
लगातारको हावाहुरीका कारण निरास छन् महोत्तरीका किसान
महोत्तरी- लगातारको हावाहुरीले महोत्तरीका फलफूल र तरकारी किसान निरास भएका छन्। जेठ लागीकन प्रत्येक २/३ दिनको फरकमा चलेको हावाहुरीले बग्रेल्ती आँपका दाना झार्नसँगै लहरे तरकारीका बेला (लहरा) हुत्याएर चुँडाएपछि उत्पादन हात नलाग्ने भएपछि किसान निरास भएका हुन्। पछिल्लो पटक शुक्रबार गएरातिको हावाहुरीले बग्रेल्ती आँप झारेका छन्। यस्तै फर्सी, लौका, घिरौंला, झिगिँनी, काँक्रा र चिचिन्डासहितका तरकारी बालीका बेला (लहरा) हुत्याउँदै चुँडाएर नोक्सान गरेपछि किसानको पिरोलो बढेको हो। ‘हेर्नोस् न, जेठ लागीकन दिनहुँजसो हावाहुरीले झारेका आँप टिप्दै दिन जान्छ, मुखमै आएको बाली सखाप भएको छ,’ आज सखारै बग्रेल्ती झरेका आँप टिप्दै भंगाहा-४ रामनगरका ६० वर्षीय किसान शुभलाल ठाकुरले भने, ‘जेठ मध्यतिर यत्रो…