सुनको मूल्य तोलामा एक हजार घट्यो

काठमाडौं।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेर २ लाख १६ हजार १०० रुपैयाँ पुगेको छ। मंगलबार भने प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेर तोलामा २ हजार ५५० रुपैयाँमा झरेको छ।अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔँस ३ हजार ६७८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

प्रतिक्रया दिनुहोस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.