दिउँसो कोशी प्रदेशको पहाडी भेग र राति अरु धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्ठौ – आज देशका पहाडी भू-भागका धेरै ठाउँ र मधेस प्रदेशलगायत अरु प्रदेशका तराई भेगका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशको पहाडी भागको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति मधेश प्रदेशलगायत कोशी र बागमती प्रदेशको पहाडी र तराई भागका केही ठाउँ, गण्डकी प्रदेशका पहाडी र तराई साथै लुम्बिनी प्रदेशका तराईको भागका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्नेछ । गएराति र बिहानपख केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।

प्रतिक्रया दिनुहोस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.