
तनहुँ योग साधनामय बन्दै
अशोक विश्वकर्मा/दुलेगौँडा । झण्डै ७ बर्ष अघि एक ब्यक्तिको प्रयासले अहिले जिल्लाको शुक्लागण्डकी नगरपालिका योगमय बन्ने बाटोमा अग्रसर छ । २०७३ श्रावणमा बोलबम समुह गठन गरेर धार्मिक कार्यक्रम गर्दै आएका दुलेगौँडाका ऋषेश्वर भुवाईले यो समाजलाई योगसँग जोड्ने योजना बनाएका थिए । धार्मिक समुहको नेतृत्व गरिरहेको भुवाईले आफ्नै प्रयासमा योग शिक्षा फैलाएर स्वस्थ्य समाज निर्माण गर्ने प्रण गरेर प्रक्रिया अघि बढाएका थिए । विभिन्न ब्यक्ति र संस्था समक्ष पुगी शुक्लागण्डकीमा योग शिक्षा भित्राउन पहल गरेका भुवाईले आज यसको महत्व नागरिक स्तरमा बढ्दै जान थालेको बताए । योग विस्तार गर्ने क्रममा पतञ्जली योग समितिका केन्द्रिय प्रभारी लभदेव मिश्र समक्ष पुगेर योग शिक्षा…