achyutbc@gmail.com

290 Posts
रियासा र भिक्टोरले गरे विवाह

रियासा र भिक्टोरले गरे विवाह

नेपाली रंगक्षेत्रमा लोकप्रियता कमाएकी हास्य कलाकार तथा मोडेल रियासा दाहाल र सञ्चारकर्मी भिक्टोर पौडेल विवाह बन्धनमा बाधिएका छन् । दाहाल र पौडेलले लामो समयको प्रेमलाई औपचारिकता दिदै बुधबार लगनगाँठो कसेका हुन् । पौडेल रुटिन अफ नेपाल बन्द नामक फेसबुक पेज मार्फतमा सक्रिय रहेका छन् । यता दाहाल भने ‘गाह्रो छ हो’ टेलिसिरियल मार्फत दर्शक माझ लोकप्रिय रहेकी छन् । बाग्लुङका पौडेल र काठमाण्डौँकी दाहालले सामाजिक परम्परा अनुसार काठमाण्डौँ विवाह गरेको हुन् । तनहुँको दुलेगौडा स्थित बालविद्या मन्दिर माविमा अध्ययन गरि उच्च शिक्षाका लागि काठमाण्डौँ पुगेका पौडेल रुटिन अफ नेपाल बन्द सञ्चालन गरेपछि चर्चामा आएका थिए ।
Read More
गञ्जागोल तार, कुरुप बन्दै बजार

गञ्जागोल तार, कुरुप बन्दै बजार

अशोक विश्वकर्मा / दुलेगौँडा । देशका अधिकाँश शहरका बिजुली पोलमा देखिने गन्जागोल तारलाई भूमिगत गर्न नसक्दा शहर बजारको सौन्दर्यमा असर परिरहेको छ । तनहुँका अधिकाँश बजारमा निजि सेवा प्रदायक नेट तथा केवल सञ्चालकहरुले अनुमति विना नै अब्यवस्थित रुपमा ताल टाग्ने गरिरहेका छन् । दुलेगौँडा बजारका पोलहरुमा समेत यस्ता कम्पनीहरुको तार यत्रतत्र देख्न सकिन्छ । गञ्जागोल तारका कारण बजार अस्तब्यस्त त देखिन्छ नै दुर्घटना समेत बढ्ने दुलेगौडाका भरत लामगादेको भनाई छ । लामगादेले पोलहरुमा आवश्यक भन्दा बढी तारले दुर्घटना निम्त्याउनुका साथै भद्रगोल देखिएकाले ब्यवस्थित गर्नुपर्नेमा जोड दिए । उनले सम्वन्धित सरोकारवालाले भद्रगोल नहुने गरि तार राख्दा हुने भएता पनि तारको थुप्रो…
Read More
ज्ञानी हुने कला

ज्ञानी हुने कला

मानिसले जीवनपर्यन्त सिकिरहन्छ । ज्ञान र सीपकै आधारमा मानिस ज्ञानी हुन्छ । म्यान मेड पर्फेक्ट वाई प्राक्टिस् भनिन्छ । यसका लागि शिक्षामनोविद् रुसोका अनुसार अनुभवका आधारमा सिकिन्छ । अर्का शिक्षामनोविद् प्याभलवका अनुसार गल्तीबाट सिकाइ प्रभावकारी हुन्छ । यसैगरी, शिक्षाविद् किम्बलका अनुसार हरेक मानिसले अन्तरदृष्टिबाट सिक्छ । साथै, शिक्षाविद्द्वय यङका अनुसार प्रेरणाबाट र एलिस क्रोका अनुसार आन्तरिक प्रेरणाबाट मानिसले सिक्ने गर्दछ । यस अतिरिक्त, शिक्षाविद् पेस्तालोजीका अनुसार सिक्ने व्यक्तिको जागरुकता र अर्का विद्धान् बान्दुराका अनुसार शिक्षक÷प्रशिक्षकको रोलमोडलपनबाट सिकाइ प्रभावकारी हुन्छ । सिक्ने समूह सबै मानिसका लागि सिक्ने पहिलो पाठशाला घर हो । त्यसमा पनि जन्मदिने आमा र कर्म दिने बुबा सर्वाधिक…
Read More
तनहुँ योग साधनामय बन्दै

तनहुँ योग साधनामय बन्दै

अशोक विश्वकर्मा/दुलेगौँडा । झण्डै ७ बर्ष अघि एक ब्यक्तिको प्रयासले अहिले जिल्लाको शुक्लागण्डकी नगरपालिका योगमय बन्ने बाटोमा अग्रसर छ । २०७३ श्रावणमा बोलबम समुह गठन गरेर धार्मिक कार्यक्रम गर्दै आएका दुलेगौँडाका ऋषेश्वर भुवाईले यो समाजलाई योगसँग जोड्ने योजना बनाएका थिए । धार्मिक समुहको नेतृत्व गरिरहेको भुवाईले आफ्नै प्रयासमा योग शिक्षा फैलाएर स्वस्थ्य समाज निर्माण गर्ने प्रण गरेर प्रक्रिया अघि बढाएका थिए । विभिन्न ब्यक्ति र संस्था समक्ष पुगी शुक्लागण्डकीमा योग शिक्षा भित्राउन पहल गरेका भुवाईले आज यसको महत्व नागरिक स्तरमा बढ्दै जान थालेको बताए । योग विस्तार गर्ने क्रममा पतञ्जली योग समितिका केन्द्रिय प्रभारी लभदेव मिश्र समक्ष पुगेर योग शिक्षा…
Read More
अनुशासन तोडेपछि मेस्सीलाई पिएसजीको कारवाही

अनुशासन तोडेपछि मेस्सीलाई पिएसजीको कारवाही

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीलाई उनको क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले २ हप्ताका लागि निलम्बन गरेको छ । क्लबसँग अनुमति नलिई साउदी अरबको भ्रमण गरेकोमा उनी कारबाहीमा परेका हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार २ हप्ताको निलम्बनमा परेमा उनले पीएसजीका २ वटा खेल गुमाउने छन् । पीएसजीसँगको सम्झौता यो सिजनपछि सकिँदै छ । सम्झौता सकिनु र मेसीले सम्झौता नवीकरणको प्रतिक्षा गरिरहेका बेला उनीमाथि कारबाही भएको हो । निलम्बनको समयमा क्लबमा प्रशिक्षणसमेत गर्न नपाउने मेस्सीले यो समयको पारिश्रमिक पनि पाउने छैनन् ।
Read More
माओबादी धोकेवाज भयो– माधव नेपाल

माओबादी धोकेवाज भयो– माधव नेपाल

सुर्खेत । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीले नेकपा माओवादीले धोका दिन थालेको गुनासो गरेका छन् । सत्ता साझेदारीमा माओबादीले नेकपा एसलाई बेवास्ता गरेको भन्दै उनले माओबादीप्रति रुष्टता ब्यक्त गरे । सुर्खेतमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले माओवादीले पीडा दिएको बताउँदै मर्माहित भएको समेत बताएका हुन् । ‘हामी गठबन्धन टिक्छ भनिरहेका छौं । टिकाउँछौं भनिरहेका छौं । टिकाउने क्षमता, खुबी र हिस्सेदारी हामीसँग छ भनिरहेका छौं,’ उनले अघि भने, ‘तर हामीलाई पीडा दिने खालको व्यवहार देखिसकेपछि हामी मर्माहत भएका छौं ।’ खासगरी कर्णालीमा आफ्नो पार्टीलाई पूरै बेवास्ता गरिएको भन्दै अध्यक्ष नेपालले माओवादीको व्यवहारप्रति आपत्ति जनाए…
Read More
घिस्रनु पर्दैन अब रामबहादुरलाई….

घिस्रनु पर्दैन अब रामबहादुरलाई….

अशोक विश्वकर्मा /दुलेगौंडा । आठ बर्ष अघि आफैले काटेको रुखमा च्यापिएर दुवै खुट्टा गुमाएका रामबहादुर विकले ह्विल चियर पाउनुभएको छ ।  लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी टाउनले उहाँको कष्टकर अवस्थालाई सहज बनाउन ह्विल चियर प्रदान गरेपछि विकलाई राहत मिलेको छ । घरको आर्थिक अवस्था कमजोर भएपछि ह्विल चियरको अभावमा चार पाउले हिड्न बाध्य विकले सहयोग पाएपछि जीवनमा साहारा मिलेको भन्दै खुशी ब्यक्त गर्नुभयो । चार पाउ टेकेर बजार डुल्दै गर्दा विकले ह्लिव चेयरको आवश्यकता रहेको तनहुँ खबरलाई बताउनुभएको थियो । उहाँको समस्याबारे तनहुँ खबरले क्लवका अध्यक्ष विष्णु रानालाई जानकारी दिएपछि सहयोगको व्यवस्था मिलेको थियो । तनहुँको शुक्लागण्डकी नगरपालिका १० का…
Read More
घरमा ट्रक ठोक्कियो, तीन जना गम्भिर घाईते

घरमा ट्रक ठोक्कियो, तीन जना गम्भिर घाईते

बन्दिपुर । तनहुँको बन्दिपुर गाउँपालिका– ५, याम्पा आँधीखोला नजिकै घरमा मालबाहक ट्रक ठोक्किएर दुर्घटना भएको छ । ट्रकलेघरमा ठक्कर दिँदा ७ जना घाइते भएका छन् भने घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । ना४ख १९७३ नम्बरको ट्रकले विद्यार्थीहरू बसेको घरमा गएर ठक्कर दिएको थियो । दुर्घटनामा ४१ वर्षीय चेतबहादुर घर्ती, ७० वर्षीय सनबहादुर भुजेल, ११ वर्षीय आयुष भुजेल, ७ वर्षीया आयुषा भुजेल, १० वर्षीय ईश्वर भुजेल, ८ वर्षीय घैटे भुजेल, १० वर्षीया जस्मी भुजेल, ७ वर्षीय सानुभाइ भुजेल र ३५ वर्षीया शान्ति भुजेल घाइते भएका छन् । अहिले सडक अवरुद्ध छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको तनहुँ प्रहरीले…
Read More
नेपाल एसिया कपको लागि छनौट

नेपाल एसिया कपको लागि छनौट

काठमाडौंमा जारी एसीसी प्रिमियर कपको उपाधि नेपालले हात पारेको छ । युएईलाई ७ विकेटले स्तब्ध पार्दै नेपालले उपाधि हात पारेको हो ।   यूएईले दिएको ११७ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा पुरा गरेको थियो । नेपालका लागि गुल्शन झा र भीम सार्कीले उत्कृष्ट साझेदारी गरे । २२ रनमै तेस्रो विकेट गुमाएको अवस्थाबाट उकास्दै उनीहरुले नेपाललाई जितसम्म पुर्याएका हुन् । गुल्शनले यूएईविरुद्ध दोस्रो अर्धशतक बनाएका छन् । नेपालका तीन ब्याटर दोहोरो अंकमा रन बनाउन नसकी आउट हुँदा गुलसन झाले ८४ बल खेल्दै ३ चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ६७ रनको अविजित इनिङ खेले । भने, भीमले ७२ बल खेल्दा ४ चौकाको…
Read More
सरकार र महावीर पुनबीच सातबुँदे सहमति, माइतीघरको आन्दोलन स्थगित

सरकार र महावीर पुनबीच सातबुँदे सहमति, माइतीघरको आन्दोलन स्थगित

१८ वैशाख, काठमाडौं । सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सातबुँदे सहमति भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र केन्द्रका अध्यक्ष महावीर पुनबीच भएको वार्तामा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविस्कारसम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्नेलगायतका  सहमति भएको छ । Source: Onlinekhabar For Web Design Purpose Only
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.