achyutbc@gmail.com

290 Posts
उदयपुरका १३ वर्षीय बालक ३ दिनदेखि बेपत्ता

उदयपुरका १३ वर्षीय बालक ३ दिनदेखि बेपत्ता

२२ जेठ, काठमाडौं। उदयपुरको त्रियुगा नगरपालिका-१३ का १३ वर्षीय बालक तीन दिनदेखि बेपत्ता भएका छन्। बेपत्ता हुनेमा वडा नम्बर १३ लक्ष्मीपुरका रोहित कटुवालका १३ वर्षीय छोरा रविन कटुवाल रहेका छन्। बेपत्ता बालकका दिदी उर्मिला कटुवाल (खड्का)का अनुसार स्थानीय लक्ष्मीपुर माविमा कक्षा ८ मा अध्ययनरत रविन स्कुलबाट घर फर्कंनासाथ स्कुलकै पोशाकमा आफ्ना अरु कपडा बोकेर घरबाट निस्किएका थिए। उनले जिल्ला प्रहरी कार्यालय उदयपुरमा भाई बेपत्ता भएको जाहेरी दिएको बताए। स्थानीयको सहयोगमा रविनको खोजी भइरहेको भए पनि हालसम्म फेला पार्न नसकिएको बालकका बुवा रोहितले जानकारी दिए। बेपत्ता बालकको खोजीकार्य तीव्ररुपमा गरिरहेको जनाउँदै हालसम्म फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
Read More
एक जना वृद्धको गोली हानी हत्या

एक जना वृद्धको गोली हानी हत्या

११ जेठ, रौतहट। रौतहटमा एक ७० वर्षीय वृद्धको गोली हानी हत्या भएको छ। देवाही गोनाही नगरपालिका १ करुनियाका ७० वर्षीय शेख तैयबको गोली हानेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो । बुधबार राति १२ बजे सम्म घरमै रहेका तैयबको शव आज बिहान घरभन्दा १ किलोमिटर टाढा भेटिएको थियो। टाउकोमा गोली लागेर ढलेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। तैयबलाइ घरबाट लग्ने र गोली प्रहार गर्नेको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रौतहटमा पछिल्लो समयमा हत्याको शृंखला बढेको छ । केही दिन अघि मात्रै गौर ७ का एक व्यक्तिको छुरा प्रहार गरी हत्या भएको…
Read More
अनलाइनबाट ठगी गरेको आरोपमा सप्तरीका एक युवक पक्राउ

अनलाइनबाट ठगी गरेको आरोपमा सप्तरीका एक युवक पक्राउ

१८ जेठ, काठमाडौं। अनलाइनमार्फत रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका-१४ घर भई हाल काठमाडौंको सुन्धारामा बस्ने २३ वर्षीय युवक धर्मेन्द्र कुमार साह रहेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले सुन्धाराबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक मिनल केसीले बताए । उनले सामाजिक सञ्जाल फेसबुकमार्पत केटी साथी बनाई साथीको अनुमती नलिइकनै मोबाइल बैंकिङबाट ईसेवा तथा खल्तीमा रकम ट्रान्सफर गरेको प्रहरीको आरोप छ ।
Read More
कोरोना भाइरसको सङ्क्रमण शून्यमा झर्दै

कोरोना भाइरसको सङ्क्रमण शून्यमा झर्दै

काठमाडौं- कोरोना भाइरसको सङ्क्रमण शून्यमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा सोमबार सात सय ६० जनामा गरिएको परीक्षणमा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ । अहिलेसम्म सक्रिय सङ्क्रमित १७ रहेका छन् । कोही पनि सङ्क्रमितलाई सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटरमा राख्नुपरेको छैन । यही जेठ महिनादेखि नेपालमा पनि कोरोना भाइरस विरुद्धको खोपको प्रभावले र छिमेकी मुलुक भारतमा पनि सङ्क्रमण कम भएपछि नेपालमा सङ्क्रमण कम हुँदै गएको हो । गत चैतमा नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखिएपछि नेपालमा सङ्क्रमण बढिरहेको थियो । नेपालमा कोरोना भाइरसको सङ्क्रमण न्यून हुँदै गएपछि मास्कको प्रयोगलाई पनि स्वेच्छिक बनाइएको छ । विश्व…
Read More
कालिकोटमा शिकारीले हानेको गोली लागेर एक किशोरीको मृत्यु

कालिकोटमा शिकारीले हानेको गोली लागेर एक किशोरीको मृत्यु

कालिकोट- कालीकोटमा शिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिका-५ रुप्साका १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको हो । जेठ १९ गते दिउँसो मकैबारीमा मकै गोड्दै गर्दा स्थानीय एक शिकारीको गोली लागेर सहकारी घाइते भएकी थिइन् । घाइते सहकारीको प्राथमिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचार सम्भव नभएपछि कणर्ाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको थियो र उपचारकै क्रममा २१ गते सुर्खेतमा मृत्यु भएको स्थानीय नेत्रराज बोगटीले बताए । गाउँकै एक स्थानीयले भरुवा बन्दुकले ढुकुरलाई हान्दा मकै गोड्दै गर्नुभएकी सहकारीको टाउकोमा गोली लागेको थियो । सहकारीको सोमबारै पोष्टमार्टम गरी अन्त्येष्टि सुर्खेतको गिरीघाटमा गरिएको छ । मृतक सहकारी कक्षा-१० मा…
Read More
सिरहामा पेस्तोल र गोलीसहीत पक्राउ

सिरहामा पेस्तोल र गोलीसहीत पक्राउ

२२ जेठ, सिरहा। प्रहरीले पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुखिपुर नगरपालिका-६ रंगीपुर बस्ने १८ वर्षीय किशोर रहेका छन् । उनलाई सिरहाको औरही गाउँपालिका-१ गंगान पुलबाट आइतबार साँझ प्रहरी चौकी हर्कट्टीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरी उनको साथबाट पेस्तोल १ थान, सोको म्यागजिन १ थान र पेस्तोलको गोली ६ राउण्ड बरामद गरेको छ । पक्राउ परेका उनमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
Read More
विश्व वातावरण दिवस मनाउँदै

विश्व वातावरण दिवस मनाउँदै

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ । नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले यस अवसरमा वातावरण संरक्षण र प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रम गर्दै आ-आफ्नो स्थानबाट यस दिवस भव्य र सभ्यरुपमा मनाउनका लागि सबै स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सरकार एवं सरकारी तथा गैरसरकारी निकाय,…
Read More
पाल्पामा जिप दुर्घटना हुदा २ वर्षीय बालकसहित ५ जनाको मृत्यु

पाल्पामा जिप दुर्घटना हुदा २ वर्षीय बालकसहित ५ जनाको मृत्यु

२२ जेठ, बुटवल । पाल्पाको रैनादेवी छहरा-८, सत्यवतीस्थित केवरेडाँडामा आइतबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । दुर्घटनामा एक दुई वर्षीय बालकसहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको हो । अर्घाखाँचीको पाणिनी गाउँपालिका-२, का २ वर्षीय बालक संयोग गौतम र पाणिनी-१ का ४४ वर्षीय विजय पोखरेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । संयोगको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र विजयको बुटवलको चौराह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । विजय पोखरेल सोही वडाका वडासदस्य हुन् । आइतबार घटनास्थलमा तीन जनाको मृत्यु…
Read More
भिमाद–डेडगाउँसम्म सुरुङमार्गको अध्ययन गरिने

भिमाद–डेडगाउँसम्म सुरुङमार्गको अध्ययन गरिने

दुलेगौंडा । गण्डकी प्रदेश सरकारले तनहुँको भिमाददेखि नवलपुर जिल्लाको डेडगाउँसम्म सहज सडक यात्रा गर्न सुरुङ मार्ग बनाउन पहल थाल्ने जनाएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम प्रस्तुत गर्दै सुरुङ मार्ग निर्माण गर्न सम्भाब्यता अध्ययन गरिने बताए । आईतबार प्रस्तुत गरिएको निती तथा कार्यक्रममा भिमाद देखि नवरपुर जिल्लाको डेडगाउसम्म र डेडगाउँदेखि झ्यालबाससम्म तथा बाग्लुङको काठेखोलादेखि गलकोट नरेठाँटीसम्म, म्याग्दी जिल्लाको दानादेखि मुस्ताङको घाँसासम्म पनि सुरुङमार्ग निर्माणको लागि सम्भाव्यता अध्ययन गरिने बताइएको छ । यस्तै उनले लमजुङको शिलतापाटीदेखि नाल्फाफेदीसम्मको सुरुङ मार्गका लागि अध्ययन गर्ने बताएका छन् ।
Read More
प्रेमराज महतको  ‘घर हाम्रा हुम्ला जुम्लामा’ सार्वजनिक

प्रेमराज महतको ‘घर हाम्रा हुम्ला जुम्लामा’ सार्वजनिक

दुलेगौडा । तनहुँमा जन्मिएर हाल अमेरिका बस्दै आएका वरिष्ठ लोकगायक प्रेमराज महतको नयाँ गीत ‘घर हाम्रा हुम्ला जुम्लामा’ सार्वजनिक भएको छ । उनकै शब्द तथा सङ्गीत रहेको उनलाई स्वरमा गायिका शान्तिश्री परियारल पनि साथ दिएकी छन् । गीतको भिडियो भने जुम्लाका विकट पहाडी क्षेत्रमा भएको छ । भिडियोमा गायक महतसँग रीना थापा मगरले अभिनय छ । रामजी लामिछानेको कोरियोग्राफी एवम् निर्देशनमा तयार भएको भिडियोका छायांकार मानकृष्ण महर्जन हुन् । रिमा फिल्मस्ले निर्माण गरेको भिडियो सम्पादन मिराज अर्यालले गरेका हुन् । गीतको भिडियो अशिस भण्डारी, सदीक्षा महत भण्डारी, गीर्वाण विक्रम भण्डारी र गौरिका भण्डारी हुन् । गायक महत नेपाली सांगितिक क्षेत्रमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.