
आईएमएफको रिपोर्ट : नेपालमा खाद्य असुरक्षा बढ्यो, एक तिहाइ जनसंख्या प्रभावित
अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ०ले नेपाल कन्ट्री रिपोर्ट ९मे २०२३० सार्वजनिक गर्दै खाद्य असुरक्षा र जलवायु परिवर्तनको असर बढ्दै गएको जनाएको छ। आइएमएफले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले नेपालमा गरिबी र खाद्य सुरक्षालाई रेमिट्यान्सले केही हदसम्म भरथेग गरेको तथा जलवायु परिवर्तनको असर व्यवस्थापनमा उल्लेख्य प्रगति हुन नसकेको उल्लेख गरेको छ। खाद्य असुरक्षाबाट नेपालको एक तिहाइ जनसंख्या प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ। विश्व खाद्य कार्यक्रमलाई उद्धृत गर्दै आइएमएफले नेपालको १८ प्रतिशत जनसंख्याले पर्याप्त पोषणयुक्त खाना नपाएकोसमेत उल्लेख गरेको छ। खाद्य असुरक्षाको असर औसत आयु, बालबालिकाको शारीरिक तथा वौद्धिक विकास, पूँजी निर्माणलगायत क्षेत्रमा देखिन्छ। नेपालले भारत, मलेसिया तथा खाडी मुलुकबाट रेमिट्यान्स प्राप्त गरेर अर्थतन्त्र…