
देउवासँग मञ्जु खाणको आक्रोश- बालकृष्णलाई फसाईँदा पार्टी के हेरेर बसेको छ ?
काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणकी श्रीमती तथा प्रतिनिधिसभा सदस्य मञ्जु खाणले मंगलबार पार्टी सभापति शेरबहादुर देउवालाई उनको निवासमै पुगेर भेटेकी छन् । उनले देउवासँग शरणार्थी प्रकरणमा आफ्नो श्रीमानलाई पार्टीले बचाउ नगरेको भन्दै आक्रोश पोखिन् । बालकृष्ण पक्राउ परेपछि सम्पर्कविहीन बनेकी मञ्जु गत शुक्रबार मात्रै सार्वजनिक भएकी हुन् । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रतिवेदन तयार गरेपछि मात्रै उनी श्रीमान भेट्न हिरासत पुगेकी थिइन् । आज भने पार्टी सभापतिलाई भेटेर उनले आफ्नो कुरा राखेकी हुन् । मंगलबारको भेटमा मञ्जु सभापति तथा अन्य नेतृत्वसँग आक्रोशित रुपमा प्रस्तुत भएको स्रोतले बताएको छ । उनले धुम्बाराहीमा पुगेर नेता खाणलाई मात्रै…