दार्चुलामा एक बालक मृत अवस्थामा फेला

दार्चुला । दार्चुला सदरमुकाम खंलगामा १५ वर्षीय एक बालक मृत अवस्थामा फेला परेका छन् ।

बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ५ घर भइ हाल दार्चुला सदरमुकाम खंलगाको भू-तथा जलाधार कार्यालयमा कार्यरत नायब सुब्बा सागर जोशीका १५ वर्षीय छोरा सन्दिप जोशी सोमबार राति आफ्नै सुत्ने कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

परिवार संग जिल्ला सदरमुकाम खंलगामा रहेको कर्मचारी निवासमा बस्दै आएका जोशी महेन्द्र माविमा कक्षा १० मा अध्ययनरत थिए  । छोराको मृत्युपछि जोशी परिवार शोकमा डुबेको छ ।

प्रतिक्रया दिनुहोस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.