
भारतको ओडिशामा रेल दुर्घटना २८० को मृत्यु , ९०० बढी घाइते
भारतको ओडिशाको बालासोरमा तीनवटा रेल एकआपसमा ठोक्किएपछि भयानक दुर्घटना भएको छ । जसमा अहिलेसम्म २८० जनाको मृत्यु भएको छ भने ९०० भन्दा बढी घाइते भएको बताइएको छ । शुक्रबार साँझ ७ बजे चेन्नईबाट हाउडा गइरहेको शालीमार चेन्नई कोरोमन्डल एक्सप्रेस बहानगानजिक मालगाडीसँग ठोक्किएको बीबीसीले उल्लेख गरेको छ। मालगाडीसँग ठोक्किएपछि उक्त रेलको अगाडिका डिब्बा पटरीबाट खसेको थियो। विपरित दिशाबाट आइरहेको यसवन्तपुर- हाउडा सुपरफास्ट एक्सप्रेस रेल पटरीबाट खसेको रेलको डिब्बासँग ठोक्किएको थियो। मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ । दुर्घटनापछि उद्धार र राहत कार्य जारी छ । ओडिशाको बालासोरमा भएको रेल दुर्घटनापछि रेल मन्त्री अश्विनी वैष्णव घटनास्थल पुगेर जानकारी लिएका थिए । उनले…