शीर्ष नेतृत्वको विवादले नागरिक उन्मुक्ति पार्टी कार्यकर्तामा निराशा

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र देखिएको आन्तरिक कलहले तल्लो तहका नेता तथा कार्यकर्तामा निराशा बढेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको आरोप–प्रत्यारोपले आगामी निर्वाचनको तयारी गरिरहेका स्थानीय नेता–कार्यकर्तालाई खिन्न बनाएको छ ।
कैलारी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार रहिसकेका भीष्मराज चौधरीले शीर्ष नेताहरू सुध्रिने अपेक्षा आफूहरूले राखेको बताउँदै, यदि नेतृत्वले विवाद समाधान नगरे कार्यकर्ता आफैंले विकल्प खोज्नुपर्ने चेतावनी दिएका छन् ।

शीर्ष नेतृत्वको विवादले नागरिक उन्मुक्ति पार्टी कार्यकर्तामा निराशा

नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र देखिएको आन्तरिक कलहले तल्लो तहका नेता तथा कार्यकर्तामा निराशा बढेको छ

Time एक घण्टा अगाडि
Time १ मिनेट ० सेकेन्ड पाठ

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र देखिएको आन्तरिक कलहले तल्लो तहका नेता तथा कार्यकर्तामा निराशा बढेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको आरोप–प्रत्यारोपले आगामी निर्वाचनको तयारी गरिरहेका स्थानीय नेता–कार्यकर्तालाई खिन्न बनाएको छ ।
कैलारी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार रहिसकेका भीष्मराज चौधरीले शीर्ष नेताहरू सुध्रिने अपेक्षा आफूहरूले राखेको बताउँदै, यदि नेतृत्वले विवाद समाधान नगरे कार्यकर्ता आफैंले विकल्प खोज्नुपर्ने चेतावनी दिएका छन् ।


बिज्ञापन

अध्यक्ष श्रेष्ठलाई पदच्युत गर्ने प्रयासपछि नाउपा अझ ठूलो विवादमा फसेको हो । संरक्षक चौधरीले सांसद लालवीर चौधरीलाई नयाँ अध्यक्ष घोषणा गरे पनि निर्वाचन आयोगले मान्यता नदिएपछि कानूनी रूपमा श्रेष्ठ नै अध्यक्ष मानिएको छ । यही प्रकरणपछि श्रीमान–श्रीमतीबीचको विवाद गहिरिँदै गएको कार्यकर्ताहरू बताउँछन् ।

थरुहट आन्दोलनको जगबाट उदाएको नाउपा २०७९ सालको निर्वाचनमा सुदूरपश्चिम र लुम्बिनीमा प्रभावशाली बनेको थियो । तर पछिल्ला घटनाक्रमले पार्टी कमजोर बन्दै गएको आलोचना बढेको छ ।

कैलारी गाउँपालिकाका अध्यक्ष शंकर चौधरीले शीर्ष नेताको विवादले कार्यकर्ताको मनोबलमा असर पारेको स्वीकार गर्दै पनि कार्यकर्ता रेशम चौधरीको मुद्दामा अडिग रहेको दाबी गरे । भजनी नगरपालिका-३ का वडाध्यक्ष विक्रम चौधरीले विवादलाई ‘श्रीमान–श्रीमतीबीचको झगडा’ जस्तै भन्दै चाँडै मिल्ने आशा व्यक्त गरे ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य कैलाश चौधरीले ग्रामीण तहमा खासै असर नपरेको दाबी गर्दै तल्लो तहमा कार्यकर्ता अझै पनि पार्टी र मुद्दाप्रति प्रतिबद्ध रहेको बताएका छन् ।

प्रतिक्रया दिनुहोस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.