामाकोशीलाई रोकेर ताल बनाउन कालिञ्चोक क्षेत्रबाट ल्याइएका डिलढुंगाहरु अहिले पनि सोक्ला गाँउमा इतिहास भएर उभिएका छन् । वन झाँक्री बस्ने गुफादेखि सोक्लाश्वर महादेवसम्मको कथा यो क्षेत्रको ऐतिहासिक किंवदन्ती बनेर रहेको छ । सोक्ला क्षेत्रमा माघ १ गते बाघ नुहाउने ढुंगेधारादेखि गुमडाँडा पर्वतसम्मको किंवदन्ती र नागबेली तामाकोशीको सुन्दरता हेर्न सकिने स्थानीय बताउँछन् ।

  • सुतेकै ठाउँमा सर्पले डसेर दाजुभाइको मृत्यु

    सुतेकै ठाउँमा सर्पले डसेर दाजुभाइको मृत्यु

    सिन्धुली । सिन्धुलीमा सर्पले डस्दा दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दूधौली नगरपालिका- १ कुर्थौलीका १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडीको मृत्यु भएको हो ।

    ओछ्यानमा सुतिरहेका उनीहरुलाई आज विहान ३ बजे सर्पले डसेको थियो । उनीहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको र थप उपचारका लागि जानकी हेल्थ केयर जनकपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । सर्पले ग्रिसलाई बाँया हातको औँलामा र ग्रिस्मको बाँया खुट्टामा डसेको थियो ।

  • पोखराको रत्नमन्दिर सर्वसाधारणका लागि खुल्ला

    पोखराको रत्नमन्दिर सर्वसाधारणका लागि खुल्ला

    कास्की- पोखराको फेवाताल छेउमा रहेको रत्नमन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको छ । गणतन्त्र दिवसको अबसर पारेर संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीले रत्न मन्दिर र पार्क खुल्ला हुने गरी उदघाटन गरेका हुन् । रत्न मन्दिर उद्घाटन गर्दै मन्त्री किराँतीले यहाँ रहेको मन्दिर, पार्क, यहाँबाट देखिने फेवाताल, बाराही मन्दिर उत्तरतर्फ रहेका सुन्दर हिमश्रृङखलाको दृष्य देखिने यो ठाउँलाई पोखराको प्रमुख पर्यटकीय गन्तबयको रुपमा बिकास गर्नुपर्ने बताएका छन् ।

    पोखरा ८ लेकसाईडस्थित १ सय ४ रोपनी क्षेत्रफलमा फैलिएको पार्कसहितको रत्न मन्दिर २०१५ सालमा राजा महेन्द्रले आफ्नी श्रीमति रत्नको नाममा बनाउन लगाएका र राजपरिवारका सदस्यहरु पोखरा आउँदा बस्नेगरेका थिए । लामो समय राज दरवारको सम्पती र राजा पोखरा आउँदा बस्ने दरवारको रुपमा स्थापित सो पार्क बिसं २०६७ पछि नेपाल ट्रष्टको मातहात गएको थियो ।

    पोखराको मुख्य पर्यटकिय क्षेत्र फेवातालको किनारमा रहेको रत्न मन्दिर तथा दरवार खुल्ला भएसँगै पोखरामा अर्को पर्यटकीय गन्ज्तब्य स्थल थपिएको पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले बताउनु भयो । फेवाताल किनारमा बनेको रत्न मन्दिर ताल अबलोकन तथा आराम गर्ने दरवारको रुपमा स्थापित उक्त क्षेत्रमा रहेको पार्कभित्र बिभिन्न १० वटा भवन, तालघर बगैंचा रहेका छन् ।

  • ‘हाम्रो दलित समाज’ शुक्लागण्डकी गठन हुने

    दुलेगौंडा । शुक्लागण्डकी नगपालिका अन्तर्गत रहेका दलित समुदायले नगर स्तरीय संगठन ‘हाम्रो दलित समाज’ गठन गर्ने भएका छन् । शुक्लागण्डकी नगरपालिकामा रहेका दलित समुदायका अगुवाहरुको भेलाले नगर स्तरीय संगठन निर्माण गरि समुदायको अधिकार स्थापना र संरक्षणमा क्रियाशिल गराउने निर्णय गरेका हुन् ।

    नगरपालिकाको १२ वटै वडामा रहेका दलित समुदाय विच एकता गराउनका लागि भरत लामगातेको संयोजकत्वमा सात सदस्यीय तसर्थ समिति चयन गरिएको छ । समितिको सदस्यहरुमा दुर्गाबहादुर विक, मिनबहादुर सुवर्णकार, दिपेन्द्र परियार, ज्योति विक, रिता नेपाली र अमृता विक रहेका छन् ।

    समितिले आगामी जेठ २१ गते वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने र कार्यसमिति चयन गरि प्रकृयामा जाने संयोजक लामगादेले जानकारी दिए । उनले अन्तराष्ट्रिय जातीय विभेद तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा दुलेगौडामा समाजले बृहत रुपमा रक्तदान गरि विभेद विरुद्धको अभियान सुरु गर्ने बताए ।

    कार्यक्रममा नगरपालिका भित्रका एक सय बढी दलित समुदायका रक्तदाताहरुलाई उपस्थित गराउने लक्ष्य रहेको छ । जातीय रुपमा हुने विभेद अन्त्य गर्न रचनात्मक कार्यक्रमहरुलाई समाजले प्राथमिकता दिन सदस्य ज्योति विकले बताईन् । भेलामा जनार्दन वियोगी नेपाली, विलास परियार, प्रकाश वि.क, जौमाया बराल सुनार, मिना रोका, अशोक विश्वकर्मा, प्रेम परियार, मनिषा विक लगायत सहभागि थिए ।

  • कृषि उपजको बजारीकरण गर्न थप्रेकमा अन्तरक्रिया

    कृषि उपजको बजारीकरण गर्न थप्रेकमा अन्तरक्रिया

    ममता गुरुङ । महिला उद्यमी संघ शुक्लागण्डकी नगर  इकाई समिति र शुक्लागण्डकी–१  थप्रेक काप्रेकका कृषक महिला दिदीबहिनीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    सोमबार काप्रेकस्थित टोल भवनमा भएको अन्तरक्रियामा महिला सशक्तिकरण, सीप अभिवृद्धि तथा उत्पादित उपजको बजारीकरणको विषयमा छलफल भएको थियो । स्थानीय महिला भुमाया गुरुङले आफुहरुले उत्पादन गरेको बस्तुले बजार पाउनै मुस्किल भएको गुनासो राखिन् । काप्रेक दिदीबहिनी समूहकी सचिव दानुमाया गुरुङले चुलोचौकोमा सिमित महिलाहरुलाई आत्मनिर्भर बनाउन अहिले विदेशी सस्था हेफरले सहयोग गरेको जानकारी दिदै महिला उद्यमी समितिको पनि आफुलाई सहयोग रहने अपेक्षा गरिन् ।

    काप्रेकमा बोडि, मह, मास, घिउ, अदुवा, बेसार, कोदो, मकै र अकबरे खुर्सानी उत्पादन हुने गरेको छ । सो अवसरमा उद्यमी समितिकी अध्यक्ष तुलसा शाहले महिलाहरुलाई आत्मनिर्भरको बाटोमा अगाडि बढ्न सुझाव दिइन् । उनले जमिन बाँझो नराखी मेहनत गर्न आग्रह गर्दै उत्पादन भएका कृषिबस्तुको बजारीकरणमा उद्यमी समितिले सहयोग गर्ने प्रतिवद्धता जनाएकी थिइन् ।

    शुक्लागण्डकी – १ की वडा सदस्य लक्ष्मी भण्डारीले उद्यमी समितिले दिएको सुझावहरु निकै उपयोगी रहेको बताउँदै वडाका महिलाहरुको आर्थिक अवस्था सुधारका लागि वडाले पनि सीपयुक्त कार्यक्रम गर्ने बताइन् ।

    महिला उद्यमी समितिले ग्रामिण भेगका महिलाहरुको आर्थिक तथा सामाजिक सहभागीताबारे बुझ्दै बजारीकरणमा सहयोग पु¥याउने गरेको छ । समिति गठन भएपछिको यो पहिलो कर्यक्रम भएको सचिव सपना पराजुलीले बताइन् । नगरभरिका महिलाहरुलाई आत्मनिर्भर बन्दै जिवनस्तर उकास्नको लागि कृषक दिदीबहिनीलाई हरेक प्रयासमा सहजीकरण गर्न समितिले पुलको भुमिका निर्वाह गर्ने जानकारी दिइन् ।
    कार्यक्रममा काप्रेक आमा समूहकी अध्यक्ष कृष्णमाया गुरुङ, स्थानीय अगुवा निशादेवी पौडेल, उद्यमी महिलाहरुको सहभागीता रहेको थियो । समितिले महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि प्रोत्साहन गर्ने उद्धेश्य लिएको छ । समितिका अनुसार नगरको अन्य वडाहरुमा पनि यस किसिमको कार्यक्रमहरु संचालन हुनेछ ।

  • मलेसियाविरुद्धको दोस्रो टी-२० मा नेपाल ७ विकेटले विजयी

    मलेसियाविरुद्धको दोस्रो टी-२० मा नेपाल ७ विकेटले विजयी

    काठमाडौं । टी-२० श्रृंखलाको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टिम मलेसियाविरुद्ध ७ विकेटले विजयी भएको छ । मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै दिएको ९८ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्दै १ सय ३ रन बनायो । नेपालको जितमा कप्तान रुविना क्षेत्रीले अलराउन्ड प्रदर्शन गरिन् । ४ ओभर बलिङ गर्दा १६ रन खर्चिएर दुई विकेट लिएकी उनले अविजित २९ रन जोडिन् ।

    टस जितेर ब्याटिङ थालेको मलेसियाका लागि ओपनर विनिफ्रर्ड दुराइसिनगाम र वान जुलियाले समान २० रन योगदान गरे । मास इलेसाले सर्वाधिक २८ रन र ऐन्ना हमिज हसिम १४ रनमा अविजित रहिन् । नेपालका कविता कुँवर र इन्दु वर्माले एक-एक विकेट लिए । नेपालको ब्याटिङमा कप्तान रुविनाले अविजित २९ रन योगदान गर्दा, ओपनर कविता कुँवरले २६ रन र सिता राना मगरले २३ रन जोडे । विन्दु रावल १७ रनमा आउट भइन् ।

    मलेसियाका ऐस्या एलिसा, माहिरा, निक नुर र विनिफर्डले समान एक विकेट लिए । ५ खेलको शृंखलामा नेपाल पहिलो टि-२० मा ५ विकेटले पराजित भएको थियो । नेपालले तेस्रो खेल बिहिबार, चौथो र पाँचौं खेल क्रमशः शनिवार र आइतबार खेलेर स्वदेश फर्किने छ ।

  • विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर

    विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर

    काठमाडौं । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा १० हजार कर लाग्ने भएको छ । अन्य स्मार्टफोनमा तीन हजार र स्मार्टफोन बाहेकका अन्य मोबाइलमा दुई सय कर लाग्ने व्यवस्था सरकारले ल्याएको छ । २०८० जेठ १५ गतेसम्म प्रयोगमा रहेका तर नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमइस) प्रणालीमा दर्ता नभएका मोबाइल फोन सम्बन्धित प्रयोगकर्ताले फोनसेटको आइआएमईआई नम्बरसमेत उल्लेख गरी एकमुष्ट महसुलबापत यस्तो कर बुझाउनुपर्नेछ ।

    ‘आइफोन र एक लाखभन्दा बढी मूल्यका लागि प्रतिसेट १० हजार, अन्य स्मार्टफोनका लागि तीन हजार र स्मार्ट मोबाइल फोनसेट बाहेकका अन्य साधारण मोबाइल फोनसेटका लागि प्रति फोनसेट दुई सय कर लाग्नेछ’ आर्थिक विधेयक २०८० मा भनिएको छ । तर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई छ महिनाभन्दा बढी अवधि विदेशमा बसेर फर्केका नागरिकले सोको प्रमाण पेस गरेमा त्यस्ता व्यक्तिले प्रयोग गरेमा एक थान मोबाइल फोन दूरसञ्चार प्राधिकरणले निःशुल्क दर्ता हुनेछ ।

    त्यस्तै, सरकारले वैदेशिक रोजगारीमा जानेलाई एक प्रतिशत सेवा शूल्क लगाएको छ । ‘वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतप्राप्त व्यक्तिले वैदेशिक रोजगारीमा जाने व्यक्तिबाट असुल गरेको रकमबाट एक प्रतिशतका दरले वैदेशिक रोजगार सेवा शुल्क दाखिल गर्नुपर्नेछ, आर्थिक विधेयकमा भनिएको छ ।

    त्यस्तो रकम वैदेशिक रोजगारमा जाने व्यक्तिको हितमा खर्च गरिने आर्थिक विधेयकमा उल्लेख छ । यस्तो सेवा शुल्क वैदेशिक रोजगार व्यवसायीले हरेक महिनाको २५ गतेभित्र राजस्व खातामा जम्मा गरी सोको विवरण सम्बन्धित राजस्व कार्यालयमा पठाइ सक्नुपर्नेछ । यस्तो शुल्क दाखिल नगरेमा १५ प्रतिशतका दरले ब्याज लगाई असुल गरिने आर्थिक विधेयकमा उल्लेख छ ।