अछाम :अछामका विभिन्न स्थानीय तहमा सोमबार ४६ वटा छाउगोठ भत्काइएको छ।
जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिए अनुसार पञ्चदेवल बिनायक नगरपालिका क्षेत्रमा ३२ वटा, बान्निगडी जयगढ गाउँपालिका क्षेत्रमा ८ वटा, तुर्माखाद गाउँपालिका क्षेत्रमा ३ वटा र मंगलसेन नगरपालिका क्षेत्रमा ३ वटा छाउगोठ भत्काइएको बताए।
प्रहरी टोलीले स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, भद्रभलादमी र महिला समूहका प्रतिनिधिहरूको सहभागितामा छाउगोठ भत्काउने कार्य गरेको जनाएको हो।
प्रतिक्रया दिनुहोस