
नवनियुक्त अर्थमन्त्रीलाई सम्मानै सम्मान
दुलेगौँडा । गत शुक्रबार गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालय सम्हाल्ने गरि सपथ खाए लगत्तै गृह जिल्ला आएको मन्त्री जितप्रकाश आले अहिले सम्मान थाप्नमै व्यस्त छन् । मन्त्री बनेर अधिकाँशलाई सरप्राईज दिएका काँग्रेस सभापति आलेलाई जिल्लाका विभिन्न संस्था र ब्यक्तिले सम्मान गरेका छन् । शुक्रबार सपथ खाएर कार्यभार सम्हालेसँगै दमौली पुगेका मन्त्री आलेलाई प्रेस यूनियन तनहुँ र अन्य सस्थाहरुले सम्मान गरेको थियो । शनिबार आफ्नै निवास भिमादमा उनका शुभेच्छुकहरुले भेटर सम्मान गरेका थिए भने आइतबार काँग्रेस ढोरफिर्दी र जनज्योति क्याप्पस भिमादको सम्मान लिएर उनी पोखरा पुगेका छन् । उनी निकट स्रोतका अनुसार आलेले बजेटको तयारी गर्नुपर्ने भएकाले सम्मानका कार्यक्रम पछि सार्न…