Author: achyutbc@gmail.com

  • ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

    ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

    काठमाडौं । सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । मुलुकभरका ६ हजार ७ सय ४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने जनाएको छ ।

    औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड विनियोजन गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।

    कार्यक्रम अन्तर्गत स्वदेशमा नै उत्पादित औषधि खरिद गर्न प्राथमिकता दिइने समेत बताएको छ । बहुसंख्यक जनताले सेवा प्राप्त गर्ने गरी पायक पर्ने स्थानमा आधारभूत अस्पताल निर्माण तथा सञ्चालन गर्न प्राथमिकता दिइने समेत बताएको छ ।

  • अभियानद्धारा प्लास्टिकको झोला कम प्रयोग गर्न आग्रह

    अभियानद्धारा प्लास्टिकको झोला कम प्रयोग गर्न आग्रह

    दुलेगौंडा । सुसाशन र समृद्ध शुकलागण्डकीका लागि युवा अभियानले प्लास्टिकको झोला प्रयोग कम गर्न सर्वसाधारण र विद्यार्थीलाई सजक बनाएको छ । प्लास्टिकको झोलाले व्यक्तिगत, सामाजिक र वातावरणीय हिसाबले दीर्घकालिन रुपमा नकारात्मक प्रभाव पार्ने हुदाँ यो कार्यक्रम गरेको हो । अभियानले दुलेगौंडा स्थित वन्केवा चोकमा आम सर्वसाधारण नागरिकलाई सजक गराउदै कपडाको वितरण गरेको थियो । साथै शहिद कृष्ण माध्यमिक विद्यालयमा पनि विद्यार्थीहरुलाई सजक बनाउदै कपडाको झोला वितरण गरिएको छ ।

    तनहुँ सेवा हस्पिटलका डाक्टर राज गुरुङले विद्यार्थीहरुका प्लास्टिकका झोला प्रयोग, यसले पार्ने प्रभावका बारेमा जानकारी गराएका थिए । उनका अनुासर प्लास्टिकको झोला प्रयोग ठप्प गर्न नसके पनि कम प्रयोग गर्दै कपडाको झोला प्रयोग गर्ने बानि बसाल्न अनुरोध गरे । अभियानले ‘प्लास्टिकका झोलाको प्रयोग कम गरौं, प्लास्टिकका झोला प्रयोगले स्वाथ्यमा प्रतिकुल असर गर्छ, प्लास्टिकका झोला जथाभावि नजलाऔं, प्लास्टिकका झोला जथाभावि नफालौं’ भन्ने सन्देशको पमप्लेट देखाउदैं जनचेतना फैलाएको थियो ।

    कार्यक्रममा अभियानका संयोजक शंकर पन्त, सदस्य कोमलबहादुर बानिया, विवेक वाग्ले, विपिन भण्डारी, कृष्ण कार्की लगायतको उपस्थिती रहेको थियो ।

  • सेतीकालीको प्रथम मुखपत्र विमोचन

    सेतीकालीको प्रथम मुखपत्र विमोचन

    भिमाद । सेतीकाली साहित्य सङ्गम भिमादले नव वर्षको अवसरमा सेतीकाली साहित्य यात्रा प्रथम मुखपत्र विमोचन गरेको छ ।
    सेतीकाली साहित्य सङ्गमका संस्थापक अध्यक्ष एवम् लेखक नारायणकैलाश सिग्देलको अध्यक्षता, गीतल प्रतिष्ठान नेपाल तथा नाट्य मञ्च तनहुँका संस्थापक अध्यक्ष आकाश अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

    उक्त कार्यक्रममा अधिकारीले सेतीकाली साहित्य सङ्मले भिमाद र यसका आसपासका क्षेत्रहरूको केन्द्रबिन्दुबाट प्रकाशित भएको सेतीकाली साहित्य यात्रा प्रथम मुखपत्रले साहित्यको क्षेत्रमा अर्काे एउटा ऐतिहासिक फड्को मारेको बताए । त्रिभूवन विश्वविद्यालय मानवशास्त्रका पूर्व प्रध्यापक सुर्यभक्त सिग्देलले मोफसलमा रहेर नियमित रुपमा पत्रपत्रिका प्रकाशित गर्नु एउटा चुनौतिपूर्ण कार्य भएता पनि यो संस्थाले सम्पन्न गरेर देखाएकोमा धन्यवाद व्यक्त गरेका थिए ।

    किहुँ अरुणोदय एवम् पोखरा कास्कीका अध्यक्ष कृष्णप्रसाद सिग्देलले सुविधा समपन्न ठाउँहरूमा पत्रिका प्रकाशनको खडेरी परिरहेको अवस्थामा यस पत्रिकाका हिमायतीहरूले देखाएको सहासिक कदमको प्रशंसा गरेका थिए । नगर उद्योग वाणिज्य सङ्घ, भिमादका अध्यक्ष हस्तबहादुर खड्काले भिमादको गौरव बढाउने काम सेतीकाली साहित्य सङ्गमले गरेकोमा आफू अत्यन्तै प्रफुल्लित भएको विचार व्यक्त गरेका थिए ।

    पत्रिकाका समिक्षक दिवाकर भट्टाराइले झण्डै १ सय ५० पेज रहेको यो मुखपत्रमा प्रायः स्थानीय लेख रचना मुखरित हुनुले पक्कै पनि यहाँका स्थानीय साहित्य अनुरागीहरूले यसलाई गहनाको रूपमा लिनेछन् भन्ने अभिप्राय व्यक्त गर्दै झिना मसिना त्रुटीहरू आगामी दिनहरूमा सच्चिने छन् भन्ने सुझाव व्यक्त गरेका थिए ।

    सो कार्यक्रममा ग्रिन सिटी भिमादका अध्यक्ष सिमा खड्का, शुक्ला साहित्य सङ्गम दुलेगौडाका लेखक तथा गजलकार जीवन सागर, माधव अधिकारी, भविष्य निर्माण एकता टोलका महिला समूहका अध्यक्ष लक्ष्मी श्रेष्ठ, विश्वहिन्दू परिषद भिमादका अध्यक्ष जीवनाथ अर्याल, नेपाल मगर लेखक सङ्घ गण्डकी प्रदेशका अध्यक्ष धिरेन्द्र थापा मगर किसानी, भिमाद नगर कार्यपालिकाका सदस्य सीमा खड्का, जनज्योती नमुना मावि भिमादका प्रधानाध्यापक चन्द्रप्रकाश सुवेदी, गणेश अकाडेमि मालेबगरका प्रिन्सिपल मनबहादुर सारु, भजन किर्तन मण्डलका अगुवा तुलसी सिग्देलको उपस्थिति थियो । उक्त कार्यक्रममा जीवन सागर, सागर गैह्रे, बालकृष्ण गैह्रे, ध्रुबराज सुवेदी, सुरज लम्साल, इन्धिरा खड्का, हरिप्रसाद सुवेदी लगायतका कविहरूले आफ्नो रचना वाचन गरेका थिए ।

    उक्त कार्यक्रमको स्वागत मन्तव्य सदस्य धिरेन्द्र थापा, धन्यवाद ज्ञापन संस्थाका सल्लाहकार सुरज लम्साल र सञ्चालन ध्रुबराज सुवेदीले गरेका थिए ।

  • करेन्ट लागेर तनहुँमा एकको मृत्यु

    म्याग्दे । रुखको घाँस काट्ने क्रममा करेन्ट लागेर गम्भिर भएका तनहुँ म्याग्देका युवाको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका ६ अकलाका २१ बर्षीय विमल थापाको करेन्ट लागेर ज्यान भएको हो । घर नजिकै रहेको भब्वियोको रुपमा चढेर घाँस झारि रहदाँ एक्कासी करेन्छ प्रवाह भएर थापा भुईमा बजारिएका थिए ।

    घटना भए लगत्तै जिपी कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा ल्याएर उपचार थालिए पनि उनलाई बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

  • प्रविधिको दुरुपयोग गरी महिला माथि दुर्व्यवहार हुनेक्रम बढ्नु थप चिन्ताजनक ः निर्वतमान राष्ट्रपति भण्डारी

    प्रविधिको दुरुपयोग गरी महिला माथि दुर्व्यवहार हुनेक्रम बढ्नु थप चिन्ताजनक ः निर्वतमान राष्ट्रपति भण्डारी

    काठमाडौं । निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका नेपालीहरुलाई शुभकामना व्यक्त गरेकी छन् ।

    शुभकामना सन्देशमा भण्डारीले २०६३ साल जेठ १६ गतेका दिन तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले महिलाका अधिकारसम्बन्धी महत्त्वपूणर् ४ वटा ‘विशेष प्रस्ताव’ पारित गरी नेपाली महिलाको अधिकारलाई नीतिगत र कानुनी रूपमा सुनिश्चित गर्ने आधार निर्माण गरिकएको दिनको स्मरण गर्दै महिला अधिकार तथा लैङ्गिक समानता प्राप्तिको लागि भएका आन्दोलनमा योगदान गर्ने अग्रजहरूको स्मरण गरेकी छन् ।

    सन्देशमा पूर्वराष्ट्रपति भण्डारीले महिला सहभागिताको विषय ‘आरक्षण’ नभएर नेपाली महिला आन्दोलनको प्रकाशबाट स्थापित अधिकारको उपयोग हो भन्ने कुरालाई सबैले आत्मसात गर्न आवश्यक रहेको उल्लेख गरेकी छन् ।

    नीतिगत, कानुनी तथा कार्यक्रमिक प्रयासहरूका बाबजुद पनि अझैपनि महिलाहरु विभेद, दुर्व्यवहार र हिंसाबाट पूणर् रूपमा सुरक्षित रहन नसकेको भन्दै उनले नेपाली समाजमा बालविवाह‚ बहुविवाह‚ दाइजो तथा तिलक प्रथा‚ छाउपडी प्रथा‚ बोक्सीको आरोप लगायत महिलाद्वेषी सामाजिक सांस्कृतिक प्रथा र परम्परा कायम रहनुले हाम्रो सभ्यतामाथि नै उपहास भइरहेको उल्लेख गरेकी छन् ।

    सुभकामना सन्देशमा उहाँले सूचना प्रविधिको विकास एवं विस्तारका कारण आज महिला तथा बालबालिकाहरू अनलाइन यौनदुर्व्यवहार र उत्पीडनबाट समेत पीडित बन्ने क्रम बढ्नु थप चिन्ताको विषयभएको उल्लेख गरेकी छन् । सन्देशमा उनले राष्ट्रिय महिला अधिकार दिवसबाट समाजमा विद्यमान पुरातन सोच, शैली, प्रथा र परम्परामा परिवर्तन गर्दै लैङ्गिक समानतायुक्त सभ्य‚ सुसंस्कृत र प्रगतिशील समाज निर्माण गर्न सबैलाई प्रेरणा प्राप्त होस् भन्ने विश्वास व्यक्त गरेकी छन् ।

  • सांसद भण्डारीको प्रश्नः  नागरिकको जीवनमा परिवर्तन आयो कि आएन ?

    सांसद भण्डारीको प्रश्नः  नागरिकको जीवनमा परिवर्तन आयो कि आएन ?

    काठमाण्डौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद शंकर भण्डारीले गणतन्त्र प्राप्ति पछि नागरिकको जीवनमा परिवर्तन आयो कि आएन ? भनेर प्रश्न गरेका छन् ।

    त्यस्तै केन्द्रीय सदस्य भण्डारीले गणतन्त्र प्राप्ति पछि देश समृद्धिको मार्गमा हिडेदै छ कि छैन ? सुशासनको प्रत्याभूतिक भएको कि भएन ? आम नागरिकमा आशा र विश्वास वृद्धि भएको कि भएन ? गणतन्त्र प्राप्ति पछि देशको अन्तराष्ट्रिय हैसियत बढ्यो कि बढेन ? भनेर समेत प्रश्न गरेका छन् । के.स.भण्डारीले जुन संकल्पका साथ गणतन्त्र ल्याईएको थियो त्यो उदेश्य हासिल हुने दिशामा हामी गएका छौं कि छैनौ भनेर अन्तर मनलाई प्रश्न गर्नुपर्ने बेला आएको समेत बताएका छन् ।

    के.स.भण्डारीले १६ औं गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सो प्रश्न सोधेका हुन । के.स.भण्डारीद्धारा जारी विज्ञप्तीमा गणतन्त्र धान्न नसक्ने हो भने गल्ती सच्याएर ठिक मार्गमा आउन कञ्जुस्याई गर्न नहुने धारणा समेत व्यक्त गरेका छन् ।

     

  • काँग्रेस निकट ईन्जिनियरहरुको उपाध्यक्षमा गोरखाका धिताल 

    काँग्रेस निकट ईन्जिनियरहरुको उपाध्यक्षमा गोरखाका धिताल 

    गोरखा । काँग्रेस निकट ईन्जिनियरहरुको संगठन सेन्टर फर डेमेक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन)को सातौ कार्यकारीणि समितिको निर्वाचन सम्पन्न भएको छ । आईतबार सार्वजनिक नतिजामा ई.लक्ष्मण केसीले नेतृत्व गरेको समुहले केन्द्रमा र सोहि समुहले बाग्मती प्रदेशमा समेत बिजय हासिल गरेको छ ।

    गोरखा अजिरकोट घर भएका ई. उमेश धिताल सोहि समुहबाट उपाध्यक्ष पदमा भारी मतले बिजय भएका छन् । निकटतम प्रतिद्धन्दी ई. कैशल केसीको १०५१ मत आँउदा, धितालले १५८९ मत ल्याई बिजयी भएका हुन् । पुल्चोक क्याम्पसबाट जलस्रोत बिषयमा स्नातोकत्तर गरेका धिताल, यस अघि चौथो कार्यकारीणि समितिमा केन्द्रिय सदस्य निर्वाचित भएका थिए ।

    सोहि समुहबाट, उपमहासचिव पदमा गोरखाकै सुशील लामिछाने निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्धन्दी शिब भट्टराईलाई १० मतले पराजित गरेका हुन् ।

  • भट्टराईको सम्झनाका कांग्रेसद्धारा शोक सभा

    दमौली । प्रजातन्त्रका सेनानी तथा नेपाली कांग्रेस व्यास नगर समितिका पूर्व सभापति स्वर्गीय बद्रीहरी भट्टराईको सम्झनामा सोमबार शोक सभा गरिएको छ । तेह्रौं दिनको पुण्य तिथीमा नेपाली कांग्रेस व्यास नगर समितिद्धारा शोक सभा गरिएको हो ।

    शोक सभाको प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई रहेका थिए । सो अवसरमा केन्द्रीय सदस्य भट्टराईले उनको निष्ठावान कर्मले राजनीतिमा अघि बढ्न उर्जा मिलेको बताए । बफादार योद्धा रुपमा चिन्ने गरेको उल्लेख गर्दै उनले पार्टीमा उनको अभाव सधैं खड्किने बताए । उनी जस्तै जस्तै निष्ठावान र लोकतन्त्र प्रतिबद्ध नेताले गर्दा झण्डै लोप हुन लागेको प्रजातन्त्रलाई पुर्नजिवित हुन सकेको भट्टराईको भनाई थियो । विपी कोइरालको सन्देस गाउँ गाउँमा पु¥याउने , व्यक्तिगत फाइदाको लागि नभई पार्टीको लागि काम गर्ने नेता भट्टराई भएको उनले बताए । स्वतन्त्रा, संविधान, निर्वाचनको पद्धति उहाँहरुको योगदानले आएको भट्टराईले जानकारी दिए ।

    शोक सभामा भट्टराईको राजनीतिक जीवनीको बारेमा संविधान सभा सदस्य रामचन्द्र पोख्रेलले जानकारी दिएका थिए । विपीको पठाएको सन्देश गाउँ गाउँमा पु¥याए बापत दुई वर्ष जेल जीवन समेत विताउनु परेको पोख्रेलले बताएका थिए ।

    नेपाली कांग्रेस व्यास नगर सभापति सूर्यचन्द्र हड्खलेको अध्यक्षमा भएको शोक सभामा नेपाली कांग्रेस तनहुँका निवबर्तमान सभापति वैकुष्ठ न्यौपाने, पूर्व सभापति रघुनाथ पौडेल, सचिव लक्ष्मीभक्त खनाल, भट्टराईसँगै जेल पर्नु भएका भिमसेन दर्र लगायतले लाभको पद नपाएपनि निरन्तर पार्टीको लागि योगदान दिने त्यागि, निष्ठावान नेता भएको उल्लेख गर्दै नेपाली कांग्रेस पार्टीलाई अपुरणीय क्षती पुगेको धारणा राखे । भट्टराईले नेपालका प्रजातान्त्रिक आन्दोलनहरुमा सक्रिय योगदान पुर्याउनु भएको थियो । उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको पार्टीले जनाएको छ । शोक सभा भट्टराईको निवास व्यास ४ दमौलीमा गरिएको थियो ।

    भट्टराई व्यास नगरपालिका–११ फराकचौरमा २००३ साल भदौ २४ गते जन्मनु भएको थियो भने निधन यही जेठ ३ गते भएको थियो । परिवारजनको तर्फबाट भट्टराईको बुहारी शुसिला शर्मा भट्टराई सहभागीलाई धन्यवाद दिएकी थिइन् भने कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस व्यास नगरका सहसचिव मानबहादुर रुचालले गरेका थिए ।

  • राष्ट्रिय हितलाई केन्द्रमा राखेर भारत भ्रमण गर्न लागेको छु : प्रधानमन्त्री

    राष्ट्रिय हितलाई केन्द्रमा राखेर भारत भ्रमण गर्न लागेको छु : प्रधानमन्त्री

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय हितलाई केन्द्रमा राखेर आफूले भारत भ्रमण गर्न लागेको बताएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको दोस्रो बैठकमा यही जेठ १७ गतेदेखि गर्न लागेको भारत भ्रमणका बारेमा जानकारी दिँदै उनले मुलुकको राष्ट्रिय हितलाई केन्द्रमा राखेर द्विपक्षीय भेटवार्ता गर्ने र महत्त्वपूणर् सहमति तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यसूची रहेको जानकारी दिए ।

    उनले आफ्नो नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री, अर्थमन्त्री, ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, नेपाल सरकारका सचिवहरू, वरिष्ठ सरकारी अधिकारी सम्मिलित हुने बताए । भ्रमणका क्रममा आपसी हितका विविध पक्षमा छलफल तथा सम्झौताका साथै समझदारीपत्रमा हस्ताक्षर हुने भएकाले सोहीअनुसारको प्रतिनिधिमण्डल तय गरिएको प्रधानमन्त्रीले उल्लेख गरे ।

    नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर क्षेत्रगत विज्ञ, पूर्वप्रधानमन्त्री परराष्ट्रमन्त्रीलगायतसँग आफूले छलफल गरेको र सकेसम्म राष्ट्रिय सहमति बनाउने प्रयास गरेको प्रधानमन्त्रीको भनाइ छ । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै, भारतका राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

    भ्रमणका क्रममा नेपाल भारत सम्बन्धका विविध पक्षमा महत्त्वपूणर् छलफल हुने जानकारी दिँदै प्रधानमन्त्रीले द्विपक्षीय व्यापार पारवहन, ऊर्जा व्यापार, अन्तरदेशीय प्रसारण लाइन, बाढी नियन्त्रण, हवाई मार्ग र एकीकृत जाँचचौकी, आन्तरिक कन्टेनर डिपोलगायतका विषयमा समझदारी गरिने बताए । सुदूरपश्चिम प्रदेशमा भारतसँग मोटरेबल र झोलुङ्गे पुल निर्माणका बारेमा पनि छलफल गर्ने कार्यसूची तय भएको छ । नेपालको हित सुनिश्चित हुने गरी ऊर्जा क्षेत्रमा लगानी भित्र्याउने उद्देश्य राखिएको उनको भनाइ छ ।

    जलविद्युत् लगानीका लागि आधार सुनिश्चित गर्ने, बङ्गलादेशमा बिजुली बिक्रीका बारेमा ठोस कुराकानी हुने तथा महाकाली सन्धि भएको लामो समयसम्म पनि अगाडि बढ्न नसकेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)लाई अन्तिम रूप दिने प्रधानमन्त्रीको भनाइ छ । सीमा समस्यालगायतका कतिपय विषय सम्बोधन गर्न ठोसरूपमा विश्वासको वातावरण बनाउने प्रयास आफूले भ्रमणको क्रममा गर्ने प्रधानमन्त्रीको भनाइ छ ।

    नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले संयुक्तरूपमा आयोजना गर्ने नेपाल-भारत बिजनेश समिटलाई सम्बोधन गर्नुका साथै दुवै देशका उद्योगी व्यापारीसँग अन्तक्र्रिया गर्ने कार्यक्रमसमेत तय भएको प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुभयो । उहाँले भारतको मध्यप्रदेशको इन्दोर र उज्जैनको भ्रमण गर्ने कार्यक्रमसमेत तय भएको बताए । इन्दोरमा स्वच्छ भारत अभियानअन्तर्गतको फोहर प्रशोधन परियोजनाको अवलोकन गर्ने र आइटी पार्कको समेत अवलोकन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

  • दुर्गम गाउँमा पहिलोपटक बस पुग्दा स्थानियहरुमा खुसीयाली…

    दुर्गम गाउँमा पहिलोपटक बस पुग्दा स्थानियहरुमा खुसीयाली…

    स्याङजा- स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं ४ गलेम गाउँमा पहिलो पटक बस पुग्दा स्थानीयहरुमा खुशियाली छाएको छ । पैदल हिंडेर बाटोसम्म पुग्न घण्टौ समय लाग्ने उक्त स्थानमा बस पुगेपछि भने बजार तथा सदरमुकाम पुग्न सहज भएको छ । सर्केटारी, आरुखर्क, गलेम, पञ्चासे ग्रामीण सडक अन्तर्गत आरुखर्क-गलेमको भीरखण्डमा ट्रयाक खुलेपछि गलेम गाउँमा पहिलोपटक बस पुगेको हो । आफ्नो जन्मथलोमा पहिलोपटक बस पुगेपछी स्थानीयहरु खुसीले फूलमालाले स्वागत गरेका छन् ।

    गण्डकी प्रदेश सरकार, संसद बिकास कोष, सर्केटारी, गलेम, पन्चासे ग्रामीण सडक उपभोक्ता समिति तथा फेदीखोला गाउँपालिकाको सहकार्यमा करिब १ करोड ४५ लाख रुपैयाँको लागतमा कडा चट्टान पार गरी गाउँमा बाटो पुर्‍याइएको हो ।यातायातको सुबिधा नहुँदा सुगम ठाउँमा बसाइ सर्न बाध्य रहेका गलेमका स्थानीयहरु गाउँमा बाटो पुगेपछी गाउँमा चहलपहल हुनुका साथै उत्पादन भएका कृषिजन्य उत्पादनले बजार पाएको बताउँछन् । विरामी हुँदा अस्पतालको मुख नै नदेखि कतिको ज्यान गएको अवस्थालाई उक्त सडक निर्माणले सहजिकरण गरेको छ ।

    आफ्नो जन्मभूमि गलेम गाउँमा पहिलोपटक मिनीबस चढेर आउन पाउँदा हर्षका आँसु आएको सर्केटारी-आरुखर्क-गलेम-पञ्चासे सडक उपभोक्ता समितिका अध्यक्ष ८४ वर्षीय मेजर दिलबहादुर गुरुङले बताए ।